दालमान अक्षय कोष २०६३ द्धारा सम्मानित

२०८१ फाल्गुन २

धनबहादुर मगर
काठमाडौं माघ २४, दालमान अक्षय कोष २०६३ को आयोजनामा देशको लागि योगदान पु¥याएका विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
उक्त सम्मान कार्यक्रमका प्रमुख अतिथि मन्त्री पुर्ण बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्मान गरेका थिए ।

जलस्रोत तथा उर्जा मन्त्री पुर्ण बहादुर तामाङले राजनैतिक दालकुमारी सुनुवार सानैदेखि प्रष्ट छु । २०३७ सालमा जब मैले आमा र बुबाको नाममा १३ वटा शिवजीको मन्दिर बनाए । आमाबुबाको नाममा गर्ने रहेछ । आमाबुबा धर्म गरेको कारण देशको जनताको पार्टीले पत्याउँदा मन्त्री भएको छु । मैले सुनुवार जातिको मात्र होइन सुनुवारको छोरा नेपालको मेजर जनरलसम्म भएको छ । मन्दिर बनाए भनेको छ । म आर्थिक वर्ष मै वजेट व्यवस्था गर्छु । अर्को कार्यक्रम त्यही मन्दिरमा गर्नु पर्छ । वजेटको व्यवस्था मैले गर्ने छु । विकासको कामको लागि खानेपानी, रोड, सिँचाईको काम अगाडि बढाएको छ । मेरो पालामा रामेछापमा कालोटारको व्यवस्था गर्छु । स्वतन्त्र पार्टीले २० वटा सीट लगेको छ । सरकार जनताको विकासको काम गर्न सकेन भने असफल हुन्छ ।
दालकुमारी सुनुवारको अविभावक लेफ्टिनेन्ट मानबहादुर सुनुवार हुनुहुन्छ । कोक्रो हल्लाउने हात भएपनि संसारलाई डो¥याउने सफल हुन भएको छ ।
मन्त्री पुर्णबहादुर तामाङले दालकुमारी सुनुवार, सुनुवार जातिको मात्रमा नभई समग्र नेपाली महिलाको गहनाको रुपमा लिनु पर्ने बताए । राजनीतिक सांस्कृतिक क्षेत्रमा दालकुमारी सुनुवारलाई ३ क्षेत्रको त्रिवेणीको रुपमा लिन सकिन्छ । अहिले ३ वटा शासनकालमा उनको प्रतिनिधित्व थियो । राजनीतिक पहुँचको आधारमा ६०१ जना भित्र पहिलो महिलाको गर्विलो भुमिको रुपमा लिन सक्छौं । भाषा संस्कृति संरक्षण गर्न सहयोग पु¥याउने धरोहरको रुपमा लिएको छु । ८१ वर्षको उमेरमा शिक्षा प्रतिको महत्व सहिष्णुता एकता भएमात्र राष्ट्रिय एकता बन्छ भन्ने उहाँमा थियो ।

राप्रपाका नेपालको केन्द्रीय नेता आङनिमा शेर्पाले सुनुवार सम्मानयोग्य नारी हामी पाउँदैनौं । उहाँ जस्तो हाम्रो समाजले पाउन सकोस् भन्ने सुभकामना व्यक्त गर्दछु ।
त्यसरीनै सुनुवार सेवा समाजका पूर्व अध्यक्ष लोकप्रिय सुनुवारले कार्य संयोजन सीमान्तकृत समुदायको जनसंख्याको हिसामा ७८ हजार ९ सय १० मा संख्या रहेको बताउँदै पुस्ता हस्तान्तरण गर्नेगरि कार्यक्रम हो । र साहित्यले भाषा उजिल्याउँछ । भाषा पनि पोख्त बन्छ । आगामी दिनमा यसतै सिर्जनाहरु आओस् । सुनुवार महिला अगाडि बढाउन र महिला साहित्यकार जन्मियोस मिलेर कार्यक्रम गरेको थिए ।

सुनुवार सेवा समाजका अध्यक्ष अमृत सुनुवारले सुनुवारको भाषा हरायो भने जाति हराउने र जाति हरायो भने संस्कृति हराउने बताउँदै । ५० वर्ष अघि आफ्नो भाषा समृद्ध रहेको बताए । ५० वर्ष पछि परम्परागत सीमा र ज्ञानका धनी थियो अहिले टाढा हुँदै गएको छ । भाषा, संस्कृत जीवित हुनु पर्छ भन्ने बुझाई छ । कला संस्कृति ठाउँमा उठाउन सक्यो भने भाषा जीवन्त रहन्छ । भाषा संस्कतिलाई योगदानको माध्यमबाट जीवन्त राख्न संविधान सभाको भावनामा जाँदा आफ्नो पहिचानको लागि दालकुमारी सुनुवारले आफ्नो विचार प्रष्ट पारेको हामीलाई थाहा छ ।
अब मुलुक पहिचान सहितको संविधान जानु पर्छ भन्नु भएको थियो । पहिचान सहितको संविधान आएन भने यही संसदमा झुण्डिएर आत्महत्या गर्छु भन्नु भएको थियो । पहिचान जीवनको आधार हो । भाषा, थात, थलोको पहिचान भएन भने जातिको पहिचान हुँदैन । व्यक्तिगत स्वार्थको लागि भन्दा पनि सामाजिक, सामूहिक स्वार्थमा जोडदिनु हुन्थ्यो ।

मेजर जनरल आशबहादुर तामाङले हामी रथका दुईपाङ्ग्रा हुन् । यो सुनुवार परिवारको मात्र सम्मान होइन । सम्पूर्ण जातिको सम्मानको रुपमा लिनु पर्ने बताए ।
सेनामा पहिलो सगरमाथा चढ्ने पदम बहादुर तामाङ मेरो दाई हुनुहुन्छ ।
मेरी आमा समाजसेवी धनमायाँ तामाङले गीत प्रकाशित गरेको छ । जसले आमाको मायाँ गर्छन, उसले संसारको मायाँ गर्छन् । आमालाई मायाँ गर्ने, देश र भाषा र संस्कृतिलाई मायाँ गर्ने हो । जात रहे हाम्रो देश रहन्छ । पुस्तामा खडेरी आएको अवस्था छ । पुस्तालाई प्रेरणा मिलोस् भन्न चाहन्छु ।

उक्त कार्यक्रममा देशको लागि योगदान पु¥याउनु भएको विभिन्न व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको थिए ।

साहित्यतर्फ लेखक तारादेवी सुनुवार, कोइच भाषा, साहित्यमा योगदान पु¥याएवापत नगद रु.४० हजार पुरस्कार राशी तामाकोशी गा.पा.दोलखालाई उत्कृष्ट स्रष्टा पुरस्कार प्रदान गरेका थिए ।
पुरस्कृत तारादेवी सुनुवारले मन्तव्य व्यक्त गर्दै ‘जिन्दगी बगेको खोला जस्तै हो’ सुनुवार भाषामा ४ वटा कृतिहरु प्रकाशित गरेको छु । भाषा लेखन प्रेरणा समाजको हो । व्राह्मण समुदायको घरमा मैले थापेको थालले चुलो छोयो । सुनुवार जातिको पहिचान दिनु पर्छ भनेर लेख्न थालेको बताईन् । नेपाल भित्र पनि नेपाल छ, नेपाल भित्र पनि जनजाति छ उनले भनिन् ।
१० वर्षे जनयुद्धमा जनजातिहरु कसरी प्रयोग भए, त्यस विषयमा कलम चलाएका हुन् । भाषा चाहीँ ओझेलमा छ ।
संस्कृतिक क्षेत्र नै योगदान पु¥याउनु भएकोमा वरिष्ठ चित्रकार ओखल्ढुंगा निवासी टेकबीर मुखिया ८१ वर्षीयलाई खाडाओढाई सम्मान गरेका थिए । मुखियाले ओखलढुंगामा जन्मनु भई साझा प्रकाशनमा लामो समय चित्रकारिता गर्दै आएका थिए । खर्साङ्गमा बाल्यकाल वितेका, टेकबीर मुखीयाले विभिन्न पुस्तक पत्रपत्रिकाहरुमा ५ हजार भन्दा बढी चित्र कोरिएका छन् । नाटककारको रुपमा संसारले लगाउने चिन्ह पनि भएको उहाले नै बनाएको थियो ।
त्यसैगरी मानबहादुर मुखियाले ‘अध्यारोमा बाँच्नेहरु’ चर्चित नाटक सिर्जना गरेका थिए । मुखियाको नाटक कक्षा १२ को पाठ्यक्रमा पनि समावेश रहेको छ । उक्त नाटक मात्र नभई चर्चित गीत ‘देउरालीको ठिटी हो, नक्कल गर्नु पर्दैन, हामी जस्तो केटा खोजेर कहीँ पाउँदैन ।’ जस्ता लोकप्रिय गीतहरु लेखका थिए । मुखियाले सदावहार गीतको माध्यमबाट नेपाली सांगितिक क्षेत्रका तहल्का मच्चाउनु भएको थियो ।
त्यसरी नै मानबहादुर मुखियाले ‘अनि देउराली रुन्छ ।’ लगायतको महत्वपूर्ण नेपाली गीति नाटक लयायतको सिर्जना गरेका थिए ।
त्यसरी मन्तव्यका क्रममा वरिष्ठ संगीतकार मानबहादुर मुखियाले मलाई पनि सम्मान गर्ने योग्य देखिएकोमा आयोजक प्रति धन्यवाद दिन चाहन्छु । सफल पुरुषको पछि महिलाको हात हुन्छ । तर यहाँ त महिलाको सफलताको लागि पुरुषको हात रहेको बताउनु भयो ।

अर्का सम्मानित सीमा सुनुवारले कराते खेलमा प्रथम स्थान प्राप्त गरि नेपाली खेल जगतमा योगदान पु¥याए वापत सम्मानित भएका थिए । उक्त समारोह मान बहादुर मुखियाले इच्छा शक्ति राख्नु पर्छ असम्भव छैन, भन्ने विचार व्यक्त गरेका थिए ।
मन्तव्यकै क्रममा सीमा सुनुवारले रामेछापबाट यो ठाउँमा आएर आफ्नै संघर्षले खेल क्षेत्रमा सफलता पाइकी बताईन् ।

त्यसरीनै रत्न कुमारी सुनुवार जसले ८१ वर्षको उमेरमा कक्षा १२ पास गरेका थिए । उच्च माविमा उत्कृष्ट नतिजा प्राप्त गरि पास गरेको अवसरमा उहाँलाई सम्मान गरेका थिए ।
उनले मन्तव्य व्यक्त गर्दै ८० वर्ष उमेरमा पढेर १२ कक्षा पास गरेँ । पढेर पुरा गरि जाँजदिएपछि आफै थला परियो । सबैको भलो होस् ।

अवकाश प्राप्त मेजर जनरल राजेन्द सुनुवारले समाजमा विकृति विसंगति परास्त गर्न मुल्य मान्यता सहितको बुबा आमाको प्रेरणा स्वरुप यो पुरस्कारको स्थापना भएको बताउनु भयो ।
राष्ट राष्ट्र संघमा नेवारी भाषा पहिचान छ । नेपाली समाजलाई अराजक, अप्ठेरो परिस्थितिको सामना गर्न सके भाषा, संस्कृति, कला साहित्य अगाडि बढ्ने बताए । त्यही उद्देश्यले अक्षयकोष स्थापना गरेको हो ।
९ औं दालमान पुरस्कार तथा सम्मान कार्यक्रम २०८१, को अध्यक्षता अप्रा मेजर जनरल विग्रेडिएर राजेन्द सुनुवार गरेका थिए ।
स्वागत मन्तव्य पूर्व दालमान अक्षयकोषका पूर्व अध्यक्ष पुष्पा सुनुवारले गरेका थिए ।
कार्यक्रमलाई सुनुवार जातिको धार्मिक परम्परा तथा रीतिरिवाज अनुसार पुजारीबाट रीतिरिवाज अनुसार कार्यक्रम पूरा गरि कार्यक्रमलाई शुरुवात गरेका थिए ।
कार्यक्रम सञ्चालन दयाराम सुनवारले गरेको थिए ।

 

प्रतिक्रिया दिनुहोस्: