प्रत्येक युगको लागि माक्र्सवादको उच्चतम् परिभाषा

२०८१ फाल्गुन २

धनबहादुर मगर
नेकपा मसालका प्रवक्ता, प्रलेस सल्लाहकार रामप्रकाश पुरीले विश्वस्तरमा माक्र्सवादको महत्व बढ्दै गएको बताइएको छ । माक्र्सवादको प्रयोगमा कमीकमजोरी छैनन् भन्ने कुरा होइन । माक्र्सवादी सिद्धान्त परिवर्तन गर्ने कुरा हो । मोहन विक्रम सिंहलाई गद्दार भन्ने सच्चिएका छन् । माक्र्सवादको प्रयोग र व्याख्या भएको छ । वामपन्थी राजनीतिक दलहरुले माक्र्सवादको प्रयोग गरेका छैनन् । माक्र्सवादलाई भ्रष्टहरुले प्रयोग गरेका छन् । स्टालिनका अनुसार माक्र्सवाद वर्ग संघर्षको इतिहास, द्धन्द्धात्मक ऐतिहासिक भौतिकवादमा आधारित छ ।
पुष्पालाल, मोहनविक्रम सिंह, तलुसीलाल आमत्य, निर्मल लामाले क्रान्ति गर्नुसक्नु भएन । नेपाली समाज प्रविधिसँग जोडिनु पर्छ, जबसम्म प्रविधिसँग जोडिदैन, तबसम्म राजनीतिक, सामाजिक, आर्थिक रुपमा माथि उठ्न सक्दैन ।
प्रा.डा.गोविन्द प्रसाद आचार्यले प्रगतिवादी साहित्यमा अपाङ्गता भएको व्यक्तिको स्थान, अपाङ्गता भएका व्यक्ति माथिको ज्यादती अन्त हुनु पर्ने बताएका छन् । अपाङ्गता भएका व्यक्तिहरु मागेर खानु परेको छ । प्रगतिशील आन्दोलनमा अगाडि बढ्न सकेन भने कुनै पनि वर्गको मुक्ति हुन सक्दैन । प्लटोले समाजको वर्गीकरण गरेको थिए । अपाङ्गता भएको व्यक्तिहरुका विषयमा ईस्वरीय दण्डको रुपमा विश्लेषण गरेका थिए । जन्मने वित्तिकै जीवित नराख्ने र अलग राख्ने भन्ने थियो । मध्ययुगीन व्यवहार ज्ञानरुपी, अपाङ्गता भएको व्यक्तिमाथिको व्यवहार अमानवीय रुपमा लिइन्छ । अपाङ्गता भएका नागरिक पापको परिणाम र दण्डको परिणाम भएको भन्दै अधिकार खोस्ने काम भएको छ र त्यही दृष्टिकोणले हेरिने गरेकोमा २०६२÷०६३को जनआन्दोलनले सामाजिक अधिकारको रुपमा स्थापित गर्न सफल भएको छ ।

धर्म, अन्धविश्वास हो । पुँजीवादी युगमा आर्थिक दृष्टिले हेर्ने गरेको थियो । औद्यौगिक मेशिनमा आधारित केन्द्रीत गरियो र अपाङ्गता भएको व्यक्तिहरुलाई दोस्रो श्रेणीमा विभाजन गरियो । रोजगारीको दृष्टिले दया, कल्याणकारी कानुनी अधिकार र सहयोग पु¥याउने असमर्थता थियो । पुँजीवादी युग भएपनि सामाजिक सुधारका कार्यक्रम ल्याएपछि सन् १९३६ को रुसी संविधानले शारिरीक र मानसिक रुपमा अपाङ्गता भएको व्यक्तिहरुको मृत्यु भएमा, सक्रिय व्यक्तिको मृत्यु भएमा पेन्सन वा भत्ता र सामाजिक सुरक्षा कोषको व्यवस्था गरेर उनीहरुलाई भरणपोषणमा सहयोग पु¥याएको देखिन्छ ।
संविधानमा समानता, पुनस्र्थापना, संस्था, सामुदायको युद्धमा घाइते सिपाहीहरु तथा नागरिकहरुको सहयोगमा ल्याइयो ।
सोभियत संघमा नागरिकको समान अधिकार, समाजको संस्कृतिक चेतनामा आधारित थियो । चिनको संविधानले अपाङगता, अशक्तता र घाइतेहरुलाई सबै नागरिक सरह समान अधिकार दिएको देखिन्छ ।
संयुक्त राष्ट्र संघको घोषणापत्रमा अपाङ्ता भएका व्यक्तिहरुका लागि थप अधिकार प्रत्यायोजना गरेको छ ।
सन् २००६ अपाङ्गता भएका व्यक्तिहरुको पक्षमा ऐतिहासिक महासन्धी पारित गरेको थियो । उनीहरुलाई शिक्षा, स्वास्थ्य, रोजगारको व्यवस्थापन गर्न कानूनी अधिकारलाई परिमार्जन गरि सरकारले आफ्नो दायित्वभित्र राख्नु पर्ने कुरामा जोडदिएको थियो ।
अपाङ्गता भएको व्यक्तिहरुलाई समान शिक्षा, अपाङ्ता भएकोकाको लागि बनेको ऐन २०३९ खारेज गरेर २०७४ ल्याएको छ ।
प्रगतिवादी साहित्यले मानवजीवनको लागि अधिकारको क्षेत्रमा ऐतिहासिक योगदान दिएको छ ।
पारिजातको लेखनले अपाङ्ता भएका व्यक्तिहरुको हकमा थप पे्ररणा बढाउन सशक्त योगदान दिएको छ । विश्व प्रसिद्ध साहित्य अग्निदिक्षा महान साहित्य हुन् । युद्धमा घाइते वेपत्ता पारिएकाहरुको पक्षमा सशक्त लेखनले विश्वभरका अपाङ्गता व्यक्तिहरुलाई प्रेरणा मात्र होइन, अधिकारको कुरा बोलेको छ ।
लुइस व्रेल, दृष्टिविहिन संगीतकार गणेशलाल, लेखक झमक कुमारी घिमिरे नेपाली साहित्यमा उत्तिकै योगदान छ । ।
म विद्यावारिधी गर्ने पहिलो दृष्टिविहिन व्यक्ति हुँ । यो कार्यपत्र राजेन्द्र तारिकीनी र म, हामी दुबैको सहयोगमा ल्याएको छ । जो उनले यन्त्रको माध्यमबाट मात्र सुन्न सक्नुहुन्छ ।
प्रगतिशील विचारको निष्कर्ष छ । अपाङ्ङ्गता भएका व्यक्तिहरुको प्रभावको सम्मानस्वरुप यो कार्यपत्र ल्याएको छ ।
साहित्यकार निलगगनले भने साहित्यलेनै समाजको चित्रण गर्ने हो । कार्यपत्रमा वैशिक चिन्ता आएको छ ।
कार्यपत्रमा ४ युगमा विभाजन गरि प्रस्तुत गरेको छ । प्राचीन युग, मेरो नेपाली आधुनिक नेपाल । साहित्यमा अपाङ्गताको भूमिका, प्राचीन युगमा चर्चा, पास्चत्य, धर्म प्रेरित भएर पूर्वजन्ममा पाप स्वरुप हेर्ने गरिएको थियो । मध्ययुग पछि स्थापना भएको पुँजीवादी युगमा श्रम र उत्पादनसँग जोडिए विषय जोड्ने कुरा आयो ।

परापूर्व कालमा अपाङ्गता भएका व्यक्तिलाई दोस्रो श्रेणीमा राखेर झनै विभेद गरिएको पाइयो ।
समाजवादसम्म आइपुग्दा पनि अपाङ्गता भएका व्यक्तिहरुको मुद्दा ल्याउन सकेन भनेको छ । वर्तमान युगमा संयुक्त राष्ट्र संघले अपाङ्गता भएका व्यक्तिहरुका अधिकारलाई सम्वोधन गर्न ऐन २०७४ आएको छ । यो ऐन एक किसिमको प्रगतिशील बनेर आएको छ ।
केही लेखकहरुले अपाङग्ताको पक्षमा लेख्नु पर्छ भनेर आएको छ । अपाङ्गता व्यक्तिहरु स्वयम्ले लेखेका छन् । लेखिने विषय अपाङ्गताः जन्मजात, र दुर्घटनाबाट हुने गरेको छ । लेखक सकेसम्म जन्मजात अपाङ्गता भएको व्यक्ति हुनुपर्छ । रमेश विकलले लेखेको कथामा दृष्टिविहिन कथा लेखिएको छ । अझ अपाङ्गता भएकाले व्यक्तिले लेखको भएको भए अझ राम्रो हुन्थ्यो । जसले आफ्नो पीडा फेरि लेख्न सक्छ । लेखक आफू अपाङङ्गता नभएको व्यक्ति भएकाले कसरी हेर्छ भन्ने हो ।
आधुनिक सूचनाको माध्यमबाट पारेको प्रभावले विश्वव्यापीरुपमा पारेको भौतिक परिस्थितिले त्यो विचार निर्माण गरिरहेको छ । माक्र्सवाद नपढीकन वर्गीयता बुझ्न सकिदैनौं ।
वर्ग हुन्छ भनिरहेको छ, उनीहरु हुन्न कि भनिरहेको अवस्था छ । जीवनलाई अलग्गै राखेर कहीँ नगई त्यही घुमी रहन्छ ।
१ पहिलो मानिस आफ्नो अधिकार विना कसरी बाँच्छ ।
२ दोस्रो मानिस कसरी बाँच्छ र कसरी शोषण गर्छ ।
चाल्र्स डार्विनले मानिसको विकास कसरी भयो ? मानिस कसरी बाँच्छ । मानिस माथि मानिस बिच कसरी शोषण हुन्छ भनेर विश्लेषण गरि प्राणी जगतको यथार्थता खोलिदिएको छ ।
प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष प्रा.डा.जिवेन्द्रदेव गिरीले विचारको निर्माण नभइकन समाज अगाडि नबढ्ने धारणा राखेको छ ।

मध्यपूर्वदेखि विकास भएको सिद्धान्त, पश्चिमासम्म आइरहेको वस्तुस्थितिको अवस्थामा वस्तु र चेतनाको कुरा आउने नै भयो । सत्यता छैन भन्ने कुरा खण्डन गर्नु भयो । शुरुमा धर्म छ, शुन्यवाद र अस्तित्ववाद आए । यथार्थवाद आएन तर सबै मिलेर जानु पर्छ भनेर समाजको शोषण अन्त्यको विषय उठाएको छ । यथार्थवाद पनि काम लाग्ने कुरा आएन । यथार्थवाद विरुद्ध भन्दा अघि बढेर पुँजीवादी साहित्यकारहरुले यूरोपमा माक्र्सवादी दर्शनलाई टेकेर पुँजीवादी दर्शनलाई टिकाइरहेको छ । माक्र्सले भनेको कुरा पनि मिल्कायाइएको छ ।
पूर्वीय दर्शनलाई टेकेर नेपालमा मदन भण्डारीले जनताको वहुदलीय जनवाद ल्याइयो ।
माक्र्स, ऐंगेल्सले लेखिएको दर्शनलाई लेनिनले व्यवहारमा ल्याए । विचार मिल्नेहरुले चिन्तन दिएका कारण परिवर्तन भयो ।
वर्तमान सन्दर्भमा माक्र्सवादलाई टेकेर अगाडि बढ्नु पर्छ । जडसुत्र र संकीर्णतालाई चिरेर उत्तर आधुनिकतावाद आएको छ । नारीवादको पक्ष लिने माक्र्सवाद हो । उत्तर आधुनिकतावादले जात र लिङ्ग प्रधान गरिदियो । हामी अराजकताको कुरामा पछि लागिरहेको छौं । असल पात्रहरुलाई किन प्रोत्साहन गर्दैछौं । वर्तमानमा आएका चुनौंतीहरुलाई प्रतिवाद गर्न सकिरहेको छैन । संविधानले समाजवादमा जानु पर्छ भनेका छन् । साहित्यले अन्तर्वस्तुको माध्यमबाट कसरी सहयोग गर्ने ?
राष्ट्रको वित्तीय अवस्था, साहित्य र अर्थतन्त्रमा अर्को मुलुकको दवाब छ । समृद्धि कहाँबाट आउँछ ।
प्रगतिशील लेखक संघ गैरमाक्र्सवादी विचारको विरोधी हुन् । वैचारिक रुपमा जहिले पनि निर्ममतापूर्वक प्रहार गर्नु पर्छ । प्रतिक्रियावादी सरकार छन् भनेर लेख्नु पर्छ । प्रगतिशीलहरु नै देवी–देवता छन् भनेर लागिरहेका छन् ।
अरस्तु र सुकरातले भनेको समय होइन । धार्मिक कुराहरु आएको छ । महिलाहरु सालीनदितिर गइरहेको अवस्था छ । उत्तर आधुनिकतावादले जस्तो झगडा लगाएर होइन ।
प्रलेसले यथार्थ रुपमा, रुप पक्षमा लेख्नु पर्छ । नेपालमा नारीवादी आन्दोलन बौद्धिकस्तरमा मौन छ । शैली लिने र विचार हाम्रो दिने हो । अन्तर्राष्ट्रिय तहमा पनि पहल गर्नु जरुरी छ । पार्टीहरुले गर्न नसकेका काम प्रलेसले गरेको छन् ।
विचारको आदानप्रदान गर्न प्रगतिवादीहरुको ठूलो पंक्ति छ । साहित्यमा विकृति आएका छन् । तिनहरुलाई छेउ लगाउन हामीले मात्र सक्छौं ।

प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष डा.अमर गिरीले दलित साहित्यको ठूलो पंक्ति छ । महिलाहरुले गरेका कुरा हामी सबैले लेख्न सक्देनौं ।
स्रष्टा अर्काको हृदयमा घुस्न सक्छ । मनुष्यको अनुभूतिमा हुन सक्छन् भने गोविन्दजीको कार्यपत्र माक्र्सवादी ढंगले प्रस्तुत भएको भए अझ सन्दर्भिक हुन्थ्यो । सन् १९०५ पछिको कालखण्डको माक्र्सवादी दर्शनको प्रति ध्रुवीय दर्शनको कुरा पनि आउनु पर्छ ।

समकालीन समृद्धि
प्रतिधु्र्रवीय चिन्तनसँग लड्न सकिएन भने उपभोक्तावादसँग जोडिएका ठहर हुन्छ । उपभोक्तावादी संस्कृतिको निर्माण गरि सिङ्गो बजारलाई जीवनको लक्ष्य ठानिएको छ । यो कदापीप हुन सक्दैन ।
आजको पुँजिवादसँग भएको जीवन चक्रले मान्छेलाई खञ्चुवा बनाएको छ । तपाई हाम्रो आदर्श काम नलाग्ने भएको छ । आजको सन्दर्भमा साहित्य चिन्तननै फरक प¥यो कि ?

निओ माक्र्सीजम र माक्र्सको आर्थिक नियम ।
निओ माक्र्सीजमको अधिरचना, कला, साहित्य, संस्कृति, अब मनुष्यको वर्ग र केन्द्रीत श्रेणीमा केही रहेन ।
उत्पादक शक्ति सम्बन्धी माक्र्सवादको व्याख्या फेल भएको छ भनेर व्याख्या गरीसकेको छ । निषेधको निषेध व्याख्या छ । हामी जहाँसम्म लेखे पनि माक्र्सवादको आधारमा लेखौं ।

ध्यान दिनुपर्ने आजको साहित्य
आज विश्वलाई राम्रोसँग बुझ्नु पर्छ । उत्तर आधुनिकतावाद मरिसकेको छ भन्ने लाग्दैन । उनीहरुको जोड उत्तरआधुनिकतावादमा छ । हामी अतिततिर फर्किरहेका छौं । कल्चरल, राष्ट्रिय देशभक्ति फरक कुरा हो । स्पष्ट मोडमा, धार्मिक अतिवादतिर गइरहेको छ ।

कन्टेम्पोरारी क्यापिटालिजम के हो ?
भुमण्डलीकरण सामान्य ढंगले जाने मात्र हो की भेटरान भएर जाने हो । माक्र्सका सिदान्तहरु पनि छ । नन माक्र्सीष्टहरुले कटु आलोचना गरेका छन । पुँजीवादी प्रणालीमा धेरै अन्तरविरोध छैन ।
चिनले हामी पुग्नु सकेका छैनौं भनेको अवस्था छ । सांस्कृतिक तह र साहित्यिक सिद्धान्त के हो ? माक्र्सवादी साहित्यमा व्यक्ति कमजोर छैन ।
वैशिक माक्र्सीजम कमजोर छैन । पश्चिमाहरु माक्र्सवादको सतहीमा आएका छन् । निओ माक्र्सीष्टहरु अरु ढंगले मोडिएको छ । हामी माक्र्सवादीहरुले सैद्धान्तिक आधार उठाउनै पर्छ । नत्रभने थाहै नपाइकन पश्चिमाहरुले चलाएको उपकरणमा फस्छौं । सामाजिक यथार्थता बिच विषय कति बदलियो ? हाम्रो लेख कस्तो छ ? लेख कति बलियो हुनुपर्छ ? कतिले पढेको छ ? थाहा, छ कि छैन । यथार्थको प्रतिवन्धन कत्तिको गहकिलो पक्ष हो । कलात्मक मूल्यको रचनाले अरुसँग सिक्ने सामर्थ राख्छ कि राख्दैन । साहित्य र राजनीति बीचको सम्बन्ध पृथक हुँदैन । माक्र्सवाद विचारधाराको अधिरचना हो । वैचारिक ढंगले लेखन र प्रशिक्षण चलाउन सकेन भने प्रगतिशील आन्दोलनको अर्थ हुँदैन ।
पुँजीवादी साहित्यकारको कुरा गर्न हो भने कहाँबाट कुरा शुरु गर्ने ? यो समस्या भनेको वैचारिक समस्या हो । शिलन्यास गर्दा कर्मकाण्डी ढंगले नगर्दा के हुन्छ ?
राजनीति गर्ने मानिसको सीमितता बुझ्छौं । कम्युनिष्ट आन्दोलनमा समस्या नै समस्या देखा परेको छ ।
माक्र्सवादी साहित्यको खाँचो दिन प्रतिदिन बढ्दै गएको छ । प्रतिवद्धताको प्रश्न पनि त्यस्तै हो । वर्ग बिचको समस्या र समाधान, सह–अस्तित्व र वर्ग समन्वयको कुरा बढ्दै आएको छ ।
अल्वर्ट आइनसटाइनस्ले किसानलाई देउता मानेको छ । किन किसानलाई देवता मान्यो, प्रश्नमा किसानले संसार परिवर्तन गर्न सक्छ भन्ने विश्वासले हुनु पर्छ ।

वरिष्ठ साहित्यकार तथा प्रलेसका सल्लाहकार वासुदेव अधिकारीले चुहेको छानोलाई टाल्न सकोस् । प्रगतिवादी मेलो बिक्री गरिसकेको छ । बाहिर प्रगतिशील भित्री अध्यात्मवादी सोँच पालेको छ ।

वरिष्ठ साहित्यकार जगत वाशिष्ठले मैले टिका लगाएर आएको छु । गर्न कि नगर्ने ? व्यवहारमा उतार्नु सकेन ।
वरिष्ठ साहित्यकार गोपाल मैनालीले नयाँ पुस्तालाई पढाइन भने माक्र्सवाद सकिन्छ ।
सन् १८१८ मा कार्लमाक्र्सको जन्म भयो । भौतिकवाद र द्धन्द्धवादको बिचमा पुँजीवादमा मजदुर वर्गको बिचमा जानेकी नजाने ?

वरिष्ठ साहित्यकार डा.नर्मदेश्वरी सत्यालले सामाजिक र सांस्कृतिक रुपमा व्यवहारिक समस्या देखा पर्दै आएको बताए ।
वरिष्ठ साहित्यकार शान्ता मानवीले परिवर्तन आफूबाट गर्नु पर्ने राय व्यक्त गरेका छन् ।
साहित्यकार तथा ज्योतिषविद् रत्ननीधी रेग्मीले परिवर्तनको कुरा अध्ययन अनुसार परिवर्तन हुनेछ ।
जोतिष पढ्दा पावर अट्र्याक्सान पावर हुन्छ । योग विज्ञान हो, पूराना कुराहरु धेरै अवैज्ञानिक नभनौं । अध्ययनलाई प्रसस्तै बढाउनु होस् ।

प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष अमर गिरीले देवीप्रसाद उपाध्यायको कुरोसँग सहमत छैन । शब्द सन्दर्भ सहित गम्भीर ढंगले वेद भित्र पनि राम्रा कुरा छन् । आँट हामीले नै गरौं । चिन्नु पर्छ, हाम्रो कुन चेतना हो, अधिनायक बन्न चाहान्न ।

प्रगतिशील लेखक संघका अध्यक्ष डा.मधुसुदन गिरीले अपाङ्गता विशेषण शब्द हो । आजको युगमा पहिचानको खोज्न सान्दर्भिकता छ । अपाङ्गता भन्दा पनि फरक क्षमता भनिन्छ । त्यसका लागि गहिरिएर आजको सन्दर्भमा कति सान्दर्भिक छ ।
सन् १९२९–३० को सामाजिक आर्थिक मन्दीको कारण मेशीन, आयो १०० जना मजदुरले गरिने काम १ एक वटा यन्त्रले उत्पादित वस्तु धेरै लागत लाग्छ । संकटको स्थितिमा कलकारखाना बन्द हुने अवस्था छ । समाधान पनि थिए र रोजगारीका सिद्धान्तहरु ल्याए । क्रमशः उत्पादन वृद्धि गरेमात्र उत्पादन हुन्छ भन्ने भयो ।
शुरुमा कारखानाका मालिकहरु आफ्नो खुट्टामा बन्चरो हानेको ठाने । त्यतिबेला समाजमा दुईवर्ग मात्र देखिए, मजदुर र मालिक अनि माध्यम वर्ग थपिएर ३ वर्ग बने ।
हामी दास भएका छन् । आजको अवस्थाले बताइएको छ कि फ्रान्सको ग्राम्सीले कल्चरल हिजेमोनी विचारलाई त्यागेर पश्चिमा पूँजीवाद र समाजवादी संस्कृतिको कारण सोभियत संघ ढल्यो भनेको छ ।
जरामा सामन्तवाद छ । त्यसको हाँगा फलमा त्यही संस्कृति छ ।
अर्को कुरा अध्यात्मिक कुरासँग जोडिएको छ । सांस्कृतिमा स्वर्ग जाने आत्म होलानि, गाइको पुग्च्छर समातेर कसरी स्वर्ग जान सक्छ ? महिलाले स्वर्ग जाने अधिकार नै छैन । स्वर्ग जान नपाउने हो भने गाइको दान किन गर्ने ?
ग्राम्चीले भने जस्तै सामन्तवादी संस्कृतिको आज अधिपत्य छ । नेपाली आधुनिक साहित्यमा पनि प्राचीन युगमा पनि अपाङ्गता भएको व्यक्तिलाई दोस्रो दर्जाको रुपमा हेरेको पाइन्छ । मध्य युगमा चर्च पाश्चत्य, धर्म प्रेरित भएर पूर्वजन्मको पापको रुपमा हेर्ने गरिएको थियो । मध्ययुग पछि पनि र पुँजीवादी समाजमा पनि अपाङ्गगता भएका व्यक्तिहरु अझैपनि शोषणमा परेका छन् । संयुक्त राष्ट्र संघले अपाङ्गगता भएका व्यक्तिहरुको अधिकारको लागि विश्वमा नै ऐन कानुन बनाएर फरक क्षमताको रुपमा स्थापित गर्न सहयोग गरेको छ । साहित्य पनि त्यसरी नै लेखदिनु पर्छ भनेर आएको छ । धेरै लेखकहरुले अपाङ्गगताको पक्षमा लेख्नु पर्छ भनेर आएको छ । अपाङ्गता भएका व्यक्तिहरु जन्मजात अपाङ्गता हुन्छ । जन्मजात अपाङ्गता भएकाले लेख्दा फरक लेख्छ । लेखक आफू अपाङ्गता भएको व्यक्ति आफैले आफूलाई कसरी हेर्छ भन्ने कुरा हो ।

प्रलेसका सल्लाहकार सीता शर्माले वर्तमान सन्दर्भमा माक्र्सवादी साहित्य मत्थर मात्र होइन, भुत्ते भएको बताए । पार्टी र प्रलेसमा समेत प्रशिक्षण दिन सकेको छैन । साहित्यिक संसारमा दर्शनको व्याख्या मात्र गरेका छन् । मूल, वर्ग निर्देश गर्नु पर्छ भन्ने कुरा हो । कुरुप समाजलाई स्वरुप संसार बनाउने दर्शन माक्र्सवार्द हो । प्रतिवद्ध लेखकको कमी छ । समाज बदल्नु भित्रैदेखि बोध हुनुपर्छ । समाज पश्चगमनतिर अगाडि बढेको छ । श्रष्टामा त्यस खालको धार छैन । माक्र्सवादी धारमा लेख्दा विश्व दृष्टिकोण प्रष्ट हुनु जरुरी छ । कम्युनिष्टमा आएको वैचारिक स्खलनका कारण लेखकहरु पनि धुमिलिएको अवस्था छ ।

वर्ग पक्षधरता र वैचारिक प्रतिवद्धताको खाँचो छ
साना पार्टीका लेखकहरु वर्गीय पक्षधरतामा लेखिरहेका छन्् । समाजवादी साहित्य प्रति प्रतिवद्धता भए मात्र माक्र्सवादी साहित्य अगाडि बढ्न सक्छ । गोर्कीको ‘आमा’ उपन्यास । शान्तिकालमा लेखिएका थिए । झनै सचेत र सिर्जनशील भएर कलम चलाउनु पर्छ । आजको सन्दर्भमा माक्र्सवादी दर्शन झनै सान्दर्भिक भएको छ । जीवन र जगत कसरी बन्यो होला भनेर पहिलो जिज्ञसा आएको छ । तार्किक निष्र्कषबाट निष्कर्ष निकाल्नु पर्छ ।
संसार कसले बनायो, कसरी बन्यो । भौतिकवादी दृष्टिकोणले हेर्नु पर्छ । माक्र्सले गरेको परिभाषा प्रत्येक युगको उच्चतम् परिभाषालाई विश्लेषण गर्नु पर्छ । दर्शनमा विभाजन भयो होला । श्रम गर्ने मान्छे एउटै हो, वर्गभेद उत्पन्न कसरी हुन्छ । आफ्नो श्रमको मालिक आफै हुनुपर्छ । मानिसले बाँच्ने आधार के हो ? कुनै पनि दर्शनले व्याख्या गर्दैन । तर माक्र्सवादी दर्शनले व्याख्या गरेको छ ।

सन् १९८७ मा उथलपुथल भयो । माक्र्सवाद भनेको विचार धारा हो । समाजमा अनेक पटक विरोध हुँदै आएको छ । शोषणको विरुद्ध कैयौं पटक युद्ध भयो । तर, उत्पादक शक्ति नै समाजको शक्ति भएकाले छुट्टै व्याख्या गर्ने आवश्यक पर्दैन । पूर्वीय दर्शनमा चेतनाको वस्तुगत परिस्थितिको उपज ऋगवेद थियो ।
नेपालमा उत्पादक शक्तिलाई अगाडि बढ्न दिइरहेको छैन । साम्राज्यवादी राष्ट्रहरु बिचमै छिनाझप्टी चलिरहेको छ । उनीहरुबिच तिव्र अन्तरविरोध बढेको छ । यो अन्तरविरोध सामान्त, दलाल नोकरशाही पुँजीपति वर्ग बीच भएको छ ।

प्रगतिशील लेखक संघ बागमती प्रदेश समितिले २०८१ माघ १३ गते आयोचित विचार गोष्ठीमा प्रस्तुत माक्र्सवादी साहित्यिमा विद्धानहरुबाट प्रस्तुत गरिएका विचारहरु हुन् ।

प्रतिक्रिया दिनुहोस्: