
काठमाडौं भाद्र ९, वसुन्धरामा रहेको इशान बाल तथा महिला अस्पतालले आफनो २९औं वार्षिकोत्सव सम्पन्न गरेको छ । बालबालिकाको क्षेत्रमा निजी क्षेत्रकै उत्कृष्ठ अस्पतालको रुपमा परिचित इशानले ९ गते भाद्र आइतवार पत्रकार सम्मेलन गर्दै २९ औ बार्षिकोत्सव मनाइरहँदा विरामीहरु, विरामीका आफन्तजन र जनमानसले अस्पतालका सेवाहरु विश्वास गरी काम गर्ने मौका दिएकोमा धन्यवाद ज्ञापन गरेको छ ।
विस २०५२ सालमा कृष्णाष्टमीका दिन १५ बेडबाट शुरु भएको त्यस अस्पतालले अहिले आफनो सेवा र क्षेत्र विस्तार गर्दै एकसय बेडको सुविधा सम्पन्न अस्पताल बनाउन सफल भएको अस्पतालका निर्देशक प्रा.डा.रामनन्दन प्रसाद चौधरीले प्रेस विज्ञप्ती जारी गर्दै बताइएको छ । अस्पतालमा आकस्मिक विभागमा २४ घन्टा नै पेडियाटिक विशेषज्ञ रजिष्टारहरुबाट नवजात तथा बाल रोग, नवजात तथा बाल सर्जरी, महिला तथा प्रसुती, हाडजोर्नी सम्बन्धमा सेवाहरु उपलब्ध रहेको डा.चौधरीले बताए ।
चौधरीले अस्पताल आफनै नयाँ सुविधा सम्पन्न अस्पतालमा सरेर समय सापेक्ष सुविधाहरु तथा क्षमता वृद्धि गर्दै नवजात तथा बाल सघन उपचार कक्ष सेवाहरु, एम्बुलेन्स, प्याथोलोजी, अल्टासाउण्ड, एक्स–रे, फार्मेसी तथा क्ययान्टेन सेवाहरु विस्तार गर्दै लगेको बताए । पत्रकार सम्मेलनमा बोल्दै डा.चौधरीले अस्पतालमा पटक–पटक नवजात तथा बाल शल्यरोग तथा बाल युरोलोजी सम्बन्धी जटिल भन्दा जटिल शल्यक्रियाहरु भइरहेको जानकारी दिए । अस्पतालको त्यस्तै सह्रानिय कार्यले गर्दा भारत तथा बंगलाशदेशबाट समेत आएका बच्चाहरुको सफल शल्यक्रिया भएको उनले बताए ।
अस्पतालका निर्देशक प्रा.डा.रामनन्दन प्रसाद चौधरीले अस्पतालले विभिन्न बैंक, इन्सायेरेन्स सहित टोखा तथा बुढानिलिकण्ठ नगरपालिका परिसरका धेरैजसो विद्यालयसँग छुट सेवा उपलब्ध गराउन सम्झौता भएको बताए । सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले कतिपय अवस्थामा निशुल्क सेवा पनि दिइँदै आएको उनले सुनाए । हाल अस्पतालमा ८७ जना विभिन्न विषयका वरिष्ठ विशेषाज्ञ सहित बालरोग तथा बाल शल्यक्रिया, महिला तथा विभिन्न विषयका सुपर स्पेशिलिष्ट र मल्टीस्पेस्लिट विशेषाज्ञ सेवाहरु दिइरहेको बताए ।
उनले ईशान अस्पताल अहिले बिरामी र वातावरणमैत्री भएको समेत बताए ।
प्रतिक्रिया दिनुहोस्: