जर्मनी भाषाको सङ्क्षिप्त इतिहास

२०८१ पुष २६

मानव मानवको लागि भाषाहरूको संसार एक आकर्षक र रोमाञ्चक विषय हो संसारमा कति भाषाहरू छन् ? तिनीहरू कसरी प्रयोगमा आए ? तिनीहरूका बीचका समानता र भिन्नताहरू के के हुन् ? र तिनीहरू कसरी फरक छन् ? भन्ने सवाल गहन छ । हालसम्म संसारमा ७ अर्ब मानिसले ७ हजार भिन्न–भिन्न भाषाहरू बोल्छन् र जीवनमा प्रयोग गर्छन् । तर करिब ६% भाषाहरूमा मात्र १ मिलियनभन्दा बढी भाषाभाषीहरू छन् । प्रायः १००० भन्दा बढी मानिसहरू छैनन् जसले एक भाषामा कुराकानी गर्न सक्छन् । त्यसैले प्राय संख्यामा ठूला संख्या र साना संख्यामा बोलिने भाषाहरू पर्दछन् । जर्मन भाषाविद् डिटर वुण्डरलिचका अनुसार किन नयाँ–नयाँ भाषाहरू जन्मिन्छन् ? कस्तो अवस्थामा भाषाहरू र कसरी सिर्जना हुन्छन् ? कुन एक अर्कासँग सम्बन्धित छन् ? तिनीहरूसँग के आपसमा साझा सम्बन्ध छ ? र भाषाको सम्पर्क हुन्छ ? तिनीहरूको प्रयोगमा र विस्तारमा के फरक पर्दै जान्छ ? भाषाहरू कसरी फैलिन्छन् ? र तिनीहरू कहाँ पुग्छन् ? लेखक, एक सिद्ध विशेषज्ञ र हम्बोल्ट पुरस्कार विजेता, ठोस उदाहरणहरू प्रयोग गरेर सबै प्रश्नहरूको जवाफ दिन्छन् । हाम्रा लागि पूर्ण रूपमा विदेशी भाषाहरूबाट पाहुना भाषाको रूपमा प्रयोग हुँदै आएका छन् र विस्तारै स्थायी भएर बस्न थाल्छन र सोही अनुसार प्रयोग गरिन्छ । फलस्वरूप विस्तारै कुनै पनि मानव भाषा स्पष्ट र बुझ्ने हुँदै धनी र आकर्षक बन्दै जानेछन् ।
अर्का भाषाविद् चाल्र्स भी.को प्रयोग धारणामा एउटा उदाहरण यस्तो रहेको पाइन्छ किः “म ईश्वरसँग स्पेनी, महिलासँग इटालियन, पुरुषसँग फ्रेन्च र घोडासँग जर्मन बोल्छु ।’’ वैज्ञानिक दृष्टिकोणबाट, विभिन्न भाषाहरू सबै परिस्थितिमा समान रूपमा उपयोगी हुँदैनन् । भाषाले हाम्रो व्यवहार, दृष्टिकोण र धारणालाई प्रभाव पार्छ या त आकार लिन्छ वा यसको विपरित असर पार्छ ? र, अर्को भाषाको ‘चश्माबाट’ हेर्दा संसार कुन हदसम्म फरक देखिन्छ ? भाषा मानिस मानिसबिचको मात्र नभई जगतका सबै प्राणीहरूबीचको माध्यमलाई आपसमा जोड्ने विशेषता, प्रणाली र सूत्र पनि हो । भाषाले ध्वनि र वर्णहरू टिप्छ, जोड्छ र शब्दहरू बनाउँछ । जसले सानो वा ठूलो एकाई तयार गर्छ र छोटा वा लामा वाक्यहरूको माला बनाउँछ । भाषा सञ्चारको लागि प्रयोग गरिने ध्वनि र संकेतहरूको एक निरन्तर र विकसित प्रमाण र सत्यता पनि हो ।
सामान्यतयाः मानव जगतमा दुई प्रकारका भाषा रहेका छन् (१) प्राकृतिक भाषाहरू र (२) मानव निर्मित भाषाहरू । पशु जगत्मा सांकेतिक र सञ्चार प्रणालीहरू रहेका छन्, जसलाई मौरीहरूको नृत्य भाषा भनिन्छ । तर कतिपय भाषाहरू प्रतीकको रूपमा, प्रतिनिधित्वको रूपमा र प्रशोधन गर्ने प्रणालीको लागि काम गर्छन् र तिनलाई पनि भाषाको नामले परिभाषित गरिन्छ । उदाहरणको लागिः प्रोग्रामिङ डीजाइनिंङ भाषाहरू वा गणितका लागि प्रयोग भएका भाषाहरू हुन् ।
मानव प्राकृतिक भाषाहरूमा फरक बोल्ने भाषा र सांकेतिक भाषा बीचको हो । लिखित भाषाले प्रायः फोनेटिक भाषा (भाषा परिधि, भाषा अनुशासन वा भाषा विधान जस्तैः– वर्णमाला र लिपिहरू) को नक्कल गर्ने कोशिस गर्दछ ।
भाषाविज्ञान वा सामान्य भाषाविज्ञानको सिद्धान्त अनुसार मानव प्राकृतिक भाषा र मानव निर्मित भाषासँग अवस्था अनुसार विशिष्ट र सामान्य रूपमा व्यवहार हुने गर्दछ । जस्तैः मनोविज्ञान, न्यूरोलोजी, संज्ञानात्मक विज्ञान, सञ्चार विज्ञान, वक्तृत्व, वाक् विज्ञान, भाषादर्शन मिडिया अध्ययन, कम्प्युटर विज्ञान, सेमोटिक्स, साहित्यिक अध्ययन (कथनशास्त्र), धार्मिक विज्ञान आदि जस्ता भाषाहरूको प्रयोगको रूपमा देखा पर्दछन् । अध्ययन, मानवविज्ञान र एथनोलोजी । हाल विश्वमा करिब ६,००० मानव भाषाहरू छन् र तीमध्ये करिब ९० प्रतिशत यस शताब्दीको अन्त्यसम्ममा लोप हुनसक्ने अनुसन्धाताहरूले अनुमान गरेका छन् । लोपोन्मुख भाषाहरूको विश्व मानचित्रमा, युनेस्कोले विश्वभरि लोप हुने खतरामा परेका सबै भाषाहरूलाई सूचीकृत गरेको छ ।
भाषा लोप हुँदा सांस्कृतिक स्मृति र पहिचान पनि हराउँदै गएको पाइन्छ उदाहरणको लागिः (इतिहासकालका कतिपय औपनिवेशिक देशहरू) । तर आजका दिनमा राज्यको तर्फबाट, राजनीतिक र कानुनी पहलहरूद्वारा समेत यो सम्भावनाको क्षतिको सामना गर्ने प्रयास भइरहेको बताइन्छ । प्रत्येक मानव प्राकृतिक भाषा वा मानवनिर्मित भाषाहरूलाई अमूर्त रूपमा सांस्कृतिक सम्पदाको प्रत्येक देशहरूले धेरथोर संरक्षण र प्रवद्र्धन गरेका पाइन्छन् ।
विश्व भाषाका जानकार एवम् भाषाविद्हरूको अध्ययन अनुसार, सुमेरियन भाषा मानव जातिको पहिलो भाषा हो । जसको लागि लिपि करिब ३३०० ईसा पूर्व विकसित भएको थियो । तिनीहरूको लिखित र मौखिक भाषाको परम्पराले लगभग ३००० वर्षको अवधिलाई समेट्छ । तर त्यसमध्येको अरमेनिक भाषा आज पनि बोलिने संसारको सबैभन्दा पूरानो भाषा हो । यो लगभग ३००० वर्ष पहिलेदेखि बोलिंदै आएको भाषा हो र भनिन्छ, जिसस क्राइस्ट (येशू क्रिष्ट) ले यो अरमेनिक भाषा बोल्ने गर्थे रे । भाषा र मान्छेले प्रयोग गर्ने बोली अनुकूल बसाइको क्रममा देश विदेश वा अन्यत्र बसाइँसराइ गरेर जाने क्रममा सँगसँगै रहने गर्दछ ।
भाषा कसरी उत्पत्ति हुन्छ, विकास र विस्तार हुन्छ र कहिले लोप हुन्छ ? भन्ने प्रमुख कारण मानव समाजमा भर गर्छ । कोहीकोहीको मिथ्याङ्क अनुसार अबको २०० वर्षपछि पृथ्वीमा सबैले अग्रेजी वा चिनियाँ भाषा मात्रै बोल्नेछन् भन्ने जस्ता भाषाहरूको सङ्क्षिप्त इतिहासमा अन्वेषण र अड्कल गरिएका केही रोचक प्रसङ्ग र प्रश्नहरू छन् । यी ऐतिहासिक अवस्थाहरूले मानव भाषाहरूलाई आकार दिन्छ र भाषाहरूले पाठ्यक्रममा पार्ने प्रभावहरूमा पनि निर्भर गर्छ । कुनै बेला भाषाविद्हरूको बीचमा ठूला–ठूला छलफल हुने गर्दथे । जसका कारण भाषाहरूमा विविधता आएको थियो । समयक्रममा विस्तारै फैलिएर ग्रीक, ल्याटिन, फ्रान्सेली र इटालियनमा पुग्छ । तर जर्मन भाषा अङ्ग्रेजी जत्तिकै एक विषय हो, जसको विकास विस्तारमा यसको प्रयोग आफ्नै गति र छुट्टै अवस्थामा फैलिँदै गएको पाइन्छ । दक्षिण अफ्रिकी सेत्स्वानादेखि वेस्टइन्डिजको नेभिसको क्रियोल भाषासम्म अन्य धेरै भाषाहरू समेटिएका छन् । भाषाविद् तथा प्रयोगवादी जोन्सोनका अनुसार भाषाहरूका सांस्कृतिक पक्षहरूलाई समेत जीवन्त रूपमा प्रस्तुत गरेको कुरा उनले भनेका छन् । उनी अझै थप्छन, विदेशी (पाहुना भाषा) भाषाहरूको ज्ञान ग्रहण गर्न संस्कृति र भाषाहरूमा अद्भुत अन्तर्दृष्टि र सम्बन्ध रहेको पाइन्छ । एकै समयमा, यसले दीर्घकालीन आयाम र प्रवृत्तिहरू पहिचान गर्दछ, जसले हामीलाई भाषाहरूको भविष्यको बारेमा निश्चित भविष्यवाणीहरू अनुमान गर्न सकिन्छ ।

जर्मन भाषा :
घटनाका रूपमा लिइन्छ र घतलाग्दो पनि उत्तिकै मानिन्छ । जर्मन भाषा समूहका एक जर्मन भाषाविज्ञहरूका अनुसार जर्मन भाषालाई ऐतिहासिक रोचकताभित्रको भाषाको रूपमा, इण्डो–युरोपियन भाषा परिवारसँग सम्बन्धित छ र यस भाषाको (एक काल्पनिक र हराएको मूल भाषा जसबाट वास्तविक भाषाहरू सुरुवात काल्पनिक प्रोटो–इण्डो–युरोपियन भाषा ईसापूर्व प्रथम
व्युत्पन्न हुन्छन्) मा भएको मानिन्छ । यो इण्डो–युरोपियन सहस्राब्दीमा विकसित भएको भाषाविद्हरू बताउँछन् ।
पूरानो उच्च जर्मन भाषाले जर्मनीको सबैभन्दा पूरानो लिखित भाषाको खास रूपलाई बुझाउँछ र जुन भाषा सन् ७५० र सन् १०५० वर्ष पूरानो भएको बताइन्छ ।
बीचमा प्रयोग भएको पुरानो अङ्ग्रजी वा एंग्लो–स्याक्सन अवधि (४५०–११५० एंग्लो–स्याक्सनहरू ५औं शताब्दीदेखि बसोबास गर्ने मानिसहरू थिए । तिनीहरूमा महाद्वीपीय यूरोपबाट टापुको दक्षिणी आधामा बसाइँ सरेका जर्मन जनजातिहरू र तिनीहरूका सन्तानहरू समावेश थिए । साथै एंग्लो–स्याक्सन संस्कृति र भाषा दुबै अपनाएका आदिवासीहरू थिए । पूरानो अङ्गेजी कालको समयलाई एङ्गल्स, स्याक्सन र जुट्सका पश्चिम जर्मन जनजातिहरूले कब्जा गरेका थिए र क्रिश्चियन धर्ममा परिणत भएका थिए । यो समय हो जब आक्रमणकारीहरूको पश्चिमी जर्मन बोलीहरू मिलेर अङ्ग्रेजी भाषाको सुरुवात भयो ।
पूरानो स्याक्सन भाषा पूरानो लो जर्मन भाषाको रूप हो र निम्न जर्मन लो स्याक्सनको सबैभन्दा पूरानो भाषास्तर हो । जुन स्याक्सन र एड्गल्सको बस्ती क्षेत्रमा ९औं र १२औं शताब्दीको बीचमा बोलिन्थ्यो विश्वभर करिब १३ करोड मानिसले आफ्नो मातृभाषाको रूपमा जर्मन बोल्छन् । जर्मन भाषा मुख्यतया मध्ययूरोपमा बोलिने पश्चिम जर्मन भाषा हो ।
जर्मन भाषा सबैभन्दा धेरै र व्यापक रूपमा बोलिने मातृभाषा हो र युरोपेली संघका निम्न देशहरू जर्मनी, अष्ट्रिया, बेल्जियम, स्विट्जरल्याण्ड, लिक्टानस्टेन, लक्समवर्ग र इटालियन प्रान्तको दक्षिण टायरोल आधिकारिक र सहयोगी भाषाको रूपमा बोल्ने गरिन्छ । साथै अफ्रिकी देशको राष्ट्रिय भाषा हो । यो भाषा संस्कृत, अफ्रिकन, डच, अङ्ग्रेजी र फ्रिसियन भाषाहरू, लो जर्मन, लगायत पश्चिम जर्मन भाषा शाखाभित्रका अन्य भाषाहरूसँग जर्मनसँग धेरै मिल्दाजुल्दा छन् । यसले डेनिस, नर्वेजिएन, र स्वेडिस जस्ता उत्तर जर्मनिक समूहका केही भाषाहरूका शब्दावलीहरूमा समान र मिल्दाजुदा पाइन्छन् । जर्मन भाषा अङ्ग्रेजी भाषापछि दोस्रो सबैभन्दा धेरै बोलिने जर्मन भाषा हो । संसारका प्रमुख भाषाहरूमध्ये जर्मन भाषा पनि एक हो । यो यूरोपेली संघभित्र सबैभन्दा बढी बोलिने सहायक भाषा हो । जर्मनलाई विदेशी भाषाको रूपमा पनि व्यापक रूपमा सिकाइन्छ, विशेष गरी महाद्वीपीय युरोपमा अङ्ग्र्रेजी र फ्रान्सेली पछि सयुक्त राज्य अमेरिकामा जहाँ यो तेस्रो सबैभन्दा बढी सिकाइने विदेशी भाषा हो । यो दोस्रो सबैभन्दा धेरै प्रयोग हुने वैज्ञानिक भाषा हो र वेबसाइटहरूमा सबैभन्दा व्यापक रूपमा प्रयोग हुने भाषाहरूमध्ये जर्मन भाषा पनि पर्दछ । जर्मन भाषा बोल्ने देशहरू नयाँ पुस्तकहरूको वार्षिक प्रकाशनको हिसाबले विश्वमा पाँचौं स्थानमा पर्दछन् । विश्वका सबै पुस्तकहरू जर्मन भाषामा प्रकाशित भएका पाइन्छन् । तर शब्दोउच्चारण र ब्याकरणसमेत जर्मन भाषा सिक्न विदेशीहरूको लागि सजिलो नभएर स्वयम् जर्मनहरू पनि सजिलो नभएको स्विकार्छन् ।
भाषाको प्रारम्भिक चरण हो, जुन परम्परागत रूपमा लगभग ५००÷७५० ईशा पूर्व देखि १०५० सम्मको अवधिको रूपमा चिनिन्छ । जर्मनीको पहिलो भाषा र आधिकारिक भाषा जर्मन हो । कुल जनसंङ्याको ९५% भन्दा बढीले जर्मनलाई उनीहरूको पहिलो भाषाको रूपमा बोल्छन् । अल्पसंख्यक भाषाहरूमा जर्मनीको पूर्वमा ०.०९% द्वारा बोलिने सोर्वियन र नोर्डफ्रिजल्याण्ड करिब १०,००० मानिसहरूले बोल्ने उत्तर फ्रिसियन, वा ०.०१%, जसले जर्मन पनि बोल्छन् । सबैभन्दा पूरानो भाषा भाषाविज्ञानको इतिहास लगभग ३५०० ईसा पूर्वको सुमेरियनको सबैभन्दा पूरानो प्रमाण आजको इराकको किश ट्याब्लेट फेला परेको थियो । अन्तर्राष्ट्रिय मातृभाषा दिवसका लागि डेस्टाटिस प्रकाशित गरेको तथ्याङ्कले जर्मनीमा बसोबास गर्ने झण्डै १५ प्रतिशतले घरमा कुनै पनि जर्मनलाई कम बोल्ने गर्छन् भन्ने पत्ता लगाएको छ । अरबी, पोलिश र अङ्ग्र्रेजी जर्मन भाषामा बोलिने सामान्य विदेशी भाषाहरू हुन् ५६% अङ्ग्रेजी बोल्दछन् । जर्मनीमा अङ्गे्रजी व्यापारको आधिकारिक भाषा हो,
जसमा ५६% जनसंख्याले अङ्ग्रेजी भाषा बोल्छन् । यसको बढ्दो लोकप्रियताको कारण, धेरै जर्मन व्यवसायहरूले आधिकारिक रूपमा अङ्ग्रेजीलाई उनीहरूको प्राथमिक भाषाको रूपमा समेत अपनाएका छन् ।
साभार : जर्मनी आप्रवासन र अनुभूति

 

प्रतिक्रिया दिनुहोस्: