पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा खेलकुद महासंघको विस्तारित बैठक

२०८१ चैत्र १९

काठमाडौं चैत्र १९, अखिल नेपाल खेलकुद महासंघका महासचिव अञ्जन धमलाले प्रेस विज्ञाप्ति प्रकाशित गरि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा चैत्र १३ गते बसेको अखिल नेपाल खेलकुद महासंघको केन्द्रीय समितिको विस्तारित बैठकले नेपाली खेलकुदको विकास, विस्तारसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा सफलता दिलाउनका लागि मद्दत पुग्ने गरी विभिन्न निर्णयहरू गरेको जनाएको छ ।
खेलकुदप्रति विशेष चाँसोसँगै लगानी र प्रवद्र्धनमा सदैव अग्रसर हुने आफ्नो गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले उक्त बैठकमा नेपाली खेलकुदको उत्थानका लागि आफू अग्रस्थानमा हुने धारणा राखेको बताएको छ । बैठकमा खेलकुद महासंघका इन्चार्ज दीपक कोइराला ‘रूपक’ ले पराम्परागत शैलीभन्दा पनि खेलकुदको व्यावसायिकरण गर्दै समग्र नेपाली खेलकुदलाई नै माथि उठाउन देशका सम्पूर्ण नागरिक नै एक हुनुपर्ने आवश्यकता औंल्याएको विज्ञाप्तिमा जनाएको छ । खेलकुद महासंघका अध्यक्ष शिव कोइराला ‘ज्वाला’ को अध्यक्षतामा बसेको बैठकले निम्न निर्णयहरू गरेको छ ।
निर्णयहरू
व्यापक र व्यावसायिक खेल, खेलाडीको सम्मान, समाजवादको यात्रामा दोस्रो राष्ट्रिय सम्मेलन भन्ने मूल नाराका साथ आगामी २०८२ साल असार ६ र ७ गते काठमाडौंमा अखिल नेपाल खेलकुद महासंघको राष्ट्रिय सम्मेलन गर्ने,
आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर प्रचण्ड कप–२०८२ राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गर्ने,
महासंघले योङ ब्रदर्स तेक्वान्दो क्लबसँगको सहकार्य एसियन मार्सल आटर््स गेम्स तथा खेलकुद महोत्सव गर्ने । आगामी जेठ २ र ३ गते उक्त गेम्स गर्ने गरी महासंघले तयारी थालेको जनाएको छ ।,
हाम्रो पार्टीका अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेको तत्कालीन सरकारले ६० करोड विनियोजन गर्दै गत मंसिरमा नै कर्णाली प्रदेशमा बृहत दशौं राष्ट्रिय खेलकुद सम्पन्न गर्ने वातावरण सिर्जना गरेको सबैमा सर्वविदितै छ । पहिलोपल्ट राष्ट्रिय खेलकुद आयोजना अगावै बजेटको सुनिश्चिता भएको अवस्थामा पनि आयोजना हुन नसक्दा खेलाडीहरू खेल्न पाउन अधिकारबाट बन्चित भएको अवस्थाप्रति महासंघ चिन्ता व्यक्त गर्दछ । साथै तेस्रोपल्ट आयोजनाको मिति तय भए पनि वर्तमान सरकारले बजेट कटौती गरेको हुँदा अभैm अनिश्चितता भएकाले खेलाडी, प्रशिक्षक, निर्णायक र सम्पूर्ण खेलकर्मीले लामो समयदेखि प्रतीक्षा गरिरहेको दशौं राष्ट्रिय खेलकुद आयोजना गर्न हामी जोडदार माग गरेको छ ।,
नेपाली खेलकुदका सरोकारावाला निकाय युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीबीच देखिएको द्वन्द्वका कारण नेपाली खेलाडीको मनोबल घट्नुका साथै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि पनि अन्योलपूर्ण अवस्था सिर्जना भएकाले समयमा नै समस्या समाधान गर्न हाम्रो महासंघ जोडदार अपील गर्दछ । यस किसिमको अन्योलतापूर्ण वातावरणले समग्र नेपाली खेलकुदको विकास र प्रवद्र्धनमा नै असर पर्ने भएकाले व्यक्तिगत स्वार्थभन्दा पनि खेलकुदको हित हुने काममा अग्रसर हुन महासंघले सरोकारवालाहरुलाई आग्रह गरेको छ, साथै आगामी वर्ष २०८२ को मंसिर ८ गते पूर्वजनमुक्ती सेना राष्ट्रिय फुटबल प्रतियोगिता गर्ने महासचिव अञ्जन धमलाद्धारा जारी गरिएको विज्ञप्तिमा जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: