देशभर अविरल वर्षाका कारण सोचेको भन्दा ठूलो क्षति : धनबहादुर मगर÷मनप्रसाद न्यौपाने

२०८१ आश्विन १८

काठमाडौं असोज ११ देखि आएको अविरल वर्षाको कारण देशको विभिन्न भागमा अकल्पनीय जनधनको क्षेति भएको छ । २ दिनसम्म परेको अविरल वर्षाको कारण भएको क्षेतिले देशमा करिब २६ खर्बको क्षति भएको जनाएको छ । बाढी पहिरोका कारण ३२ जना बालबालिका सहित मारिनेको संख्या २३६ जना पुगेको छ । १९ जना हराइरहेको र १६५ जना घाइते भएको राष्ट्रिय विपद जोखिम न्युनिकरण प्राधिकरणले जनाएको छ । बाढी पहिरोका कारण ४ हजार ६ सय ६७ घर पूर्ण रुपमा क्षेति भएको छ भने ५ हजार ३ सय १० घरमा सामन्य क्षति पुगेको जनाएको छ ।
साथै उक्त वर्षाकोका कारण आएको बाढीले दर्जनौं पक्की पुल, दर्जनौं विजुलीका पोल, दर्जनौं बाटोघाटो पुरिएका छन् । दर्जनौं बस र गाडीहरुको क्षति पु¥याएको छन् भने दर्जर्नौ सिँचाईका बाँधहरू बगाएर लगेका छन् । जसको कारण भएको ठूलो क्षेतिका कारण त्यही अवस्थामा ल्याईपु¥याउने महिनौं लाग्ने अनुमान गरिएको छ ।
जसमा बाढी पहिरोका बिचमा देशभर १७ हजार जनालाई उद्धार गरेको छ । उक्तमा कार्यको लागि ३० हजार सुरक्षाकर्मी परिचालन गरेको नेपाल सरकाले जनाएको छ ।
काठमाडौं उपत्यकामा आज सम्मकै सबैभन्दा बढी वर्षा भएको र वर्षाले ठूलो क्षति पु¥याएको छ । काठमाडौंका विष्णुमति, बागमति, रुद्रमति, मनोहरा, सुन्दरीजल लगायत ठाउँबाट आएको बाढीले काठमाडौंको उपत्यकोको सुन्दरीघाट धोवीघाट वरिपरि, चोभार, कुलेश्वर, टेकु दोभान, बल्खु, लगायतका क्षेत्रमा पूर्ण रुपमा डुवानमा परेका थियो उक्त डुवानले बल्खु तरकारी बजारको भुइतला पूर्ण रुपमा डुवान मात्र भएन बुढाथोकी नर्सरी, काठमाडौं उपत्यका खानेपानी, त्रिविको प्रवेशद्धारसम्म र पीच सडक नाघेर पर्खाल समेत भत्काई लेबोरेटोरी पाठशालामा समेत बाढी पसेको थियो ।
शनिबार नख्खु खोलामा आएको बाढीले ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघना लगायत ५ जनालाई बगाएका थिए । भने
राजु शाह र उनकी छोरी मेघनालाई साहसी व्यक्ति काभ्रे तिमाल गाउँका चनिकलाल तामाङले उद्धार गर्न सफल भएका थिए ।

सिंहदरबारमा बैठक नै बैठक, एउटै प्रकृतिका निर्णय ः


काठमाडौं असोज १७, असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाले बाढी पहिरो र डुबानमा झन्डै २ सय जनाको ज्यान गएको छ भने ३१ जना अझै बेपत्ताको सूचीमा छन् । विपद्पछिको उद्धार र राहतमा सरकारले चुस्त दुरुस्त ढङ्गले राज्य संयन्त्र परिचालन गर्न नसकेको आलोचना भइरहँदा सिंहदरबारमा भने दैनिक तीनचार वटा बैठक बसेर उस्तै र उही प्रकृतिका निर्णय गर्ने क्रम जारी छ ।
बैठक नै पिच्छे उस्तै र उही प्रकृतिका निर्णय गर्नुले पनि सरकारी संयन्त्रबिचको समन्वयको अभावलाई झल्काएको छ । लगातार बैठक बस्ने र निर्णय गर्ने क्रम जारी रहे पनि बाढी पहिरो र डुबानबाट काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा भएको जनधनको यकिन क्षतिको विवरण सरकारले अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन । बरु एक सातामा क्षतिको विवरण संकलन गर्ने सरकारी निकायको भनाइ आइरहेको छ ।
सोमबार दिनभर सिंहदरबारमा चार वटा बैठक बस्ने भएका छन् । ती बैठकको प्रधानमन्त्रीदेखि गृहमन्त्री र मुख्यसचिव सम्मले नेतृत्व गर्दैछन् । सोमबार बिहान सिंहदरबारमा पहिलो बैठक राष्ट्रिय विपद् जोखिम न्यूनीकरण समितिको बस्यो ।
गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको उक्त बैठकले बाढी पहिरो लगायतका मनसुनजन्य विपद्मा परी बेपत्ता भएका परिवारलाई मृतक सरह राहत रकम उपलब्ध गराउने, विपतबाट प्रभावित भएकाहरूलाई आवासको प्रबन्ध गर्ने लगायतका निर्णय ग¥यो ।
यसका साथै सहायताका लागि विकास साझेदारहरूलाई अनुरोध गर्ने निर्णय समेत सोही बैठकले गरेको छ । समितिका एक सदस्यका अनुसार संयुक्त राष्ट्रसंघ, रेडक्रस लगायत नेपालभित्र क्रियाशील विकास साझेदारहरूले उपलब्ध गराउने कोष परिचालन गर्ने उद्देश्य अनुसार सो निर्णय गरिएको हो ।
सो बैठकले बेपत्ता भएको १० दिनसम्म पनि फेला नपरेका व्यक्तिलाई मृतक सरह मानेर परिवारका सदस्यलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ जोखिम न्यूनीकरण समितिको बैठक लगत्तै सोमबार नै मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा अर्को बैठक बस्यो ।
मुख्यसचिव अर्यालको अध्यक्षतामा बसेको बैठकले विपद्बाट भएको क्षति व्यवस्थापन गर्न तथा राहत र पीडितको पुनर्स्थापनाका लागि भौतिक लगायत विभिन्न मन्त्रालयका पाँच वटा टोली विपद् प्रभावित क्षेत्रमा परिचालन गर्ने निर्णय ग¥यो । सोही बैठकले प्रधानमन्त्री राहत कोषमा नेपाल सरकारका सचिवहरूको पाँच दिनको तलब जम्मा गर्ने र अन्य मन्त्रालयले पनि आ–आफ्नो तर्फबाट सहयोग कोषमा राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
सोमबार नै गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको तेस्रो बैठक पनि बस्दैछ । दिउँसो २ बजेपछि बस्ने उक्त बैठकले के निर्णय गर्छ त्यो भने आउन बाँकी नै छ ।
केन्द्रीय सुरक्षा समितिको बैठक लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको महासभाबाट फर्केर सिंहदरबारमै मन्त्रिपरिषद्को बैठक बस्दैछ । आइतबार पनि सिंहदरबारमा दिनभरजसो विभिन्न बैठकहरू बसेका थिए । जसमा सर्वदलीय बैठकदेखि केन्द्रीय सुरक्षा समिति र अन्तर मन्त्रालयका सचिव र मन्त्रीहरूको बैठक बसेको थियो ।
आइतबारको केन्द्रीय सुरक्षा समितिको बैठकले बाढी पहिरो तथा डुबानबाट प्रभावितहरूको खोज तथा उद्धार, राहत, अवरुद्ध सेवा सञ्चालनसहित घाइतेहरूको निःशुल्क उपचार गर्ने लगायतका निर्णय गरेको थियो । त्यसअघि सिंहदरबारमै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा दलहरूको सर्वदलीय बैठक बसेको थियो ।
सर्वदलीय बैठकले खोज तथा उद्धारलाई पहिलो प्राथमिकतामा राख्दै नौ बुँदे निर्णय गरेको थियो । सर्वदलीय बैठकमा पनि विपतमा घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने, घरबारविहीन भएकाहरूलाई आवासको प्रबन्ध गर्ने, लगायतका निर्णय गरेको थियो । शनिवार पनि सिंहदरबारमा विभिन्न बैठक बसेका थिए । शनिवारको बैठकमा पनि आइतबार र सोमबारका बैठकले भन्दा भिन्न निर्णय गरेका थिएनन् ।

बाढीपहिरो पीडितको उद्धार, राहत र पुनस्थापनामा जुट्ने माओवादी केन्द्रको निर्णय
काठमाडौं, १४ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बाढीपहिरो पीडितको उद्दार राहत र पुनस्थापनाका लागि योजननावद्ध रूपमा काम गर्ने भएको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको प्रचार तथा प्रकाशन बिभाग र विपद व्यवस्थापन विभागको संयुक्त बैठकले विपदका समयमा सूचना संकलन र सम्प्रेषण तथा बिपदपछिको राहत र पुनस्थापनाका बिषयमा एकिकृत योजना लागु गर्ने निर्णय गरेको हो । गत शुक्रबारदेखि दुई दिनसम्म परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानमा भएको जनधनको क्षति तथा त्यसपछिको राहत र पुनःस्थापनाको कार्यका लागि पार्टीका जनसंगठन, मोर्चा, स्थानीय तथा प्रदेश समिति सम्ममा जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ । यस्तै बैठकले पार्टी भित्रका सबै जनसंगठन मोर्चाहरुलाई उद्धार राहत र पुनःस्थापनाका कार्यक्रमका लागि पार्टी केन्द्रीय कार्यालयमा सूचना डेक्स सञ्चालन गरेर त्यसमार्फत आधाकारिक सूचना प्रवाह गर्ने भएको छ । बैठकले प्रभावित क्षेत्रमा खाद्यान्न लत्ताकपडा लगायतका अत्यावश्यक सामाग्री सहित उद्धारमा खटिन समेत निर्देशन जारी गरेको छ ।
बैठकले सरकारले समयमै पहलकदमी लिन नसकेको कारण मनसुनजन्य विपदबारे जानकारी हुँदा हुँदै पनि उपत्यकाभित्रै उद्धारको अभावमा धेरै मान्छेको मृत्यु भएको निष्कर्ष निकालेको छ । बिपदप्रति सरकारको उदाशीनता र हेलचेक्र्याईका कारण उद्धार कार्यमा भएको ढिलासुस्ति तथा समन्वयको अभावले उपत्यकाभित्रै धेरै नागरिकहरुले ज्यान गुमाउनु परेको बैठकको निष्कर्ष छ । सरकारी संयन्त्रहरूको उचित परिचालन गर्न नसक्दा र सरकार विहिनताको अभावले देशभरी विपदका कारण धेरै नागरिकहरुले ज्यान गुमाएको भन्दै सरकारलाई ध्यानाकर्षण गराउने निर्णय समेत बैठकले गरेको छ ।
हालै राजधानी लगायत देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारणले विभिन्न भागमा बाढी पहिरो र डुबानमा परी झण्डै २०० जना भन्दा बढी नागरिकहरूको निधन भएको छ भने अझै पनि दर्जनौ सङ्ख्यामा व्यक्तिहरु हराइरहेका छन् । यस्तै कयौं घाइते भएका छन् भने अधिकांश नदी किनारका घर बस्तिहरू खण्डहरमा परिणत भएको छ । यस्तो अवस्थामा पीडित नागरिकहरूको उद्धारमा खटिन माओवादी केन्द्रले विशेष कार्यक्रम सञ्चालन गर्न लागेको हो । यस्तै माओवादी केन्द्रले बाढीपहिरो पीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को नाममा रहेको ग्लोवल आइएमई बैंक कोटेश्वर शाखामा रहेको ३६०१०१०००००४५ नम्बरको खातामा रकम जम्मा गर्न सकिने गरी केन्द्रीय राहत कोष स्थापना गरिएको छ । साथै पार्टीले जबस तथा मोर्चाहरू सहित पार्टी संगठनको समन्वयमा उद्धार तथा राहत कार्यमा खटिनको लागि पार्टीले विशेष परिपत्र समेत जारी गरिसकेको छ । पार्टी केन्द्रको केन्दिय पदाधिकारी बैठकको निर्णय अनुसार पार्टीका बिभिन्न समिति तथा जनसंगठनहरूले उद्धार र राहतका काममा जुटिसककेका छन् ।

चणिकलाल तामाङलाई कार्यवाहक प्रम सिंहले गरे सम्मान


काठमाडौं असोज १४, कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नख्खु खोलाले बगाएका दुई जनाको उद्धार गर्ने चणिकलाल तामाङको साहसको प्रशंसा गर्दै सम्मान गरेका छन् । सोमबार सहरी विकास मन्त्रालयमा सिंहले तामाङलाई सम्मान गरेका छन् ।
तामाङले शनिवार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेका थिए ।
कार्यवाहक प्रधानमन्त्री सिंहले मानवीय भावना देखाएर नदीमा बगिरहेकाहरूको उद्धार गरेको भन्दै तामाङको साहसी कामको प्रशंसा गरेको सचिवालयले जानकारी दिएको छ ।
खोलामा बाढीले बगाएका मानिसलाई बचाएर चर्चा पाएका चनिकलाल तामाङले भने
‘खोला हेर्न जाँदा मान्छे बगाएको देखें’ ।
ललितपुरको नक्खु खोलामा आएको बाढीले शनिवार बिहान बगाएका दुई जनालाई बचाउने काभ्रेको तिमालका ३६ वर्षे चनिकलाल तामाङको अहिले धेरैले प्रशंसा गरिरहेका छन् ।
मानिसहरूले हेर्दाहेर्दै बगाएका मध्ये दुई जनालाई करिब ५०० मिटर बगेपछि तामाङले खोलामा पसेर बचाएको अधिकारीहरू तथा प्रत्यक्षदर्शीले पुष्टि गरेका छन् ।
उनले जोखिम मोलेर बाढी आएको खोलामा हामफालेर पीडितहरूलाई बचाएकाले उनको सर्वत्र प्रशंसा भएको हो ।
ललितपुरको नक्खु खोला किनाराको टहरोमाथि शनिवार उद्धारको पर्खाइमा रहेका मानिसहरू, पछि खोलाले उनीहरू सबैलाई बगाएको थियो र तीमध्ये दुई जनालाई चनिकलाल तामाङले बचाएका थिए ।
म ललितपुर महानगरपालिका वडा नम्बर–२५। स्थित सोही क्षेत्रमा विगत पाँच महिनादेखि कोठा भाडामा लिएर बस्दै आएको छु ।
म घरमा रङ लगाउने काम गर्छु । त्यहाँ म, श्रीमती र छोरी बस्छौं । शनिवार पानी परेकाले मेरो काम रोकिएको थियो ।
‘खोलामा बाढी आएको छ’ भन्ने सुनेर म पनि खोला हेर्न गएँ । कति बजेको थियो थाहा भएन । मैले घडी हेरिनँ ।
खोलामा पुग्दा त्यो त वेपत्ताको ठूलो भएर आएको रहेछ । अरू मान्छेसँगै किनारामा बसेर खोला हेर्न थालेँ ।
हेर्दाहेर्दै त्यहाँ त अलि माथिबाट मान्छेहरू बगाउँदै ल्याएको देखेँ । त्यो बगाएर ल्याएको मान्छेले हातले इसारा ग¥यो ।
मलाई खोलामा पसेर मान्छे निकालौं जस्तो लाग्यो । मेरो बूढी पनि साथमै थिइन् । उनले मलाई डरले “नजानू’’ भन्दै थिइन् । म खोलामा पसिहालेँ ।
खोलामा पसेपछि मैले पौडी खेलेर बग्दै आएका एउटा बच्चा र एउटा ठूलो मान्छेलाई निकालेँ ।
त्यो नानी देखेपछि मलाई ‘निकाली हालौं’ जस्तो लाग्यो ।
मेरी छोरी पनि त्यो बगाएर बिरामी भएको नानी जस्तै सानी छ । मेरी छोरी अहिले ६ वर्षकी भइन् ।
ती मानिसहरू टहरोमा बसेको बेलामा बगेका हुन् भन्ने मलाई थाहा थिएन ।
पाँच सय मिटरमाथिबाट बगेको भन्ने पनि थाहा भएन ।
मनमा ‘मान्छेका नाताले पनि बचाउनु पर्छ’ भन्ने लाग्यो । आफैँ ‘बग्छु जस्तो’ नलागेको होइन तर ‘बगेको मान्छेलाई बचाउनै पर्छ’ भन्ने लाग्यो ।
अन्तिममा मान्छेलाई बचाउन पाउनु नै मेरो खुसीको कुरा हो ।
आज (आइतवार) प्रचण्डले भेटेर सम्मान गर्नुभयो, मलाई खुसी लाग्यो ।
उहाँले पनि ‘कसरी बचाउनु भयो’ भनेर सोध्नुभयो । मैले जे गरेँ त्यो भने । म जस्तो सानो मान्छेलाई पनि उहाँजस्तो ठूलो मान्छेले खोज्नु भयो । खुसी लाग्यो । अहिले धेरैले ‘कसरी बचाएको’ भनेर सोध्छन् तर मैले खोलामा पस्ने बेलामा त्यस्तो धेरै सोचेकै थिएन ।
जे होस् भाग्यमा त्यो लेखेको रहेछ । उहाँहरूलाई पनि बच्न जुरेको रहेछ । नत्र भए त उहाँहरू पनि र म पनि सँगै जान्थ्यौं होला ।
खोलामा पस्दा पानी चिसो थियो । वेग धेरै नै थियो । म गाउँमा धेरै पौडी खेलेको मान्छे हो । सुनकोशी छेउमा हाम्रो गाउँ पर्छ । सानैदेखि हामी सुनकोशीमा पौडी खेल्थ्यौं ।
म शुरुमा दुबई गएको थिएँ । दुई वर्ष काम गरेर नेपाल फर्किएँ । त्यहाँ कमाइ राम्रो भएन अनि नेपाल फर्किएँ ।
नेपाल फर्किएपछि पाँच वर्षदेखि काठमाडौंतिरै आएर बसिरहेको छु । गाउँ गएका बेला भने पौडी खेलिहाल्छु ।
सानैदेखि सुनकोशीमा सिकेको त्यो पौडी खेल्ने बानी अहिले मान्छे बचाउन काम लाग्यो ।
तर भेल आएको खोला त पौडी खेलेको खोला जस्तो हुँदैन रहेछ ।
बाढी आउँदा त खोलामा वेग आउँदो रहेछ । जे होस् मैले मान्छे बचाएँ त्यसैमा खुसी लागेको छ ।
आइतावार असोज १३, ललितपुरको नक्खु खोलामा आएको बाढीले शनिवार बिहान बगाएका दुई जनालाई बचाउने काभ्रेको तिमालका ३६ वर्षे चनिकलाल तामाङको अहिले धेरैले प्रशंसा गरिरहेका छन् ।
मानिसहरूले हेर्दाहेर्दै बगाएका मध्ये दुई जनालाई करिब ५०० मिटर बगेपछि तामाङले खोलामा पसेर बचाएको अधिकारीहरू तथा प्रत्यक्षदर्शीले पुष्टि गरेका छन् ।
उनले जोखिम मोलेर बाढी आएको खोलामा हामफालेर पीडितहरूलाई बचाएकाले उनको सर्वत्र प्रशंसा भएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले चणिकको सहासिक कामबाट दुई जनाको ज्यान जोगिएको भन्दै प्रदेश सरकारले सम्मान गर्न लागेको जानकारी दिए । काभ्रेको तेमाल गाउँपालिका–९, चोकटारका तामाङले गत शनिबार नख्खु खोलामा बग्दै गरेका रौतहटका राजु साहकी छोरी–६, वर्षीया मेघना साह र राजुका भाइ २२ वर्षीय राज साहको उद्धार गरेका थिए ।

घटनाका प्रत्यक्षदर्शी तथा विज्ञापन व्यवसायी जीवन पोख्रेलले आफ्नो कुराकानी उनले घटना भएको स्थान नजिकै कान्तिपुर कोलोनीमा बसोबास गर्ने भएकाले उद्धारका लागि सहयोग गर्न आफू घटनास्थल नजिकै पुगेको बताए ।
“हिजो साँझ नै नक्खु खोलाको यहाँनेर भएको एउटा फलामे पुल बगेको थियो । खोला किनाराका मानिसहरूलाई सुरक्षित स्थानमा जानु भनेर पनि भनिएको थियो,’’ ।
“बिहानै केही मानिसहरू टहरोमा फसेका छन् भनेपछि हामी त्यता गयौं र मैले बिहान ६ बजेर १३ मिनेटमा सातदोबाटो प्रहरीका डीएसपी साबलाई फोन गरेर जानकारी गराएँ,’’।
“त्यसपछि ६ बजेर ३३ मिनेटमा मैले ललितपुर महानगरपालिकाका मेअर चिरिबाबु महर्जनका स्वकीय सचिवलाई पनि त्यसबारे जानकारी गराउन फोन गरें ।’’
पोख्रेलले दिएको जानकारीअनुसार उनले ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठलाई पनि पटकपटक फोन गरे तर फोन उठाएनन् ।
“सातदोबाटोको डीएसपी साबले उद्धार टोली नै नआइकन काम हुँदैन जस्तो छ भन्नु भयो तर अरुले खासै रेस्पोन्स गर्नु भएन,’’।
“केही गरेर पनि आफूले उद्धार नै गर्न नसक्ने अवस्था भएपछि मैले भिडिओ खिचेर पनि मेयर चिरिबाबुका स्वकीय सचिवलाई पठाएँ तर कुनै पहल भएन ।’’
“आफैँ हामफालेर बचाउन जानसक्ने अवस्था नहुने रहेछ । सबैलाई गुहार्दा पनि सहियोग नपाएपछि मैले कम्तीमा लाइभ हेरेर भए पनि तत्कालै उद्धार टोली आउँछ कि भनेर मैले लाइभ गरेको थिएँ ।’’
पहिरो के हो र किन जान्छ, जोगिन के गर्न सकिन्छ ।
काठमाडौं १३ असोज, धादिङको धुनिवेशी नगरपालिका–९, स्थित झ्याप्ले खोलामा पहिरोमा पुरिएर ३ वटा गाडीमा सवार ३५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ जना पुरुष ९ जना महिला र १ जना बालिका छन् । उनीहरूमध्ये १३ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर प्रह्लाद सिलवालले बताए ।

दुई वटा माईक्रो र एउटा बसमा सवार यात्रुलाई पहिरोले पुरेको हो । गोरखाबाट काठमाडौं आउँदै गरेको ना.४ ख २२७० नम्बरको बसमा ४ जना सवार थिए । चितवनबाट काठमाडौं आउँदै गरेको बा.२ ख १३४५ नम्बरको हायसमा १७ जना र लु. १ ज ४५७७ नम्बरको विङ्गरमा १४ जना सवार थिए ।
१. प्रकाश कुँवर, बुटवल उपमहानगरपालिका –१६ बस्ने (३५ वर्ष)
२. अनुपतल ठकुरी कुँवर, बुटवल उपमहानगरपालिका –१६ बस्ने (३३ वर्ष)
३. सिर्जना कुँवर, बुटवल उपमहानगरपालिका –१६ बस्ने (२९ वर्ष)
४. रमेशप्रसाद लुइँटेल, रुपन्देहीको देवदह नगरपालिका–४ (५० वर्ष)
५. बोमबहादुर खाम्चा, अर्घाखाँची सि.न.पा–७ (२५ वर्ष)
६. सुमन बजगाईँ, धादिङ धुनिवेशी नगरपालिका–९ बस्ने (३३ वर्ष)
७. सिता भट्टराई, स्याङ्जा गल्याङ नगरपालिका–३ बस्ने (४५ वर्ष)
८. दीपक भट्टराई, स्याङ्जा गल्याङ नगरपालिका–३ बस्ने (१४ वर्ष)
९. दीपेश भट्टराई, स्याङ्जा गल्याङ नगरपालिका–३ बस्ने (१४ वर्ष)
१०. जुद्धबहादुर रायमाझी, गुल्मी दरबार गाउँपालिका–७ बस्ने (३२ वर्ष)
११. प्रमिता भुसाल, गुल्मी दरबार गाउँपालिका–७ बस्ने (३१ वर्ष)
१२. कृशब रायमाझी, गुल्मी दरबार गाउँपालिका–७ बस्ने (२ वर्ष)
१३. साइमन तामाङ, नुवाकोट सामरी–५ बस्ने (२१ वर्ष)

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बढी र पहिरोका कारण देशभरि भौतिक संरचना र सडक सञ्जालमा पनि ठूलो क्षति पुगेको छ । पक्की, बेलिब्रिज र झोलुङ्गे गरी डेढ दर्जनवटा पुल बगेका छन् भने काठमाडौं आउजाउ गर्ने मुख्य राजमार्गहरू पहिरोका कारण अवरुद्ध भएका थिए ।
देशभरि यातायात नराम्ररी प्रभावित भएको तिवारीले बताए । र राजधानीमा कुनै दैनिक उपभोग्य वस्तुको संकट हुने अवस्था सिर्जना हुने छैन । सोमवार साँझसम्म वा मंगवारभित्र मुख्य राजमार्ग दुईतर्फी सञ्चालन गर्ने गरी काम भइरहेको छ बताए ।

प्रतिक्रिया दिनुहोस्: