दशैं

२०८१ आश्विन १८

वर्षा सकिएपछि आउछ दशैं रमाइलो
दशैंको बेला कति राम्रो अनि घमाइलो ।।

दशैं हामी मनाउँछौ पन्ध्र दिन सम्म
घटस्थापना पहिलो र कोजाग्रत अन्तिम ।।

नौ दिन हुन्छ महिशासुर र दुर्गा बीच युद्ध
दशौं दिनमा विजय भई दैत्य हुन्छ नष्ट ।।

बली दिने परम्परा पहिले देखी चलेको
नयाँ लुगा किन्छौ हामी कती राम्रो राम्रो ।।

रातो टिका निधारमा जमरा छ कानमा
पिङ खेल्दै रमाउँदा खुसीयाली छ मनमा ।।

कती मजा आउँछ चङ्गा उडाउदा
झनै रमाइलो त मामा घर जाँदा ।।

श्रेयशी सिग्देल
कक्षा ६
युरो स्कुल छाउनी

प्रतिक्रिया दिनुहोस्: