जयपृथ्वी बहादुर सिंह विशेष ः सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान

२०८१ भाद्र २४

नेपाल बाल साहित्य समाज र नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा नेपाल राष्ट्रिय विभुती जयपृथ्वी बहादुर सिंहको जन्मजयन्तीको कार्यक्रम सम्पन्न भएको छ ।
देवकोटा सभा हलमा भएको छ ।
उक्त अवसरमा पुरस्कृत व्यक्तित्व बाल साहित्यकार रामकुमार पाण्डेले बच्चाहरुका लागि यसो गर त्यसो गर भन्दैमा मान्ने वाला नभएको र उनीहरुका मनो विज्ञानलाई ध्यानमा राखेर कथा, सिर्जनाहरु दिनुपर्ने बताए । त्यसो गरेमात्र बरालिएको अवस्थाबाट सुन्दर समयको निर्माण गर्न सक्छ, पाण्डेले भने ।
अन्तर्राष्ट्रिय बाल साहित्यको सम्मेलन आयोजना चुडामणी बन्धु अर्यालले नेपाल बाल साहित्य समाजका पूर्व अध्यक्ष बाल बालिकाहरुका लागि विद्यालय स्थापना गरेर पुरस्कार तयार गरेका थिए । नेपालको शिक्षाको विकासलाई सिंहले अन्तर्राष्ट्रिय रुपमा पु¥याउन सहयोग गरेको उल्लेख गर्दै उनको योगदानको कदरस्वरुप राज्यले राष्ट्रिय विभुती घोषणा गरेको हो ।
नेपाली माध्यमबाट शिक्षामा योगदान, डा.के.आई सिंह, नेपाली साहित्यको भानुभक्त भने जस्तै नेपालको शिक्षाको अभियन्ता हुन् । जयपृथ्वी बहादुर सिंह शिक्षाको चम्किलो तारा हुनुहुन्थ्यो । मानवतावादको सिद्धान्तलाई अन्तर्राष्ट्रिय रुपमा प¥याउने काम उहाँले गर्नुभयो । जयपृथ्वी बहादुर सिंह भारतमा नजरवन्द गरेको अवस्थामा विरामी भएर देहवासन भएको थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाले जयपृथ्वी बहादुर सिंहले शिक्षाको आन्दोलनमा गोरखापत्रको आरम्भ गर्ने पनि उहाँनै भएको बताए । शिक्षाको क्षेत्रमा काम गरेको थाहा थियो तरपनि बाल साहित्यको क्षेत्रमा काम गरेको थाहा पाएको थिएन ।
हास्यव्याङ्ग्य र अंग्रेजी साहित्यमा पनि त्यतिकै पोख्त सिंह इतिहासमा सानो उमेरमै कविता लेख्नुभएको समेत थाहा पाएँ ।
उक्त अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति भुपाल राइले नेपाल बाल साहित्य समाजले विगत देखिनै बाल विद्याको क्षेत्रमा राम्रो काम गरेको बताए ।
जयपृथ्वी बहादुर सिंह सम्झिने गरि आयोजना गरेको बाल प्रतिभाहरुलाई सम्मान गर्ने अत्यन्तै महत्वपूर्ण कार्यक्रम रहेको बताए ।
बाल साहित्य विभाग सहकार्यमा भएको कार्यक्रममा महत्वपूर्ण कदम अनुसार यो पहिलो पटक कार्य गरेको छ । जय पृथ्वी बहादुर सिंह वहु प्रतिभाशाली रहेछ । वहु प्रतिभा भन्दा पनि तत्कालीन शासकको प्रतिपक्षको चेत भएको व्यक्ति समेत भएको पाइयो । समाजको तत्कालीन सत्ताको व्यक्ति भएर पनि सम्झि राख्ने प्रतिभाहरु जो कमै हुन्छ ।
प्रतिष्ठानको बाल साहित्य विभागले असल काम गरेको छ । यस्ता कार्यक्रमहरु गर्दै जाँदा बाल चरित्र निर्माण गर्न समेत भूमिका खेल्छ । वास्तविक कुरा हो । बाल बालिकाको स्तरबाट साहित्यको निर्माण गर्ने गर्नु पर्छ । असल सांस्कृति निर्माणले राम्रो काम गर्छ । साहित्य निर्माणले अर्को मोहले अरुमा मोह जाग्दैन प्राज्ञिक व्यक्तिहरु कम भ्रष्टाचार हुन्छ । शब्द र अक्षरको खेती गर्ने मान्छे कमै भ्रष्ट हुन्छ ।

बाल साहित्य समाजका सचिव विष्णु केसीले पुरस्कृत व्यक्तित्व रामकुमार पाण्डेले साहित्यले दृष्टिकोण, सकारात्मक सोँचको निर्माण गर्न महत्वपूर्ण योगदान दिने काम गरेको बताए ।
इण्डिजिनियस मिडिया फाउण्डेशनका अध्यक्ष देवकुमार सुनुवारले कार्यक्रम महत्वपूण रहेको र गाउँगाउको दूरदरामा पनि प्रतिभावान व्यक्तिहरु रहने त्यसमो राज्यले पहिचान गर्नुपर्ने बताए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदीले जयपृथ्वी बहादुर सिंहको योगदान शिक्षा क्षेत्रमा निकै महत्वपूर्ण रहेको बताए ।
सम्मानित व्यक्तिहरु प्राध्यापक रामकुमार पाण्डे, जयपृथ्वी बहादुर सम्मान २०८० ले सम्मानित भएका थिए ।
वरिष्ठ साहित्यकार सुशीला प्रधानाङ्ग पुरस्कृत व्यक्तिहरु वास्तवमा जयपृथ्वी बहादुर बाल प्रतिभा पुरस्कारबाट पुरस्कृत प्रतिभाहरु आकाश सुनुवार, साहित्य प्रति, उमाकुण्ड गाउँपालिका रामेछाप
प्रीति वि.क, साथै पञ्चकुमारी वि.क र अपेक्षा बाँस्तोलाको कथा संग्रह लोकापर्ण गरेका थिए ।
जनकल्याण विज्ञान पुरस्कार हस्तान्तरण प्रतिमा ढुंगानालाई नगद १५ हजार र प्रमाणपत्र सहित प्रदान गरेका थिए ।
कार्यक्रमको सञ्चालन नेपाल बाल साहित्य समाजका महासचिव विजयराज आचार्य, अध्यक्षता समाजका अध्यक्ष प्रमोद प्रधानले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: