दुव्र्यसनको दलदल युवा : सम्पादकीय

२०८२ बैशाख १९

भनिन्छ देशको बागडोर सम्हाल्ने युवा गौरवले गड्गड् हुनु पर्ने । तर आज त्यस्तो अवस्था देशमा छैन । निराश, पलायन, मात्र होइन । समाजको उत्तरदायित्व अब युवाको होइन् तिनै पूरानो पीँढीको हो । अभिभावकले हाम्रो लागि केही गरेन । गुणासो अकर्मन्यता नकरात्मक सोँचको बाढी नै आएको छ । आज पनि यि धेरै कारणहरुले नेपाली युवाको ठूलो संख्या लागुऔषध दुव्र्यसनको चपेटामा छ । पछिल्लो पाँच आर्थिक वर्षको तथ्याङ्कले यो समस्या घट्दो नभई बढ्दो देखाउँछ । लागुऔषध दुव्र्यसनमा लागेका २७ हजार २० जना व्यक्ति देशभरमा पक्राउ परेका छन् । यो चानेचुने संख्या होइन । १७ हजार ७ सय ४५ वटा मुद्दा त प्रहरीले लागुऔषध सम्बन्धमा दर्ता गराएको छ । युवा खासगरी २६ देखि ३५ वर्षका व्यक्ति यसको कुलतमा परेको देखिन्छ । यो उमेरसमूह भनेको देशका लागि, समाज र परिवारका लागि अत्यन्तै आवश्यक जनशक्ति हो, तर कुलतमा परेको छ । एकजना युवा कुलतमा फस्नु ऊ स्वयम्को जीवन बर्बादीमात्रै होइन, परिवार र समाजका लागि, देशका लागि ठूलो नोक्सानी हो । आफैँलाई लठ्याउने नशामा परेको परिवारको सदस्यले परिवारलाई मात्रै तनाव दिँदैन, उसकै कारण थुप्रै आर्थिक र सामाजिक क्षतिसमेत हुन्छ । यो व्यक्तिगत कमजोरी होइन । कोही लागुऔषध दुव्र्यसनमा फस्नु परिवार र समाजकै पनि कमजोरी हो । यसको समाधानमा राज्यसम्मले ध्यान पु¥याउन जरुरी छ ।
समाजमा भइरहेका दुर्घटना, चोरी, डकैती र लुटपाटजस्ता घटनाको भित्री कारण लागुऔषध दुव्र्यसन रहेको पनि देखिन्छ । तसर्थ सिङ्गो समाजको दायित्व यसको नियन्त्रणमा हुनुपर्छ । कानून र प्रहरीको प्रयासबाट मात्रै नियन्त्रण सम्भव हुँदैन । कानुनकै कुरा गर्ने हो भने लागुऔषध नियन्त्रण ऐन, २०३३ ले कारोबार र प्रयोगमा कडा सजायको व्यवस्था गरेको छ । कडा सजाय र दण्डमात्रै कुनै पनि गलत व्यवहार समाधानको समाधानको उपाय होइन । त्यो एउटा उपाय हो तर, सबथोक होइन । सबथोक त समाजमा नैतिकता, संस्कार र इमान्दारीपनको विकास गर्नु र नागरिकलाई आफैंप्रति, परिवारप्रति, समाज र देशप्रति उत्तरदायी बनाउनु हो ।
नेपालका शहर बजारमा सजिलै लागुऔषध भेटिनुको प्रमुख कारण भारतसँगको खुला सिमाना हो । त्यहाँबाट लुकीचोरी सजिलै नेपालमा लागुऔषध भित्रन्छ । नेपालबाट गाँजा, चरेस भारत जाने र उताबाट ब्राउनसुगरजस्ता लागुपदार्थ भित्रिने गरेको प्रहरीकै अनुभव छ । सीमामा कडाइ गर्न जरुरी छ । अनि घरगाउँ र समाजमा लागुऔषध नियन्त्रणका लागि सचेतनालगायत अभियान पनि चलाउनुपर्छ । यसै सातादेखि नेपाल प्रहरीका विभिन्न एकाइले त्यस्तो अभियान पनि चलाएका छन् । तर, प्रहरीले मात्रै यसमा सचेतना पु¥याउने र नियन्त्रण गर्ने गर्न सम्भव हुँदैन । उसलाई समाजको साथको आवश्यकता हुन्छ । आज कसैको परिवारको सदस्य कुलतमा छ भनेर अरुले वास्ता नगर्ने हो भने भोलि कुलतको डढेलोले जसलाई पनि खरानी बनाउन सक्छ भन्ने समाजका प्रत्येक सदस्यले मनन् गर्नुपर्छ । लागुऔषध मुक्त समाजका लागि बहुआयामिक पहल जरुरी छ ।
धेरै नकारात्मक सोँचहरुको निराकरण गर्ने एउटै मात्र माध्यम ज्ञान हो । ति ज्ञानहरु नेपाली माटो सुहाउँदो दिन सकेका छैनन् । राज्यको पहँुचमा पुग्ने व्यक्तिहरुनै जिम्मेवार नहुँदा विकृति र विसंगतिले मौलाउन पाएको हो । अरुलाई नैतिक शिक्षा पढाउने र आफू र आफ्नो परिवारमा नैतिक शिक्षा ‘न’ पनि लागु नहुँ नेपाली समाजको आधार संरचना मूलत पश्चिम छाडापनले ढाकिएको हो । यसका लागि स्वयम् प्रत्येक नेपाली जिम्मेवार भएर अगाडि बढ्न सके यस्तो दुव्र्यासनी जस्ता नकरात्मक कुराहरु हटेर जाने छ ।

प्रतिक्रिया दिनुहोस्: