
डीपी ढकाल
खनिज
नेपालमा परापूर्वकालदेखि नै घरेलु विधिद्वारा तामा र फलामको उत्खनन् गरिँदै आएको हो । सन् १९५० पछि यो कार्य क्रमशः हराउँदै गयो । नेपालमा पेट्रोलियम पदार्थ, युरेनियम, फलाम, तामा, कोइला र चुनढुङ्गा खानी उत्खनन् गर्ने प्रचुर सम्भावना रहेको अध्ययनहरूले देखाएका छन् । यी खानीहरूको उत्खनन् गर्ने कार्ययोजना बनाउनु आवश्यक छ । यसका अलावा मणिजन्य ढुङ्गाहरूको उत्खनन् र प्रशोधन गर्ने हो भने यसले पनि नेपाली अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने छ ।
विज्ञान, प्रविधि र आविष्कार
सन् १९८० पछि सूचना सञ्चारको तीव्र विकासको युग शुरु भयो । विज्ञान र प्रविधि एवम् नवीन खोज र अनुसन्धानमा आधारित उद्योग तथा सेवा क्षेत्र नै सन् १९९० पछि विकास भएका उद्योगहरू हुन् । अहिले विज्ञान प्रविधि र सूचना सञ्चारमा आधारित उद्योग र सेवा क्षेत्र नै विश्वका प्रमुख नाफामा सञ्चालित कम्पनी भएका छन् । विश्वका प्रमुख १० वटा धेरै नाफा कमाउने कम्पनीहरूमा यही क्षेत्रका कम्पनीहरूको वर्चश्व रहेको छ । हाम्रा छिमेकी देश चीन र भारतको जोड पनि यिनै क्षेत्रहरूको विकास गर्नेमा रहेको देखिन्छ ।
नेपाल सरकारले देश विदेशमा छरिएर रहेका वैज्ञानिकहरूलाई केन्द्रीकृत गरी तिनीहरूलाई आवश्यक पर्ने सेवा सुविधा तथा भौतिक पूर्वाधार जुटाइदिएर नयाँ प्रविधि र तिनमा लगाउनु पर्दछ ।
नेपालमा मात्र २०० प्रजातिका माकुरा पाइन्छन् । यहाँ ६००० किसिमका फूल फुल्ने वनस्पति, ४६१ प्रजातिका स्याउ, १८२२ प्रजातिका ढुसी र ३८३ प्रजातिका उन्युहरू पनि पाइन्छन् (बुढाथोकी, २०७३) । यस्तो प्रकारको जैविक विविधतालाई पर्यटन एवम् जैविक विविधताको अध्ययन अनुसन्धानसँग जोड्न सकियो भने वन पर्यटनको प्रचुर मात्रामा विकास हुन सम्भव छ ।
सांस्कृतिक पर्यटन
नेपाल प्राकृतिक रूपमा मात्र नभई सांस्कृतिक रूपमा पनि विविधतायुक्त देश हो । बहुभाषिक र बहुसांस्कृतिक देश भए तापनि यसको बजारीकरण गर्न सकिएको छैन । करिब २ हजार वर्षभन्दा अगाडिका सम्पदा बस्तीहरू र प्रत्येक जिल्लामा रहेका फरक–फरक सांस्कृतिक पहिचानहरूलाई पर्यटन बजारसम्म पु¥याउन सकिएको छैन ।
समग्रमा नेपालको पर्यटन क्षेत्रमा विविधतासहितको अथाह सम्भावना छ । पर्यटक सत्कार र व्यवस्थापन गर्ने आन्तरिक क्षमताको विकास गर्दै सोही अनुरूपको भौतिक पूर्वाधारको विकास गर्ने र बाह्य जगतमा नेपालको पर्यटन क्षेत्रका बारेमा पर्याप्त प्रचारप्रसार गर्ने हो भने नेपालले यसबाट मनग्य लाभ उठाउन सक्दछ । नेपालमा पर्यटन क्षेत्रको विकास गर्नका लागि बृहत्तर पर्यटन विकासको राष्ट्रिय गुरुयोजना निर्माण गर्नु आवश्यक देखिन्छ । पर्यटन क्षेत्रको विकासका निम्ति नयाँ पर्यटकीय गन्तव्यहरूको खोजी गर्ने, तिनको प्रचारप्रसार गर्ने, पर्यटकीय पूर्वाधारको निर्माणमा राज्यले लगानी गर्ने, र सरकार, निजी क्षेत्र एवम् सहकारीको पहलमा पर्यटकीय गन्तव्यहरूको विकास गर्ने नीति लिनुपर्दछ । पर्यटन क्षेत्रमा अहिले भइरहेको निश्चित गन्तव्य तथा निश्चित छ ।
पर्यटनको हिसाबले राम्रो पूर्वाधारहरु बनाउन सके पयर्टकहरुको संख्या करोड पुग्ने अनुमान विश्व पर्यटन सङ्गठनले गरेको छ । विश्वभर पर्यटन अर्थतन्त्रको आकार १.५ ट्रिलियन अमेरिकी डलरभन्दा माथि पुगिसकेको छ । तर, नेपालले भने यो क्षेत्रमा अथाह संभावना रहँदा रहँदै पनि उल्लेख्य प्रगति गर्न सकेको छैन । पर्यटकीय सम्भावनाको हिसावले नेपालले निम्न क्षेत्रमा विशेष जोड दिन पर्ने देखिन्छ ।
धार्मिक पर्यटन
नेपालमा बुद्ध र हिन्दु धर्मावलम्बीहरूका लागि पवित्र तीर्थस्थलहरू छन् । गौतम बुद्धको जन्मभूमि लुम्बिनीदेखि हिन्दुहरूका विभिन्न देवीदेवताहरूका साथै धार्मिक तथा पुरातात्विक महत्व बोकेका पशुपतिनाथ, मुक्तिनाथ एवम् सीताको जन्मभूमि जनकपुरसम्म यहीँ पर्दछन् । हजारौं देवीदेवताका मठ मन्दिर र तीर्थस्थलहरू पनि यहीँ छन् । लोन्ली प्लानेट पत्रिकाले सन् २०१८ का लागि बुद्धको जन्मभूमि लुम्बिनीलाई एसियाको सातौं सर्वोत्कृष्ट गन्तव्यमा सूचीकृत पनि गरेको छ । संसारभरि रहेका करोडौं हिन्दु र बौद्धहरूलाई धार्मिक पर्यटकका रूपमा आकर्षित गर्नका लागि ठोस पहल हुनु जरूरी छ ।
हिम पर्यटन
नेपालमा संसारकै अग्लो हिमशिखर सगरमाथादेखि ६ हजार मिटरभन्दा अग्ला १ हजार ३ सय १० वटा हिमशिखरहरू छन् । जसमध्ये ४ सय १४ वटा आरोहणका लागि खुल्ला गरिएका छन् । हिमाल आरोहणका लागि अन्य हिमश्रृँलाहरू पनि खुला गर्नुका साथै हिम खेलहरूको पनि विकास गर्न सकियो भने हिम पर्यटनबाट अहिले भइरहेको आयमा बढोत्तरी हुनसक्छ । विश्वका ८,००० मिटरभन्दा माथिका १४ वटा हिमालमध्ये ९ वटा नेपालमै पर्दछन् भने ६,००० मिटरमाथिका करिब ३०० हिमाल नेपालमै रहेका छन् ।
अहिलेसम्म नेपाल सरकारले ५०० हिमालको अभिलेखीकरण गरी सकेको छ (बुढाथोकी, २०७३) । यसकारण नेपालमा हिम पर्यटनको सम्भावना प्रचुर मात्रामा रहेको छ । सरकारले यो सम्भावनालाई पक्रिने गरी कार्यक्रम बनाउनु जरूरी छ ।
जल पर्यटन
नेपाल जलस्रोतमा विश्वकै धनी मुलुकमात्र होइन, जल विविधतामा पनि अगाडि नै छ । डब्लुडब्लुएफका अनुसार हजार नदी तथा खोला, ५३५८ वटा ताल, ३२ वटा हिमनदी, २३ वटा हिमताल, ५ हजार साना तालतलैया, १३८० वटा जलाधार र ५१८३ वटा पोखरीसहितको सिमसार एवम् रामसारहरूको बासस्थल हो । हामीले जल पर्यटनको अथाह सम्भावनाको उपयोग गर्न सकेका छैनौं । यसको प्रयोग गर्नका लागि ठोस पहल हुनु जरूरी छ ।
वन पर्यटन
नेपालको कुल क्षेत्रफलको करिब ४४ प्रतिशत हिस्सा ओगटेको वन क्षेत्रलाई पनि धेरै किसिमले अर्थतन्त्रमा गणना हुने गरी प्रयोग गर्न सक्नुपर्दछ । नेपालमा ११८ किसिमका वन प्रणाली छन् भने १० वटा राष्ट्रिय निकुञ्ज, ३ वटा वन्यजन्तु आरक्ष, एउटा शिकार आरक्ष, ६ वटा संरक्षित क्षेत्र तथा ११ वटा मध्यवर्ती क्षेत्रहरू छन् । नेपालको वन क्षेत्रभित्र पाटेबाघ, एकसिङ्गे गैंडादेखि २०७ किसिमका स्तनधारी, ८६७ प्रजातिका चरा, ४२ किसिमका उभयचर र १०० प्रजातिका सरिसृपहरू छन् । वन्यजन्तु, वन पैदावर एवम् वन्य जीवनलाई पर्यटनसँग जोडेर भरपुर उपयोग गर्न सकियो भने यसले हाम्रो अर्थतन्त्रलाई धेरै गति दिन सक्दछ । साथै यहाँ २३० प्रजातिका माछाहरू पनि पाइन्छन् । यसैगरि ६५३ किसिमका पुतली, ३९६६ किसिमका मोथ (राति उड्ने पुलती), ५००० किसिमका कीरा र २०० प्रजातिका माकुरा पाइन्छन् । यहाँ ६००० किसिमका फूल फुल्ने वनस्पति, ४६१ प्रजातिका स्याउ, १८२२ प्रजातिका ढुसी र ३८३ प्रजातिका उन्युहरू पनि पाइन्छन् (बुढाथोकी, २०७३) । यस्तो प्रकारको जैविक विविधतालाई पर्यटन एवम् जैविक विविधताको अध्ययन अनुसन्धानसँग जोड्न सकियो भने वन पर्यटनको प्रचुर मात्रामा विकास हुन सम्भव छ ।
सांस्कृतिक पर्यटन
नेपाल प्राकृतिक रूपमा मात्र नभई सांस्कृतिक रूपमा पनि विविधतायुक्त देश हो । बहुभाषिक र बहुसांस्कृतिक देश भए तापनि यसको बजारीकरण गर्न सकिएको छैन । करिब २ हजार वर्षभन्दा अगाडिका सम्पदा बस्तीहरू र प्रत्येक जिल्लामा रहेका फरक–फरक सांस्कृतिक पहिचानहरूलाई पर्यटन बजारसम्म पु¥याउन सकिएको छैन ।
समग्रमा नेपालको पर्यटन क्षेत्रमा विविधतासहितको अथाह सम्भावना छ । पर्यटक सत्कार र व्यवस्थापन गर्ने आन्तरिक क्षमताको विकास गर्दै सोही अनुरूपको भौतिक पूर्वाधारको विकास गर्ने र बाह्य जगतमा नेपालको पर्यटन क्षेत्रका बारेमा पर्याप्त प्रचारप्रसार गर्ने हो भने नेपालले यसबाट मनग्य लाभ उठाउन सक्दछ । नेपालमा पर्यटन क्षेत्रको विकास गर्नका लागि बृहत्तर पर्यटन विकासको राष्ट्रिय गुरुयोजना निर्माण गर्नु आवश्यक देखिन्छ । पर्यटन क्षेत्रको विकासका निम्ति नयाँ पर्यटकीय गन्तव्यहरूको खोजी गर्ने, तिनको प्रचारप्रसार गर्ने, पर्यटकीय पूर्वाधारको निर्माणमा राज्यले लगानी गर्ने, र सरकार, निजी क्षेत्र एवम् सहकारीको पहलमा पर्यटकीय गन्तव्यहरूको विकास गर्ने नीति लिनुपर्दछ । पर्यटन क्षेत्रमा अहिले भइरहेको निश्चित गन्तव्य तथा निश्चित व्यवसायीको घेराबन्दीलाई भत्काउनु जरूरी छ र यसलाई अझ फराकिलो बनाउनुपर्दछ । ग्रामीण पर्यटन प्रवद्र्धन गर्दै पर्यटकहरूका लागि नयाँ गन्तव्य क्षेत्रहरूको विकासमा जोड दिन विशेष नीति निर्माण गर्नुपर्दछ ।
प्रतिक्रिया दिनुहोस्: