वर्षायाममा ४० प्रतिशत, हिउँद याममा ७० प्रतिशत पानी नेपालको हिमवत्खण्डबाटै बग्छ त्यसलाई हिमवत्खण्ड नभनी के भन्ने:प्रधानमन्त्री ओली

२०८१ चैत्र ३

धनबहादुर मगर
काठमाडौं चैत्र ३, काठमाडौं घोषणापत्र २०८१, जारी गर्दै हिमवत्खण्ड कला–सहित्य, संस्कृति सम्मिलन सम्पन्न भएको छ । उक्त सम्मिलन मदन भण्डारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजना गरेको हो ।
यही २०८१, चैत्र १ देखि ३ गतेसम्म राष्ट्रियसभा गृह, बुढानिलकण्ठ नगरपालिकाको सांस्कृतिक नगरस्थित होटल लेमन ट्रीमा चलेको थियो ।
उक्त सम्मिलनमा हिमवत्खण्ड कला–साहित्य संस्कृति सम्मिलनका प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मिलनको महत्व, उद्देश्य, हिमवत्खण्डलाई विश्व सामु चिनाउन पनि रहेको बताउनु भएको छ ।
सम्मिलन समापन समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विविधता युक्त नेपाली समाजको गौरवपूर्ण इतिहास भएको बताउँदै पुर्वजहरुले मानव सभ्यताको लागि दिएको योगदान असाधारण योगदान भएको बताए । ‘ठूलो वृक्षको विज सानो हुन्छ ।’ हाम्रो सभ्याताको विजको ज्ञान सानैबाट शुरु भएको छ । तर असाधारण योगदान पुर्वहरुले गरेको छ ।
सम्मिलनमा म हिमवत्खण्डको आजीवन सदस्य जतिकै हुँ । साहित्यकला संस्कृति, ज्ञानको उत्पति यहीँबाट नै किन भयो ? असाधारण कुरा हो । अग्ला हिमालहरु यही हुनु पर्ने किन ? डाँफे मुनाल, एकसिंङ्गे गैंडा र ठूला हात्ती यही नै हुनु पर्ने किन ? यो विविधताको नमूना हो ।
हाम्रो समृद्ध समाज, हिमवत्खण्डसम्मको भू–भागसम्म फैलिएको छ । विविधतायुक्त, समाज साना भन्दा जीव र देखि ठूला जीव यहीँ हुनु पर्ने किन ? ८ हजार मिटर माथिका धेरै हिमालहरु, शिखरै शिखर हुनु पर्ने किन ? यसलाई हिमवत्खण्ड नभनि के भन्ने ? हिमवत्खण्डको शुरुवात गंगा नदीको तट, अनि जैविक विविधता, वनस्पति, जनजाति र भाषाको विविधता भएको हाम्रो देश, अनौंठो देश !
हाम्रा पहिचान, थात्थलो न्वारानको नाम, ब्राह्मण बोलाएर राखिने नाम भन्दा आफू खुशीले राख्ने नामबाट बढी पहिचानले चिनिन्छ ।
६ हजार वर्ष अघिको पुस्ता कति भए, एक हजार वर्षमा २४०० पुस्ता, ६ हजार वर्षमा १ लाख ८० हजार पुस्ताले आजसम्म पार गरेको छ । आजको मानव जातिले खोज अनुसन्धान गरेर प्याटेन्ट राइटको कुरा उठाएको छ । समाज गतिशील छ । सम्हालेर कसरी राख्ने, आजको आवश्यकता हो । खोज अनुसन्धानको गर्ने जेनेटिक मेमोरी हामीलाई पुर्वहरुले दिएको छ । मलाई पुनर्जन्मको विश्वास छैन । तर पुनर्जन्म भनेकै एक ठाउँबाट अर्को ठाउँमा रुपान्तरण भएको कुरालाई नै पुनर्जन्म हो भनेर मान्नुपर्छ । त्यही हाम्रो हजारौं वर्षका वंशजहरुले हामीलाई हाम्रो मानव सभ्याता उत्पत्तिको खोज गर्ने अधिकारको पुर्वजहरुको जेनेटिक मेमोरीले दिएको छ । मानवीय सुख सुविधाको लागि अगाडि बढ्नु पर्छ ।
भाषामा धेरै टाउको दुखाउनु हुन्न । जुन ठाउँमा उत्पादन हुन्छ त्यही ठाउँमा त्यहीको नाम राखिन्छ । तर ती ठाउमा उत्पादन भएको वस्तु अर्को ठाउँमा पग्दा उसले सबैकुरा बोकेर जानुपर्छ ।
अंग्रेजी भाषा किन विकसित भयो ? रोमन र ग्रीक देखि विकसित भएर अंगे्रजी विश्वमा विस्तार भएको हो । टाउँको भन्दा गहँ्रगो टोपी लगाएर भारी बोक्नु हुन्न । आगन्तु शब्दको धेरै विरोध नगरौं । बुहारी भित्र्याउँदा गोत्र, थर, भाषा, संस्कृति सबै लिएर आएको हुन्छ । त्यसलाई नकार्न सकिदैन । बुहारी त बुहारी नै हुन् ।
प्रधानमन्त्री ओलीले हामी नयाँ युगतिर गईसकेका छौं । भाषालाई परिस्कृत र समृद्ध बनाउने हो । भारतको संधिवानको धारा ११६ नेपाली भाषालाई राष्ट्रिय भाषाको रुपमा मान्यता दिएको छ । हामी नेपालीलाई मान्यता दिइराख्नु पर्दैन । हामी हकदार हौं । अंगीकृत होइन, जन्मसिद्ध हो, वंशको नागरिकता लिनु पर्दैन । नेपाली भाषा पञ्जावी, ड्रविड यावत् भारोपेली, हिन्दी भाषाको जस्तो होइन । हामीमा देश अनुसारको स्थानीय भाषाहरु छन् । समय अनुसार चाँडोभन्दा चाँडो सम्मिलनहरु गर्दै जानु पर्छ ।
प्रधानमन्त्री ओलीले हिमवत्खण्डको महत्व दर्शाउदै वर्षा याममा ४० प्रतिशत र हिउँद याममा ७० प्रतिशत पानी हिमवत्खण्डबाटै बगेर गंगा नदिको तटसम्म पुग्छ । हिमवत्खण्डका नदिका धाराहरुले दिएको सभ्यता हामीले भुल्नु हुँदैन । यो नेपालको लागि गौरवको विषय पनि हो । यसको महत्व छुट्टै छ । यहीँबाट बगेर जाने नदिका धारहरुले हिमवत्खण्डको सभ्यता दिएको छ । अगाडि बढ्ने संकल्प गरौं । प्रधानमन्त्री ओलीले भने ।
सम्मिलनले ९ सदस्यीय हिमवत्खण्ड कला–साहित्य संस्कृति घोषणा सहित, भारत, वर्मा, थाइल्याण्ड, भुटान, बंगलादेश, सिक्किम, दार्जिलिङ, बेलायत, लगायतका देशहरुबाट प्रतिनिधित्व हुने आयोजक समितिको व्यवस्था गरेको छ । सम्मिलनले हिमवत्खण्डको कला–साहित्य संस्कृतिलाई संकल्प सहित १७ वुँदे घोषाण पत्र समेत जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: