स्रष्टाहरुले मनाए छन्द दिवस २०८२ प्रिती आत्रेयद्धारा लिखित ‘‘लाटो साथी’’ साथीको विमोचन

२०८२ बैशाख १७

धनबहादुर मगर
काठमाडौं बैशाख १७, ढिलो गरि प्राप्त समाचार अनुसार यही बैशाख ८ गते राष्ट्रिय साँस्कृतिक संघको आयोजनामा छन्द दिवस, कवि एवम् साहित्यकार विष्णुराज आत्रेय ज्ञावलीद्धारा लिखित ‘लाटो साथी’ स्मृति काव्यमय विचार विमर्श कायक्रम गरेको छ ।
उक्त कार्यक्रममा विष्णुराज आत्रेयको बारे अनुसन्धान गर्न सक्यौं भने आत्रेयको सपना पूरा हुनसक्ने बताए । पितालाई सम्झेर लेखिएको कृतिहरु अत्यान्तै थोरै हुन्छ । हनुमान चालिसा सिद्धि थियो । कसै प्रति पनि कुभलो नचिताउने । व्यक्तित्व सुसंस्कृत परिवार, असल विचार र असल चेतलाई अपनाउन सके पनि सबैको भलो हुने बताएका थिए ।
विष्णुराज आत्रेय प्रति सोधकर्ता, संस्कृत विश्वविद्यालयका विद्यार्थीको टंक पराजुलीले सोधपत्र तयार गरेको थियो । आत्रेयले पाणिनीद्धारा लिखित व्याकरणमा धेरै खोज अध्ययन गर्नु भएको थियो । संस्कृत र साहित्य प्रति ठूलो योगदान दिएको छ ।
पाकिस्तानमा जन्मेर नेपालमा संस्कृतको ज्ञान दिएको रहेछ । संस्कृत क्षेत्रमा अध्ययनमा लागेका व्यक्तिहरु पाणिनी त्यहाँबाट मुक्तिनाथ गएर बसेको पाइन्छ । यात्राको विवरणलाई उनले विभिन्न सुत्रवद्ध गरेका थियो ।
उनलाई दोस्रो पाणिनीको रुपमा पाएँ । उनको व्यक्तित्व अध्ययन गर्दा व्यक्तित्व परिचय पाइदैन । संस्कृत भाषामा दिएको योगदानको मैले जीवनमा सँधै सम्झि रहनेछु ।
त्यसरी नै अर्का सर्जक शसी पन्थीले विष्णुराज आत्रेयसँग चिनजान भएको ६० वर्ष भएको बताउँदै विद्या, धर्म, प्रचार, संस्कृत महाविद्यालयको केन्द्रमा भेटगर्न मौका पाएको बताए । गुरुले गुल्मी जिल्लाको विद्यालय र पुस्तकालयमा कार्य गर्नु हुन्थ्यो । साहित्य मात्र नभई वादविवाद, गर्न कहाँ–कहाँ पुग्थे, कति खट्न सकेको ? काठमाडौंमा मनको बाघ सिनेमा निर्माण गर्न देखि जीवन पर्यन्त उत्साह जाँगर केही गरौं भन्ने भावना भएको पाएको छु । तौलिहवामा बस्दा धेरै काम गर्नु भयो । प्राध्यापनमा अनुसन्धाता पनि हुनुहुन्थ्यो । बुबाको ज्ञान प्रितीमा धेरै छ । बुबाको बाटो हिड्ने प्रितिको प्रतिज्ञा भएको पाइन्छ । प्रितीप्रति श्रद्धाभाव छ । साहित्यिक तिर्थस्थलमा पिता प्रतिको श्रद्धा भएको देखिन्छ । गुल्मी जिल्ला पण्डितहरुको ठूलो ठाउँ हो ।
आत्रेयहरुको २७ पुस्ताको वर्णन छ । पहिले पण्डित परिवार, अहिले साहित्यिक परिवार राम्ररी चिन्दछ ।
आयुवैदिक विज्ञ छत्रपति दाहालले विष्णुराज आत्रेयको आफू शिष्य भएको बताए । मेरो दाइको गुरु २०३७ सालमा मेरो गुरु नेपाली, संस्कृति, अङ्ग्रेजी, हिन्दी भाषाको उच्च सुमधुर संगम हो । पितापुत्रको सम्बन्ध अहिलेको युगमा कस्तो हुन्छ । अहिलेको युगमा गरुप्रति भक्ति विश्वभर फैलियोस् ।
संस्कृत विश्व विद्यालयका प्रध्यापक तथा समालोचक देवी नेपालले प्रित्री आत्रेय बाल्मिकीको मेघावी छात्रा थिइन् । संस्कृति विश्वविद्यलयको प्राध्यापक आत्रेय परिवारले छोडेको मार्गमा सहयात्रा गर्ने मौका बाल्मिकी विद्यापिठमा प्राप्त भयो । प्रिती आत्रेय वहुभाषिक विद्याको रुपमा उदाएको छ । ११४ वर्ष अगाडि गोर्खाली योदाहरुको लोक भाका नेपाली अंग्रेजी भाषाबाट अनुवाद गरेको सर्जक पनि हुन् । संस्कृतमा संवाद हुन्थयो रे । साहित्यकार भनेपछि सामान्य लवजमा हिड्छन् भन्ने नेपाली समाजको विम्व छ । गुरु आत्रेय कोट पाइन्ट वा दौरो सुरुवाल लगाएर टाँठबाँठका साथे उभिनु हुन्थ्यो । नेपाली समाजका प्रतिविम्वको रुपमा उभिनु हुन्थ्यो । पण्डित वंशका सन्तानहरु व्यापक शब्द हुँदै जान्छ ।
मन्दिरा अफतालुन, वेताल छन्द्ध । नेपाली कवितामा कम प्रयोग भएको पाइन्छ । उर्दु फारसीमा ।
भावनात्मक मात्र होइन अन्वेषण पछि । वर्णात्मक र विवरणात्मक छ । भावनात्मक पाटोमा हार्दिकता र बौदिकता दुबै पोखेको छ । मन्दाक्रान्त छन्दमा छ । वैरागी जेठाले विष्णुराज आत्रेयलाई पूर्वीय हिमवत् खण्डमा अगाडि ल्याउने काम गरेको छ ।
लाटो साथीको लेखक प्रिती आत्रेयले आफूलाई छन्दमा लेख्न आँट नआएको बताइन् । छन्दमा लेख्दा ज्यादै डुब्नुपर्ने रहेछ । खानै किन बिर्सने रहेछ भन्ने थाहा भयो । दिदीको प्रेरणाले लेखेका छु । आत्म कहिल्यै मर्दैन । त्यसमा पनि प्रा.डा.देवी नेपाल र रमेश खकुरेलले प्रेरणा दिएको थियो ।
छन्ददिवस कार्यक्रमका प्रमुख अतिथि रमेश खुरेलले आफू लामो समयदेखि विष्णुराज आत्रेयको साथी–साथी हुँ । हेमचन्द गुरु, भरतराज पन्त, पाणिनी व्याकरणको ‘लाटो साथी’ विष्णुराज आत्रेयले संस्कृत भाषाको जन्मस्थल नेपाल नै हो भन्नु भएको बताए । सीमानाको हिसावले को, कहाँ थियो । बेला बेलामा छलफल हुन्थ्यो । विष्णुराज आत्रेयसँग संस्कृति संघमै बसेर काम गथ्र्यौं । कहिल्यै डराउनु हुन्नथ्यो सत्य बोल्नु हुन्थ्यो ।
अर्का स्रष्टा शंकरराज पाण्डेले निर्णय गर्दा गम्भीर निर्णय हुन्थ्यो । संस्कृत भाषा लेख्नु पर्छ ।
कार्यक्रमको अध्यक्षता अलका आत्रेयले भने आफ्नो बुबा विष्णुराज आत्रेयले देश र साहित्यलाई गुण लगाउनु भएको बताए । उनले भनिन् हाम्रो कुलमा वंशको नाताले बाबा ठूलो वृक्ष छहारी थियो ।
उहाँले ४४ वटा पुस्तक लेखेका थिए । प्रतिभाशाली व्यक्तित्व हामीले पाएका थियौं ।
लाटो साथीका प्रकाशक कपिल लोहनी, भवानी खतिवडा, प्रिती आत्रेय, अलंकार आत्रेय लगायत कविता वाचन गरेको थिए । कार्यक्रमको सञ्चालन प्राध्यापक गोविन्द दाहालको गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्: