मनोरञ्जन : कहिलेकाहीँ एकलकाँटे भइदिन्छ मन

२०८१ कार्तिक २

अधिकांश फिल्मका गीतका दृश्यहरूमा प्रेमी र प्रेमिकाबीचको एउटा प्रेमिल क्षणलाई अभिव्यक्ति दिनका लागि पनि यो मन शब्दको अधिक प्रयोग भएकै छ क्यार । आसक्ति, प्रेम र अनुराग भावलाई मनको अवस्थासँग प्रकट गरेर एउटा आह्लाद सिर्जना गरिएका श्रव्यदृश्य साहित्य पनि प्रशस्तै निर्माण गरिएका छन् । मनको यो विराट् स्वरूप र व्यापकतालाई खोज्न पनि म अहिले यति बिछट्टले एकोहोरिरहेको छु ।
कहिलेकाहीँ एकलकाँटे भइदिन्छ मन । एउटा यायावर जो क्षितिज खोज्दै हिँड्छ र ऊ क्षितिज भेट्न निरन्तर एक्लै यात्रामा हिँडिरहेको हुन्छ, ऊसँग सधैँ एउटै प्रश्न रहन्छ त्यो शून्य आकाशभन्दा परको जीवन कस्तो होला ! कहिलेकाहीँ म त्यो यायावरले झैँ सोच्छु, साँच्चै मान्छेभित्र यो विराट् मन अट्ने ठाउँ कस्तो होला ! एउटा व्यक्ति, व्यक्तिसँग जोडिने परिवार अनि समाज अनि देश अनि सिङ्गो मानव जाति र समुदाय, यी सबैसँग जोडिएर आउने भावना, विचार र स्वार्थ । ती आउँछन् कहाँबाट ?
म एकैछिन मनको अस्तित्वलाई खोज्छु । यो कहाँ, कुन आकार र स्वरूपमा, कुन आकृतिमा र कुन अस्तित्वमा विद्यमान छ ? घोत्लिन्छु । मैले स्वास्थ्य शिक्षा पढ्दा शरीरविज्ञान (एनाटोमी) पढेको छु । एनाटोमी भनेको शरीरका अङ्गसम्बन्धी अध्ययन गर्ने विषय हो । मैले त्यहाँ हाडहरूको विषय पढेको छु । मान्छेको टाउकाको हाडभित्र रहने मस्तिष्क (गिदी), नसा र रक्तनलीहरू पढेको छु । छातीको हाड (करङ) भित्र रहेको कलेजो, फोक्सो, आमाशय र पित्तथैली पढेको छु । र, पेल्भिस क्याभिटीभित्र रहेको मृगौला, मूत्रनली र मूत्रथैलीहरू पढेको शरीरभित्र कहिलेकाहीँ यी अङ्गमा हुने सङ्क्रमित रोगले यी अङ्ग दुख्छन् । तर एनाटोमीमा मैले कहिल्यै कतै ‘मन’ पढिनँ । शरीरका अन्य अङ्गहरू ’मन’ कुनै अङ्ग विशेष र ’मन’ रहने ठाउँ र स्थानविशेषका बारेमा कतै पढेको वा उल्लेख भएको पनि पाइनँ । अनि यो ’मन’ भन्ने चीजको उपस्थिति हाम्रो शरीरभित्र कहाँ र कसरी रह्यो ? यो कसरी सङ्क्रमित हुन्छ ? कसरी दुख्छ ? मन, न शरीरमा कतै यसको उपस्थिति छ, न आँखाले कतै यसलाई देख्न सकिन्छ, न यसलाई कुनै आकार र स्वरूपमा छाम्न सकिन्छ । फेरि पनि मान्छेलाई यसले दुखाउँछ, रुवाउँछ, हँसाउँछ, खुसी बनाउँछ ।
मान्छेमा रिस कहाँबाट आउँछ ? कहाँबाट आउँछ सुख दुःख कहाँबाट आउँछ ? र, कहाँबाट आउँछ अभिमान ? सबैले दिने एउटै जवाफ हुनेछ सायद, ’मनबाट’ । यो रिस, सुख, दुःख, अभिमान, सन्ताप, प्रेम, घृणा, आक्रोश, खुसी, आनन्द सबैको स्रोत मन हो भने यो मन चै छ कहाँनिर ? एउटै हावाको स्पर्शले पनि किन कसैलाई आनन्द दिन्छ ? र, कसैलाई बिझाउँछ ? एउटै फूलको रङ किन कसैलाई मन पर्छ र कसैलाई मन पर्दैन ? कुनै मान्छे, कुनै वस्तु या चीजसँगको आकर्षण किन हुन्छ ? एकमन सोच्छु, मन यदि मान्छेको शरीरभन्दा बाहिरको अस्तित्व हो भने पनि मान्छेलाई यसले नदुख्नु पर्थ्यो । मान्छेलाई यसले नछुनु पथ्र्यो ।
एकदिन लामो समयपछिको एउटा भेटमा मेरो स्कुल पढ्दाताकाको एक जना केटी साथीले प्रसङ्गवशको एउटा कुराकानीमा मलाई जिस्किएरै भनिन्, ’मैले तिम्रो मन छामेकी ।
’तिमीले कसरी छाम्यौ र मेरो मन ?’ म ऊसँग अलिकति हाँसो गरिदिन्छु । ऊ मलाई लजालु भावले हेरेर एकैछिन अलमलिरहिन् । ’तिम्रो यो जिस्किने बानी अझै उस्तै छ हगि !’ भनिन् ।
जन्म र मृत्यु सधैँ शाश्वत छ ।
हामी सास फेर्छौं । हामीलाई आफूले सास फेरिरहेको यो हावा सधैं उस्तै लाग्छ । र, फेरि पनि यो हावा सधैँ फरक छ । हामीले सास फेरिरहेका क्षणहरू सधैँ फरक छन् । हामीले सास लिइरहँदा र सास फेरिरहँदाको बीचको त्यो एउटा क्षण नै सायद जीवन हो । यही सास फेराइको प्रत्येक क्षणहरूले जीवनको एउटा चक्र पूरा गरिरहेको हुन्छ । जीवनको यही चक्रसँगै दोहोरिएर आउँछ मान्छेको दुःख र सुख ।
एकछिन फेरि यसो गम्छु, यो दुःख के हो ? सुख के हो ? मान्छेको जीवनमा सिक्काको दुई पाटाझैँ यो दुःख र सुख किन टाँसिएरै बस्छ ? अधिकांश मान्छे सुखलाई क्षणिक मान्छन्
र दुःखलाई स्थायी । त्यसो हो भने मान्छे सधैँ किन दुःखमा ड्ड छ ? मान्छे सधैँ किन यो दुःखको भय, डर, सन्त्रास, चिन्ता र छटपटीमा छन् ? दुःखबाट मुक्ति खोज्न कपिलवस्तुका राजकुमार सिद्धार्थले दरबार त्यागे । दरबारको सबै भौतिक सुविधालाई । त्यागे । उनका लागि दुःख के थियो ? र सुख के थियो ? किन दरबारका सम्पूर्ण सुविधाले पनि उनी सम्पन्न हुन सकेनन् ? र, उनी दरबार छाडेर निस्के ?
सिद्धार्थ ध्यानको खोजमा निस्के । लामो ध्यान साधनाबाट उनले बुद्धत्व प्राप्त गरे । दुःखको कारण खोजे । दुःखबाट मुक्त हुन र सुख प्राप्तिका लागि अष्टाङ्ग मार्ग हिँडे । सुख प्राप्तिका यी बाटाले पनि मान्छे किन अझै दुःखमा छन् ? म गम्छु ।
म गम्दैछु– जबसम्म यो देह छ, देहको अभिमान छ । दुःख छ । देहको अभिमानले ल्याउने लोभ, मोह, रिस, द्वेष, ईर्ष्या, घृणा, अहङ्कार, तृष्णा, क्रोध, आलोचनाबाट नै दुःख जन्मन्छ । यी सबैबाट मुक्त हुनु नै सुख हो । फेरि यी सबै आउँछ कहाँबाट? ।
मनबाट ।
अनि यो मन छ चै कहाँनिर ? प्रश्नहरू उठ्छन् मनभरि । ड्ड अचम्मको छ यो मन । कतिले कतिलाई रुवाएको छ । कतिले कतिलाई दुखाएको छ । कतिले कतिलाई निस्फिक्रीसँग हँसाएको पनि छ । भन्छन् नि, ’मन रोएको देखिँदैन । मन बिमारी भएको औषधि लाग्दैन । बिचरा ! चिकित्सकहरू, शरीरको घाउ पो देख्छन् । उपचार गर्छन् र निको बनाउँछन् । मनको घाउ देख्दैनन् । जाँचपड़ताल गर्छन् । सबै अङ्गहरू हेर्छन् । सबै उस्तै दुरुस्तै छन् । कुनै सङ्क्रमण देखिँदैन । अनि भिटामिनको झोल
लेखिदिन्छन् र भन्छन्, ’लाऊ, यो खाऊ र एकहप्ता पछि आऊ ।’
बिरामीको दुब्लाउँदै र पातलिँदै गएको जीउलाई हेरेर डाक्टरले छातीको भिडियो एक्सरे गरिदिन्छन् । तर कतै मस्तिष्कको, मुटु र कलेजोको छेउको कुनै भागमा मनको भाग देखिँदैन । अनि कुन अङ्गको उपचार गरिदेओस् चिकित्सकले !
म घोत्लिएको छु निकै दिनदेखि आफ्नो मनसँग । दुःख, पीडा, खुसी, हाँसो, उत्साह, निराशा, छटपटी, वेदना मान्छेको मनसँग गाँसिएर कसरी आउँछ ? मान्छेभित्र यो कसरी उब्जन्छ ? विचारहरूको तरङ्गले शरीरमा ल्याउने प्रभाव हो सायद मन । त्यसैले देहको अभिमानबाट पूर्णरूपमा मुक्त रहेर हामीले सोच्ने विचारहरू असल र राम्रा भइदिए त्यही असल विचारहरूले हाम्रो शरीरमा उत्पन्न हुने तरङ्ग हो सुख ।
मेरा घोत्ल्याइँहरू बाँकी छन् अझै । म भने अरुणा लामाको सुमधुर आवाजमा राजेन्द्र थापाको गीतलाई गुनगुनाइरहेको छु यतिखेर,
पोहोर साल खुसी फाट्दा जतन गरी मनले टालें त्यही साल माया फाट्यो त्यसलाई पनि मनले टालें यसपालि त मनै फाट्यो
केले सिउने, केले टाल्ने हो ।

सुरेशको स्वर, टिकाको संगीतमा रहेको ‘पल पलमा’ सार्वजनिक
’पल पलमा’ मा नविन र अन्शुलाको रोमान्स
काठमाडौं कार्तिक १, गायक सुरेश लामाको सुमधुर स्वरमा सजिएको ‘पल पलमा’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको यस गीतमा शब्द विष्णु बाबु देवकोटाको रहेको छ । टिका दाहालले संगीतवद्ध गरेको यस गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन् ।
म्मूजिक भिडियोमा नविन न्यौपाने र अन्शुला कार्कीबीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । युयुश ढकालले छायाँकन गरेको यस भिडियोमा आरती लिम्बुको सम्पादन रहेको छ । भिडियोको निर्माता केशव पाण्डे र सरोजा शर्मा हुन् । विचित्र फिल्म्सले निर्माण गरेको यस भिडियोलाई नविन न्यौपानेको निर्देशनमा तयार पारिएको हो । भिडियो ‘अमेजिंङ प्राइम नेपाल’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।
मेलबर्नमा रोमाण्टिक मुडमा भेटीए प्रकृति र सायद
‘ओ हेलो’ को साथमा आए टिका र निरज
काठमाडौं अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठ र मोडल सायद श्रेष्ठ बीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्ण ‘ओ हेलो’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । अस्ट्रेलियाको मेलबर्नमा छायाङ्कन गरिएको यस भिडियोलाई सायद श्रेष्ठले कोरियोग्राफी गरेका हुन् । संजय सेन्चुरीको छायाङ्कन, सम्पादन र निर्देशनमा तयार पारिएको हो । ‘बाबा फिल्म प्रडक्शन’ नामक युट्युव च्यानल मार्फत म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

प्रेमिल शैलीको यस गीतमा गायिका टिका प्रसाई र गायक निरज खतिवडाको सुमधुर स्वर रहेको छ । गीतमा शब्द पुष्प लम्सालको रहेको छ । गायक खतिवडाले संगीतवद्ध गरेको यस गीतलाई रोशन मिश्रले संगीत संयोजन गरेका हुन् । भिडियोले दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्: