
काठमाडौं असोज १३, जल तथा मौसम विज्ञान विभागसँग सन् १९७० देखि वर्षाको अभिलेख रहेको छ । १४ वटा जिल्लाका २५ मापन केन्द्रहरूमा वर्षाको नयाँ रेकर्ड कायम भएको विभागले जनाएको छ । विभागकी सूचना अधिकारी विभूति पोखरेलले देशभरिका यति धेरै ठाउँमा एकै पटक वर्षाको नयाँ रेकर्ड कायम हुनु असामान्य भएको बताइन् । “देशभरिका धेरै ठाउँमा एकै पटक रेकर्ड ब्रेक हुने गरी वर्षा भएको छ । यसलाई सामान्य रूपमा लिन सकिँदैन । यसले हामीलाई स्तब्ध बनाएको छ,” उनले भनिन् । मौसमविद्हरूले यस्तो विषम् घटनाको कारण जलवायु परिवर्तनको असर हुनसक्ने समेत बताइरहेका छन् । “यस्तो विषम् घटनामा जलवायु परिवर्तनको असर हुनसक्छ,” यसबारे थप अध्ययनहरू आवश्यक रहेको पोखरेलले बताइन् ।
काठमाडांैको पानीपोखरी, त्रिभुवन विमानस्थल, बुढानीलकण्ठ, जीतपुरफेदी, नागार्जुन तथा ललितपुरका गोदावरी, खुमलटार, टिकाथली, खोकना, चापागाउँ र भक्तपुरको नंखेल मापन केन्द्रमा नयाँ रेकर्ड बनेको हो ।
विभागका अनुसार मकवानपुरको दामन मापन केन्द्रमा २४ घण्टामा सबैभन्दा धेरै वर्षा मापन भएको छ । यो केन्द्रमा ४१० मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ । उक्त केन्द्रमा यसअघि सन् १९९३ मा ३७३.२ मिलिमिटर वर्षा मापन भएको थियो ।
त्यस्तै काभ्रेपलान्चोकको खोपासी मापन केन्द्रमा ३११.६ मिलिमिटर वर्षा मापन भएको छ । सुरक्षाकर्मीले दिएको जानकारीअनुसार उक्त टहरोबाट खोलाले बगाएका चारमध्ये तीन जनाको केही तलबाट उद्धार गरिएको छ भने एक जनाको अवस्था अज्ञात छ । खोलाले ती व्यक्तिहरूलाई बगाउँदै गर्दा नक्खु करिडोरसँगैको कान्तिपुर आवास कोलोनीमा बसोबास गर्ने एकजना विज्ञापन व्यवासायी जीवन पोख्रेल फेसबुकमा लाइभ गर्दै थिए ।
उनले गरेको लाइभमा पनि ती व्यक्तिलाई खोलाले बगाएको अवस्थामा देखिएको छ ।
काठमाडौं उपत्यकाभित्रै समयमा उद्धार टोली नपुग्दा त्यस्तो अप्रिय घटना भएको भन्दै सामाजिक सञ्जालमा धेरैले सरकारको आलोचना गरेका छन् । उनीहरूले विपद्को पूर्वतयारी र उद्धारमा देखिएको ढिलासुस्तिलाई लिएर विभिन्न प्रश्न उठाउँदै आक्रोश व्यक्त गरेका छन् । विपद्विज्ञहरूले चाहिँ ललितपुर महानगरपालिका भित्रसमेत “घण्टौं पर्खदा पनि पीडितहरूले उद्धारका लागि सहायता नपाउने’’ अवस्थाले विपद् व्यवस्थापनमा नेपालको “गम्भीर कमजोरी’’लाई उजागर गरिदिएको बताएका छन् ।
त्यस क्रममा लामो समयसम्म उद्धारका लागि पर्खिंदासमेत “समयमै उद्धारको प्रयास नगरिँदा’’ ती मानिसहरूलाई खोलाले बगाएको धेरैले बताएका छन् ।
ललितपुर महानगरपालिका वडा नम्बर–१४ का वडाध्यक्ष अमृतजंग महतका अनुसार उनको वडाभित्र पर्ने घटनास्थल आसपास नक्खु खोला किनारामा केही टहराहरू बनाइएका छन् ।
ती टहरामा कवाडी तथा ग्रील व्यवसाय सञ्चालन गर्नेहरू बस्ने गर्थे । त्यस्तै एउटा टहरोमा मानिसहरू फसेको खबर आफूले शनिवार बिहानै पाएको उनले बताए ।
“म त्यहाँ पुग्दा त्यस्तै बिहानको ७ बजेको थियो । त्यस बेलासम्म अन्य तीन जनालाई खोलाले बगाइसकेको भन्ने सुनियो चार जना चाहिँ टहरोमा माथि चढेर बस्नु भएको थियो,’’ ।
“हामीले उद्धारका लागि प्रहरी, नगरपालिकाको नगर प्रहरी र खुमलटारको सशस्त्र प्रहरीलाई फोन गरेर आग्रह ग¥यौं । सीडीओ सावलाई पटक–पटक फोन गर्दा उहाँले कुनै रेस्पोन्स गर्नु भएन ।’’
खोलामा पानी बढ्दै जाँदा उद्धारको पर्खाइमा रहेकाहरूलाई हेर्न र उद्धारका लागि सहयोग गर्न मानिसहरूको भिड लागेको थियो ।
उनका अनुसार शुरुमा त्यहाँ दुई जना प्रहरी पुगेका थिए र स्थानीयवासीको घरबाट लुगा सुकाउने डोरी ल्याएर टहरोमा रहेका मानिसहरूतर्फ फालियो ।
घटनास्थल नजिकैको कान्तिपुर टोल विकास समितिका अध्यक्ष जीतेन्द्र भण्डारीले पनि घटनालाई आफूले नजिकबाट देखेको र पटकपटक प्रशासनलाई उद्धारका लागि गुहार मागेको बताए ।
विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसमेत भएका उनी अवकाशप्राप्त सरकारी अधिकारी हुन् ।
उनले भने, “बिहान पाँच बजेतिरै मान्छेहरू फसेको कुरा आयो अनि मैले हेरेर ललितपुरका सीडीओलाई फोन गरेँ । उहाँको फोन रिसिब भएन । विपद्का बेलामा जिल्लाको कमाण्डर सीडीओ हुने भएकाले मैले उहाँलाई सुरुमै कल गरेको थिएँ ।’’
“प्रहरी, सशस्त्र र नगरपालिकातिर पनि गुहार माग्दा नभएपछि मैले आफैँले सात बजेतिर गृह मन्त्रालयको कन्ट्रोलमा पनि फोन गरेको थिएँ । तर, तत्काल कुनै रेस्पोन्स भएन ।’’
उनले केही घण्टापछि सुरक्षाकर्मी आए पनि उनीहरूसँग जनशक्ति र उद्धारका लागि केही सामग्री नभएको बताए ।
भण्डारीले भने, “ढिलोगरी आएका सुरक्षाकर्मीसँग पनि केही स्रोत नै थिएन । स्रोत नभएपछि उनीहरूले पनि कसरी उद्धार गरुन् ?’’
“हामीले हेर्दाहेर्दै ती मानिसहरूलाई बगायो । हामी निरुपाय दर्शक बनेर किनारामा बस्न बाध्य भयौं । टुलुटुलु हेर्नु बाहेक केही गर्न सकिएन । मलाई एकदमै तितो अनुभव भयो ।’’
“राजधानीमै भएको र हामीले राज्यका सबै संयन्त्रलाई खबर गर्दा पनि मानिसहरू बाढीको बीचमा पसेर उद्धारका लागि तीन÷चार घण्टासम्म पर्खँदासमेत उद्धार नहुँदा हाम्रो राज्यको संयन्त्रले काम गर्दैन रहेछ र क्षमता पनि रहेनछ भन्ने देखियो ।’’
मानिसहरूलाई खोलाले बगाएको एक घण्टा जतिपछि मात्र त्यहाँ हेलिकप्टर आएर हेरेर गएको भण्डारीले बताए ।
ललितपुरको उक्त घटनामा जस्तै देशैभरिका घटनामा राज्यका जिम्मेवार निकायहरूले उद्धारमा तदरुकता नदेखाउँदा कतिपयको ज्यान गएको भन्दै सरकारको आलोचना भइरहेको छ ।
विपद्विद्हरू पनि ललितपुरकै घटनालाई हेरेर पनि विपद्का व्यवस्थापन तथा उद्धार कार्यमा नेपालका सरकारी निकायहरू कति “लाचार’’, “गैरजिम्मेवार“ र “क्षमताविहीन’’ छन् भन्ने उजागर गरेको बताउँछन् ।
नेपाल रेडक्रस सोसाइटीका पूर्वमहामन्त्री तथा विपद्पिताम्बर अर्याल विपद्का पछिल्ला घटनाले नेपालले यस्ता विपद्मा गरिनु पर्ने “आकस्मिक प्रतिकार्य’’ निकै कमजोर रहेछ भन्ने पुष्टि गरेको बताउँछन् ।
उनले भने, “कुनै दुर्गम स्थानमा पुग्न समय लाग्यो भन्नेसम्म मान्न सकिएला तर काठमाडौं उपत्यकाभित्रै त घण्टौंसम्म कुर्दा पनि उद्धार नहुने अवस्था छ भने अन्यत्र के होला ?’’
यद्यपि राज्यले त्यस्तो भनेर उद्धार नगरी उम्कन नमिल्ने उनी बताउँछन् ।
नेपालमा उद्धारप्रति सरकारी निकायहरूले बेवास्ता गर्ने गरेको उनी स्मरण गराउँछन् ।
उनी भन्छन्, “कुनै विपद्भएपछि प्रधानमन्त्री वा मन्त्रीले बैठक गरेर निर्देशन दिनुपर्ने होइन, विपद् र उद्धारका लागि नै काम गर्ने भनेर संस्थाहरू बनाइएका छन् ती संस्थाले तत्कालको तत्काल उद्धार कार्यमा खटिनु प¥यो नि !’’
“अहिलेको वर्षा हुन्छ भन्ने केही दिन अघिदेखि नै थाहा थियो त्यस्तो अवस्थामा नदी किनाराका मानिसहरूलाई पहिले नै स्थानान्तरण समेत गर्न सकिन्थ्यो । उद्धारका लागि पनि टोलीहरू तयारी अवस्थामा हुनुपर्दथ्यो तर त्यस्तो भएको नदेखिनु हाम्रो बिडम्बना हो ।’’
सामाजिक सञ्जालमा समेत व्यापक चर्चा भएको ललितपुरको नक्खु खोलाको उक्त घटनाबारे जिल्ला विपद् व्यवस्थापन समितिको नेतृत्वसमेत गर्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठलाई सम्पर्क गरी प्रश्न सोधेको थियो ।
“उद्धारका लागि घण्टौं पर्खिएका मानिसलाई उद्धार गर्न किन टोली खटाउनु भएन ?’’ भन्ने प्रश्नमा उनले भने, “हामीले जानकारी आउनेबित्तिकै सुरक्षाकर्मी घटनास्थलमा पठाएका हौं ।’’
“सबै स्रोत सामग्री जुटाएर उद्धार गर्दैगर्दा उहाँहरूलाई बगाएको हो । त्यसमा पनि तीनजनाको उद्धार गरेर पाटन अस्पतालमा उपचार भइरहेको छ र एकजना बेपत्ता हुनुहुन्छ ।’’
उनले आइतवार राति १२ बजेदेखि नै उद्धार कार्य शुरु गरिएको बताउँदै मौसमका कारणले हेलिकप्टरबाट हुने उद्धारमा केही ढिलाइ हुन गएको दाबी गरे ।
ललितपुरमा मात्र आफूहरूले ४ सय ८१ जनालाई उद्धार गरेको श्रेष्ठको दाबी छ ।
शनिवार दिउँसो उनले भने, “समयमा उद्धार भएन भन्ने कुरा सही होइन हामीले कुनै पनि घटनाको जानकारी पाउने बित्तिकै घटनास्थलमा उद्धार टोली पठाएका छौं । म आफै पनि फिल्डमै खटिएर काम गरिरहेको छु ।’’
प्रत्यक्षदर्शीहरूले ललितपुर महानगरपालिकाले पनि समयमा उद्धारका लागि टोली नखटाएको गुनासो गरेपछि मेयर चिरीबाबु महर्जनलाई पनि सम्पर्क गरेको थियो ।
उनले महानगरपालिकाका धेरै स्थानमा मानिसहरू बाढीमा फसेका कारण सबैतिर समान रूपमा टोली खटाउन नसकिएको हुन सक्ने तर “जानकारी आएको सबै स्थानमा टोली खटाइएको’’ बताए ।
“वडा नम्बर १३ मा दुईवटा बसको छतमा ६३ जना मानिसहरू फसेका थिए हामी त्यता धेरै केन्द्रित भयौं,’’ उनले भने ।
“प्राकृतिक विपत्तिमा सबैतिर एकैपटक ध्यान पु¥याउन नसकिने रहेछ तर हामीले सकेसम्म सबैतिर ध्यान दिएका छौं ।’’
यद्यपि उनले बाढीपहिरोका बेलामा उद्धार गर्नका निम्ति महानगरपालिकासँगै स्रोतसाधन नभएको स्वीकार गरे ।
“त्यसलाई हामीले स्वीकार्नै पर्छ किनभने हामीसँग बाढीका बेला उद्धार गर्ने एउटा डुङ्गा पनि नभएको अवस्था हो । त्यसका लागि हामी सेना र सशस्त्र प्रहरीमा नै भर पर्नुपर्ने अवस्था छ,’’ उनले भने ।
महानगरका लागि पनि यो विपद् एउटा सिकाइ भएकाले आगामी दिनमा सुधार गर्ने महर्जनको भनाइ छ ।
देशका अन्य स्थानमा पनि उद्धारमा ढिलाई भएकोबारे सोधिएको प्रश्नमा गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले देशैभरि सबैतिर उद्धारका लागि टोलीहरू तयारी अवस्थामा रहेको बताए ।
उनले भने, “हामीले घटना भएको जानकारी आउने बित्तिकै उद्धार टोली खटाएका छौं । मौसम प्रतिकूल हुँदाखेरि कतिपय अवस्थामा हेलिकप्टर जानलाई ढिलाइ भएको हुनसक्छ तर जानाजान ढिलाइ गरिएको छैन ।’’
ललितपुरको उक्त घटनामा जस्तै कतिपय स्थानमा उद्धारमा ढिलाइ भएको भनेर आलोचना भइरहेका बेला गृह मन्त्रालयले देशभरि डुङ्गा तथा हेलिकप्टरमार्फत उद्धार कार्य गरिरहेको जनाएको छ ।
मन्त्रालयका अनुसार मौसम खुलेपछि कतिपय जिल्लामा अहिले पनि हेलिकप्टरमार्फत् उद्धार कार्यलाई निरन्तरता दिइएको छ ।
यसैबीच मुख्यमन्त्री लामाले विपद् व्यवस्थापन र बाढी, पहिरो प्रभावितको तत्काल उद्धार र राहत व्यवस्थापनका लागि प्रदेश सरकारले १३ वटै जिल्लामा आवश्यक जनशक्ति व्यवस्थापन गरेको बताएका छन् ।
विपद् प्रभावितको उपचारका लागि सबै जिल्लामा टोलि परिचालन गरिएको बताउँदै मुख्यमन्त्री लामाले पीडितको निशुल्क उपचारको व्यवस्था मिलाइएको जानकारी दिए । तत्काल राहत र अस्थायी बसोबासका लागि आवश्यक प्रबन्ध गरिएको बताउँदै मुख्यमन्त्री लामाले संघीय सरकारसँगको समन्वय र स्थानीय सरकारसँगको सहकार्यमा पीडितलाई थप राहतको व्यवस्थापन गरिने जानकारी दिए ।
प्रदेश भित्रका सबै जिल्लाका सडकहरुको अवस्थाबारे तथ्याङ्क संकलन भइरहेको र दशैं अघि नै सवारी सञ्चालन हुनेगरी निर्माण थाल्न सरकारले विशेष रणनीति बनाएको मुख्यमन्त्री लामाले जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालयका मौसम विज्ञान केन्द्रीय विभागका सह–प्राध्यापक डा.विनोद पोखरेलले बुधबारदेखि शनिबारसम्मै गण्डकीदेखि कोशी प्रदेशसम्म अपराह्नपख वर्षाको सम्भावना रहेको जनाएका छन् । उनका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका जिल्लामा भने वर्षाको खासै सम्भावना छैन ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनी वायुको प्रभाव कायमै रहेका बेला बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुसमेत मिसिँदा असोज ११ र १२ गते भारी वर्षाले जनधनको ठूलो क्षति गरेको छ ।
काभ्रेको मंगलटार क्षेत्रबाट सेनाको हेलिकप्टरमार्फत ३ सय जनाको उद्धार
काठमाडौँ । काभ्रेको रोशी गाउँपालिकास्थित मंगलटार क्षेत्रमा भ्याकुरे खोला र रोशीले वितण्डा मच्चाएका छन् । बाढीका कारण अलपत्र परेका ३ सय जनालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बिरामी, घाइते र जेष्ठ नागरिकलाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर धुलिखेल पठाइएको इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर कृष्ण गिरीले रातोपाटीलाई बताए ।
सोमबार मात्रै रोशी गाउँपालिका स्थित वडा नम्बर–९ र ११ बाट २ सय जनालाई उद्धार गरिएको छ । आइतबार बिहानबाट सुरु गरिएको उद्धार अहिले पनि जारी छ । रोशी, भ्याकुरे र माम्ती खोलामा आएको बाढीका कारण बीपी हाइवे अवरुद्ध भएपछि मंगलटाबाट करिब ७ हजार मानिसहरू हिँड्दै भकुण्डेवेशी पुगेका छन् ।
१ हजार ६ सय यात्रुलाई भ्याकुरे खोला पार गराएर गन्तव्यतर्फ पठाएको इन्स्पेक्टर गिरीले बताए । कालढुंगामा रोशीमा मिसिने भ्याकुरे खोलाको बहाव नघट्दा सो क्षेत्रका स्थानीय बिचल्लीमा परेका छन् । सिन्धुलीतर्फबाट आएका १ सय ५ वटा सवारीलाई प्रहरीले सुरक्षित पार्किङ गराएर राखेको छ । वीपी हाइवेको मंगलटार क्षेत्रमा करिब ५ सय सवारी साधन रोकिएका छन् । भकुण्डे–मंगलटार खण्डमा ६ ठाउँको सड्क रोशीले बगाएको छ ।
प्रहरीले २० बोरा चिउरा र दालमोठ वितरण गरेको छ । करिब ४ मानिसहरूलाई सडकमै प्राथमिक उपचार गरिएको छ । उद्धार गरिएका १ सय जनालाई मंगलटारस्थित इलाका प्रहरी कार्यालयमा सेल्टर दिइएको इन्स्पेक्टर गिरीले जानकारी दिए ।
काठमाडौंको एउटा मुख्य नाका नागढुङ्गानजिकै अवस्थित झ्याप्लेखोलामा आएको ठूलो पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो । त्यहाँ पहिरोले सवारीसाधनहरू पुर्दा कम्तीमा ३५ जनाको मृत्यु भएको थियो ।
त्यहाँ पहिरो र ढुङ्गामाटो पन्छाउँदै सडक एकतर्फी खुलाइएको छ । “एकतर्फी सडक खुलाएर शुक्रवारदेखि रोकिएका सयौं गाडीहरू काठमाडौ ल्याएका थिए ।
झ्याप्लेखोलामा पहिरो गएको ठाउँभन्दा तल अड्किएका सवारीसाधनहरूलाई आइतवार निर्माणाधीन सुरुङमार्ग हुँदै काठमाडौं पठाइएको थियो ।
के पछिल्लो विध्वंशकारी वर्षाको सम्बन्ध जलवायु परिवर्तनसँग छ ?
’उद्धारको याचना गर्दागर्दै खोलाले बगायो, सहयोग गर्ने कोही भएन’
सडक विभागका अधिकारीहरूले काठमाण्डूलाई तराई वा अन्य मुख्य सहरसँग जोड्ने कुनै पनि बाटो निर्बाध सञ्चालनको अवस्थामा आइनसकेको बताएका छन्।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार मुख्य सडकहरू खुलेर आउजाउ गर्न कहिलेदेखि सहज हुन्छ भनेर मिति तोक्न सकिहाल्ने अवस्था छैन।
“सक्दो छिटो खुलाउनेमा जोड छ। तर सरकारी क्षमताले मात्र भ्याउने देखिँदैन। निजी क्षेत्रको समेत सहयोग लिनुपर्ने अवस्था छ,”।
राजधानीलाई पूर्वी नेपालसँग जोड्ने बीपी राजमार्गका धेरै ठाउँमा सडक भासिएको छ । पूर्वी नेपालका विभिन्न जिल्ला जान छोटो दूरी पर्ने बनेपा– बर्दिबास जोडिने बीपी राजमार्गमा नेपालथोकदेखि धुलिखेलसम्म धेरै ठाउँमा सडक भत्किएको वा थुनिएको हुनाले यातायात अवरुद्ध रहेको विभागका सहायक प्रवक्ता अमितकुमार शर्माले बताए । “बीपी राजमार्गको भौगोलिक अवस्था जटिल भएकाले ’डाइभर्शन’ बनाए पनि सवारी आवागमन तत्काल सुरु गर्न सकिने अवस्था छैन,” उनले भने ।
काठमाडौंबाट नौविसे हुँदै पर्सापारि भारतको रक्सौलसम्म पुग्ने त्रिभुवन राजपथमा केही ठाउँमा ससाना पहिरो गएका छन्। तर ठूलो अवरोध छैन । त्यसै गरी काठमाडौंलाई तातोपानी नाकासँग जोड्ने अरनिको राजमार्गमा एउटा बेलिब्रीज र अर्को पक्की पुल बगाएको जानकारी शर्माले दिए । काठमाडौं–हेटौंडा सडकः तराई छुने छोटा बाटो किन राजधानी जोड्ने भरपर्दो विकल्प बन्न सक्दैनन ?
२० जनवरी २०२४
‘हजारौं वर्षअघि फर्केर हेरौं’ः मेलम्चीमा कहाँबाट र कसरी आयो गेगरानयुक्त बाढी?
कान्ति लोकपथमा समेत बागमती पुल जोड्ने ३०० मिटर सडक बगाउँदा हेटौँडासँग उक्त राजमार्गको सम्पर्क भङ्ग भएको विभागले जनाएको छ ।
मुग्लिन–नारायणघाट सडकखण्डमा समेत सवारी आवागमन रोकेरै भासिएको ठाउँ “अस्थायी सिलिङ बनाउँदै’’ सडक मर्मत गर्ने काम भइरहेको अधिकारीहरूले बताएका छन् ।
“काठमाडौंबाट बाहिर निस्किने सहज अवस्था अझै बनिसकेको छैन । कतैकतै एकतर्फी बाटो खुलाएर पनि अड्किएका गाडीलाई काठमाण्डू भित्र्याउने काम मात्र भइरहेको छ,” सहायक प्रवक्ता अमितकुमार शर्माले भने ।
“रोकेर राखिएका गाडीलाई सुरक्षित ठाउँमा निकालेपछि पृथ्वी राजमार्गलाई समेत दुईतर्फी खुलाउने काम छिट्टै गरिहाल्न सक्ने अपेक्षा छ ।”पुलमा असर परेका सडकमा पानी कम भएपछि वैकल्पिक मार्ग ’डाइभर्शन’ खोज्ने वा बेलिब्रिज राख्ने सडक विभागको योजना छ। यद्यपि त्यस्ता सडकहरू तत्काल सञ्चालनमा आइहाल्ने अवस्था छैन।
“पहिरोले अवरुद्ध सडक मौसम थप नबिग्रिएमा एक–दुई दिनभित्रै खुला गर्न सकिन्छ भन्ने हाम्रो लक्ष्य छ,” सडक विभागका सहायक प्रवक्ता शर्माले भने।
सरकारका अनुसार सप्ताहान्तको वर्षाका कारण मात्रै सुनकोशी नदीले तीनवटा पुल बगाएको थियो। त्यसै गरी मेची राजमार्गमा पर्ने हेवा खोला र अरनिको राजमार्गको लार्चा खोलामा रहेका बेलिब्रिज पनि बगेका छन्।
सरकारसँग अहिले ठूला र साना गरी १० वटा बेलिब्रिज छन्। “तर विगतमा सबैभन्दा छिटो बेलिब्रिज राखिएको हाम्रो अनुभव २९ दिनको छ । त्यसैले छिटोमा काम गर्दा समेत पुल नै आवश्यक पर्ने ठाउँमा जडान गर्न पनि तिहारसम्मै लाग्न सक्छ,” शर्माले बताए ।
त्यसको भौगर्भिक अध्ययन, पार्टपुर्जा जाँच र प्राथमिकता निर्धारण गरेर जडानको काम थालिने उनले बताए । केही दिनदेखि भएको अविरल वर्षाका कारण पूर्वी र मध्यनेपालका विभिन्न जिल्लामा धनजनको ठूलो क्षति भएको छ ।
आइतवार साँझसम्म बाढी, पहिरो र चट्याङमा परी झन्डै १७० जनाको मृत्यु, ४२ जना बेपत्ता, १११ जना घाइते भएको पुष्टि अधिकारीहरूले गरेका छन् ।
धादिङको झ्याप्लेखोलामा पहिरोले सवारीसाधनहरू पुरेको ठाउँमा कम्तीमा ३५ शव फेला परेका छन्। विभिन्न जिल्लामा गरी ४,००० जनाभन्दा बढीको उद्धार गरिएको छ भने काठमाडौं उपत्यका जोड्ने लगभग सबै मार्ग अवरुद्ध भएका छन् ।
विभिन्न स्थानमा अलपत्र यात्रुहरूलाई गन्तव्यमा पु¥याउने निर्णय सर्वदलीय बैठकले गरेको छ। विध्वंश मच्चाउने गरी २५ ठाउँमा वर्षाको नयाँ रेकर्ड, काठमाण्डूको पानीपोखरीमा ’५० वर्षपछि धेरै वर्षा, दुई जनाको ज्यान बचाउने चनिकलालः ‘बूढीले नजानू भन्दाभन्दै गएँ, सुनकोशीमा पौडी खेलेको अनुभव काम लाग्यो’ बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाको मंगलटारमा बाढीले सडक भत्काएपछि बीच बाटोमा तीन दिनदेखि अलपत्र परेका यात्रुहरूलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।
अविरल वर्षासँगै सडकमार्ग अवरूद्ध भएपछि विमानस्थलमा बिहानैदेखि यात्रुको चाप बढेको थियो । खानेपानी आपूर्ति प्रणालीमा बाढी पसेर पु¥याएको क्षति पुरयाएको छ ।
निरन्तर भएको वर्षाका कारण काठमाडौंका कतिपय खानेपानी आपूर्ति प्रणालीमा बाढी पसेर पु¥याएको क्षति पु¥याएको छ ।
१११ जना घाइते “विपद् प्रभावितको खोज तथा उद्धार र राहतका लागि सबै सुरक्षा निकायहरू परिचालन भई निरन्तर कार्य गरिरहेका छन् । हालसम्म ४,००० जनाको उद्धार गरिएको छ,” गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताएका थिए ।
मन्त्रालयले अवरुद्ध राजमार्गहरू खुलाउने कार्यलाई प्राथमिकतामा राखिएको जनाएको छ । प्रवक्ता तिवारीले पृथ्वी राजमार्गको झ्याप्लेखोलामा भएको अवरोध हटाएर आइतवार रातीबाटै सवारी साधनको आवागमन खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए । बीपी राजमार्गस्थित भ्याकुरे खोलामा आएको बाढी र पहिरोका कारण अलपत्र परेका काठमाडौं तर्फ जाने १,२०० जना र सिन्धुलीतर्फ जाने ३०० जना गरी झण्डै १५०० जना यात्रुहरूलाई सुरक्षा निकाय र स्थानीयवासीहरूको सहयोगमा सुरक्षित स्थानमा सारिएको नेपाली सेनाले जनाएको छ ।
त्यसैगरी कानढुङ्ग्री भन्ने स्थानमा पहिरोबाट अवरुद्ध हुन पुगेको बीपी राजमार्गको खण्डमा पहिरो हटाइएको र भासिएको स्थाननजिकै वैकल्पिका बाटो समेत निर्माण गरी आवागमन खुलाइएको जनाइएको छ ।
अलपत्र यात्रुहरूलाई गन्तव्यमा पु¥याउने सर्वदलीय बैठकको निर्णय
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आह्वान गरेको सर्वदलीय बैठकले अवरुद्ध राजमार्गहरू तत्काल खुलाएर आवागमन चालु गराउन पहल गर्ने निर्णय गरेको छ। राजधानी काठमाडौं जोड्ने अधिकांश सडक सञ्जाल पहिरोका कारण अवरुद्ध भएको अधिकारीहरूले बताएका छन् ।
“देशको राजधानीलाई बाँकी भू–भागसँग जोड्ने सबैजसो राजमार्गहरूमा सानो ठूलो रोकावट आई आवागमन अवरुद्ध हुन गएको वर्तमान अवस्थालाई तत्काल सम्वोधन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्नो सम्पूर्ण संयन्त्र प्रयोग गरी तत्काल पहिरो पन्छाई बाटो खुलाई आवागमन चालु गर्ने,” सर्वदलीय बैठकको निर्णयमा भनिएको छ ।
सिंहदरबारमा बसेको सर्वदलीय बैठकले गन्तव्यमा पुग्न नसकी अलपत्र परेका यात्रुहरूहरूलाई निश्चित गन्तव्यमा पु¥याउने निर्णय गरेको छ । सर्वदलीय बैठकले गरेका नौं वटा निर्णयहरूमा बाढी र पहिरोमा घाइते भएकाहरूलाई “तत्काल उद्धार गरी उचित वासस्थान, खाना, पानी र अन्य राहत सामग्री उपलब्ध गराउने” उल्लेख छ ।
बैठकले अवरुद्ध इन्टरनेट र टेलिफोन सेवा यथाशक्य छिटो सञ्चालनमा ल्याउन सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।
बैठकले विपद् पछिको महामारीको सम्भावनालाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा औषधि उपचार र आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्थानीय तहहरूलाई समन्वय गर्न भनेको छ ।
बैठकले बाढीका कारण क्षतिग्रस्त पुल, सडक, विद्यालय, स्वास्थ्य चौकी, सुरक्षा निकायको भवन, विद्युत् संरचनालगायत पूर्वाधार र कृषि तथा पशुपन्छीपालनका क्षेत्रमा भएको क्षतिको विवरण संलन गरी पुनर्निर्माणको लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
बाढीपहिरोबाट घरवास गुमाएका पीडितहरूका लागि सम्बन्धित सरकारी निकायहरूबाट उचित आवासको प्रबन्ध गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।
बैठकले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सहयोग गर्न निजी क्षेत्र, आम नागरिक र संघ– संस्थाहरूलाई अपील गर्ने निर्णय पनि गरेको छ ।
असोज कोशी ब्यारेजमा जलस्तर घट्यो, सवारी आवागमन खुल्यो
सप्तकोशी नदीमा जलस्तर बढेसँगै कोशी नदीमा सवारीसाधनको अवागमनमाथि शनिवार अपराह्णबाट लगाइएको प्रतिबन्ध हटाइएको छ। पानीको सतह खतराको तहभन्दा पर गएको भन्दै शनिवार स्थानीय प्रशासनले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको थियो ।
सुनसरीका प्रहरी प्रमुख सुमनकुमार तिम्सिनाले आइतवार अपराह्ण ५ बजेदेखि सवारीसाधन र मानिसको आवतजावत खुला गरिएको बताए । बहाव घटेर तीन लाख १०० हजार क्यूसेक मापन गरिएको थियो ।
बिहान कोशी ब्यारेजमा पानीको बहाव छ लाख ६१ हजार क्यूसेकभन्दा बढी मापन गरिएको थियो।
भारत सरकारको जल संसाधन विभागले नेपालमा भारी वर्षाका कारण आइतवार बिहान ५ बजे कोशी ब्यारेज वीरपुरबाट ६ लाख ६१ हजार क्यूसेकभन्दा बढी पानी प्रवाह भएको जनाउँदै त्यो सन् १९६८ यताकै सर्वाधिक रहेको उल्लेख गरेको थियो ।
गत शनिवार रातिबाट कोशीको पुलमाथिबाटै पानी बग्दा जम्मा भएको फोहोर सुरक्षाकर्मी र स्थानीयवासीले सफा गरेका थिए। पानीको तहमा उच्च वृद्धि भएसँगै भारततर्फको नदी किनारा र तटीय क्षेत्रका मानिसहरूलाई पनि सावधानी अपनाउन भनिएको थियो ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले विगत तीन घण्टामा नेपालका एक–दुई स्थानमा मात्रै वर्षा भएको बताएकी छन् । उनका अनुसार कोशी प्रदेशको एक ठाउँमा मध्यम खालको वर्षा भएको छ भने लुम्बिनी प्रदेशमा छिटफुट वर्षा भएको थियो ।
यसअघि आइतवार बिहानको बुलेटिनमा मौसम विज्ञान विभागले कोशी, बागमती र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिमबाट बच्न सतर्कता अपनाउन चेतावनी दिएको थियो ।
बंगालको खाडीमा विकसित नयाँ न्यून्चापीय प्रणालीका कारण वर्षा मनसुन सकिने बेलातिर “ठूलो मौसमी प्रणाली“ उत्पन्न भएको र त्यसैले नेपालमा ठूलो वर्षा गराएको मौसमविद्हरूले बताएका थिए ।
आकाशबाट पानीको मात्राअनुसार वर्षालाई पाँचवटा वर्गमा विभाजन गरिन्छ –
अतिभारी वर्षा – २०० मिलिमिटर वा त्योभन्दा बढी
धेरै भारी वर्षा – १०० मिलिमिटरदेखि २०० मिलिमिटरसम्म
सामान्य वर्षा – ५० मिलिमिटरदेखि १०० मिटरसम्म
मध्यम वर्षा – १० मिलिमिटरदेखि ५० मिलिमिटरसम्म
हल्का वर्षा – १० मिलिमिटरभन्दा कम
तीन दिन भारी वर्षाको सम्भावना नरहेको मौसमविद्को भनाइ, कोशी ब्यारेजमा सन् १९६८ यताकै बढी पानी प्रवाह
प्रहरीले धादिङको झ्याप्लेखोलामा सवारीसाधन पुरिएर ज्यान गुमेका अरू व्यक्तिहरूको पनि शव फेला परेको जनाएको छ । अहिलेसम्म त्यहाँ कम्तीमा ३५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
झ्याप्लेखोलामा पहिरोका कारण बाटो अवरुद्ध हुँदा अलपत्र परेका यात्रुहरूलाई गन्तव्यसम्म पु¥याउन तथा आकस्मिक सेवाका लागि निर्माणाधीन नागढुंङ्गा–सिस्नेखोला सुरुङमार्ग उपयोग गरिएको अधिकारीहरूले बताएका थिए ।
झ्याप्लेखोलामा फसेका यात्रुलाई ’सुरुङमार्ग प्रयोग गरेर उद्धार’, बीपी राजमार्गको अवस्था के छ
२९ सेप्टेम्बर २०२४ झ्याप्लेखोलामा मात्रै कम्तीमा २९ जनाको मृत्यु :
काठमाडौंको चन्द्रागिरि नगरपालिका र धादिङको सिमानामा पर्ने झ्याप्लेखोलामा पहिरोले पुरिएका सवारीसाधनहरूबाट आइतवार थप १५ जनाको शव निकालिएको अधिकारीहरूले बताएका छन् ।
सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाका अनुसार सो ठाउँबाट शनिवार १४ वटा शव फेला परेका थिए । अत्यधिक वर्षाका कारण बाढी, पहिरो र चट्याङबाट शुक्रवारयता कम्तीमा १२७ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
गृह मन्त्रालयले बाढी र पहिरोका घटनामा ६३ जना बेपत्ता भइरहेको र ७६ जना घाइते भएको जनाएको छ । राजधानी काठमाडौं उपत्यकामा मात्रै ३५ जनाले ज्यान गुमाएका छन् ।
धादिङको झ्याप्लेखोलामा पहिरोमा पुरिएका सवारीसाधनबाट २९ जनाको शव निकालिएको प्रहरीले जनाएको छ । काठमाडौं आउँदै गरेका यात्रुवाहक सवारीसाधनहरू सडक अवरुद्ध भएपछि रोकिएकै ठाउँमा पहिरो खस्दा पुरिएका थिए ।
राजधानी काठमाडौं जोड्ने सबै प्रमुख राजमार्गहरू अवरुद्ध हुँदा कैयौं मानिसहरू बीच बाटोमै रोकिएका छन् । उद्धार र राहतका लागि हजारौंको संख्यामा प्रहरी, सेना र सशस्त्र प्रहरी परिचालन गरिएका छन् । शनिवार अपराह्णदेखि मौसममा सुधार आएको र अब केही दिन ठूलो वर्षा नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीवारदेखि भएको वर्षाका कारण पूर्वी र मध्यनेपालका विभिन्न जिल्लामा बाढी र पहिरोले धनजनको ठूलो क्षति भएको छ भने क्षतिका विवरणहरू आउने क्रम निरन्तर रहेको अधिकारीहरूले बताएका छन् ।
देशभरिका मुख्य सडकहरू प्रभावित छन् भने नदीनालासँग जोडिएका बस्ती तथा विभिन्न जलविद्युत । परियोजनासहित भौतिक पूर्वाधारहरूमा क्षति पुगेको छ ।
काभ्रेको मंगलटार क्षेत्रबाट सेनाको हेलिकप्टरमार्फत ३ सय जनाको उद्धार
काठमाडौं असोज १४, बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्धारलाई तीव्र पारिएको छ ।
आइतबारदेखि गृह मन्त्रालयको अनुरोधमा नेपाली सेनाको हेलिकप्टरले काभ्रेपलाञ्चोकको बढी प्रभावित क्षेत्र रोशी गाउँपालिका लगायत विभिन्न प्रभावित क्षेत्रमा उद्धारका लागि हेलिकप्टर परिचालित रहेको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले जानकारी दिए ।
“गत शनिबार खराब मौसमका कारण काभ्रेपलाञ्चोकमा हेलिबाट उद्धार गर्न सकिएन,” उनले भने, “मौसममा सुधार आएसँगै सेनाको हेलिकप्टर उद्धारमा निरन्तर खटिएको छ ।”
उनले सोमबार (हालसम्म) सेनाको हेलिकप्टरबाट काभ्रेपलाञ्चोकको दार्चा र मंगलटारबाट १३२ जनाको सकुशल उद्धार गरि सुरक्षित स्थानमा ल्याइएको जानकारी दिए । उद्धार गरी ल्याइएका र अलपत्र यात्रु तथा स्थानीयहरूलाई गृह मन्त्रालयले तत्कालको राहत सामाग्री पनि उपलब्ध गराइरहेको उनले बताए । त्यसैगरी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर सिन्धुली र ललितपुरमा समेत पठाइएको प्रवक्ता तिवारीले बताए । आइतबार काभ्रपलाञ्चोक, सिन्धुली र ललितपुरमा गरी १६२ जनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।
यहाँको बिपी राजमार्गमा अवरुद्ध सडक खुलाउनुका साथै डोरीको सहायताबाट समेत सुरक्षाकर्मीले अलपत्र यात्रुहरूको उद्धार जारी राखेका छन् । सो क्षेत्रको सडक सुचारु गर्न आवश्यक सवारीसाधनका लागि पेट्रोलियम पदार्थ समेत हेलिकप्टरबाट ढुवानी गरिरहेको गृह मन्त्रालयले जनाएको छ । यता पहिरोका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङको झ्याप्ले अवरुद्ध सडक आइतबार रातिदेखि सुचारु भएको छ ।
विपद्मा अलपत्र परेकाहरूको उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टिम प्रभावित क्षेत्रमा सक्रियताका साथ परिचालित रहेको गृह मन्त्रालयले जनाएको छ ।
प्रवक्ता तिवारीका अनुसार हालसम्म सुरक्षाकर्मीहरूले चार हजार जनाको सकुशल उद्धार गरिसकेको छ । खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिने, अस्थायी आवास निर्माणका लागि अनुदान उपलब्ध गराउने, अवरुद्ध सडक मर्मत गरी आवागमन सुचारु गर्न सबै सरोकारवाला मन्त्रालय एंंव निकायसित समन्वय गरी अघि बढ्ने, विपद्मा परी घाइते भएका नागरिकहरूको निःशुल्क स्वास्थ्य उपचार लगायतका काम प्रभावकारी बनाउँदै लैजाने गृह मन्त्रालयको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्: