चन्द्रमादेनको आन्छान विमोचित

२०८१ श्रावण २५

काठमाडौं साउन २५, मनोहरा साहित्य समाजको आयोजनामा चन्द्रमादेन आन्छानद्धारा लिखित आन्छानका कथाहरु ः कथा संग्रह र बाल गीतको लोकापर्ण कार्यक्रम सम्पन्न भयो ।
उक्त अवसरमा वरिष्ठ पत्रकार तथा साहित्यकार राजेश्वर थापाले ताप्लेजुङको चन्द्रमादेन कृति माथि टिप्पणी गर्दै साहित्य सिर्जना गरेर समाजलाई केही कृति दिएको धन्यावादको पात्र भएको बताए । मेरी आमाले असल पुत्र या पुत्री जन्माइन भने देशको सेवा गर्दछन् । आजको भ्रदगोल स्थितिमा राम्रो गरी लेखिदियो भने पनि सम्मानको हुने बताए । ताप्केगोला, ओलाङचुङ गोला, मेरो जिल्ला र सबै भन्दा शक्तिशाली देवी ताप्लेजुङको पाथीमरा माताले मादेन रक्षा गरुन् ।
गायक राजेश पायल राई कञ्जनजंघा सरक्षण समाज, १० वटा कथा संग्रह संग्रहित उक्त कृति र गीतको लोकापर्ण नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले लोकापर्ण गरेको थिए ।
कुलपति राईले लेखनहरु देशको लागि किन चाहिन्छ ? सिर्जनाले मानिसहरुलाई पथ भ्रष्ट हुन दिदैन । अक्षरको मोहले अतिररिक्त तिलस्मी तिर लहसिन दिदैन । देश जर्जर बनाउने, भ्रष्टाचारले हो मानिसको दिमाग कस्तो फोहोर फाल्न साबुन पानीले गर्छ । मानिसको दिमागको भ्रष्टाचार गर्ने काम कवीहरु अपवादमा मात्र छ । नेपालमा अर्काको कथा लेख्दै आज आफ्नो कथा लेख्ने धेरै मानिसमा अस्तित्वको बोध लेख्न थाले । मानिसको अस्तित्वको उपस्थितिका लागि आफ्नो कथा आफै लेख्नु पर्ने भयो । कथाकारहरुलाई आफ्नो कथा आफै लेख्न थालेको छ । अमेरिकामा रेड इण्डिनयहरुलाई आरक्षण दिएर आदिवासीहरूलाई संरक्षण गर्दै आएको छ । हजारौं वर्षदेखि विलुपीकरण परेका अफ्रिकीहरु आफ्नो कथा आफै लेख्ने थाले । अक्षरको खेती गर्ने स्रष्टाहरुले अन्य खेती गर्न जान्दैन । भ्रष्टाचारमा नमुछियुन भनेर सचेत हुने गरेको छ ।
साहित्यकार नन्द कुमार प्रसाई म साहित्यकार होइन साहित्य पढ्न मन पराउने मान्छे हँु । साहित्यलाई आदर्श र वर्गीय दृष्टिकोणले ठूला–ठूला साहित्यहरु महाभारत, रामायण पनि साहित्य हो । कथा हो पढौं ।
मूर्तिकार व्यक्तिहरुको लागि कथा लेखिन्छ । अर्को विशाल थिचिएका जनताको पक्षमा उनीहरुको यथार्थ चिन्तन लेखिन्छ । उहाँको बुबा र मेरो बुबा मितेरी पनि हुन् । साहित्यकार हुन्छ जस्तो लागेको थिएन । मादेनहरूले ताप्लेजुङमा राम्रो काम गरेका छन् ।
२००७ सालदेखि जान्दछु । हर्क मादेनको विचार निकै प्रभावशाली थियो । बल छ भन्दै जथाभावी गर्नु हुँदैन खबरदार हामी छत्रछायाँमा छन् । जथाभावी गर्न हुँदैन संरक्षक हर्क मादेनका नाति हुन् चन्द्र मादेनले समाज राम्रो काम गर्दै आएको छ ।
साहित्यकार गोपीकृष्ण प्रसाइले विश्वमा नेपाली साहित्य समाज बाहिरका रहेपनि साहित्यको क्षेत्रमा काम गरिरह्यो । हङकङमा बसेर ताप्लेजुङ्ग समाज बेलायत गठन गरे ।
म पनि ताप्लेजुङ्ग समाज बेलायतको व्यक्ति हो । पत्रकारिता तथा कथा, संग्रह, गरि दुखीको कथा लेख्ने मान्छे हो । राजनीतिक परिवारबाट आएपनि वर्ग र समाजको लागि लेख्ने व्यक्ति हुन् । घटक मासेर देशको विकासमा लागि पर्नुहोस् ।
सभासद राजेन्द राईले म २०४९ सालमा रत्नराज्य क्याम्पसको सभापति थिएँ । त्यसपछि भेट भएको आजै हो । साहित्यमा लागेको जस्तो लागेन । म भ्रष्टाचार गर्ने साहित्यकार होइन ।
समीक्षक प्रगति राइले १० वटा कथामा चाइनिज महिला आकस्मात अलप भएछ । लेख्ने दुई तरिकाले लेख्ने गरिन्छ । चन्द्रजीको लेखनमा वर्तमान समयलाई पक्डेर लेखेका छन् ।
समीक्षक प्रा.डा.तुलसी भट्टराईले लेख्ने शैली यस्तो हुन्छ भनेर लेखकलाई भन्नुहुँदैन । लेखनशैली कुनै सीमामा निर्धारण हुँदैन । कथा र लेखनको बारेमा विषयवस्तु निर्धारण हुँदैन । व्यक्तिको महत्व भन्दा त्यसबेलाको वातावरण परिवेशलाई लिएर लेखेको छ । पाठक यस्तो भईसकेको छ ! मोवाइल कथा हुनुपर्छ । जस्तो देखिन्छ ।
जीवनमा जतिनै दुखः भएपनि देश बदल्न समाज परिवार बदल्नु पहिले आफै बढ्नु पर्छ । पहाड, नदी, आफूनै समृद्ध मानिन्छ । कृतिमा समाज, व्यक्ति समुदायको लेखिएको छ ।
जीवनको लागि थिचिएको मिचिएकाहरुका लागि समाजमा भएको अन्याय अत्याचारको विरुद्ध सभ्य भाषा लेखिएको छ ।
सभासद राजेन्द्र राइले भने ‘छोराछोरी यूरोप, अमेरिकामा छन् भनेर घमण्ड नगरे हुन्छ । परेको बेला पारिवारिक रुपमा पानी तताएर दिने कोही पनि नभएको अवस्था आएको बताए । विदेशीएका सवालाख भुटानी देशविहिन छन् । शरनार्थी भएर निश्चित ठाउँमा बाँधिएका छन् ।
चन्द्र मादेनले कृतिमा लेखेको छन् ‘तिमी देशको पे्रमले विदेशमा छोराछोरी छन् भनेर घमण्ड नगर’ भनेको छन् । त्यो एउटा आफै ओजपूण र यथार्थ परक प्रतिनिधी सिर्जना हुन् । राइले भने ।
त्यसैगरी आदिवासी जनजाति महासंघका अध्यक्ष जीपछिरिङ लामाले विश्व आदिवासी दिवसको अवसरमा आदिवासी दिवस सरकारले आयोजना गर्नुपर्ने बताए । यहाँसम्म व्यवस्थित गर्न धेरै संघर्ष गरेर यो अवस्था आएका छन् ।
जनजाति अधिकारका अभियन्ता दिलमान पाख्रिनले विश्वमा ३७ करोड आदिवासी जनजाति बसोवास गर्दछ । २७ प्रतिशत हिसाव गर्दा पनि नेपाल ३ करोडमा सवा करोड आदिवासी जनजाति छन् । २०४६ सालपछि प्रजातन्त्रको पुनस्र्थापना भएपछि नेपाली जनताले आफ्नो स्वतन्त्रता पाप्त गरेको महशुस भएको छ ।

प्रतिक्रिया दिनुहोस्: