
काठमाडौं मंसीर २३, गण्डकी प्रदेशमा कृषि बिमा वापत २३ करोड रुपैयाँभन्दा बढी रकम दाबी भुक्तानी भएको छ । गत आर्थिक वर्ष २०८०÷८१ मा नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशले २३ करोड २९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको हो ।
प्राधिकरणका अनुसार उक्त अवधिमा १६ हजार ६६१ बिमालेख जारी गरिएका थिए । यी बिमालेखबाट २१ करोड ५८ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको थियो । ३०५ बाली बीमाबाट १ करोड ३५ लाख र १६ हजार ३५७ पशुपन्छी बीमाबाट २१ करोड १३ लाख बीमा शुल्क संकलन भएको प्राधिकरणले जनाएको छ ।
बाली बीमामा ४८ दाबीमार्फत १ करोड ७४ लाख रुपैयाँ भुक्तानी गरिएको छ भने पशुपन्छी बीमामा ४ हजार २८७ दाबीबाट २१ करोड ५५ लाख रुपैयाँ भुक्तानी भएको जानकारी दिइएको छ ।
लघु बीमाले पनि महत्वपूर्ण भूमिका खेलेको छ । ६ हजार ८० लघु जीवन बिमालेखबाट संकलित १ करोड ३५ लाख रुपैयाँ बीमा शुल्कमध्ये ५ दाबी भुक्तानीमार्फत ४ लाख ३५ हजार रुपैयाँ प्रदान गरिएको छ। यस्तै, ५ हजार ७७७ बीमालेखबाट संकलित १ करोड २३ लाख रुपैयाँ बीमाशुल्क मध्ये ६ दाबीबाट २ लाख १२ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
जीवन बीमामा ५ लाख ३३ हजार ८५१ बीमालेखबाट १५ अर्ब ८ करोड ९३ लाख रुपैयाँ बिमा शुल्क संकलन भएको छ । यसमार्फत ११ हजार ९९९ दाबीबाट २ अर्ब ५० करोड ९३ लाख रुपैयाँ भुक्तानी गरिएको छ ।
निर्जीवन बीमातर्फ २ लाख ९६ हजार ७९८ बीमालेखबाट २ अर्ब १८ करोड ७५ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ । यसबाट १० हजार ४५१ दाबी भुक्तानीबाट ९३ करोड ६३ लाख रुपैयाँ दाबी भुक्तानी दिइएको प्राधिकरणले जनाएको छ ।
एनएलजी इन्स्योरेन्सको कृषि बीमा सम्बन्धी छलफल कार्यक्रम बांकेमा सम्पन्न
काठमाडौं मंसीर २२, कृषकको घर–घरमा पुग्ने अभ्यासलाई निरन्तरता दिदै एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बांकेको कोहलपुर नगरपालिकाको सभाहलमा कृषि तथा पशुपंक्षी बिमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले उक्त कार्यक्रम आज सम्पन्न गरेको हो ।
कृषकलाई बीमाको दायरामा ल्याउन देशभरका विभिन्न ठाँउमा कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी कार्यक्रम सञ्चालन गरि रहेको र छलफल कार्यक्रम निरन्तर चलिरहने एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका बिजनेश कोअर्डिनेटर सुनील श्रेष्ठले जानकारी दिए ।
उक्त छलफल कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिकाका पशु शाखा कार्यालय प्रमुख गोविन्द बहादुर रोकायाले सबै बीमा अपरिहार्य रहेको र त्यस माथी कृषि तथा पशुपन्छी बीमा कृषकलाई अति नै आवश्यक रहेको हुंदा बीमा गरेमा निकै फलदायी हुने बताए ।
उनले कृषकलाइ बीमाको दायरामा ल्याउन आउदा दिनहरुमा पालिकाबाट प्रदान गर्न सकिने सेवाहरु दिन हरदम तयार रहेको बताउदै सरकारले कृषि बीमामा ल्याएको नंयाँ प्रावधानले बीमा गर्ने कार्यमा किसानलाई केहि असहज हुने देखिएता पनि कृषि प्राविधिक, बीमा अभिकर्ता एवम् बीमा कम्पनीहरु मिलेर सहजीकरण गर्दै बीमाको दायर बढाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुका साथै छलफल कार्यक्रमको निरन्तरताको लागी समेत अनुरोध गरे ।
उक्त छलफल कार्यक्रम एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका बिजनेश कोअर्डिनेटर सुनील श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । बिजनेश कोअर्डिनेटर सुनील श्रेष्ठले छलफल कार्यक्रममा उपस्थित भएका विभिन्न तह र तप्काका व्यक्तित्वहरुलाई हार्दिक धन्यवाद दिनुका साथै छलफलमा उठेका जिज्ञाशाहरुको जवाफ दिएका थिए ।
उनले कार्यक्रम आयोजना गर्नुको उद्देश्य, कृषि तथा पशुपंक्षी बीमाका नयाँ प्रावधान र महत्वका बारेमा जानकारी गराउंदै बांके जिल्लामा कृषकलाई बिमाको दायरामा ल्याउन विभिन्न अभ्यास गरिदै आएको र यसलाइ थप निरंतरता दिदै नेपाल सरकारले कृषकलाई दिने बीमा शुल्क अनुदानको लाभसँगै बीमाको लाभ लिन सबै कृषकलाइ अनुरोध गरे ।
छलफल कार्यक्रमको सञ्चालन एनएलजी इन्स्योरेन्स कम्पनीका कोहलपुर शाखा प्रमुख अमित केसीले गरेका थिए भने नेपालगञ्ज शाखा प्रमुख विवेक भण्डारीले बिभिन्न मितीमा बीमा दावी परेका किसानहरुलाई दावी वापतको रकमको चेक हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा कोहलपुर नगरपालिका पशुसेवा कार्यालयका नविना थापा, कृषि विकास शाखाका कृषि अधिकृत कल्पना नेपाली, कृषि प्राविधिकहरु डिल्ली बहादुर खड्का, हिरा सिंह ओली, कुलबिर थारु, एनएलजी इन्स्योरेन्स कम्पनीका नेपालगञ्ज शाखा र कोहलपुर उपशाखाका सहायक विकास अधिकृत रजिश भण्डारी र आशिष मल्ल, बिभिन्न कृषि संस्थामा आवद्ध कृषकहरु र कृषि पेशामा आवद्ध किसानहरु गरी जम्मा ६६ जनाको व्यक्तिहरुको सहभागिता रहेको थियो ।
छलफलको क्रममा सहभागी किसानहरुलाई बीमा गर्ने प्रकृया र दावी गर्ने प्रकृयाहरुको बारेमा कम्पनीको सुदूरपश्चिम प्रदेश कार्यालय जोखिमाङ्कन विभागमा कार्यरत कर्मचारी लेख बहादुर खत्रीले जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्: