आयोजक केएमसीको जित

२०८१ माघ ६

आयोजक केएमसी स्कुलले चांैथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शनिबार जित हात पारेको छ । पहिलो दिन केएमसीले ३ खेल खेलेकोमा २ मा जित हात पा¥यो ।
सिनियर गल्र्समा केएमसी ‘ए’ ले क्यान्भासलाई १७–१२ ले पराजित ग¥यो । विजयी टिमका लागि आकृशा घिमिरेले ११ अङ्क जोडिन् । सिनियर ब्वाइजमा केएमसी ‘ए’ ले केयर इङलिसलाई ३७–२६ ले हरायो । विजेताका स्वीकार श्रेष्ठले २२ स्कारे गरे । केयर विरुद्धको सिनियर गल्र्सको खेलमा भने केएमसी ‘बी’ २२–१० ले चुक्यो । केयरकी केलिशा दाहालले ११ स्कोर गरिन् ।
जुनियर ब्वाइजमा नेरिक एकेडेमीले नेपाल सेन्ट्रललाई १७–१० तथा केयरले जनप्रेमीलाई १७–१२ ले पाखा लगाए । नेरिकका सविन खत्रीले ११ तथा केयरका सनय श्रेष्ठले १२ स्कोर गरे ।
सिनियर ब्वाइजमा विल्सन एकेडेमीले इनोभेटिभलाई ६०–२५, क्यान्भासले एभरेष्टलाई ३६–२५ र एन्जल लर्डले बाल दिक्षा सदनलाई २०–१५ ले पराजित गरे । विल्सनका रेहान डंगोलले २४, क्यान्भासका सुवास तामाङले १५ र एन्जल लर्डका मनीष पोखरेलले ६ अङ्क जोडे ।
प्रतियोगिताको केएमसीका प्रिन्सिपल द्वारारिकानाथ अम्गाईंले एक कार्यक्रमबीच उद्घाटन गरे । सिनियर ब्वाइजमा १६, सिनियर गल्र्समा ८ र जुनियर ब्वाइजमा १२ टिम सहभागी छन् । प्रतियोगिता माघ ६ गते सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्: