यो मन कहाँ दुख्छ ? : सुमिनासँग संवाद

२०८१ माघ ४

अनिल श्रेष्ठ
हजारौं वर्ष पूरानो हो, म र मजस्तामाथिको दलन । त्यसैले मभित्र दबिएका र थुनिएका आक्रोशका पीडाका भावनाहरू पनि हजारौ वर्ष पूराना हुन् । तिनै दबाइएका उद्वेलनहरूले तँछाडमछाड गर्दै बाहिर निस्किने बाटो खोज्दा कविताहरू प्रस्फुटित भए । आक्रोश, उत्तेजना, प्रेम, वियोग, संयोग, उत्साह, निराशा, रोदन अनि खुसी; यी समस्त मानवीय भावनाहरूको एकमुष्ट स्वरूप नै हो. ‘बागी स्त्रीको आत्मकथा’ ।
हो, ‘बागी स्त्रीको आत्मकथा’ मा सुमिनाका उल्लिखित यत्ति शब्दहरू पढिसकेपछि कवि सुमिनालाई विना आग्रह पूर्वाग्रह निर्धक्क कवितामा पढ्न सकिन्छ । यहींनिर उनको विचारसँग एकमत भइसकेपछि एउटा पाठकले उनका कविताहरूसँग संलाप गर्न सक्छ । र, उनका कविताहरू पाठकलाई न्यायप्रिय लाग्न सक्छ । कविता पढ्नु नदीमा पौडिनु जत्तिकै साँच्चिकै गाह्रो काम हो । एउटा कुशल पौडीबाजलाई नदीको पानीको धार र गहिराइमा हेलिनु र डुब्नुको जति रोमाञ्च र आनन्द लाग्छ, एउटा पाठकको लागि एउटा सुन्दर कविताले दिने आस्वाद उत्तिकै आह्लादक लाग्छ । त्यसैले कविता लेख्नु वा पढ्नु एउटा एडभेन्चर पनि यो मन कहाँ दुख हो । कमै लेखक वा पाठकले यो साहसिक कार्यलाई आत्मसात् गर्न सक्छ ।
कविता लेख्नु भनेको द्रोही हुनु हो । विसंगतिहरूसँग सत्ता विसंगतिहरूको डङ्गुर हो । र, कविता सत्तासँगको द्रोह पनि हो । सँधै राज्यसत्ताको उत्पीडनले दलनमा बाँचीरहेकाहरूको एकमत स्वरहरू हुन् सुमिनाका कविताहरू । त्यसैले सुमिनाका कविताहरू पढ्नु भनेको विसंगतिहरूप्रतिको विद्रोह र सत्तासँगको द्रोह पनि हो ।
कवि सुमिनाका कविताहरू सत्तासँग असहमत छन् र सत्ताले सधैँ वर्जित गरेको भूगोलमा रहेका सीमान्तकृतहरूमाथिको उत्पीडन सुमिनालाई अस्वीकार्य छ ।
‘म कविता तिनीहरूमा अर्पण गर्न चाहन्छु, जसका स्वरहरूलाई यो समाजले सदियौंदेखि निमोठ्न र दबाउन खोजिरहेको छ । जसका खुट्टाहरूमा बलजफ्ती जञ्जिरहरू बाँधिएका छन् । जसका निम्ति स्वतन्त्र उडान वर्जित छ । हो यो त्यही उडानको आह्वान हो । वर्जित भूगोल तोडेर उड्ने आह्वान । जन्जिर चुँडाल्ने आह्वान । ताल्चा तोडेर दबिएका आवाजहरू उराल्ने आह्वान ।’
र, उनको आत्मस्वीकृति छ;
म यतिबेला
अस्तित्वको आकाशमा मडारिएको आँधीको सामना गर्न
स्वयम् आँधी बनेर
युगको आँगनमा उभिइरहेकी छु ।

सुमिना ८० को दशकको पूर्वाद्र्धमा देखा परेका नेपाली कविहरूको पछिल्लो पुस्तामध्येको एक प्रखर कवि हुन् । भर्खरै उनको ‘बागी स्त्रीको आत्मकथा’ शीर्षकको कवितासङ्ग्र्रह बजारमा आएको छ र यस कवितासङ्ग्रहले उनलाई वर्तमान पुस्ताको एक जना सशक्त कविका रूपमा स्थापित गरेको छ । आफ्ना फुटकर कविताहरूले पाठकका माझ परिचय बनाइसकेका कवि सुमिनाका धेरै कविताहरूले चर्चा पनि पाइसकेका छन् । वैचारिकी र विद्रोह उनका कविताहरूको सघन र केन्द्रीय विषय हुन् । पाठकका रुचि र छनोटमा परेका कतिपय प्रकाशित र नयाँ कविताहरूलाई सङ्ग्रहीत गरेर आफ्नो पहिलो कविता कृति ‘बागी स्त्रीको आत्मकथा’लाई उनले प्रकाशनमा ल्याएकी हुन् ।
२०५० सालको असोजमा ‘वंैसालु वर्तमान’ कवितासङ्ग्र्रह प्रकाशनमा आएपछि यस कृतिले पारिजातको वैचारिक कविताहरूको एउटा मानक स्थापित ग¥यो । नेपाल साहित्य गुठीले प्रदान गर्ने २०४९ सालको सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार प्राप्त गरेको यो कृतिले पुस्तकाकार रूपमा प्रकाशित हुन नपाउँदै २०५० सालको वैशाख ५ गतेको एकाबिहानै पुरस्कारको घोषणा र पारिजातको मृत्युको समाचार सँग–सँगै फैलियो हावासँगै । २०५० सालको वैशाख ४ गते नेपाल साहित्य गुठीले पारिजातको ‘वैंसालु वर्तमान’ लाई सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार दिने निर्णय ग¥यो । तर वीर अस्पतालको सघन उपचार कक्षको बेडमा रहेकी पारिजातले यो निर्णय सुन्न नपाउँदै वैशाख ५ गते बिहानै उनको निधन भएको समाचार बाहिर आयो । पारिजातलाई विसङ्गतिवादी कविताहरूबाट अलग्याएर ‘वैसालु वर्तमान’ ले प्रतिवद्ध, वैचारिक र माक्र्सवादी कविका रूपमा चर्चामा ल्यायो ।

मैले सुमिना र सुमिनाका कवितासँगै पारिजातका यी प्रसङ्गहरूलाई यहाँ किन जोडिरहेको छु भने पारिजातपछि वैचारिक कविताहरूको लेखनको शून्यता लामो समयसम्म रहँदै आइरह्यो । अझ महिला लेखकहरूमा यस्तो लेखनको अभाव खट्किरह्यो । लेखिए पनि ती हस्तक्षेपकारी भुमिकामा लेखनले यतिबेला मलाई पारिजातको सम्झना गराइरहेको छ । यो सकेनन् । पारिजातकै शैलीमा कवि सुमिनाको उपस्थिति र उनको मेरो वैयक्तिक बुझाइ हो । मेरा यी बुझाइहरूमाथि कसैले पनि असहमति राख्न सक्छन् ।
व्यक्तिगत रूपमा म सुमिनालाई चिन्दिनँ । उनको व्यवहार र स्वभावसँग म उति परिचित छैन जति मैले पारिजातलाई नजिकबाट चिनेको छु । केही समय उहाँसँग नजिक रहेर मैले साहित्यको विद्यार्थीको रूपमा प्रशिक्षित हुने अवसर पाएको म्हैपीस्थित उहाँको निवासमा पुगेर उहाँको अध्ययन र सङ्र्षशील जीवनशैलीबाट प्रभावित भएको छु । ‘बागी स्त्रीको आत्मकथा’ पढिरहँदा मलाई घरीघरी यस्तो लाग्छ सुमिना नै कतै पारिजातको त्यो ‘बोनी’ हुन कि ! जो यो समयले हुर्काएको आन्दोलनको एउटा जीवन्त पात्र हुन् । मैले सुमिना र सुमिनाका कविताहरूमा पारिजातका प्रतिच्छायाँहरू देखेको छु । ‘वैसालु वर्तमान’ र ‘बागी स्त्रीको आत्मकथा’ लाई साथमा राखेर अहिले म यी दुई अलग समयलाई प्रतिनिधित्व गरिरहेका यी दुई कविहरूको वैचारिकी, विद्रोह र सङ्र्घाशील स्वभावहरूलाई पढिरहेको छु एउटा समानता खोजिरहेको छु । म सुमिनाका यी कविताहरूले पारिजातलाई पछ्याइरहेका उनका पाइतालाका पदचापहरूलाई चियाइरहेको छु । र, एउटा दृढताले सीमान्तकृत भूगोललाई नियालिरहेका सुमिनाका स्वप्नील आँखाहरूलाई हेरिरहेको यतिबेला उनका आँखाहरू आन्दोलित छ ।

जहाँ सामन्तहरू
बडो दम्भले महँगो जुत्ता बजार्छन्
हामी त्यहीँ खाली पैताला
आफ्ना हत्केला गाड्दै नङ्ग्रा खियाउँछौं
आफ्नो शरीरबाट पसिनाको धारा बगाएर
उब्जनीको मूल फुटाउँछौं ।
(वर्गीय प्रेम, पृ. ४२)

कहिलेकाहीँ कविता पढिरहँदा मलाई कविताले हिप्नोटाइज गरोस् भन्ने लाग्छ । मन एकतास होस् र मन कविताका हरफहरूमा हेलिइरहोस् भन्ने लाग्छ । यस्ता कविताले पाठकलाई एक प्रकारको मेडिटेटिभ अवस्थामा पनि पु¥याउँछ । कविता सिर्जना आफैँमा एक ऊर्जा हो । कविको सौन्दर्य पनि हो । एउटा सुन्दर कविताले पाठकलाई पनि अध्ययनशील बनाउँछ । एउटा ऊर्जा दिन्छ । र, कविता पढिसकेपछि पाठकले एउटा बिम्ब निर्माण गर्छ समाजको सौन्दर्य र कविको व्यक्तित्वको । त्यसैले कविता सुन्दर समाज निर्माणको एउटा आधार पनि हो ।
सुमिनाका फुटकर कविताहरू पढिरहँदा र ती कविताहरूले छोइरहँदा एकदिन फेसबुकको म्यासेन्जर बक्समा मैले उनलाई आग्रह गरेर लेखेको थिएँ– ‘सुमिनाजी, कविताको एउटा सङ्ग्र्रह निकाल्नुस् न अब ।’
सङ्ग्रहको काम भइरहेको छ । मेरो तर्फबाट सेलेक्सन भइसकेको छ । केही काम बाँकी छ । अब छिट्टै बजारमा आउने छ । सुमिनाजीको जवाफ थियो ।

मजस्तै उनका कविताका पाठकहरूको शुभेच्छा हो ‘बागी’ स्त्रीको आत्मकथा’ । इण्डिगो इन्कले यसलाई प्रकाशनमा ल्याएको कृति बनेको छ । यो कृति नेपाली कविताको फाँटको उपलब्धि हो ।

कवि सुमिनाका कविताहरू सीमान्तकृतहरूको प्रतिरोधी चेतनाका स्वरहरू हुन् ।
मेरै श्रमको आँगनमा उभिएर
आफ्ना आदेशका औंला ठड्याएर
तिमी आफूलाई मालिक भन्छौ
आफ्नै पसिनाका धाराबाट

उब्जनीको मूल फुटाएर म कहलिन्छु दास ।
सुमिनाका कविताहरू पढिरहँदा मलाई कहिलेकाहीँ लाग्छ ती कविताहरू आन्दोलनमा उठिरहेका छरपस्ट नाराहरूको एउटा सङ्गठित आवाज हो जो एकातिर पुरूष सत्तासँग भद्र अवज्ञा गर्छ र अर्कोतिर राज्यसत्ताले निर्माण गरेको शासकीय स्वरूप र त्यसका संरचनाहरूले पुनर्गठन गरेको महिलाको सामाजिक न्यायमाथिको विभेद, असमानता र उत्पीडनप्रति कडा आलोचना गर्छ ।
र, यसका विरुद्ध उनी सडकमा कविताको फिलिङ्गो बोकेर हिँड्छन् ।

ममाथि बडो अट्टहास गर्छन्
निरङ्कुश व्यवस्थाका झुण्ड झुण्ड अनुयायीहरू

म त्यो हाँसोमा उनीहरूकै व्यवस्थाको बर्बादी कुर्लिरहेको देख्छु
उनीहरू मलाई मूर्ख सम्झन्छन् र फुकेर निभाउन खोज्छन् ।
म निडर
आँखा जुधाउँछु र हाँस्छु बेस्सरी फिलिङ्गो फुक्दैमा निभ्दैन
झन् सल्कन्छ– रातो भएर ।

एउटा काल÷बेला थियो– बजारको फिलिम हलमा फिलिम फेरिएपछि हलमा पुगेर नयाँ फिलिम हेर्न मन आतुर हुन्थ्यो । अहिले उमेर र रहर फेरिएको छ । बजारमा नयाँ किताब आएपछि मन किताब पसल पुग्न हतारिन्छ । लेखक नयाँ, पुराना भन्दिनँ । किताब टपक्क टिप्छु । घरमा पुगेर पढ्न बस्छु । राम्रा किताबहरूले मन तृप्त बनाउँछ । नराम्रा किताब छन् भने पनि खासै गुनासाहरू गर्दिनँ । एउटा पुस्तकालय छ, जतनले राख्छु । रूचि आख्यान र गैरआख्यान दुबैमा छ । खासगरी कविताका किताबहरूले तानिन्छु । दोबिल्ला पुस्तक पसलबाट भर्खरै बजारमा आएका समकालीन कविताको क्षेत्रमा महत्व राख्ने केही किताबहरू ल्याएको छु । सुमिना मलाई मन पर्ने कवि हुन् । नयाँ बीच उनको लेखनको क्रियाशीलता लोभलाग्दो छ । ‘बागी स्त्रीको आत्मकथा’ मार्फत नेपाली कवितामा उनको एउटा हस्तक्षेपकारी उपस्थिति रहेको छ ।
सत्तामा बसेर आज शासकहरूले गर्ने स्तुत्य कवि सुमिनालाई पटक्कै स्वीकार्य छैन ।

ऊ भनिरहन्छ – क्रान्ति जपिरहन्छ – क्रान्ति
धर्मग्रन्थको स्तुतिजस्तै ध्यानस्थ भएर
उसलाई कण्ठ छन्
माओत्सेतुङ्गा दर्जनौ उद्धरणहरू
कुनै धर्मान्धले
धर्मग्रन्थका श्लोकहरू जपेजस्तै
बेला बेला क्रान्तिको इतिहास पढ्छ र उभिन्छ चाउ एनलाई, चियाङ चिङ
र याङ होङ्वेनहरूको लस्करसँगै ।
कवि सुमिनाको आक्रोश छ, आफूलाई क्रान्तिकारी हुँ भनेर क्रान्तिकै विसर्जन गर्नेहरूसँग । सिंहदरबारभित्र पसेका लाल कमरेडहरूको दलाल चरित्रहरूले रुग्ण बनेको देश र उनीहरूको सत्ता लिप्साले थिचिएका झुप्राहरूको आवाज आज माइतिघर मण्डलामा हराएको छ ।
ऊ बेखबर छ
आफ्नै अघिल्तिरको समयको रफ्तारसँग उसलाई थाहा छैन ।
कहाँ, कतिबेला र कसरी छुट्यो उसको लक्ष्यबाट वर्गसङ्घर्ष, मजदुर एकता र समाजवादको यात्रा ?
(क्रान्तिको जप, पृ. ७१)
साहित्य वस्तुवादी हुनुपर्छ, जीवनवादी हुनुपर्छ । विचारलाई नारामात्र देख्नेहरूका लागि सुमिनाका कविताहरूले बिझाउन सक्छन् । श्रृँगारवादीहरू सँधै ‘कला कला’का लागि कि कला

जीवनका लागि’ भन्ने भ्रमको बहस सिर्जना गरिरहन्छन् । उनीहरू कहिल्यै श्रमको सौन्दर्यसँग जोडिन सक्दैनन् । श्रमसँग नजोडिएको साहित्य जीवनहीन साहित्य हो । कलावादीहरूको साहित्य उपभोक्तावादी बजारले आफ्नो दोकानअघि विभिन्न वस्त्र र आभूषणले सजाएर राखेका ‘डमी’ जस्ता हुन् जसको कुनै प्राण हुँदैन, जीवन हुँदैन । श्रमसँग नजोडिएको साहित्य रूपविहीन र श्रँृगारविहीन नै हुन्छ । जब सिर्जनाको व्यापार शुरु हुन्छ त्यो वस्तुमा रूपान्तरण हुन्छ र केही समयपछि त्यसको उपयोगिता सकिन्छ । अहिले उपभोक्तावादले साहित्यलाई पनि वस्तुको रूपमा व्यापार गरिरहेको छ । त्यसले लेखकलाई मारिदिन्छ र प्रायोजक बनाउँछ ।
कवि सुमिना श्रम र श्रमजीवीहरूका कवि हुन् । उपेक्षित र उत्पीडितहरूका कवि हुन् । त्यसैले उनका कविताहरूमा श्रमजीवी वर्गको भावना, संवेदना, करुणा, प्रेम, स्नेह र एकत्वको मेल पाइन्छ । उनी आफू उभिएको भूगोल, आफ्नो जाति र आफ्नो वर्गसँग इमानदार छन् र उनी लेख्छन्, धेरैले भनेको सुनिन्छ– कविता हृदयले ग्रहण गर्ने कुरा हो ! तर मलाई लाग्छ कविता मस्तिष्कले पनि ग्रहण गर्ने कुरा हो । धेरैले भनेको सुनिन्छ– कविताको काम एक अलौकिक आनन्द प्रदान गर्नु हो । तर मलाई लाग्छ कहिलेकाहीँ त्यो मुर्दा शान्तिलाई बिथोलेर हृदयमा उद्वेलनको ज्वारभाटा उठाउनु र मस्तिष्कलाई एक चरण बिथोल्नु पनि कविताको काम हो ! यस अर्थमा कविता सँधै विनम्र, शालीन मात्रै हुँदैन । उद्दण्ड, अराजक र विध्वंशस पनि हुन्छ ।’
र, त्यसैले सायद सुमिनाका कविताहरूले पाठकको मस्तिष्कलाई बिथोलिरहन्छः ।

त्यागिदेऊ श्रँृङ्गार र, उन्मुक्त गर
आफूसँगै आफ्नै शरीरका
एक एक बन्धक अङ्गहरूलाई ।
(शृङ्गार, पृ. ९७)

एउटा लेखकलाई आफ्नो लेखनप्रति इमानदार हुन जति गाह्रो छ, त्योभन्दा दुगुना गाह्रो यहाँ एउटा असल र इमानदार पाठक हुनुमा छ । कहिलेकाहीँ लेखकले आफ्नो कुरा भनिसक्छ र उसले पाठकलाई दुबिधामा छोडिदिन्छ । पाठक मझधारमा उभिन्छ । यस्तो अवस्थामा लेखक र पाठक दुबै दुर्घटनामा पर्छन् । लेखक र पाठकको सम्बन्ध टुट्छ । र, यसले पठन संस्कृतिलाई कमजोर बनाउँछ ।

सुमिना भन्छिन् ’यो लेखकको आत्मरतिमा रमाउने एउटा मनोवृत्ति हो ।’
लेखकले आफ्नो लेखकीय यात्रामा पाठकलाई पनि सँगसँगै हिँडाउन सक्नुपर्छ । लेखक र पाठकका बीच संवाद हुनुपर्छ । संवादले पठनयात्रालाई सहज बनाउँछ । नत्र पाठक थाक्छ र लेखकलाई छोडिदिन्छ । कहिलेकाहीँ त यसले लेखक र पाठकका बीच द्वन्द्व सिर्जना गरिदिन्छ । कवि सुमिना आफ्ना पाठकहरूप्रति सचेत छन् र इमानदार छन् । उनका कविताहरू पाठकसँग संवाद गर्न सिपालु छन् । त्यसैले उनका कविताहरू पाठकहरूका लागि कत्ति पनि बोझिला लाग्दैनन् ।
उनका कविताहरूले पाठकलाई आसक्त बनाउँछन् ।
जब नियाल्छन् यी आँखा
आकाशको छातीभरि यात्रारत हजार पक्षीहरूलाई
उच्छ्वासित हुन्छु
आहा !
कति उदार छ त्यो आकाश
जसले विनाअवरोध सारा पक्षीहरूलाई आफ्नो छातीमा
उडानको अनुमति दिन्छ निःशर्त । (निरङ्कुशता, पृ. १०३)

कहीं कतै भावुक र प्रेमासक्त बनाउँछन् सुमिनाका कविताहरूले । एकछिन टक्क अडिएर चिसो सुस्केरा लिन बाध्य पार्छन् उनले पाठकलाई । ‘वियोग’, ‘निरङ्कुशता’, ‘छोडिनेहरू’, ‘दोहोरिएको प्रेम’, ‘हराएको सहयात्री’, ‘बगर’, ‘नदी’, ‘संयोग’, ‘निष्कर्ष’, ‘प्रेम’, ‘तिमी र जून’ र ‘सम्बन्ध’ आदि कविताहरू पढिसकेपछि पाठक झट्ट एकछिन शून्यतामा हराउँछन् । यी सुमिनाका प्रेमिल कविताहरू हुन् । र, यी कविताहरूले पाठकलाई नोस्टाल्जिक बनाउँछ र प्रेमको एउटा स्वैरकल्पनामा पु¥याउँछन् ।
कुनै बिछोड यस्तो पनि हुन्छ ।
मानौ, शरीरबाट कसैले मुटुलाई विच्छेद गरिरहेको छ कोही यसरी पनि अलगिन्छ
मानौ, विस्तारै विस्तारै शरीरबाट प्राण अलग्गिरहेको छ ।
कोही यसरी पनि हराउँछ ।
जस्तो कि, विस्तारै विस्तारै हराइरहेको होस्
सँधैका लागि आँखाबाट दृष्टि
र, मडारिँदै गरेको होस् चौतर्फी अन्धकार ।

के सुमिनाका असफल प्रेमले उनलाई अति भावुकता र कोमलताका यी कविताहरू लेख्न यसरी उद्वेलित गरिदियो ।

मनले गमेको कुरा । लाग्छ यही कोमलता कवि सुमिनाको सिर्जना शक्ति पनि हो । र, यही शक्तिले उनी आफ्ना पाठकहरूलाई एउटा स्वैरकल्पनाबाट जीवनको सौन्दर्यतिर अघि बढाउँछन् । उनलाई थाहा छ त्यो सौन्दर्य सङ्घर्षबाट मात्र प्राप्त हुन्छ ।
श्रमले नै सौन्दर्यको निर्माण गर्छ ।
जन्मनु ज्वलन्त सङ्ग्रर्षको ज्वालामा फालिनु रहेछ
कोही दाउराजस्तै दन्किन्छन्
र, रूपान्तरण हुन्छन् कोइला वा खरानीमा तर
म त फलाम भएको छु साथी फलाम अग्निको ज्वालासँगै
खारिएर इस्पात बन्दै छु
र, लड्दै छु निरन्तर
चुनौंतीका फलामे काँडाहरूसित ।
कवि सुमिनालाई साधुवाद !

प्रतिक्रिया दिनुहोस्: