
मन कुमार न्यौपाने
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बाँकेमा रहेको बालसुधार गृहमा भएको झडपको अनुगमन सुरु गरेको छ ।
आयोगले बाँके जिल्लाको डुडुवा गाउँपालिका–६, स्थित जयन्दु बाल सुधार गृहमा रहेका बालबन्दीहरुबीच चैत १ गते भएको झडपको सम्बन्धमा घटनाको छानबिन गर्न आयोगले अनुगमन टोली पठाएको हो ।
आयोगका अनुसार प्रारम्भिक झडपको कारण सुधार गृहमा राखिएका ६ जना बालकहरु घाइते भएका, सुधार गृहमा आगो लगाइएको र नियन्त्रणका लागि खटिएका प्रहरीमाथि इँटा प्रहार भएको लगायतका तथ्यका आधारमा अनुगमन गर्न लागिएको बताइएको छ ।
अनुगमनका क्रममा आयोगको टोलीले झडपमा सलग्न भनी पक्राउ परेका व्यक्तिहरुलाई राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षको समेत अनुगमन गरेको आयोगले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्: