मेरो नजरमा गणेश सर

२०८१ माघ १०

हित बहादुर तामाङ्ग

धानमन्त्री, मन्त्री, सांसद हुनु पद र पैसा कमाउनु मात्रै सर्वोपरि कुरा होइन, सबैभन्दा ठुलो कुरा त जीवनभर एउटा निष्ठा र आदर्शको राजनीतिमा अविचलित भएर अगुवाइ गर्नु हो । मानिस मरेर गएपनि । समाजमा त्यस्ता मानिसहरूको स्मरण र चर्चा भइरहन्छ जसले मानिसद्वारा मानिसको शोषणको अन्त गर्न आफ्नो जीवन धरौटी राखेका हुन्छन् । वामपन्थी नेता गणेश पण्डित त्यस्तै चरित्रका अविश्रान्त व्यक्ति हुनुहुन्थ्यो । जसले शोषित– उत्पीडित जनताको मुक्तिका लागि आफ्ना व्यक्तिगत स्वार्थहरूलाई त्यागेर लड्दै अकस्मात् मृत्युवरण गरिसक्नु भएको छ र हामी माझ भौतिक रूपमा बिदा लिइ सक्नुभएको छ ।
कुनैवेला नुवाकोटेली वामपन्थी आन्दोलनको पर्यायवाची नाम हो– गणेश सर । उहाँको जीवन संघर्षले भरिएको एउटा खुल्ला पुस्तक हो, जुन राजनीतिको अध्ययन गर्ने नयाँ पुस्ताका लागि अझ उपयोगी हुनेछ भन्ने महसुस गर्छु । वि.सं. २००३ साल साउन ३० गतेका दिन शिखरबेसीमा जन्मनुभएका पण्डितको राजनीतिक यात्रा आफ्नो घरबाट नै तमसुक च्यातेर विद्रोह गरेपछि सुरू भएको थियो । आफ्ना गाउँका गरिबलाई दिएको ऋणको तमसुक च्यातेर राजनीतिक, शैक्षिक तथा सामाजिक अभियन्ताको रूपमा यात्रा प्रारम्भ गर्नुभएको थियो भन्ने चर्चा अहिले पनि ताजै छ । राजा महेन्द्रले शिशु प्रजातन्त्र मासेर पञ्चायती व्यवस्था घोषणा गरेपछि देशमा निरंकुश शासनको जगजगी व्याप्त थियो । प्रजातन्त्रका लागि लडेका नेता तथा कार्यकर्तालाई स्वतन्त्रतापूर्वक बाँच्न मुस्किल थियो । २०४६ सालअघि भेटिएसम्मका जुनसुकै दलका नेतालाई जेलमा हालिएको थियो भने कम्युनिष्ट पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता विरूद्ध पक्राउको वारेन्ट जारी भइसकेको थियो । यस्तो समयमा नुवाकोट जिल्लामा शैक्षिक आन्दोलनसँगै वामपन्थी आन्दोलनको जग बसाउन उहाँले खेल्नुभएको भूमिका अनुकरणीय छ । मुलुकमा निरंकुश राजतन्त्रात्मक व्यवस्थाले राजनीतिक पार्टीलाई प्रतिबन्ध लगाइएको वेला दिउँसो शिक्षण पेशासँगै राति–राति वामपन्थी विचारको प्रचार गर्ने काममा सक्रिय हुनुभएको थियो । २०४२ सालको बमकाण्डपछि त्यही निहुँमा पञ्चायती सरकारले बर्बतापूर्वक गिरफ्तारी दमन बढाएपछि नेता पण्डितले शिक्षकको जागिर त्यसमाथि हाइस्कुलको हेडमास्टर जस्तो पद–प्रतिष्ठा नै त्यागेर झन् सशक्त ढंगले आन्दोलनमा आफूलाई समर्पित गराउनु भयो । तत्कालीन पञ्चायती निरंकुश तानाशाही विरूद्धको आन्दोलनमा होमिनु भयो । ’हरेक गरिब जनताले पढ्न, लेख्न र यदि स्वतन्त्रतापूर्वक बाँच्न पाउँछन् भने जागिर र पद, प्रतिष्ठा पनि छाड्न तयार छौं, देशका लागि ज्यान दिन तयार छौं’ निरंकुश शासन विरूद्धका ती कहालीलाग्दा दिनमा गणेश सरले गर्नुभएको प्रतिबद्धता थियो त्यो ।
यसरी नेपालको वामपन्थी आन्दोलनमा लामो समय बिताउनु भएका वामपन्थी नेता पूर्वसांसद गणेश पण्डितको असामयिक निधनबाट हामी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्तब्ध भएका छौं । संघर्षमय राजनीतिक जीवनबाट विचलित नभई निरंकुश पञ्चायती शासनमाथि सधैं विजय प्राप्त गर्नुभएको थियो । यस्ता महान् व्यक्तित्व जसले हृदयघातका कारण ७३ वर्षको उमेरमा २०७५ फागुन २१ गतेका दिन यस संसारबाट बिदा लिइसक्नु भएको छ । आज हामीले एउटा ऊर्जाशील, साहसिक र लामो इतिहासलाई गुमाएका छौं । तरपनि, नुवाकोटका मात्र नभई हामी सामाजिक तथा राजनीतिक नेता, कार्यकर्ता र शैक्षिक वृत्तले गणेश सरको स्मरण गरिरहेका छौं र भविष्यमा पनि सधै गरिरहने छौं ।

पहिलोपटक उहाँसँगको त्यो भेट गणेश सरसँग पहिलो भेट २०३६ सालको वैशाखमा मेरो आफनै घर पञ्चकन्याको घलेभञ्ज्याङमा भएको हो । उहाँका भाइ कुमार पण्डितको विवाहको तयारीको सिलसिलमा काठमाडौंबाट घर फर्कने क्रममा बेलुकी वास बस्नेगरी गणेश सर मेरो घरमा आइपुग्नु भएको थियो । मझौला कदको, गहुँगोरो वर्णको, उमेरले ३२÷३३ वर्ष, हेर्दा साधारण जस्तो देखिने तर बोलीचाली र व्यवहारमा असाधारण लाग्ने गणेश सरले मेरो बुबालाई आफ्ना भाइ कुमार पण्डितको विवाहमा आउनको लागि निम्तो दिनु भयो । त्यही क्रममा उहाँसँग मलाई पनि चिन्ने र कुरा गर्ने अवसर मिल्यो । मेरो र उहाँको पहिलो भेट भएको आज करिब ४ दशक बितिसकेको छ । यो बिचमा नेपाली समाजको सामाजिक र राजनीतिक क्षेत्रमा धेरै उथलपुथल आइसकेको छ । मैले पहिलो पटक भेटेको तन्नेरी गणेश सरले प्रौढ र वृद्ध अवस्था पारगरी भौतिक रूपले हामी बिचबाट बिदा लिइसक्नु भएको छ । यहाँसम्म आइपुग्दा उहाँको बारेमा जे–जति सुनेको थिएँ, जति देख्ने र बुझ्ने अवसरहरू प्राप्त गरेँ, त्यसबाट यसै संस्मरण लेख मार्फत फेरि एकपटक स्मरण गर्न चाहन्छु
त्यतिखेर गणेश सरको बारे नौला र आकर्षक कुराहरू सुनेको थिएँ । शिखरबेसीको शेरबहादुर बैदार (सुरथबहादुर पण्डित) को जेठा छोरा एसएलसीमा बोर्डको दशौं स्थानमा उत्तीर्ण हुनुभएको, बि.एस.सीसम्म अध्ययन गर्नु भएको, विद्यार्थी सङ्गठन अखिलको गतिविधिमा सक्रिय हुनुभएकोले राजा महेन्द्रले २०२६ सालमा उपत्यका निषेध (चार भञ्ज्याङ भित्र प्रतिबन्ध) लगाएका थिए । त्यसपछि आफ्नै गाउँमा फर्केर खेतीपाती तथा गोरू जोत्ने काममा लाग्नुभएको आदि–इत्यादि । पछि २०३२ सालमा खरानीटारका अभिभावकहरूले स्कुल चलाइदिनु पर्यो भनि अनुरोध गरेपछि खरानीटारमा आउनुभई हेडमास्टरको जिम्मेवारी समाल्नु भएको भन्ने कुराहरू सुनँ ।
तमसुक च्यातेर गरिब किसानहरू ऋण मुक्त
अझ थप कुरा त के पनि सुनें भने, उहाँहरू धनी व्यक्ति हुनुहुन्थ्यो । ड्ड गाउँमा गरिब किसानहरू आसामी थिए । गणेश सर गाउँ फर्कनु भएपछि आसामीका नाममा लेखिएका कागज तथा तमसुकहरू गरी करिब १५० थान जति च्यातेर सोझा गरिब किसानहरूलाई ऋण मुक्त बनाउनु भएको भन्नेजस्ता कुराहरू पनि सुनें ।
उहाँ खरानीटार स्थित अमरज्योति माविको प्रधानाध्यापक हुनुहुद रहेछ । म त्यसवेला पढाइ छोडेर घरमै बसिरहेको थिएँ । मैले उहाँसँग कुरा गर्दैजाँदा पढाई छोड्नु नहुने रहेछ भन्ने महसुस भयो । त्यतिखेर स्कुल भर्ना हुने समय गुज्रिसकेको थियो । अर्को वर्ष शैक्षिक सत्रको सुरुमै भर्ना हुन जाने सल्लाह भयो । त्यही अनुसार पछिल्लो वर्ष भर्ना हुन गएँ । त्यतिवेला बहुदल र निर्दलको राजनीतिक चहलपहल सुरू भइरहेको थियो । कांग्रेस र कम्युनिष्ट बहुदलीय शासन व्यवस्थाको पक्षमा र पञ्चहरू निर्दलीय व्यवस्थाको पक्षमा कित्ताबन्दी भएका थिए । मैले थाहा पाएअनुसार गणेश सरको त्रिचन्द्र क्याम्पसको विज्ञानको विद्यार्थी कालमा निर्मल लामासँग चिनजान भएको थियो । निर्मल लामाको प्रभावले गणेश सर कम्युनिष्ट हुनुभएको भन्ने पनि सुनेको थिए । कम्युनिष्टहरूले अन्याय, अत्याचार, शोषण र दमन एवं समाजमा हुने सबै प्रकारका असमानता तथा विभेदका विरूद्ध संघर्ष गर्छ, श्रम र श्रमिकलाई सम्मान गर्छ भन्ने सुनेको थिएँ । विद्यालयमा प्रायः जसो निर्माण कार्य भई नै रहन्थ्यो । उहाँ विद्यालयको प्रधानाध्यापक भएता पनि आफै काठ बोक्नेदेखि निर्माणको काममा खट्नु हुन्थ्यो । गणेश सर नेपाल कम्युनिष्ट पार्टी (चौम) को सदस्य हुनुहुन्छ भन्ने गाइँगुई सुनेको थिएँ । मेरो ध्यान गणेश सरको कार्यशैली र मेहनतप्रति अझ बढी आकर्षित हुन थाल्यो । साथै उहाँप्रति धेरै कुरा जान्ने मेरो जिज्ञासा तीब्र थियो । कुराहरू बुझ्दै जाँदा प्रायः उहाँको बारेमा सुनेका सबै कुराहरू यथार्थपरक नै पाएँ । त्यसैले म पनि उहाँबाट प्रेरित भई राजनीतिप्रति चासो बढ्दै जाँदा विद्यार्थी सङ्गठनमा सङ्गठित हुने निर्णय गरेँ । अन्ततः म पनि त्यतिवेला नेपाल कम्युनिष्ट पार्टी चौथो महाधिवेशन निकट अ.ने.रा.स्व.वि.यु. छैटौँमा सामेल भएँ ।
२०३६ सालमा बहुदल र निर्दलको पक्षमा बहस तीव्र हुँदै गएपछि ०३७ सालमा निर्वाचन अर्थात् जनमतसँग्रह भयो । तर, व्यापक धाँधलीको बिचमा निर्दल पक्षले आफूलाई विजयी घोषणा गन्यो । अब सुधारिएको पञ्चायतको नाममा मुलुकमा पुनः राजतन्त्रात्मक शासन सत्ता दोहोरिन थाल्यो र त्यही आडमा आफ्नो जीर्ण बन्ने अवस्थामा पुगेको जीवनलाई राजतन्त्रले अझ सक्रिय बनाउँदै लग्यो । लगत्तै ०३८ सालको वैशाखमा आम निर्वाचन भयो । निर्दलको जितपछि पनि राजनीतिक दलहरू माथिको प्रतिबन्ध कायमै रह्यो । तर स्ववियु माथिको प्रतिबन्ध भने फुकुवा भएको थियो । त्यतिखेरै ०३९ भाद्र महिनामा अमरज्योति मा.वि.मा स्ववियुको निर्वाचन भयो । अखिलतर्फको अध्यक्षको उम्मेदवार रामेश्वर अधिकारी हुनुहुन्थ्यो । स्ववियुको निर्वाचनमा ड्ड अखिल छैटौंले जित्ने निश्चित भएपछि अखिलका विरोधीहरूले गणेश सरलाई आक्रमणको निसाना बनाए । उनीहरूले पाएसम्म गणेश सरलाई भौतिक रूपले नै आक्रमण गर्न खोजेका थिए । गणेश सरले आफ्नो सुरक्षाको लागि नजिकै रहेको राष्ट्रिय बाणिज्य बैंकको सहारा लिनु पर्यो । त्यतिखेर उहाँको माइला ड्ड छोरा किशोर पण्डितलाई समेत बचाउन मुस्किल भएको थियो । विद्यालय र गणेश सरको विरुद्ध आक्रमण भएको खबर सर्वत्र फैलिएपछि भोलिपल्ट जिल्लाको पूर्वी क्षेत्रका जनता ठूलो संख्यामा उहाँको समर्थनमा उत्रिए । त्यो व्यापक उपस्थितिले आक्रामक अवस्थामा रहेको अखिल विरोधीहरू एकाएक रक्षात्मक बन्न बाध्य भए । विद्यालय र गणेश सरको विरूद्धमा यसपछि उनीहरूले थप घटना घटाउन सकेनन् ।
शैक्षिक आन्दोलनका हस्ती गणेश सर शैक्षिक आन्दोलनको पनि स्थापित नेता हुनुहुन्थ्यो । सबैलाई शिक्षा मार्फत जगाउने उहाँको उत्कट अभिलाषा थियो । नेपाली राजनीतिमा दुर दराजका मान्छेहरूका बस्तीमा चेतनाको धिपधिपे राँको बाल्ने काम सो समयमा गणेश सरजस्ता जिउँदा नेपाली ज्यानहरूले गरे ।
तत्कालीन नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा उहाँ हुनुहुन्थ्यो । ०३८ सालमा उहाँकै नेतृत्वमा शिक्षकहरूको पेसागत हक, हित र शैक्षिक अधिकारको माग लिएर जिल्ला सदरमुकाममा दिउँसै बत्ती बालेर जुलुस प्रदर्शन सहितको ठुलो आन्दोलन भएको थियो । जुन आन्दोलन ’लाल्टिन आन्दोलन’को नामले समेत परिचित छ । सायद नुवाकोटको इतिहासमै पहिलो पटक त्यो स्तरको आन्दोलन भएको थियो । जिल्लाका प्रायः । सबै विद्यालयका सयौं शिक्षकहरूले सहभागीता जनाएका थिए भने करिब १५०
जनाले सोही आन्दोलनमा गिरफ्तारी समेत दिएका थिए । २०४० सालको अन्त्यतिर उहाँकै नेतृत्वमा ’नेपाल राष्ट्रिय शिक्षक ड्ड सङ्गठनको जिल्ला सम्मेलन भएको थियो । उक्त सम्मेलन जिल्ला प्रशासनको दमन र धरपकडको कारण निर्धारित स्थानमा सम्पन्न हुन सकेन । सम्मेलन रातारात छापामार शैलीमा चतुराले स्थित एउटा विद्यालयमा गरिएको थियो । उक्त सम्मेलनले मदनमानसिंह खड्काको अध्यक्षतामा जिल्ला समिति निर्माण गरेको थियो । भनिन्छ– ’जनताको नेतृत्व सङ्घर्षको बिचबाट मात्र पैदा हुन्छ’ । गणेश सर स्थानिय स्तरदेखि केन्द्रीय स्तरसम्मका आन्दोलनमा अविछिन्न रूपले जोडिने क्रमसँगै उहाँको व्यक्तित्व जिल्ला हुँदै राष्ट्रिय स्तरमा क्रमशः उदाउँदै थियो । वामपन्थी खेमाको त शिक्षक मात्रै होइन राजनीतिक नेतृत्वको रूपमा पनि उहाँको व्यक्तित्व स्थापित हुँदै थियो । वामपन्थी खेमाका शिक्षकहरूको सरुवा, बढुवा र नियुक्ति लगायतका सबै कामहरू उहाँकै पहल र नेतृत्वमा हुने गर्दथ्यो । कुनैपनि विद्यालयमा नयाँ शिक्षक नियुक्ति वा सरूवा गर्नु पयो भने प्रायः जसो उहाँ मार्फत नै हुन्थ्यो ।
त्यतिवेला जिल्लामा पढेलेखेका मान्छेहरू कम संख्यामा भएकोले शिक्षण पेशामा प्रायः जिल्ला बाहिरकै शिक्षकहरू हुन्थे । तर, उहाँको प्रभाव र उहाँप्रति जनताको आकर्षण देखेर तत्कालीन शासक खेमाका मान्छेहरू कुनैपनि वेला आफ्नो राजनीतिक धरातलमा पहिरो जाने र आफ्नो स्वार्थको आलिशान महल ढल्ने भएमा सोही लख काटिरहेका थिए । यही परिस्थितिका बिचमा २०४२ साल असार ६ गते काठमाडौँमा बम विष्फोटनको घटना घट्यो । उक्त बम विष्फोटको घटना शासकहरूको लागि वामपन्थी दबाउने उपयुक्त मौका र निहुँ बन्यो । यही घटनालाई लिएर पञ्चायती शासकले कम्युनिष्ट विचार समर्थकमाथि बर्बरतापूर्वक दमन गर्ने योजना बनायो । सोही अनुसार नुवाकोटमा गणेश सर लगायतका थुप्रै शिक्षक तथा अविभावकहरूलाई गिरफ्तार गरियो । त्यसमध्ये गणेश सरलाई गिरफ्तारीमा पर्ने सबैको नेतृत्वको केन्द्रको रूपमा लिइन्थ्यो । त्यस हिसाबले उक्त बम विस्फोटको घटनालाई नुवाकोटबाट ड्ड कम्युनिष्टहरूलाई राजनीतक, साङ्गठनिक र भौतिक रूपले सिध्याउने उपयुक्त
मौकाकोरूपमा उपयोग गर्ने प्रयत्न भयो । तर शासकहरूको यस्तो असफल
प्रयत्नले उनीहरूको कुनै पनि चाहना पूरा हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्: