इजरायली आक्रमण बन्द गर

२०८१ मंसिर २८

सम्पादकीय
प्यालेष्टाइन जनताको आत्मनिर्णयको अधिकारलाई कुण्ठित गर्नेगरि प्यालेष्टाइन भूमि कब्जा गरेपछि शुरु भएको उक्त द्वन्द्व अझै पनि अन्त्य भएको छैन । संसारकै सबैभन्दा लामो द्वन्द्वको रुपमा रहेको छ । इजरायल र प्यालेष्टाइन बिचको द्धन्द्धले लाखौं मानिसको हवस हवास उडाएको छ । मानव अधिकार हनन् त गरेकै छ । फेरि यही २०२३ अक्टुवर ७ बाट शुरु भएको द्वन्द्वले प्यालेष्टाइनमा माथि नहस नहस पारेको छ । इजरायल आक्रमण भएपछि इजरायलले बदला स्वरुप–युद्ध छेड्दा आजसम्म लाखौं जनताको घरवार उजाड पारेको छ । हजारौं निर्दोष प्यालेष्टाइन जनताको ज्यान लिएको छ । इजरायले १३ अक्टोबरदेखि गाजामा हवाई, जमीनी कारबाही शुरु ग¥र्यो, र २७ अक्टोबरमा, पूर्ण मात्रामा आक्रमण शुरु गरियो ।
गाजा–इजरायल संघर्ष
२०२३ इजरायल–हमास युद्ध अघि इजरायली र प्यालेस्टाइनीको मृत्यु प्यालेस्टाइनीको मृत्युमध्ये ५,३६० गाजा, १,००७ वेस्ट बैंक र ३७ इजरायलमा थिए । अधिकांश दुबै पक्षका नागरिक थिए ।
गाजा–इजरायल द्वन्द्व १९२४ मा शुरु भएको इजरायली–प्यालेस्टाइन द्वन्द्वको एक स्थानीयकृत भाग थियो । जब ७००,००० भन्दा बढी प्यालेस्टाइनीहरू मध्ये लगभग २००,००० जो भागेका वा आफ्नो घरबाट निष्कासित गाजा पट्टीमा शरणार्थीको रूपमा बसेका थिए । त्यसबेलादेखि, इजरायल गाजा पट्टीमा संगठनहरू संलग्न भएको लगभग १५ युद्धहरूमा संलग्न भएको छ । चलिरहेको २०२३ र २४ युद्ध (४१,०००) मा मारिएका प्यालेस्टाइनीहरूको संख्या संयुक्त इजरायली–प्यालेस्टाइन द्वन्द्वमा अन्य सबै युद्धहरूको मृत्यु संख्या भन्दा बढी हो ।
इजरायलले इजिप्ट–प्रशासित गाजा पट्टीमा तीन युद्धहरू लडे मे ७ सन् १९४८ मा प्यालेस्टाइन युद्ध, स्वेज संकटको समयमा गाजाको पहिलो कब्जा, र १९६७ मा गाजा कब्जा, पहिलो कब्जाको समयमा, गाजा पट्टीको जनसंख्याको १% या त थियो । इजरायलद्वारा मारिएको, यातना दिए वा कैद गरियो । तल्लो तहको विद्रोहको दुई अवधि पछि, इजरायली र प्यालेस्टिनीहरू बीच पहिलो इन्तिफादामा ठूलो द्वन्द्व शुरु भयो । १९९३ ओस्लो सम्झौताले शान्त अवधि ल्यायो । तर, सन् २००० मा दोस्रो इन्टिफादा फुट्यो । दोस्रो इन्तिफादाको अन्त्यतिर, इजरायल २००५ मा गाजाबाट अलग भयो, हमासले २००६ को चुनाव जित्यो र २००७ मा गाजाको नियन्त्रण कब्जा ग¥यो ।
२००७ मा, इजरायलले गाजा पट्टीको भूमि, हवाई र समुद्री नाकावन्दी लगायो यसलाई “खुला–हवा जेल’’ मा परिणत ग¥यो । नाकावन्दी व्यापक रूपमा सामूहिक दण्डको एक रूपको रूपमा निन्दा गरिएको थियो, जबकि इजरायलले प्यालेस्टिनी रकेट हमलाहरू रोक्नको लागि आवश्यक रूपमा रक्षा ग¥यो । हमासले यसलाई युद्धको घोषणा माने । गाजामा २००८–२००९ इजरायली आक्रमणको परिणामस्वरूप १,००० भन्दा बढीको मृत्यु भयो र घर, विद्यालय र अस्पतालहरूको व्यापक विनाश भयो । सन् २०१२ को इजरायली कारबाहीमा पनि १०० भन्दा बढी मानिस मारिए ।
२०१४मा, इजरायलले एक ठूलो युद्धमा गाजामा आक्रमण ग¥यो जसको परिणामस्वरूप ७३ इजरायलीहरू (अधिकांश सैनिकहरू) र २,२५१ प्यालेस्टिनीहरू (अधिकांश नागरिकहरू) मारिए । आक्रमण के परिणामस्वरूप “अभूतपूर्व“ विनाश भयो, गाजा शहरमा २५% घरहरू र बेइट हनोनमा घरहरूको ७०% क्षतिग्रस्त बनाए । २०१४ पछि, द्वन्द्वका उल्लेखनीय घटनाहरूमा “ग्रेट मार्च अफ रिटर्न“ (२०१८–२०१९) र नोभेम्बर २०१८, मे २०१९ र नोभेम्बर २०१९ मा ठूलाठूला झडपहरू भए । २०२१ संकटले २५६ प्यालेस्टिनी र १५ इजरायलीहरूलाई मारेका थिए ।

७ अक्टोबर २०२३ मा, प्यालेस्टिनी लडाकुहरूले इजरायलमा आक्रमण गरे, १,१४३ जना मानिसहरू (अधिकांश नागरिकहरू) मारे र इजरायल–हमास युद्ध शुरु भयो । इजरायलले गाजा स्ट्रिपमा बमबारी गरेर र नोभेम्बर २०२४ सम्म २३,००० गाजावासीहरूलाई मारेको पुष्टि गरेको थियो आजसम्म हमासलाई योजनावद्ध रुपमा निर्मूल पार्ने अभियानमा इजरायलले प्यालेष्टाइन जनतामाथि गरेको अमानवीय आक्रमण वर्णन गर्न सक्ने अवस्था छैनन् । अमानवीय ढंगले युद्धमा सहभागी नभएकाहरु पनि मारिएका र महिला बालबालिकामाथि ज्यादती मात्र नभई नरसंहार गरिरहेको विभिन्न सञ्चार माध्यममा आइरहेको छ ।
त्यतिमात्र होइन संयुक्त राष्ट्र संघ र अन्य सहायता निकायले पठाएको खाद्यान्न, औषधी, लत्ताकपडा समेत बाटैमा खोसेर स्वास्थ्य उपचार र खान नदिई प्यालेष्टाइन नागरिक माथि ज्यादती गरिरहेको छ । संयुक्त राष्ट्र संघ अन्तर्राष्ट्रिय अदालत हेगले इजरायलका प्रधानमन्त्री नेता न्याहुलाई पक्राउको पुर्जी जारी गरेको अवस्था छ ।
कुनै पनि बेला नेतान्याहु पक्राउ पर्ने सम्भावना रहेको छ । उनको नेतृत्वको सेनाले १४ महिनाको अवधिमा लाखौं प्यालेष्टाइन नागरिकहरुको घरवास मात्र खोसेको छैन । उनीहरुलाई खेदी खेदी अत्यचार गरिरहेको थाहा हुन आएको छ । उनले १ वर्षको अवधिमा ५० औं हजार मानिसको ज्यान लिएको छ भने लाखौंलाई घाइते बनाएको छ ।
यिनै अमानवीय कार्यलाई रोक्न र चौतफी दबाव सिर्जना गर्न नेकपा माओवादी केन्द्रले प्यालेस्टाइनमाथि इजरायली आक्रमणविरुद्ध देशव्यापी हस्ताक्षर अभियान चलाउने निर्णय गरेको समाचारमा जनाएको छ ।
उक्त हस्ताक्षर अभियान यही मंसिर २८ गते बस्ने स्थायी समितिको बैठकले निर्णय गर्ने जनाएको छ । उक्त कार्यका लागि पार्टीको मातहतको कमिटीमा सर्कुलर पठाई देशभर हस्ताक्षर अभियान चलाउने रहेको छ ।
प्यालेस्टाइन जनतामाथि इजरायली जनसंहारविरुद्ध संयुक्त हस्ताक्षर अभियानलाई सञ्चालन गर्ने छ । प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको आक्रमणविरुद्ध नेपालका विभिन्न वामपन्थी दल तथा नागरिक समाजका तर्फबाट हस्ताक्षर अभियान सञ्चालन समेत भइरहेको छ ।
यसै सन्दर्भमा यही मंसीर २४ गते काठमाडौंको रत्नपार्किस्थित शान्तिबाटिकाबाट थालिएको अभियानको उद्घाटन कार्यक्रममा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका थिए ।
मानवताविरुद्धको अपराध तत्काल रोक्न दबाव दिने उद्देश्यले शुरू भएको संयुक्त हस्ताक्षर अभियानलाई देशव्यापी बनाउने नीतिगत रुपमा एक महिनासम्म चल्ने हस्ताक्षर अभियानको संयोजन नागरिक अगुवा संयोजक श्याम श्रेष्ठले गरेका छन् ।
अभियानलाई माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनता सामाजवादी पार्टी नेपाल, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा लगायत पार्टीका नेताहरु सक्रिय सहभागी भई आफ्नो विचार राखेका छन् ।
हस्ताक्षर अभियानमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेसपा नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराई, उपेन्द्र यादव लगायत नेताहरु सहभागी रहेका थिए ।
गत हप्ता सोमबारदेखि राजधानीको रत्नपार्कस्थित शान्तिवाटिकाबाट अभियानले हस्ताक्षर अभियान शुरु गरेको हो । विश्व समुदायले प्यालेष्टाइन माथि इजरायलले गरेको नरसंहार कदम तत्काल रोक्न, शान्तिपूर्ण वार्ताको माध्यमबाट निकासको खोज्न आव्हान गरेको अवस्था इजरायलले विश्व समुदायको आवाजलाई वेवास्ता गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्: