लघुचलचित्र ‘दृश्य’ निर्माण, पोष्टर सार्वजनिक

२०८१ चैत्र २१

काठमाडौं चैत्र २१, लघुचलचित्र ‘दृश्य’ (द लाईट अफ आई) को निर्माण सम्पन्न भएको छ । काठमाडौंमा छायांकन गरिएको ‘दृश्य’ को निर्माण कार्य सम्पन्न भएसँगै निर्माण टीमले पोष्टर सार्वजनिक गरेको छ । पोष्टरमा एउटा आँखाभित्र दुईजना पात्रहरु देखाईएको छ । एकजना दृष्टिविहिन र अर्को सामान्य मानिसलाई आँखाभित्र अटाईएको छ । दृश्यको पोष्टर रसिकराजले तयार पारेका हुन् ।
ऐना आर्टसको प्रस्तुति तथा आश्री इमिग्रेशनको सहकार्यमा निर्माण गरिएको ‘दृश्य’को निर्माता नितु घिमिरे रहेकी छिन् । आश्री इन्भेष्टमेन्टको सहयोगमा तयार भएको लघुचलचित्रका निर्माण प्रमुख रामेश्वर भट्टराई हुन् । आश्री इमिग्रेशन, आश्री इन्भेष्टमेन्ट, आश्री ट्राभल्सका सञ्चालक समेत रहेका भट्टराई कथावस्तु मन परेकाले लघुचलचित्र निर्माण गरिएका बताउँछन् ।
‘दृश्य’मा नारायणराज चौंलागाइँ, सुवास प्रसाद गजुरेल, राकेश श्रेष्ठ, आरुष मगर, युनिसा कार्की, बिदुर प्रसाद सिग्देल, सन्तोष सुवेदी, नरेन भट्टराई, रमेश बज्राचार्य, चक्र प्रसाद पोखरेल, उद्धब दंगाल, नितु घिमिरे, सुरेन्द्र क्षेत्री, सुरज आचार्य, रिजन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । सन्तोष कार्की, उद्धव दंगाल, रेनुका कार्की, अविन ठटाल र कृषला श्रेष्ठले स्वराङ्कन गरेका छन् । मुन क्रियशन फिल्म एकेडेमीमा कार्यशाला गरिएको लघुचलचित्रको कला निर्देशन सुमित राईले गरेका छन् । सन्तोष श्रेष्ठको संगीत रहेको ‘दृश्य’को बाँसुरी वादकका रुपमा नगेन्द्र राई रहेका छन् । सहायक निर्देशन करण साउदले गरेका छन् । अनिल कुमार महर्जनको सम्पादन तथा रंग संयोजन रहेको छ ।
‘दृश्य’को पात्र र चरित्रकै लागि ६ महिनादेखि तयारी गरेर आफुले सकेसम्म मेहनत गरेको कलाकार नारायणराज चौलागाई बताउँछन् । उनले यसै लघुचलचित्रमार्फत् मुख्य पात्रका रुपमा डेब्यु गरेका हुन् । नारायण काइँलोका रुपमा परिचित उनी गजलकार तथा गीतकारसमेत हुन् । नारायण जिसीको सिनेमाटोग्राफी रहेको ‘दृश्य’को कास्टिङ डिरेक्सन तथा निर्माण व्यवस्थापन सुरेन्द्र क्षेत्रीले गरेका हुन् । सबैको अथक प्रयास र मेहनतले लघुचलचित्र राम्रो बनाउने प्रयास गरेको क्षेत्री बताउँछन् ।
‘दृश्य’को लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् । बाहिरी आँखाले देखेको भौतिक दुनियाँ र हृदयको आँखाले महसुस गर्ने अन्तरमनको दुनियाँलाई तुलनात्मक रुपमा लघुचलचित्रमा देखाउन खोजिएको अभिलाषी बताउँछन् । ‘मानिस जन्मेपछि मर्नुपर्छ, यो प्रकृतिको नियम नै हो । भौतिक दुनियाँमा बाँच्नको लागि मानिसहरुले जीवनमा अनेक संघर्ष गरिरहेका हुन्छन् । हामी बाहिरी आँखाले देखेको भौतिक दुनियाँमा रुमल्लिरहेका छौं र लोभ, मोह, माया, ईष्र्या, डाह, घृणा, रिस, आह्रिस आदिमा अल्झिरहेका हुन्छौं । केहि समय आँखा बन्द गरेर सोच्ने हो भने पनि मन र मष्तिष्कले मानिसलाई अझ सुन्दर जीवन जिउन सिकाइरहेको हुन्छ ।’ यसैको परिवेशमा लघुचलचित्रको कथावस्तु रहेको निर्देशक अभिलाषी बताउँछन् । ‘दृश्य’लाई विभिन्न ओटिटी प्लेटफर्ममार्फत् रिलिज गर्नुअघि अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा सहभागी गराइने उनी बताउँछन् । उनले यसअघि निर्माण गरेका लघुचलचित्र ‘घुर्रा’, ‘भाउ’, ‘पाउलो’, र ‘द स्कूल वाल’ले विभिन्न अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएर अवार्ड पनि प्राप्त गरेको थियो । उनी पछिल्लो समय नयाँ चलचित्र निर्माणको तयारीमा रहेका छन् ।
मन्जली तामाङको ’गरिबलाई कानुन’ गीतमा सुस्मिता स्याङतान र कोशिस थोकरको गायन
‘गरिबलाई कानुन’ सार्वजनिक गरेकी छन् । सामाजिक न्याय, कानुनी विभेद र गरिबीको वास्तविकता उजागर गर्ने उद्देश्यले तयार पारिएको यो गीतले दर्शक र श्रोताहरूको मन जित्न सफल भएको छ । गीतलाई मञ्जली तामाङ–लेडी ¥यापर अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । रिलिज भएलगत्तै गीतले सामाजिक सञ्जालमा ट्रेन्ड गर्न थालेको छ । श्रोताहरूले गीतको सशक्त शब्द, दमदार र्याप, र प्रभावशाली म्युजिक भिडियोलाई प्रशंसा गरिरहेका छन्।
गीतको शब्द र संगीत पत्रकार विवेक लोप्चनले तयार पारेका हुन् । गीतमा सुस्मिता स्याङतान र कोशिस थोकरको सशक्त गायन रहेको छ । त्यस्तै मन्जली तामाङ (लेडी र्यापर), निमा लामा, र निमा लामा (र्याप स्टार) ले र्याप सेग्मेन्टमा आफ्नो उत्कृष्ट प्रस्तुति दिएका छन् । उनीहरूको दमदार र्याप डेलिभरीले गीतलाई झनै प्रभावशाली बनाएको छ ।
गीतको एरेन्ज तथा मिक्सिङ जीवन बडुले गरेका छन्, जसले गीतलाई उत्कृष्ट ध्वनि संयोजन दिएका छन्।गरेका छन् । गीतको भिडियोलाई अमिर दोङ्गले निर्देशन तथा सम्पादन गरेका छन् भने छायाङ्कन त्रिलोक लामाले गरेका छन्। भिडियोले गीतको भावनालाई अझै गहिरो रूपमा दर्शाउने प्रयास गरेको छ । भिडियोमा हास्य कलाकार कुइसाङ्ग रुम्बा, मांगले तामाङ, मिलन तामाङ, राजु मगर, बि टु भाइ, दिपेश एस के, र अरुणको दमदार अभिनय देख्न सकिन्छ। उनीहरूको भूमिकाले भिडियोमा यथार्थपरक प्रभाव पार्न सफल भएको छ ।
सार्वजनिक भएसँगै गीतले युट्युबमा उच्च प्रतिक्रिया पाइरहेको छ। पहिलो दिनमै हजारौं भ्यूज, लाइक्स, र सकारात्मक कमेन्टहरू बटुल्दै, गीतले चर्चा पाएको छ । श्रोताहरूले गीतको लय, शब्द, र भिडियोको उच्च गुणस्तरलाई खुलेर प्रशंसा गरिरहेका छन्। गीतमा उठाइएको सामाजिक विषयवस्तु गम्भीर भएको हुँदा, धेरै दर्शकहरूले यसलाई नेपाली कानुनी प्रणालीको यथार्थ प्रतिबिम्ब भनेका छन् । गीत सार्वजनिक भएसँगै लेडी र्यापर मन्जली तामाङले सामाजिक सञ्जालमार्फत आफ्ना दर्शक तथा श्रोताहरूलाई धन्यवाद दिएकी छन्। उनले लेखेकी छन्ः“यो गीत केवल मनोरञ्जनका लागि मात्र होइन, समाजमा परिवर्तन ल्याउने एउटा अभियान पनि हो। हामी सबैको आवाज बुलन्द पार्नुपर्छ।“उनका सह–कलाकारहरूले पनि यो गीतले नेपाली हिप–हपलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य राखेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्: