रोमान्टिक शैलीको “जाऊ हिँड पोखरा’’ सार्वजनिक

२०८१ मंसिर २१

काठमाडौं मंसीर १५, रोमान्टिक शैलीको नयाँ गीत “जाऊ हिँड पोखरा’’ सार्वजनिक भएको छ । गीतले पोखराको अनुपम प्राकृतिक सुन्दरताको वर्णन गर्दै प्रेम र जीवनशैलीलाई समेटेको छ ।
यस गीतमा गायक मुकुन्द त्रिपाठी र अस्मिता अधिकारीले स्वर दिएका छन् । शब्द, संगीत, र निर्देशन मुकुन्द त्रिपाठीकै रहेको यो सिर्जना नेपाली सांगीतिक बजारमा एउटा रोचक प्रस्तुति हो । एरेन्जर राजु सुनाम र मिक्सिङ विनोद परियारले यो गीतलाई प्राविधिक हिसाबले उत्कृष्ट बनाएका छन् ।
भिडियोमा गायक मुकुन्द त्रिपाठीसँगै सरिता दनकुटी र अनुभव त्रिपाठीको अभिनय रहेको छ । सिनेमाटोग्राफी सुवास सुवेदीले गरेका छन् भने सम्पादन र कलरिङ सुवास अम्गाईले गरेका छन् । भिडियोमा युमी बलामीको कोरियोग्राफी रहेको छ ।
दुर्गा न्यौपाने त्रिपाठीद्वारा प्रस्तुत यो गीत मुकुन्द त्रिपाठीको आधिकारिक युट्युब च्यानलमा सार्वजनिक गरिएको हो । गीतले सांगीतिक प्रेमीहरूको मन जित्ने विश्वास निर्माण टिमले व्यक्त गरेको छ ।
काठमाडौं मंसीर २०, प्रताप दास र सुमी पराजुलीको स्वरमा रहेको गीत ‘माया गर्ने तरिका’ सार्वजनिक भएको छ । यादव लम्सालको शब्द, अर्जुन पोख्रेलको संगीत र नरेश विविसीको मिक्सिङ÷माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
मुस्कान ढकालको निर्देशन रहेको प्रेम भावको गीतको भिडियोमा रमेश विश्वकर्मा, कविता नेपाली, दीपज्योति थापा, प्रकाश सुनार, दीपक पराजुली, पार्वती पराजुलीलगायतको अभिनय छ ।
उत्तम हुमागाईं र टिमको छायाङ्कन रहेको गीतको भिडियोमा विकास दाहालको सम्पादन छ । भिडियो सुमी पराजुलीको अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्: