
धनबहादुर मगर
काठमाण्डौं चैत्र २७, प्रगतिशील लेखक संघको तेह्रौं राष्ट्रिय सम्मेलन काठमाण्डौमा सम्पन्न भएको छ । प्रज्ञा भवन कमलादीमा चैत २३ र २४ दुई दिन चलेको सम्मेलन नयाँ कार्यसमिति चयन गर्दै आइतबार सम्पन्न भएको हो ।
सम्मेलनले डा देवी दुलाल क्षेत्रीको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा समीर सिंह र डा अमृता शर्मा, महासचिवमा झगिन्द्रप्रसाद ढकाल ‘पारस’, उपमहासचिवमा बोधकुमार घिमिरे, सचिवमा डा हरिप्रसाद तिमिल्सिना र कुशल बोगटी एवम् कोषाध्यक्षमा डा कृष्ण सुवेदी ‘भारद्वाज मित्र’ चयन भएका छन् ।
कार्यसमितिको सदस्यमा कल्पना पौडेल ‘जिज्ञासु’, ऋतु केसी, प्रदीप प्रधान, तिला लेकाली, भउचप्रसाद यादव, अच्युत घिमिरे, निर्मल सापकोटा, रामप्रसाद अर्याल, प्रकाश किरण, गङ्गा रिजाल, डा प्रतिभा पुन, मायामितु न्यौपाने, देव गजमेर, शेखर अर्याल, दिनेश दुलाल, विमला पोखरेल, सृजना अनमोल, विमला विश्वकर्मा, भीम रानाभाट, डा पूर्ण भण्डारी, मणि अर्याल, सिर्जन श्री, गोविन्द अर्याल, राजेन्द्र सर्वहारा, रमेश पन्त ‘मितबन्धु’, दुर्गा परियार, आरोह नेपाली, मुक्तान थेबा, करण दयाल र डिल्लीराम भण्डारी छन् ।
प्रलेसको विधानअनुसार गण्डकी प्रदेशका अध्यक्ष प्राडा यदुनन्दन उपाध्याय, बागमती प्रदेश अध्यक्ष शान्तिप्रिय वन्दना, कर्णाली प्रदेशका अध्यक्ष युद्धविक्रम शाही, कोशी प्रदेशका अध्यक्ष विन्दु दाहाल ‘मूकदर्शक’, लुम्बिनी प्रदेशका अध्यक्ष डा मुरारी पराजुली, मधेस प्रदेशका अध्यक्ष नारायणप्रसाद घिमिरे र सुदूरपश्चिम प्रदेश अध्यक्ष कोपिला शर्मा ‘कल्प’ सात प्रदेश समितिका अध्यक्ष समेत केन्द्रीय समितिमा छन् ।
सम्मेलनले ४६ सदस्यीय केन्द्रीय परिषद् पनि चयन गरेको छ ।
परिषद्मा दिनेश थापा, समष्टि बुढा, सीता बुढा, तारामणि न्यौपाने, देवेन्द्र कुँवर, डी पी शर्मा, माधव पोखरेल गोज्याङ्ग्रे, विन्दा सुवेदी, सिर्जना सरोवर, मनोज पोखरेल, केशु कार्की, विश्वनाथ तामाङ, विनु खड्का, शम्भु अर्याल, लेकप्रसाद प्याकुरेल, देवीराम बन्जाडे, जागेश्वर नेपाल, कविराज भट्ट, हिमालय पौडेल, दिल पौडेल, नानीमैया दलाल, लक्ष्मी सम्बा र श्रीराम अधिकारी छन् ।
त्यसैगरी जनक साउद, दिनेश नागरी, आकाङ्क्षा अधिकारी, सन्तोष सिम्खडा, जीवछ उदासी, कुमारसिंह राई, नगेन्द्रप्रसाद आचार्य, यश लामा, दामोदर पौडेल, विद्या भण्डारी, रञ्जन घिमिरे, प्रेमबहादुर सिंह, यदुनाथ बसन्तपुरे, छन्दविज्ञान निरौला, शुष्मा तिमिल्सिना, ध्रुव रायमाझी, खोमा तरामुमगर, ज्ञान केसी, भीम भारती, ममता सुर्खेती, कपिल शिवाकोटी, कृष्ण राना र घनश्याम मिश्र पनि परिषदमा रहेका छन् ।
अध्यक्ष डा देवी दुलाल क्षेत्री, सचिव डा हरिप्रसाद तिमल्सिना र कोषाध्यक्ष डा कृष्ण सुवेदी (भारद्वाज मित्र) नेकपा एमालेको तर्फबाट पदाधिकारीमा चयन भएका हुन् । त्यसैगरी उपाध्यक्ष डा.अमृता शर्मा र महासचिव झगिन्द्रप्रसाद ढकाल ’पारस’ नेकपा माओवादी केन्द्रको तर्फबाट पदाधिकारी चयन भएका हुन् भने उपाध्यक्ष समीर सिंह नेकपा मसाल, उपमहासचिव बोधकुमार घिमिरे नेकपा एकीकृत समाजवादी एवम् कुशल बोगटी नेपाल कम्युनिष्ट पार्टीबाट प्रगतिशील लेखक संघ नेपालको केन्द्रीय समितिको पदाधिकारीमा चयन भएका हुन् ।
प्रगतिशील लेखक संघ, बागमती प्रदेशमा शान्ति प्रियवन्दना
काठमाडौँ । प्रगतिशील लेखक सङ्घ बागमती प्रदेशको अध्यक्षमा शान्ति प्रियवन्दना चयन भएकी छन् । काठमाडौमा सम्पन्न संघको तेस्रो सम्मेलनले उनलाई अध्यक्षमा चयन गरेको हो ।
मङ्गलबार मध्यबानेश्वरस्थित एम्बिसन एकेडेमीको सभाकक्षमा सम्मेलन सम्पन्न भएको हो । सम्मेलनले २५ सदस्यीय प्रगतिशील लेखक संघ, नेपालको बागमती प्रदेश समिति निर्माण गरेको छ ।
डा. हरिप्रसाद सिलवालको अध्यक्षता तथा भीष्म जोशीको सञ्चालन रहेको सम्मेलनमा अतिथि एवम् सहभागी सम्पूर्ण जनसमुदायलाई डी.बी. बर्तौलाले स्वागत गरेका थिए ।
प्रमुख अतिथि प्रलेसका अध्यक्ष डा मधुसूदन गिरीले ब्यानर पढेर उद्घाटन गर्नुभएको सम्मेलनलाई प्राडा जीवेन्द्रदेव गिरी, डा. पुष्करराज भट्ट, ईश्वरचन्द्र ज्ञवाली एवम् पूर्वमन्त्री शान्ता मानवीले शुभकामना दिएका थिए ।
प्रलेस उपाध्यक्ष समीर सिंह, नमुना शर्मा, महासचिव डा. देवी दुलाल क्षेत्री, बागमती प्रदेश इन्चार्ज बाबा बस्नेत र सहइन्चार्ज कृष्ण सुवेदीको आतिथ्य रहेको कार्यक्रममा निवर्तमान समितिको तर्फबाट डा. सिलवालले आर्थिक, सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
शान्ति प्रियवन्दनाको अध्यक्षतामा निर्मित कार्यसमिति उपाध्यक्षमा भीष्म जोशी, धनकुमारी न्यौपाने, सचिवमा डी.बी. बर्तौला, सहसचिवमा धनबहादुर मगर र कोषाध्यक्षमा चिरञ्जीवी लामिछाने छन् ।
सदस्यमा, भवानी पाण्डे, किरण अर्याल, अर्पण अधिकारी, रघुनाथ कडरिया, भक्त विक, लक्ष्मण तिमिल्सेना, सुरेश हाचेकाली, रूपा अर्याल, टहल दाहाल, प्रदीप प्रधान र रत्न उप्रेती, राजाराम राउत रहेका छन् ।
प्रगतिशील लेखक संघ ललितपुरको सम्मेलन सम्पन्न, सचिवमा मिसन
काठमाडौं चैत्र १०, प्रगतिशील लेखक संघ ललितपुरको पाँचौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न सम्मेलनले होम भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
जाउलाखेलस्थित सगरमाथा स्कुलमा आयोजित संघको पाँचौँ जिल्ला सम्मेलनले ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राजाराम राउत, सचिवमा मिसन अधिकारी र सदस्यमा नानीमैयाँ अधिकारी, नरेन्द्र बडू र बन्जाडे चयन भएका छन् ।
प्रगतिशील लेखक संघ नेपालका केद्रीय अध्यक्ष डा मधुसुदन गिरीको प्रमूख आतिथ्यतामा सम्पन्न सम्मेलनमा बाँकी पदाधिकारी एवम् सदस्य कार्यसमितिले आगामी दिनमा चयन गर्ने छ ।
प्रतिक्रिया दिनुहोस्: