
काठमाण्डौ पुस १७, कुमारी बैंक लिमिटेडले “कुमारी परिवार सुरक्षा बचत खाता” योजना अन्तर्गत खातावालाको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ ।
खातावालाको परिवारको तर्फबाट श्रीमती मुना राणालाई कुमारी बैंक लिमिटेडको टोखा शाखाबाट रकम हस्तान्तरण गरिएको थियो ।
कुमारी बैंकले “कुमारी परिवार सुरक्षा बचत खाता” मा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस खातामा खातावाला सहित परिवारका चारजना सदस्यहरुले २६ लाख रुपैयाँसम्मको बीमा प्राप्त गर्न सक्ने सुविधा रहेको छ ।
कुमारी बैंकले विगत ५ वर्षदेखि ग्राहकहरुको सुविधाका लागि “कुमारी परिवार सुरक्षा बचत खाता” योजना मार्फत बिमा लगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको छ ।
विगत २३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिवद्धता जनाएको छ ।
राष्ट्रिय बीमा कम्पनीको भ्रष्टाचार ढाकछोप गर्नुपर्ने भन्दै सीईओ दिनभर अर्थ मन्त्रालयमा
काठमाडौं पुस १७, राष्ट्रिय बीमा कम्पनीका सिईओ डा.शिवहरि श्रेष्ठ दिनभर अर्थ मन्त्रालयमा भौतारिरहेका थिए । राष्ट्रिय बीमा कम्पनीभित्र भएको आर्थिक भ्रष्टाचार र अनियमितताको बारेमा समाचार बाहिरिएसँगै उच्च तहका कर्मचारीहरू कारवाहीमा पर्ने सम्भावनाका बीच सीईओ श्रेष्ठ दिनभर अर्थ मन्त्रालयमा पुगेर भ्रष्टाचारीहरूलाई जोगाउने प्रयत्न गरिरहेको दृष्य निकै रोचक बनेको अर्थ मन्त्रालयभित्रै चर्चाको विषय बनेको छ ।
हजुर हजुर भन्दै अर्थमन्त्रालयका चोटा कोठामा घुमिरहेका सिईओ श्रेष्ठले सचिवलाई भेटेर कारवाहीबाट जोगाउने प्रपञ्च गरिरहेको सूचना प्राप्त भएको छ । त्यसो त सीईओ आफैँ पनि भ्रष्टाचारी हुन् । उनलाई यसअघि खाद्य व्यापार कम्पनीमा सीईओ हुँदा भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको थियो । उतिबेला सीईओ श्रेष्ठले नातामा दाई पर्ने सर्वोच्चका तत्कालीन न्यायाधीश विश्वम्भर श्रेष्ठको पावर लगाएर बिशेष अदालतबाट सफाई पाएका थिए ।
आफैँ भ्रष्टाचारी भइसकेपछि राष्ट्रिय बीमा कम्पनीका भ्रष्टाचारीहरूलाई पनि अर्थ मन्त्रालयमा पुर्याएरै भएपनि कारवाहीबाट जोगाउन प्रयास गरिरहँदा उनमा कुनै पनि हीनताको भावना देखिएको छैन ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका ग्राहकहरूले केवुलकार चढ्दा ३० प्रतिशत छुट हुने
काठमाडौं पुस १६, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको अभिकर्ता, कर्मचारी र पोलिसी होल्डरर्सलाई पोखरामा रहेको अन्नपुर्ण केबल कारमा उपलब्ध हुने सेवा सुविधामा ३० प्रतिशत विशेष छुट पाउने भएका छन रिलायवल नेपाल लाइफ इन्स्योरेन्स र अन्नपुर्ण केवलकार बीच भएको दुई पक्षीय समझदारी अनुसार यस्तो व्यवस्था गरिएको हो ।
रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र अन्नपूर्ण केवुल कारको तर्फबाट सञ्चालक चन्द्र बहादुर कार्कीले समझदारीमा हस्ताक्षर गरेका छन ।
रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमा कारोबार शुरु गरेको ७ वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको छ । साथै कम्पनीप्रति विश्वास गरी बीमालेख खरिद गर्नु हुने ७० लाख भन्दा बडी बीमितहरु रहेका छन् अन्नपूर्ण केवल कार सँगको यस समझदारीले इन्स्योरेन्सका ग्राहकहरूले लिने सेवा तथा सुविधामा विशेष सहुलियत पुग्ने रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले जनाएको छ ।
रिलायवल नेपाल लाइफ इन्स्योरेन्सलले बिमा क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्वपूर्ण भूमिका खेलेको छ ।
प्रतिक्रिया दिनुहोस्: