यात्राको तस्विर लोकार्पित

२०८२ जेष्ठ ४

धनबहादुर मगर
काठमाडौं जेठ ३, श्रीराम श्रेष्ठद्धारा लिखित नियात्रा संग्रह ‘यात्राको तस्बिर’ नेपाली काँग्रेसका नेता तथा प्रतिनिधी सभा सदस्य डा.शसांक कोइरालाको प्रमुख आतिथ्यमा लोकार्पित भएको छ ।
नेपाली काँग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य डा.शशांक कोइरालाले शनिवार उक्त नियात्रा लोकार्पित गरेका हुन् । विदुर नपा ४ वट्टारका लेखक श्रेष्ठद्वारा लिखित नियात्रा सङ्ग्रह ‘यात्राको तस्विर’को डा.कोइरालाले लोकर्पण गर्दै साहित्यले मानव जीवनलाई सत्मार्गमा लैजाने बताए ।
लेखक श्रेष्ठले बिभिन्न क्षेत्रको भ्रमणका क्रममा देखे भोगेका अनुभव अनुभूतिहरुलाई नियात्राको रुपमा तयार पारिएका १७ शिर्षकका नियात्रा ‘यात्राको तस्विर’ भित्र प्रस्तुत गरिएको छ । ‘यात्राको तस्विर’ श्रेष्ठको २७ औं प्रकाशित कृति हो ।
यसअघि पहिलो नियात्रा सङ्ग्रह ‘अनुभूति अनेक–२०७०,’ प्रकाशित थियो । उक्त कृति नुवाकोट साहित्य प्रतिष्ठानले प्रकाशन गरेको हो ।


नुवाकोटको वट्टारमा गत २०३१ सालमा जन्मिएका श्रेष्ठको हालसम्म केही नियात्रा सङ्ग्र्रह, जीवनी सङ्ग्रह, कविता, समीक्षा, अनुसन्धानात्मक पुस्तकका साथै जापानिज साहित्यका हाइकु, तान्का, कटौता, सेदोका, डोडोइट्सु, मन्डो र कोरियन साहित्यका सिजो जस्ता विद्याका पुस्तकहरु प्रकाशित छन् । उनको नेतृत्वमा नुवाकोटमा राष्ट्रिय साहित्य महोत्सव तथा विविध साहित्यिक कार्यक्रमहरु भइसकेका छन् ।
डा.शसांक कोइरालाद्धारा लोकार्पित उक्त कृति ‘यात्राको तस्विर’ २०८१ प्रा.डा.खगेन्द्र प्रसाद लुइटेलले समीक्षा गरेका छन् भने त्यसभित्र देशभित्रका विभिन्न ठाउँमा यात्रा गर्दा सिर्जना गरिएका १७ वटा यात्राका विवरणहरु लेखकले पुस्तकाकारको रुपमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्: