
दुप्चेश्वर आदर्श संस्कृति गुरुकुल विद्याश्रम राम्ती नुवाकोटमा विद्याश्रम र गुरुकुल सम्बन्धी गहन छलफल भयो । अध्यक्ष कुमार पण्डितले विद्याश्रमका गुरुकुल संस्कृति विद्यालयमा भएको कार्य सकारात्मक रहेका जनाएका थिए । छलफलमा ‘‘नेपालमा गुरुकुल पद्धतिमा सञ्चालन हुने विद्यापीठहरुको वर्तमान अवस्था र चुनौंती’’ विषयक विचार विमर्श छलफलफल कार्यक्रममा सहभागीहरुले महत्वपूण सुझावहरु दिएका थिए ।
छलफलमा प्रा.डा.जगमान गुरुङ लगायत विद्धानहरूको सहभागीता थियो । वि.सं. २०६५ सालमा निर्माण भएको गुरुकुल विद्याश्रम, ब्रह्मा, विष्णु, महेश्वरलाई गुरु मान्दै आएको छ । गुरुकुल शिक्षा कर्मकाण्ड पनि हो । यो छैठौं शताव्दीदेखि देखिनै विश्व दृष्टिकोणको रुपमा परिचित हुँदै आएको छ ।
छैठौं शताब्दीदेखिको आदर्शवाद, अध्यात्मक, भौतिकवाद र द्वन्द्वात्मक भौतिकवाद बिचको सम्बन्धलाई निकै महत्वका साथ हेरिन्छ । चारवागनै दर्शनका प्रमाणहरुबाट कर्म काण्ड गर्ने मात्र परम्परा छ भन्ने सोँचमा फरक छ ।
हिमालय दर्शन धारा अन्तर्गत विभिन्न धारा छ । भरतलाई बिर्से पनि गीतालाई बिर्सन सक्दैन । अहिले २००७ सालपछि पश्चिमा विद्धानहरुको हस्तक्षेपका कारण संरक्षण हुन सकेन । पछिल्लो अवस्थामा भाषिक संघर्षबाट अध्यात्मवादी चिन्तन विकास भएको छ । अध्यात्मकवाद र भौतिकवाद दुइधारको विश्व दृष्टिकोणको विकास हुँदै छन्द परम्परा देखि नै छ । आज भौतिकवाद भन्दा अध्यात्मवादका साथै आदर्शवादको महत्व बढ्दै गएको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशमा संस्कृतिलाई हेला गर्ने कुनै कारण छैन । मूल्य मान्यता सहितको विद्यायल सञ्चालनमा वाधाव्यवधान आएको छ । सबैले गुरुकुलको अवधारणा अगाडि बढाउन, गुरुकुल पद्धतिलाई अपनाउन जरुरी छ । राम्तीलाई संस्कृतिक र शैक्षिक स्थानको रुपमा अगाडि बढाउनु पर्छ ।
कार्यक्रमका अतिथि तथा कार्यपत्र प्रस्तोता कमला हेमचुरीले मानव सभ्याता भित्र सम्मान पाउनु पर्ने थियो, पाउन सकेन्न भन्ने विचार प्रस्तुत गर्दै, छुवाछुटका वाछिटा हराउन नसकेकोमा समाज अझैपनि संकुचनको घेरा भन्दा माथि उठ्न नसकेको कार्यपत्रमा उल्लेख गरेका छन् । त्यसको दोषीको भागीदार नेपाली समाज रहेको बताइन् । कार्यपत्र प्रस्तुत गर्दै संस्कृत भाषाको संरक्षण नहुँदा अर्को भाषाले ठाउँ लिएको हो । संस्कृतलाई स्मृतिको भाषाको रुपमा लिन्छ । किनभने कुनै बेला कुलीन वर्गको पेवाको रुपमा रहेको संस्कृत भाषा जसले गर्दा पतनतिर जानलाई सहयोग पु¥याएको हो । वर्ण व्यवस्थाको कारण बह्ममणवाद, बौद्ध धर्म, हिन्दु धर्म, मुस्लिम धर्म, जैन धर्मका डा.अम्वेदकरका अनुसार ८० प्रतिशत मूल वासीलाई वञ्चित गरिएको पुष्टि भएको बताइन् । हिन्दु धर्म वर्णाश्रम व्यवस्थाले वेदको पुरुषत्वलाई टेकेर हिन्दु समाज अगाडि बढेको छ । दुबैमा महिलाले ज्ञान लिनु नहुने अर्थात वेद पढ्न नहुने) भन्ने छ । महिलाहरुलाई शिक्षा पाउनबाट वञ्चित गरिएको कारण संस्कृत भाषा लोप हुनु मूलकारण मैले देखेको छु । हेमचुरीले भनिन ।
परिवर्तन गर्ने कि नगर्ने ? धर्ममा ईस्वरीय आदेश भनेर कसैलाइ वञ्चित गर्ने हक अधिकार छैन । संस्कृत सबैभन्दा बलियो मानिएको छ । हिन्दुहरुले सबैलाई अध्ययन गर्ने वातावरण बनाएन । वातावरण बनाएको भए संस्कृति भाषाको संरक्षण हुन सक्थ्यो ।
संस्कृत भाषा शक्तिशाली वर्गको अधिनमा रहेको छ । कुनैबेला संस्कृत भाषा भारतीय उपमहादीपसम्म फैलिएको थियो । २१ औं शताब्दीमा कति सान्दर्भिक छ ? महिला र अछुटलाई निषेध गरेको कारण यो अवस्था आएको हो । पुरेत कर्मकाण्डमा सीमित हुनुभन्दा माथि उठ्नु पथ्र्यो । एकल भाषामा राज्यको संरक्षण जति छ अन्य भाषाले पाउनु सकेन । हिन्दु समाज अछुट भएको नाताले मेरो पुर्खाले ज्ञान पाउन सकेन । हेमचुरीले उक्त कार्यपत्रमा उल्लेख गरिन् । व्राह्मण भित्र पनि विभेद छ । हिजोको अवस्था र आजको अवस्थामा फरक छ । समय सापेक्षिकताको कारण क्रिस्चिनिटी बढीरहेको छ । विगत शताब्दीहरुमा मानव जातिमा समयाअनुकूल सुधार हुँदा हिन्दु धर्म इण्डोनेशिया र लाओस्सम्म फैलिएको थियो । र सँगै संस्कत भाषा पनि ।
वर्ण व्यवस्था र काम अनुसार व्यवस्थापन गर्दा विकृत हुँदै छुवाछुटसम्म आइपुग्यो । संस्कृत पढ्ने कि नपढ्ने भन्ने विषय गम्भीर रुपमा सोचौं ।
त्रिचन्द्र क्याम्पसमाका प्रा.समाजशाश्त्री अञ्जना पौडेलले महादेवले महिला पुरुष बराबरी देख्नु हुन्थ्यो । जबसम्म नारी र पुरुष बिचमा समान व्यवहार हुँदैन तबसम्म समाज अगाडि बढ्न सक्दैन । शिक्षा पनि त्यही हो । लमजुङमा पाणीनीले आश्रम खोलेर शिक्षाको ज्योती छरेको थियो । मानव सभ्यता ढँुगे युगबाट यो अवस्था सम्म आइपुग्दाको एक उत्तर आधुनिकतावादसम्म आइपुगेका छौं । नीति, नियम, कानून संस्कृतिको नाममा, कुनै धर्मको नाममा, समय अनुसार परिवर्तन हुनुसक्छ । व्यवहारमा सरस्वती र लक्ष्मी हुँदै दुबै भएनभने अगाडि बढ्न सक्दैन । ति दुबै भएकाले मानव जाति अगाडि बढेको हो ।
वरिष्ठ साहित्यकार तथा मदन पुरुस्कार विजेता युवराज नयाँघरेले तपाइहरुको सक्रियताले संस्कृतिलाई पुनर्जीवित गर्न लागेकोमा संस्कृति पढ्न नपाएकोमा आफूलाई चिन्ता लागेको बताए । सांस्कृतिक संस्थाको मुल आधार हो । जो संस्कृतिक भाषाले हामी सुस्ताएको थियो । अब जाग्नु पर्छ । भएका कमी कमजोरीहरु सुधार गरौं । नेपाली समाज साझा फूलवारी हो । प्रकृतिमा ठूला–ठूला वर–पीपल ज्ञानको ज्योती हो । संस्कृति सबै भाषाको आमा माउ भाषा हो । आमालाई घरबाट निकालेर स्वभाव बढ्दैन ।
त्रिवेणी धाम संरक्षण समितिको अध्यक्ष रामकृष्ण थापाले दुप्चेश्वरलाई पर्यटकीय धाम बनाउने अभियानमा जोड दिएको बताए । भविष्यमा जेष्ठ नागरिक समाज, विषय विज्ञ नभएपनि विषयवस्तु उठान भएकाले गुरुकुलीय संस्कृतिक शिक्षा कसरी अगाडी बढाउने भनेर हामी जुटेका छौं । समय अभावको कारण भावना अनुसार समय सापेक्ष अगाडि बढेर अर्थ बुझाउँन जुटेका छौं । संस्कृति भाषाको गुरुकुलीय शिक्षाको अर्थ बुझाउदै जानुपर्छ ।
बालमिकी विद्यापीठ काठमाडौंका प्राचार्य डा.विष्णु दाहालले परम्परागत पद्धति प्राप्त गर्न परम्परागत पद्धति भत्काएर जाने कुरा हो । १० हजार वर्षको दाम्लोले बाढीएर बस्ने हो भन्ने अगाडि बढ्न सक्दैन । दाम्लोमा बाँधिनु हुँदैन । सिद्धहस्त, भरखरै लेख्ने पनि कवि हुन्छ । विरोध गर्ने हो भने महत्व राख्दैन । अतितसँग बाँधिन हुँदैन ।
समाजलाई उन्नत बनाउन लाग्नु पर्छ । बेलायत र जर्मनमा संस्कृत भाषाको पढाई हुन्छ । संस्कृतलाई देव भाषा भनिन्छ । कुन चाहीँलाई मातृ भाषा भन्ने सकिन्छ ? लौंकिक दार्शनिक मातृ भाषालाई सारा विश्व ब्राह्मणको धारणा छ । कति बोल्छ र बोल्दैन भन्ने कुरो हो । भाषाले विग्रह बढाउने होइन । भाषा प्रति आग्रह राख्ने विषय हो । र निश्चित कालखण्डमा विचारलाई बुझ्ने हो भनेर । संस्कृतिमा हेर्दा राजनीतिले ल्याएको विभेद हो भन्ने देखिन्छ । ब्राह्मण बुझ्ने के हो ? कालचक्रको प्रणेता जीवनको प्रणेता सूर्य हो । त्यसलाई आलोचना गर्न गहिरिएर अध्ययन गर्ने हो । अनि सत्यवोध हुन्छ ।
हाम्रो देशको शिक्षण संस्थानहरुले सही शिक्षा दिन सकेको छैन । संस्कृति पढ्ने मानिसहरु वेरोजागर कोही पनि छैनन् । भेद्भाव भान्सामा हो, समाज र पर्यावरणलाई कसरी जोड्ने संस्कृतिक हिसाबले गहिरो वाणी दिन्छ ।
शिक्षाविद् डा.नारायण बहादुर के.सीले म अर्थतन्त्रको विद्यार्थी हुँ । विद्यार्जन गर्दा शिक्षाको महत्व मलाई थाहा थिएन । अहिलेको अभिभावकले ठूलो मान्छे बन्नु है बाबु भन्थे । तर मेरो आमाले असल शिक्षा लिनु है भन्नु हुन्थ्यो ।
अरिस्टोटलले जीवनलाई अन्तहिन यात्राको रुपमा विश्लेषण गरेका थिए । त्यसैले यो मन मस्तिष्कको तालिम हो । ज्ञानलाई समाजसेवी र जीवनपयोगी ढंगले अगाडी बढाउने हो । अर्को हामी सहिष्णुता मात्र हो । शिक्षाले विवेकी, संयमी, संकल्प जस्तो सत्यम् शिवम् सुन्दरम् भन्ने अहंकारको खोटो हो । अन्तिम सत्य अहिलेको धरातल शिक्षा हो । कसैले धेरै शुल्क लिएर विद्यार्थी–विद्यार्थी बिच कसरी धेरै उपलब्धी गर्ने भन्ने छ । जसले विकृत निम्त्याएको छ । को असल भन्ने सरोकारनै नभएको विषय हो ।
३ हजार ४ सय वर्षमा ३ हजार १ सय ३२ वटा युद्धको चपेटामा परेको देखिन्छ । कसले कति ख्याती प्राप्त गर्ने अलि पापी भएकाले हुन सक्छ । नैतिकता र सिद्धान्तको विषय वहस प्रश्चात वहस चल्छ । बेलायतका प्रधानमन्त्री वीनस्टन चर्चिलले यौन व्यवसायीको समेत उल्लेख गर्दै व्यवसायिक इमान्दारिता हुनु पर्नेमा जोड दिए । असल शिक्षा हासिल गर्न, असल नबन्नुका निम्त खराब गरिनु भन्ने होइन । ८५ प्रतिशत अप्टिच्यूट सोँच र विचार नै फरक १५ प्रतिशत किताबी ज्ञान हासिल गरेको छ । यस्तो शिक्षामा लगानी छैन ? जीवन जगतको कुरा अहिलेको शिक्षाले गरेको होइन । अहिलेको शिक्षाको सबभन्दा दुर्गुन म कस्तो देखिएर हो । अल्फ्रेड नोवेलले आफ्नो मूल्याङ्कन गर्न सिकाए भने त्यो शिक्षा होइन भनेका छन् । गुरुकुल भनेको के हो ? सुक्रातका चेलो अरिस्टोटल, अरिस्टोटलका चेलो प्लेटो, प्लेटोका चेलो अलेक्जेण्डर गुरुको औचित्य के ? अहिले म देखिरहेको छु । शिक्षामा नैतिक शिक्षा, वाल्मिकीका र गुरु द्रोणाचार्यले भोगेको त्यही हो । गुरुको काम जीवनभर प्यासी बनाएको हो । विषय दक्षता चाहिन्छ । हुवहु गुरुको औचित्य के ? शिक्षा असाध्य दुःख छ । ८ करोड जनसंख्यामा कोही पनि देखिएन । ‘कर्तव्य वाणीधारी, चित्त आचार्य सुचिता गुण संहिता शास्त्रीय सुविज्ञानता’ विषय भन्ते चरण्य हिन्दुको शिल्पको चन्द्रगुप्त मौर्यको लागि लेखेको स्लोकका आदर्शबाट राम्रो कामको शुरुवात भएको देखिन्छ । आचार विचार समाजमा प्रस्तुत हुने छ । नर भूपाल शाह, रसुवाको, लामाले जे–जे दिन्छ । विर्ता दिएको लामालाई ब्राह्मणले जस्तै कुशि, विर्ता, दिएको छ । गेल्चुनको गुप्तेन लामाले पानी पार्न सक्छ । चन्द सम्शेरको पालामा पानी पा¥यो । तलको नेवार र लामाको वुद्धि अक्षता घ्यू हाम्रो हो । किन भने अहिले घ्यू गुम्वा माथि घ्यू छ । फेदीमा भगवान् मुटुको खाकमा राखेको र यहाँको गुरु लामा मगरले विभेद ग¥यो भनेर बस्न मिल्दैन । थुप्तेन लामाको अवस्थामा पुग्नु पर्छ । अहिले संस्कृत पढ्ने छात्रवृति दिन्छ । छेकवार छैन । थारु र कुमालले खाएको कसैले भन्छन ? विकले आचार्य पास गरेको छ । कामीले पढाएको ठाउँ भन्दैन । सबभन्दा पहिले दलित र आदिवासीको कुरा आउँछ । विकले आचार्य पढी सकेको छ । संस्कृत भाषा वैद्धिक कालमै खुलेको थियो । पहिलो ब्राह्मण अहिले वाहुन भनिएको छ । जो संवेदनशील छ । उसले मात्र ब्राह्माण शिक्षा ग्रहण गर्न सक्छ । विद्यार्थी परिवार संवेदनशील हुनु पर्छ । अहिले त महावीर पुन, कुलमान घिसिङ्गले नाम कमायो । उ के हो ? विद्या आर्जन गर्नु पाउनु पर्छ । अहिले कम्प्यटुर छ । पहिले कम्पोज गथ्र्यौं । चोर्न र ढाँट्न पनि मध्यम चाहियो । आचरण शुद्ध हुनु प¥यो । शुद्ध भएपछि अरुसँग विवाद गर्न सक्छ । टासीडेले ‘वज्र महाक्रोध’ तिब्बती भाषामा लेखेको छ । वज्रमह टोल शुद्ध उच्चारण भएन भने मन्त्र शुद्ध हुँदैन । शुद्ध हुन मन्त्र पढ्नु पर्छ ।
हरेक आदर्शबाट राम्रो कामको शुरुवात
चिनमा चङ्गेज खाँ, टिब्बतका महापण्डित रेन्पोछे, धर्मधिकारी, पण्डित, दलाई लामा, को सर्पको जस्तो दुईवटा जिब्रो, वाहुनको एउटै चिव्रो, राष्ट्रिय गीत संगीत साधना नगरेको भए व्याकुल माहिला हुने थिएन । पृथ्वीसुब्बा गुरुङ, सुवास नेम्वाङ्ग, नेवार जातिको कालो ख्याक, सँस्कृत भाषा मार्ने त वाहुनले नै हो ।
संस्कृतका विद्धानहरू हरिबहादुर आचार्य, दिनेशराज पन्त संस्कृतका धुरन्धर हुन् । अरुले बाहुन भाषा भन्दछन् । ज्योतिष सिद्धान्त, सूर्य सिद्धान्त, सनातन धर्म, भय नाश, असुर जातिले लेखेको हुन् । भगवान सूर्यको आशीर्वाद पाएर ‘सूर्य सिद्धान्त’ नाम गरेको महा असुरले लेखेका आधार सङ्गीत अनुयायी महाअसुरले बनाएको हो । बाहुनले कराएपछि विदेशीले प्राजेक्ट दिन्छ । विदेशीले खोजेको त्यही हो । वृन्दावनमा शाश्त्रीय पढेको मेरो स्वास्र्थ एउटा छ । छविलालको दुईवटा स्वास्नी उ कामीकी म कामी पोेडे कुन हुल्या भनेर कर्म काण्ड छोड्यो । त्यस्तो प्रगतिशील ब्रह्माण थिए ।
भोलानाथ पराजुलीले कर्म काण्ड गरे । नयाँ बानेश्वरमा सार्की भद्रकालीमा खड्गी, सिल्पी थिए, घटना सुँगुर लग्यो र ब्राह्मणहरुले ऋषि मन्त्र जप्न पाएन । गायत्रीको जपको विश्वमित्र राजा थिए । वैश्य ऋषिले हजारौं सेनालाई खान दिए । नाशिका सौर्य, उपसनाको कोशिकी, सौर्य उपसना क्षेत्रीहरुले उपसना गर्न सकेनन् । दिनेशराज पन्तसँग सोध्नु, साँस्कृति भनेको विज्ञान हो । गरुड पुराण जप, दिशा जान्नका लागि अग्नि पुराण, गरुड पूरान हुन् । पेट भित्रको भ्रुणलाई २ पुगेर ३ महिना लागेपछि वंशवध गर्नेहरु कुकुर बनेका छन् । अहिलेको वायोलजि नजानेको कुरा गरुड पूराणमा छ ।
संस्कृत ज्ञानमय छ । त्यो विज्ञान हो । आफै संवदेशनशील भएर अगाडि बढ्नु पर्छ । संस्कृति शिक्षा विज्ञान हो । विश्वकर्मालाई पठाएको हो वाहुनहरुले पढ्ने होइनन् । विद्धान वेदमणी पौडेलले शास्त्रमा जातिय आधारमा होइन कामको आधारमा गरे ।
विद्यालय व्यवस्थापनका अध्यक्ष निलकण्ठ आचार्यले गुरुकुल शिक्षाको महत्व बारेमा महत्वपूर्ण छलफलले थप उत्प्रेरणा र विद्यालयको गरिमा बढाएको बताए ।
प्रतिक्रिया दिनुहोस्: