
धनबहादुर मगर
काठमाडौं पुस १९, नेपाल पत्रकार महासंघ काठाडमौंको नवनिर्वाचित पदाधिकारीहरुको पद हस्तान्तरण समारोह कार्यक्रम सम्पन्न भएको छ ।
उक्त समारोहका प्रमुख अतिथि, पूर्व प्रधानमन्त्री, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालको पत्रकारिता क्षेत्रले राजनैतिक परिवर्तनमा अविष्मरणीय भूमिका खेलेको बताए ।
उक्त कुरा नेपाल पत्रकार महासंघ काठमाडौकों नवनिर्वाचित पदाधिकारीहरुको पद हस्तान्तरण समारोहलाई सम्वोधन गर्ने क्रममा बताउनु भएको हो ।
प्रचण्डले डिजीलाइजनको गलत प्रयोग र त्यसबाट हुने चुनौंहरुको सामना पनि पत्रकार महासंघको रहेको बताउनु भएको छ । ‘मिस्इन्फर्मेशनको सामना गर्ने भुमिका पनि नेपाल पत्रकार महासंघको दायित्व हो ।’ सुशासनको भूमिका, व्यवहारमा निष्ठापूर्वक, निभाउनु पर्ने छ । भ्रष्टाचारको विरुद्ध कुरा आएको छ । सरकारमा जाँदा एउटा र सरकार बाहिर हुँदा अर्को कुरा होइन । म अलि भावुक छु, म माथि लागेको आरोप सत्य होइन, म कहिले काहीँ अलि भावुक हुने गर्छु । बोल्दा तल माथि पर्छ होला, नियत र निष्ठामा चाहीँ गलत छैन भन्ने कुरा सबैले बेझेका छन् ।’‘ एकले अर्कालाई दोषारोपण हुन्छ । जहाँ भ्रष्टाचार छ । भ्रष्टचार न्यूनिकरण गर्न, उठेको कुरालाई म सडक र सदनमा पनि हमेशा आफ्ना तर्फबाट योगदान दिन तयार छु ।
प्रचण्डले साना पत्रकारिताका अवस्था दयनिय छ । पत्रकार महासंघले सकारात्मक भूमिका निभाउन सकोस् । यो पटक म बढी आशा वादी छु । उक्त कायक्रममा मैले पत्रकार महासंघमा निर्मला शर्मा अध्यक्ष बन्ने सन्दर्भमा मेरो साथ हुन्छ भनेको थिएँ । अपेक्षा छ शर्माले पत्रकारितामा भएको समस्या समाधान गर्न भुमिका खेल्नु हुनेछ । ‘काठमाडौंमा शोभा जिको टिम आएको छ ।’ सकारात्मक र गुणात्मक भूमिका निभाउने सकोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु ।’
नवनिर्वाचित पदाधिकारीहरुको पद हस्तान्तरण समारोहका विशिष्ट अतिथि नेकपा एमालेका प्रमुख सचेतक तथा युवा नेता महेश बर्तौलाले पत्रकारहरुले हरेक पटक आन्दोलनमा खेलेको भुमिका अतुलनीय छ । श्रमजीवी पत्रकाहरुको पक्षम काम गर्ने अनुरोध गर्दछु । तथ्याहीन सूचना सम्प्रेशन भईरहको अवस्थामा साझा चौतारीको रुपमा काम गर्न आग्रह गर्दछ ।
संयोग हो, केन्दमा महिला अध्यक्ष, र काठमाडौंमा पनि महिला अध्यक्ष । पत्रकारहरु आर्थिक र भौतिक रुपमा सुरक्षा छैन । योगदानमा आधारित कार्यक्रम लैजानु पर्छ । महासंघ स्वयंमले पनि आफ्नो कर्म प्रति मर्यादित बन्नु पर्छ । भावि पुस्ताका लागि पनि सही ढंगको दिशा निर्देश गरेको पत्रकारिता जगतको सन्देश सम्पे्रशन गनुृ पर्छ ।
संसदको गणितीय खेल खेल्ने, भत्किने कुरा सकारात्मक होइन । देश र जनतालई अगाडि राखेर जाने कुरा महत्वपूर्ण हुन्छ । नेपालको राजनीतिक सफा हुने अवस्था छैन । हामी ल मेकरको हैसियतसँग मिलेर काम गर्न सक्छौं ।
नेपाली काग्रेको प्रखर नेता तथा पुर्व प्रवक्ता अर्जुन नरसिंह केसीले ६९ वर्ष अगाडि गठन महासंघ, आज साँढे १३ हजार सदस्य पत्रकारहरुको सर्तकतानै नै लोकतन्त्रको संरक्षण हुन सकेको बताए । नेपाली पत्रकारिताको ८ वटै प्रहरले नेपालको लोकतान्त्रिक आन्दोलनको पक्षमा सँधै जागरुक बनाइ राख्ने पर्ने बताए । केसीले देश अत्यन्तै जटिल परिस्थितिको बाटोमा गुज्रीरहेको बताउँदै जनता निराश तर्फ धकेलीरहेको छ । मानव अधिकार कम्जोर बन्दै गएको छ । सूशासनको सट्टा कुशासन तर्फ बढेकोछ । एकले अर्कालाई दोषारोपण गर्ने कार्य भएको छ । चर्चित–चर्चित भ्रष्टाचारका कुरा उठेको छ । छानविन निम्ति प्रधानन्यायाधीसको संयोजकत्वमा ३ देखि ५ जनाको अधिकार सम्पन्न भ्रष्टाचारको गर्ने समिति बनोस् भन्ने चाहछु । नेपाली जनतामा एउटा भाष्य तयार गरेको छ । बोराका बोरा पैसा भ्रष्टाचार थुपारेको छ भनिन्छ । ५ सय र हजारको नोट प्रतिवन्ध गरौं । नेपाल जस्तो गरिब देश, स्वीस बैंकमा पैसा राख्ने गरेको चौथांै मुलुकको रुपमा चर्चा हुने गरेको छ । भ्रष्टाचारी कोको हुन् बरु मैबाट शुरु गरौ ।
केसी भने भाटभेटेनी सुपर मार्केटका सञ्चालक मीन बहादुर गुरुङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई २ अर्ब पर्ने जग्गा हस्तान्तरण गरेको विषयमा संकेत गर्दै भने ४ अर्ब ३६ करोड कर छली गरेको कुरा आईरहेकामा निष्पक्ष छानविन हुनु पने बताए ।
भ्रष्टाचार उन्मूलन गर्ने र सुशासन कायम गर्ने नेपालको पत्रकारिता क्षेत्रको योगदान महत्वपूर्ण छ ।
केसीले भने नेपाल अन्तर्राष्ट्रिय द्वन्द्वको केन्द्र बन्दै गरेको बताउँदै सुशासन र दण्डहिनताको अन्त्य गर्न लागि पनि पत्रकारहरु सचेत हुनु पर्ने कुरामा जोडदिएको छ । नीतिगत भ्रष्टाचारको विरुद्ध खुट्टा कमाउने काम भएको छ ।
यसरी चल्दैन, नयाँ चेतनाकासाथ संघर्षलाई केन्द्र विन्दु बनाएर विधिपूर्वक सहकार्यको आवश्यकता परेको छ ।
नेपाल पत्रकार महासंघ काठामडौंका संस्थापक अध्यक्ष तथा पूर्व केन्द्रीय अध्यक्ष किशोर नेपालले ६० वर्षको पत्रकारिताको इतिहासमा आफूले विगतदेखिनै नीतिगत भ्रष्टाचारको मुद्दा कलम चलाउन नछोडेको बताउनु भयो । आफू २ कुरामा भाग्मानी भएको बताउदै, पत्रकारहरु गोविन्द वियोगी र अशोक श्रेष्ठको गरेको कार्यलाई पछ्याइरहेको बताउनु भयो । र वास्तविक श्रमजीवी पत्रकारहरुले साहुजी बन्ने काम नगर्नु होला, साहुजी बन्न खोजको सु्न्नमा आएको छु । राम्रो काम गर्नुहोला ।
पद हस्तान्तरण समारोह कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व कोषाध्यक्ष रमेश विष्ट, नेपाल पत्रकार महासंहका महाससचिव रामप्रसाद दाहाल, निवर्तमान कार्यवाहक अध्यक्ष बाला अधिकारी, नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, नवनिर्वाचित काठमाडौं शाखाका अध्यक्ष शोभा अर्याल,
काठमाडौं शाखाका पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य सूर्य सुवेदीले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउने बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्: