
सम्पादकीय
इतिहासको धरालाई हामी नेपालीहरूले बिर्सन थालेको छ । हामी कहाँबाट आयो ? हामी कोहुन् र हाम्रो कर्तव्य के हुनु पर्छ भन्ने कुरा मनन गर्नुपर्ने बेला आएको छ । शिक्षाको महत्वपूर्ण स्रोत भनेको पूर्वी दर्शन पनि हो । गुरुकुलीय पद्धतिमा प्रदान गरिने गुरुकुल शिक्षा आज संकटमा परेको छ ।
चाहे त्यो वैदिक हिन्दु सनातन होस चाहे बौद्ध प्रणाली वा मदरसामा पढाई शिक्षा पद्धति होस शिक्षा शिक्षा नै हो ।
शिक्षाको भिन्नता शिक्षाको स्रोतको विकास कसरी भयो भन्ने विषय शासक वर्गले चाहेर वा नचाहेर आफ्नो हितको खातिर सञ्चालनमा आएको देखिन्छ । नेपालमा पनि राणाकाल देखिनै सञ्चालनमा आएको नेपालको एक मात्र पाठशाला तीनधारा पाठशालालाई लिन सकिन्छ । यो शिक्षालयमा गुरुकुल पद्धतिमा सांकृतिको माध्यमबाट शिक्षा प्रदान गर्दथ्यो । आजपनि यस्ता धेरै शिक्षालय गुरुकुल पद्धतिमा पनि शिक्षा प्रदान गर्दै आएका छ ।
इस्वी पाँचौंै शताब्दीको भन्दा पहिले स्थापना नालन्दा विश्वविद्यालयमा समेत संस्कृतको माध्यमबाट गुरुकुल पद्धतिमा शिक्षा प्रदान गरेको पाइन्छ । सम्राट अशोकको शासनकालमा, नालन्दा विश्व विद्यालय एउटा ऐतिहासिक धरोहरा बोकेको शिक्षालय थियो । शिक्षक, विद्यार्थी र विदेशी पर्यटकहरु विशेष केन्द्रविन्दु मानिएको यस केन्द्रमा छिमेकीहरू र एशियामा थप भूमिहरूका यात्रुहरूका लागि आकर्षणको केन्द्र भएको थियो । प्राचीन कालदेखि हालसम्म नालन्दको इतिहास गुरुकुल पद्धतिका पढाइहरू मन्दिरहरू र गुम्बाहरूको अवशेषहरू साथै नालंदामा उत्खनन गरिएका ढुङ्गा र कांस्य मूर्तिकलाहरू जाँच गर्नेछ । यसिया यूरोप लगायत देशहरुको शिक्षाको केन्द्रविन्दु थियो । नालन्दालाई विशेष भूमिको रुपमा लिइन्थ्यो । यसले मठसँग सम्बन्धित केही मिथकहरूलाई बारेमा चर्चा चर्चा भएको पाइन्छ । मुसलमानहरुको सरदार बख्तियार खिल्जीको आक्रमण परि नालन्द विश्वविद्यालय विनाश भएको थियो । संस्थागत रुपमा अन्तर्राष्ट्रिय चरित्र बोकेको नालन्दको आधुनिक शिक्षाको पनि अध्ययन गराउने थलोको रुपमा विकसित भएका कैयौं इतिहासमा पाइन्छ । पछि त्यसलाई एउटा विश्वविद्यालय, नव नालन्द महाविहार र नयाँ अन्तर्राष्ट्रिय नालन्द विश्वविद्यालयको स्थापनासँगै पुनर्जीवित बनाएको छ ।
सांस्कृत र पाली भाषामा पढाइने उक्त विश्वविद्यालयमा शिक्षको केन्द्रविन्दु मानेपनि गुरुकुल पद्धतिबाट नै शिक्षा प्रदान गर्दथ्यो । महाभारतकालका द्रोणाचार्य, कृपाचार्य, महाऋषि व्यास जसले समग्र गुरुकुलीय ज्ञानको भण्डारलाई आफ्नो गुरुकुल पद्धतिबाट नै शिक्षा प्रदान गरिन्थ्यो भन्ने कुरा आजपनि गुरुकुल पद्धतिमा सञ्चालन भइरहेको शिक्षालयलाई लिन सकिन्छ । यसरी शिक्षाको विकास गुरुकलीय प्रणालीबाट दिइने र गरेको छ । त्यहाँ विद्यार्थी र शिष्यहरुको उच्च प्रकारको नैतिक आदर्श जीवित पाइन्छ ।
आज गुरुकुल शिक्षा पद्धतिमा पढाईने शिक्षालय आधुनिक र पश्चिम पद्धतिमा हुने शिक्षाले नराम्रो गरी थिचिएको छ । ।
गुरुकुलमा पढ्ने विद्यार्थीहरू अब्बल्ल, मर्यादापालक, अनुशासित हुने कुराले देशको उन्नति बढ्दोतरी भएको इतिहास पाइन्छ । नेपालमा पनि गुरुकुलीय पद्धतिमा पढाइने शिक्षालयहरू धेरै रहेका छन् ।
तर आज ति पद्धतिका शिक्षालयहरु संकटावस्थामा पुगेको छ । यसमा राज्यको लगानी कम हुँदै गएको छ । गुरुकुलको शिक्षा पद्धतिलाई पश्चिमी शिक्षा पद्धतिको प्रभाव आजको युवापीँढिमा पर्दै गएको छ । जसले गर्दा नेपालको नैतिक शिक्षामा समेत ठूलो असर पु¥याएको देखिन्छ । गुरुकुलमा पढाईने शिक्षामा वेद ः आयुर्वेद, अथर्वेद, सामवेद, ऋगवेद लगायत वेदहरुको अध्ययन अनिवार्य थियो । चाहे बौद्ध शिक्षालयहरुमा होस् वा गुरुकुलीय विद्याश्रममा आज पनि गुरुकुलीय पद्धतिमा सकिनसकि पढाई जारी राखेको देख्दा नैतिक शिक्षा र गुरुकुलीय शिक्षामा ह्रास आएको छ । आज आधुनिक शिक्षा विकाससँगै गुरुकुलीय शिक्षाको पनि उत्तिकै आवश्यकता छ । जसले युवापीँढिमा नैतिकवान र जिम्मेवार बन्न सहयोग पु¥याउने कुरामा दुइमत हुन सक्दैन । गुरुकुल पद्धतिलाई सँगै आकर्षण केन्द्र बनाउने जरुरी छ ।
परापूर्वकालमा जसरी नालन्दा विश्वविद्यालयमा सबै प्रकारको शिक्षा प्रदान गरेको देखिन्छ । सबै प्रकारको शिक्षा प्रदान गरेकाले नै क्षेत्रमा नालन्दाको नामले प्रख्यात बनेको थियो । हिजो राणाकालमासम्म पनि गुरुकुल पद्धतिमा नेपालको शिक्षा लागि थियो । २००७ सालको परिवर्तन पछि नै शिक्षामा आधुनक शिक्षा दिन थालियो । हामीमा दुबै प्रकारको शिक्षाको आवश्यक छ । पूर्वीय दर्शनको आज पनि उत्तिकै महत्व छ । जसले नेपालमा अध्ययन गर्न आउनेहरूका लागि पनि आकर्षणको केन्द्र बन्न सक्ने सम्भावनालाई नकार्न सकिदैन । पूर्वीय दर्शन केहो भन्ने कुरामा हामी नेपालीहरूको मानसिकतामा समेत परिवर्तन आउनु जरुरी छ । नेपाललाई गुरुकुल पद्धतिमा शिक्षा दिने एउटा नालन्दा विश्वविद्यालय बनाउने जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्: