खेलकुद परिषद्मा भएको घटना प्रति संयुक्त विज्ञाप्ति

२०८१ फाल्गुन २

काठमाडौं माघ २६ गते नेपाल ओलम्पिक कमिटिको निर्वाचनको विषयमा विभिन्न मितिमा सम्मानित सर्वाेच्च अदालत काठमाण्डौं र उच्च अदालत पाटनबाट गरिएको आदेश समेत पालना नगरी परिषद्मा हुलहुज्जड गरिएको विषय प्रति सम्बन्धित निकायलाई संयुक्त विज्ञाप्ति प्रकाशित गरि ध्यानाकर्षण गरिएको छ ।
नेपाल ट्रायाथलन संघका अध्यक्ष निलेन्दराज श्रेष्ठ, नेपाल तेक्वान्दो संघका महासिचव दीपराज गुरुङ्ग, नेपाल फेन्सीङ्ग संघका अध्यक्ष सुनील कुमार श्रेष्ठ, अखिल नेपाल फुटबल संघका महासचिव किरण राई, अखिल नेपाल टेवल टेनिस संघका अध्यक्ष जीतेन्द्र बहादुर चन्द, नेपाल भलिबल संघका अध्यक्ष वृजेन्द्र बहादुर हमाल, नेपाल विद्यालय खेलकुद महासंघ महासचिव राज कुमार कार्की, नेपाल ह्याण्डवल संघका संयोजक कुसुम कुमारी श्रेष्ठ, नेपाल रग्वी संघका अध्यक्ष दीपक देवकोटा, नेपाल बेसबल एण्ड सफ्टवल संघका अध्यक्ष दीपक न्यौपाने, नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ, नेपाल कुस्ती संघका अध्यक्ष प्रकाश कुसारी, नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिङ्ग संघको अध्यक्ष अच्यूत खनाल, नेपाल घोडाचडी संघका अध्यक्ष रवि राजकर्णीकार, नेपाल एथलेटिक्स संघका सचिव राधाकृष्ण विष्ट, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, नेपाल एडभेन्चर रनिङ्ग संघका अध्यक्ष ऐकेन्द्र कुँवर, ईस्पोर्टस संघ नेपालका अध्यक्ष अन्जन धमला, नेपाल योग खेलकुद संघका अध्यक्ष डा.सूर्य बहादुर कार्की, राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघका महासचिव रुप सिं तामाङ, नेपाल जुडो संघका महासचिव प्रकाशचन्द्र पाण्डे, नेपाल बक्सिङ्ग महासंघका महासचिव मान भण्डारी, नेपाल क्लाइविङ्ग संघका अध्यक्ष रमेश पौडेल, नेपाल अल्पाईन स्पोर्टस फेडेरेसन अध्यक्ष गोविन्द भट्टराई, अखिल नेपाल कवड्डी संघका महासचिव अरविन्द झा, नेपाल उसु महासंघका महासचिव नवराज ढुङ्गाना, नेपाल आइटिएफका महासचिव घम बहादुर थापा मगर, नेपाल प्याराग्लाईडिङ ह्याङ्गग्लाडिङ्ग संघका अध्यक्ष भुपेन्द्र चाम्लिङ्ग राई, नेपाल ब्रेकिङ्ग एण्ड डान्स संघका अध्यक्ष केशव श्रेष्ठ, नेपाल डोरीतान संघका अध्यक्ष भवानी प्रसाद पौडेल लगायतले संयुक्त प्रेस विज्ञाप्ति प्रकाशित गरि उक्त कुरा जनाएको छ ।
त्यसका विषय उनीहरुले अनलाईन माध्यमबाट नेपालको विद्यमान प्रचलित खेलकुद सम्बन्धी ऐन २०७७ र नियमावली २०७९ समेतको बर्खिलाप निर्वाचन सम्पन्न गरिएको भनिएको निर्वाचनको सम्बन्धमा मा.युवा तथा खेलकुद मन्त्रि श्री तेजुलाल चौधरीको अध्यक्षतामा विभिन्न मितिमा सम्पन्न राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक तथा कार्यकारी समितिको बैठक समेतले निर्णय गरिएको विषयलाई लिएर वार्ता, छलफल तथा सम्वादबाट समस्या समाधान गर्ने वा कानुनी प्रक्रियामा जाने बाटो हुँदाहुँदै मिति २०८१ माघ २५ गते अपरान्ह अन्दाजी १२ः३८ बजे राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिवको कार्यकक्षमा केहि अराजक व्यक्तिहरु प्रवेश गरि अभद्र व्यवहार तथा गाली गलौज गर्दै राज्यको सम्पति तोडफोड गरेको घटनाको सन्दर्भमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । यसरी नेपाली खेलकुदको सर्वोच्च निकायमा भएको अराजक गतिविधिको राष्ट्रिय खेल संघहरू घोर भत्र्सना गर्दछौं । साथै उक्त घटनाको छानविन गरि दोषी उपर कडा भन्दा कडा कारबाही गर्न नेपाल सरकार र सरोकारवालाहरुसँग अपिल गर्दछौं विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्: