
रीना खत्री
काठमाडौं कार्तिक ७, नेपाल बीमक संघको आयोजना, म्युनिख रि फाउण्डेशनसँगको सहकार्यमा पाँच दिने अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ ।
राजधानी काठमाडौंस्थित होटल याक एण्ड यतिमा शुरु हुने कार्यक्रममा विश्वका ४० देशका करिब ३०० जना प्रतिनिधिहरु सहभागी भएको आयोजक नेपाल बीमक संघले जनाएको छ । म्युनिख री फाउण्डेशनको नेतृत्वमा विश्वभरका बीमाकर्मीहरु काठमाडौंमा आएको उपाध्यक्ष डिर्क रेनहार्डले बताए ।
अन्तर्राष्ट्रिय बीमा सम्मेलनका लागि २६९ जना विदेशी पाहुनाहरु नेपाल आएको थिए ।
विश्व प्रख्यात पुनर्बीमा कम्पनी म्युनिख रिसँगको सहकार्यमा हुन लागेको समावेशी अन्तर्राष्ट्रिय बीमा सम्मेलनमा उपस्थित सहभागीहरुका कारण यतिबेला सिंगो काठमाडौं बीमाकर्मीहरुले भरिएका थिए । नेपालको इतिहासमा विश्वभरका ३०० जना बीमा क्षेत्रका विज्ञ, जानकार, कर्मचारीहरुले भरिएको पहिलो पटक हो ।
नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले समावेशी अन्तर्राष्ट्रिय बीमा सम्मेलनको तयारी पूरा गरेको र सम्मेलनमा समावेशी बीमाबारे गहन र नतिजामुखी छलफल भएको बताए ।
सम्मेलनमा नेपालबाट करिब २०० जना प्रतिनिधि सहभागी भएका थिए । हरेक कम्पनीबाट पाँच जनाका दरले प्रतिनिधिहरु सहभागी हुनेछन् । त्यस्तै, नियामक नेपाल बीमा प्राधिकरण तथा अन्य एजेन्सीबाट पनि सरकारी सहभागिता थिए ।
म्युनिख रि फाउण्डेशनले गत वर्ष घानामा सम्पन्न भएको सम्मेलनमा यस वर्ष नेपालमा अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलन आयोजना गर्ने निर्णय भएको थियो ।
अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनको उपराष्ट्रपति यादवद्वारा औपचारिक उद्घाटन
काठमाडौं कार्तिक ५, विश्वभरका ५०० भन्दा बढि विज्ञ तथा प्रतिनिधिहरु सहभागी भइरहेको अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनको आज विहान भव्य समारोहका बीचमा उपराष्ट्रपति राम सहाय यादवबाट उद्घाटन सम्पन्न भएको छ । उपराष्ट्रपति यादवले पानसमा दीप प्रज्वलन गर्दै भव्य र ऐतिहासिक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नु भएको हो ।
म्यूनिख रि फाउण्डेशनका अध्यक्ष रेनाट ब्लेईच, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसहितको उपस्थितिमा यही अक्टोवर २५ तारिखसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय बीमा सम्मेलनको औपचारिक उद्घाटन गरिएको हो ।
विश्वभरका ५०० भन्दा बढि विज्ञ तथा प्रतिनिधिहरु सहभागी भइरहेको अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनको भव्य समारोहका बीचमा उपराष्ट्रपति राम सहाय यादवबाट उद्घाटन सम्पन्न भएको छ । उपराष्ट्रपति यादवले पानसमा दीप प्रज्वलन गर्दै भव्य र ऐतिहासिक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका थिए ।
म्यूनिख रि फाउण्डेशनका अध्यक्ष रेनाट ब्लेईच, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसहितको उपस्थितिमा यही अक्टोवर २५ तारिखसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय बीमा सम्मेलनको औपचारिक उद्घाटन गरिएको हो ।
सम्मेलनमा नेपालबाट दुई सय भन्दा बढि प्रतिनिधिहरु सहभागी छन् भने विश्वका अन्य ४० देशका करिब ३०० जना बीमा बिज्ञ तथा प्रतिनिधिहरु सहभागी रहेका छन् । म्युनिख रि फाउण्डेशनको मुख्य रणनीतिक योजनामा सञ्चालन हुने सम्मेलनमा नेपालबाट नेपाल बीमक संघ, जीवन बीमक संघ नेपाल, लघु बीमक संघ तथा माइक्रो इन्स्योरेन्स नेटवर्क कार्यक्रम सफल पार्न सहभागी भएका थिए । सम्मेलनमा न्यून आय भएका जनताको बीचमा बीमाको पहुँच स्थापित गर्ने सम्बन्धमा गहन र फराकिलो छलफल भएको थियो ।
सम्मेलनमा न्यून् आय भएका तथा जोखिममा रहेका परिवारहरू तथा लघु, साना र मझौला उद्योगलाई केन्द्रित गरी समावेशी बीमालाई परिष्कृत गर्नेलगायतका विषयमा विस्तृत छलफल हुने आयोजकले जनाएको छ ।
यसैगरी, जलवायु जोखिम बीमा, लघुबीमामा डिजिटल प्रविधि अवलम्बन र समावेशी बीमाका क्षेत्रका आइपर्ने अवरोधहरु हटाउनेसम्बन्धी रणनीतिहरूलगायतका विषयमा सहभागीहरूबीच छलफल केन्द्रित हुनेछ ।
सम्मेलनका विभिन्न सत्रहरूमा जलवायु परिवर्तन र प्रकोप जोखिम वित्त व्यवस्थापन, बीमा क्षेत्रका चुनौती तथा अवसरहरू, बीमाको अन्तर र बीमाको पहुँच विस्तारमा डिजिटल प्रविधिको विकास एवम् अवलम्बन जस्ता मुख्य विषयहरूमा विभिन्न कार्यपत्र प्रस्तुतिका साथै कार्यपत्रहरूमाथि छलफल भएका थिए ।
सम्मेलनमा नेपाल लगायत विभिन्न देशको बीमा क्षेत्रका नियामक निकाय, विभिन्न निकाय, विकास साझेदार, गैरसरकारी संस्था र बीमा क्षेत्रका विज्ञहरू गरी चारसयभन्दा बढीको सहभागिता रहेका थिए ।
समाजमा आर्थिकरूपमा पछाडि परेका वर्ग र लघु, साना तथा मझौला उद्योगहरूको वित्तीय जोखिम न्यूनीकरणका लागि समावेशी बीमालाई अगाडि बढाउने सम्बन्धमा सम्मेलन कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ ।
बीमाले जोखिम हस्तान्तरण मात्र हैन, रिक्स व्यवस्थापनको भूमिका निर्वाह गर्छः म्युनिख रि फाउन्डेसन रिनेट
काठमाडौं कार्तिक ६, म्युनिख रिका फाउन्डेसनका चिर्यर रिनेट वेलर्चिले बीमा जोखिम हस्तान्तरणको माध्यम मात्रै नभएर महाविपत्तिमा सरकारलाई आर्थिक सहायता गर्ने माध्यम पनि रहेको बताएकी छिन् ।
असोजमा बाढी पहिरोको कारण नेपालमा भएको क्षतिको बिषयमा पनि उनले कार्यक्रममा अभिव्यक्ति दिएकि थिईन् ।
विश्वभरका ५०० भन्दा बढि बिज्ञ तथा प्रतिनिधिहरु सहभागी भइरहेको अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनको भव्य समारोहका बीचमा उनले यस्तो जानकारी दिएकी हुन् ।
बीमाले जोखिम हस्तान्तरण मात्रै गर्दैन् । यसले सरकारलाई पनि जोखिम व्यवस्थापनमा ठूलो सहयोग गर्दछ । सरकारलाई पर्ने महाविपत्तिको भारको साथै बीमाको सचेतनामा पनि यसको महत्व हुने निेटको बुझाई छ ।
विश्वभरका ५०० भन्दा बढि विज्ञ तथा प्रतिनिधिहरु सहभागी गराएर प्रशंसनीय अतिथीको साथमा स्वागत गरेकोमा बीमक संघदेखि आयोजक टिमलाई उनले धन्यवाद ज्ञापन गरिन् ।
नेपालमा मात्र नभएर जलवायु परिवर्तनले विश्वभर नै असर परेको भन्दै यसबाट प्रभाव परेको भन्दै उनले दुखी व्यक्ति गरेकि थिईन् । जलवायुसँग सम्बन्धित फरक–फरक किसिमको बीमाको अभ्यासबाट कन्फ्रेन्सबाट केही निष्कर्ष निस्कने उनको बुझाई रहेको छ ।
अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनमा २५ वटा सेसनमा गहन छलफल
काठमाडौं कार्तिक ७, काठमाडौंमा सुरु भएको पाँच दिने अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनमा २५ वटा सेसनमा गहन र फराकिलो छलफल भएका थिए ।
म्यूनिख रिसँगको सहकार्यमा नेपाल बीमक संघ, जीवन बीमक संघ नेपाल, नेपाल लघु बीमक संघको आयोजनामा शुरु भएको पाँच दिने अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनमा पाँच सय भन्दा बढि बीमा बिज्ञ तथा प्रतिनिधिहरु सहभागिता रहेको थियो ।
सम्मेलनमा बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनबारे व्यापक प्रचार प्रसार गरेर जनतामा बीमाको पहुँच बृद्धि पुर्याउन आग्रह गरे । अध्यक्ष सिलवालले नेपालमा बीमा क्षेत्रकै इतिहासमा सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको भन्दै सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।
सम्मेलनमा म्यूनिख रि फाउण्डेशनका उपाध्यक्ष डिर्क रेनहार्डले न्यून् आय भएका जनतामा बीमाबारे सचेतना जगाउन आवश्यक भएको बताए । उपाध्यक्ष रेनहार्डले बीमामा समावेशिता कायम गराउन मिडियाका उल्लेखनीय भूमिका हुने उल्लेख गरेका थिए । साथै बीमा कम्पनीहरुमाथि पनि गरिब र न्यून् आय भएका जनतामाँझ बीमाको पहुँच पु¥याउन भूमिका खेल्नुपर्ने बताए ।
सम्मेलनमा माईक्रो इन्स्योरेन्स नेटवर्कका अध्यक्ष लोरेन्जो ओ चानले बीमा कम्पनीहरुले दावी भुक्तानी छरितो र झन्झटरहित बनाएर बीमितको मन जितेमा मात्रै बीमाप्रति आम जनताको विश्वास जित्न सकिने र बीमाको पहुँच देशका कुना काप्चामा पुर्याउन सकिने बताएका थिए ।
सम्मेलनमा आयोजक नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले समावेशी बीमाको लागि विश्वभर भएका अभ्यास तथा नेपालमा आगामी दिनमा अघि बढाउनुपर्ने कदमबारे छलफल हुने बताए । अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलन नेपालकै लागि ऐतिहासिक अवसर भएको बताउँदै यसको लाभ जनताको तहसम्म पु¥याउन सबैले भूमिका निर्वाह गर्नुपर्ने बताए ।
समावेशी बीमा सम्मेलनकै क्रममा आयोजित पत्रकार सम्मेलनमा जीवन बीमक संघका अध्यक्ष पोषक पौडेलले समावेशी रुपमा देशका हरेक क्षेत्रमा बीमाको पहुँच पु¥याउनु पर्ने बताए ।
नेपालमा समावेशी बीमा बजार विकास गर्न नियामक र कम्पनीबीच छलफलदेखि लघुबीमाको अभ्यासमा बहस
समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको दोस्रोे दिन पहिलो दिन कन्फ्रेन्स समुद्घाटन गर्दै तीन मुख्य सेसनमा आज छलफल भएको छ।
नेपाल बीमक संघ, जीवन बीमक संघ, नेपाल लघुबीमक संघ र नेपाल बीमा प्राधिकरणले म्युनिख री फाउण्डेशन र माइक्रोबीमा नेटवर्कको सहकार्यमा सम्मेलन आयोजना गर्न काठमाडौंको याक एण्ड यतीमा शुरु भएको हो ।
विश्वभरका ५०० भन्दा बढि विज्ञ तथा प्रतिनिधिहरु सहभागी भइरहेको अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनको भव्य समारोहका बीचमा उपराष्ट्रपति राम सहाय यादवबाट उद्घाटन गरी औपचारिक रुपमा कार्यक्रम शुभारम्भ गरेको छ ।
आज लघुबीमाको परिदुश्य, आगामी बजार, समावेशी रुपमा सबैलाई समेट्ने माध्यम भविष्य, नियामकिय भूमिका र नेपालमा समावेशी बीमा बजार विकास गर्न के चाहिन्छ भन्ने विषयमा छलफल गरिएको थियो ।
लघुबीमाको परिदुश्य र भविष्य निर्माण अन्तरालहरूको विषयमा छलफल भएको छ । जसमा लघुबीमाको परिदृश्यमा २०२४ को डाटा संकलनको अभ्यासको पारम्भिक नतिजाहरु प्रस्तुत गरिएको थियो । यो सेसनमा सहभागीहरुबाट नै सर्वेक्षण गराएर प्यानल डिस्कसन गरिएको थियो र सर्वेक्षण गर्दै कार्यपत्र प्रस्तुती दिएर सहभागीहरुलाई सहज रुपमा बुझने आधारबाट सेसन सम्पन्न गरिएको थियो ।
दोस्रो सेसनमा फलिपिन्समा लघुबीमाको ग्राउण्डब्रेकिंग सफलताको कथा देखि नियामकिय अभ्यासको बिषयमा छलफल गरिएको थियो ।
नेपालमा समावेशी बीमा बजार विकास गर्न के चाहिन्छ भन्ने विषयमा नेपालको तर्फबाट नियामकदेखि पुनर्बीमा र बीमा कम्पनीको तर्फबाट वक्ताहरुले यस विषयमा अन्तिम सेसनमा छलफल गरिएको थियो । जसमा फ्यासिलेटरको रुपमा युएनडिपी–आइरएफएफका रिजनल लिड एशिया प्रशान्तको तर्फबाट डाईना अलमोरेले सहजकर्ताको भूमिका रहेकि थिईन् ।
यस सत्रमा नेपाल र यस क्षेत्रमा समावेशी बीमा समाधानको विकासका लागि अवसर र अवरोधहरूबारे छलफल गरिएको थियो ।
पाँच दिनसम्म सञ्चालन भएको सम्मेलन अक्टोबर २५ तारिख (आइतबार) अन्त्य भएको थियो । कार्यक्रममा ५० भन्दा बढी देशका ४०० भन्दा बढी बीमा विज्ञ, बीमाकर्ता प्रतिनिधिहरू सहभागी भएका थिए ।
समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनः एकैदिन बाह्र प्रमुख सत्रमा छलफल
समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन २०२४ को तेस्रो दिनमा बाह्रवटा प्रमुख सत्रमा छलफल हुँदै सेसन समापन भएका थिए ।
सम्मेलनको तेस्रो दिन म्यूनिख रिसँगको सहकार्यमा नेपाल बीमक संघ, जीवन बीमक संघ नेपाल, नेपाल लघु बीमक संघको आयोजनामा शुरु भएको पाँच दिने अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनमा पाँच सय भन्दा बढि बीमा विज्ञ तथा प्रतिनिधिहरु सहभागिता रहेको छ ।
सेवाविहीन जनसंख्याका लागि बीमा पहुँच विस्तार गर्नेदेखि बीमामा नाफा र ग्राहक मूल्य सन्तुलनका लागि रणनीतिहरू हाइलाइट विषयमा छलफल गरिएको थियो ।
मुख्य सत्रले समावेशी बीमामा नाफा र ग्राहक मूल्य सन्तुलनका लागि रणनीति, साना कृषकहरूको लागि प्यारामेट्रिक बीमाको साथ चुनौंती र वास्तविक दाबी भुक्तानीको विषयमा छलफल भएको थियो ।
सम्मेलनले बीमा मार्फत महिला सशक्तिकरणमा पनि ध्यान केन्द्रित गरिएको थियो । कार्यक्रममा सूचकांक–आधारित पशुधन बीमामा प्रस्तुत अनुसन्धानले अफ्रिकाको हर्नमा पास्टरल समुदायहरूका लागि यसको दीर्घकालीन फाइदाहरू चित्रण समेत गरिएको थियो ।
समावेशी बीमा नवाचार प्रयोगशाला भित्र सहयोगी छलफलमा संलग्न सहभागीहरूबीच गरिएको थियो र कम आय जनसांख्यिकी सेवामा उनीहरूको प्रभावकारिताको लागि पारस्परिक बीमा मोडेलहरूबीच बहस गरिएको थियो ।
स्टार्टअपहरूले साझेदारी र कोष खोज्दै आफ्नो समावेशी बीमा
शुक्रबार सम्म जारी रहँदा, यी सत्रहरूले विश्वव्यापी वित्तीय लचिलोपन र सामाजिक विकासलाई बढावा दिन समावेशी बीमाको सम्भावनालाई जोड दिने मुख्य एजेण्डा रहेका थिए ।
पाँच दिने अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनमा २५ वटा सेसनमा गहन र फराकिलो छलफल हुने भएको छ ।
सम्मेलनमा न्यून् आय भएका तथा जोखिममा रहेका परिवारहरू तथा लघु, साना र मझौला उद्योगलाई केन्द्रित गरी समावेशी बीमालाई परिष्कृत गर्नेलगायतका विषयमा विस्तृत छलफल गरिएको थियो ।
यसैगरी, जलवायु जोखिम बीमा, लघुबीमामा डिजिटल प्रविधि अवलम्बन र समावेशी बीमाका क्षेत्रका आइपर्ने अवरोधहरु हटाउने सम्बन्धी रणनीतिहरू लगायतका विषयमा सहभागीहरूबीच बहस गरिएको थियो ।
सम्मेलनका विभिन्न सत्रहरूमा जलवायु परिवर्तन र प्रकोप जोखिम वित्त व्यवस्थापन, बीमा क्षेत्रका चुनौती तथा अवसरहरू, बीमाको अन्तर र बीमाको पहुँच विस्तारमा डिजिटल प्रविधिको विकास एवम् अवलम्बन जस्ता मुख्य विषयहरूमा विभिन्न कार्यपत्र प्रस्तुतिका साथै कार्यपत्रहरू पनि प्रस्तुत गरिएको थियो ।
सम्मेलनमा नेपाल लगायत विभिन्न देशका बीमा क्षेत्रका नियामक निकाय, विभिन्न निकाय, विकास साझेदार, गैरसरकारी संस्था र बीमा क्षेत्रका विज्ञहरू गरी चारसयभन्दा बढीको सहभागिता रहेका थिए ।
समाजमा आर्थिकरूपमा पछाडि परेका वर्ग र लघु, साना तथा मझौला उद्योगहरूको वित्तीय जोखिम न्यूनीकरणका लागि समावेशी बीमालाई अगाडि बढाउने सम्बन्धमा सम्मेलन कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ ।
२५ सेसन सहित अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलन सम्पन्न
काठमाडौं कार्तिक ८, सोमबारदेखि शुरु भएको पाँच दिने अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनमा २५ वटा सेसनमा गहन र फराकिलो विषयमा छलफल हुँदै चार दिनको सेसन सम्पन्न भएको छ ।
सहभागीहरुलाई काठमाडौंको कागेश्वरी, मनहरा लगायत बिहान ९ बजेदेखि ४ बजेसम्म फिल्ड भिजट कार्यक्रम गरेका थिए ।
म्युनिख रसिँगको सहकार्यमा नेपाल बीमक संघ, जीवन बीमक संघ नेपाल, नेपाल लघु बीमक संघको आयोजनामा शुरु भएको पाँच दिने अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनमा २५ सेसन र प्रस्तुतीकरण सम्पन्न भएको हो ।
नेपाल बीमा प्राधिकरणका पुजन ढंगेलले सम्मेलन प्रभावकारी बनाउन सहयोग गर्न सहयोग गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेकी थिइन् । साथै सम्मेलनमा उठेका विषयले नेपाली बीमा बजारमा सहजता आउनेमा विश्वास रहेको बताएकी छिन् ।
सम्मेलनमा म्यूनखि रि फाउण्डेशनका उपाध्यक्ष डिर्क रेनहार्डले न्यून् आय भएका जनतामा बीमाबारे सचेतना जगाउने माईक्रो इन्स्योरेन्सदेखि बीमाको बजारमा अन्तरदेशिय छलफलले सम्मेलनलाई केही पृथक भूमिका निर्वाह गरेको कारण कार्यक्रम आयोजक देखि सम्पूर्ण व्यवस्थापनमा खटिएका टिमलाई धन्यवाद दिएका थिए ।
माईक्रो इन्स्योरेन्स नेटवर्कका अध्यक्ष लोरेन्जो ओ चानले अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलन नेपालकै लागि ऐतिहासिक अवसर दिने र कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गरेकोमा कार्यक्रम आयोजक टिमलाई धन्यवाद दिएका छन् ।
सम्मेलनमा समाजमा आर्थिक रूपमा पछि परेका वर्ग र एंव अवलम्बनलगायत मुख्य विषयमा विभिन्न कार्यपत्र प्रस्तुतिका साथै अन्तरक्रिया पनि गरिएको थियो ।
सम्मेलनमा जलवायु जोखिम बिमा, लघुबिमामा डिजिटल प्रविधि अवलम्बन र समावेशी बिमाका क्षेत्रमा आइपर्ने अवरोधहरू हटाउनेसम्बन्धी रणनीतिलगायत विषयमा सहभागीहरूबीच छलफल भएको थियो ।
विभिन्न सत्रमा जलवायु परिवर्तन र प्रकोप जोखिम, वित्त व्यवस्थापन, बिमा क्षेत्रका चुनौंती तथा अवसरहरू, बिमाको अन्तर र बिमाको पहुँच विस्तारमा डिजिटल प्रविधिको विकास एंव अवलम्बनलगायत मुख्य विषयमा विभिन्न कार्यपत्र प्रस्तुतिका साथै अन्तरक्रिया पनि गरिएको थियो ।
सम्मेलनमा नेपाललगायत विभिन्न देशका बिमा क्षेत्रका नियामक निकाय, सम्बन्धित निकाय, विकास साझेदार, गैरसरकारी संस्था र बिमा क्षेत्रका विज्ञहरू सहभागिता रहेको थिए ।
प्रतिक्रिया दिनुहोस्: