
धनबहादुर मगर
स्मृति ग्रन्थ विमोचन कार्यक्रमा पूर्व राष्ट्रपति भण्डारीले भनिन् ‘पण्डितले वामपन्थी आन्दोलनमा पु¥याएको योगदानको चर्चा मात्र गरिनन् उनको योगदानको अवमूल्यान नगर्न अनुरोध समेत गरेका छन् ।
गणेश पण्डितबाट माक्र्सवाद, लेनिनवाद, माओत्सेतुङ्ग विचारधाराको मार्गदर्शन सिकेर कम्युनिष्ट बनेका धेरै भएको बताउँदै पण्डित कम्युनिष्ट र काँग्रेस लगायत सबैको साझा व्यक्तित्व भएको पनि बताए । पण्डितको पालामा नुवाकोटमा काग्रेसको दुस्मन, कम्युनिष्ट, कम्युनिष्टको दुस्मन, काँग्रेस नभएको बताए । बिद्यार्थी आन्दोलनमा लाग्दालाग्दै २०४२ सालमा वमकाण्ड घटेपछि निर्वासित हुनु परेको पण्डितले नुवाकोटमा गएर शिक्षक बन्नु परेको पनि बताइन । साथै पण्डित वाम चिन्तक र यथार्थवादी भएको बताएका थिइन् ।
स्मृति ग्रन्थ विमोचन समारोधहका प्रमुख अतिथि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले ‘गणेश पण्डित नुवाकोट जिल्लामा वामपन्थी आन्दोलनको अग्रणी नेता तथा स्थापित शिक्षक व्यक्तित्व भएको बताईन् । ३ दशक पञ्चायती व्यवस्थाको विरुद्ध जेलनेल भोगेका पण्डितले बन्दी जीवन, काठमाडौं पस्न नपाउने गरि गरिएको निर्वासन भोगेका थिए । उनलाई काठमाडौंमा बसेर उकुसमुकसको पञ्चायती राजनीतिमा विद्यार्थी आन्दोलनमा लाग्न निषेध गरेका थिए । त्यसपछि जिल्लामा गएर शिक्षक भएर काम गरे । उक्त समयमा पण्डितले नुवाकोट जिल्लालाई वामपन्थी अखडा बनाउन सफल भए । नेपाल राष्ट्रिय शिक्षक संगठनको उपाध्यक्ष बनेर आन्दोलनको नेतृत्व गरिरहे । २०४६ पूर्वm, नेकपा चौमसँग आवद्ध पण्डित २०४६ सालको परिवर्तन पछि २०४७ सालमा नेकपा माक्र्सवादीमा प्रवेश गरे । सांस्कृतिक रुपमा सक्रिय पण्डितले सांस्कृति महत्व बुझेर शिक्षाको क्षेत्रमा धार्मिक, साँस्कृतिक संरक्षणका लागि आफ्नो जिल्लामा गुरुकुल प्रणालीको विद्याश्रमहरु स्थापना गरे । विभिन्न कार्यक्रमहरू चलाए । २०७५ भाद्र १ पण्डित दिवंगत भए । वि.सं. २०१७ –४६ सम्मको आन्दोलनमा सक्रिय रही प्राणलाई हत्केलामा राखेर व्यक्तिगत स्वार्थमा नगाली अनेक अवसरमा पनि जेल–नेल भोग्नु तयार भयो । अप्ठेरो परिस्थितिमा देश र जनताको पक्षमा लागि परेको पण्डित, खुल्ला राजनीतिमा परिवेशमा आएपछि पनि आफ्नो काममा सक्रिय जीवन बिताए । पण्डित देश र समाजको लागि केही गर्नु पर्छ भन्नुहुन्थ्यो । पूर्व राष्ट्रपति बिद्यादेवी भण्डारीका अनुसार उनी सक्षम र निडर स्वार्थ रहित नेता भएको पनि बताईन् ।
पण्डितका सहोदर भाई कुमार पण्डितले आफ्नो दाजु गणेश पण्डितले भन्ने गरेको कुरा गर्दै ‘जब म राजनीतिमा सक्रिय हुन्छु भौतिकवादी बन्छु । जब म सक्रिय हुँदैन अध्यात्मवादी हुन्छु भन्ने गरेको बिचार व्यक्त गरे ।
पण्डितको जीवन दर्शन, सारांशमा देशको अखण्डता, सार्वभौमसत्ता सम्पन्न र राष्ट्रिय स्वतन्त्रतामा आधारित थियो । २०२६ सालमा किसानसँग मिलेर सामुहिक खेती गर्नुभयो ।
नेकपा एमाले बागमती प्रदेश संसदमा नुवाकोट जिल्ला निर्वासित भएका थिए । सिंहदरवारमा बमपड्क्यो नुवाकोटको शिक्षकहरु पक्राउ गरे । त्यसको नाइके गणेश पण्डित हुन् भनियो ।
पञ्चायती सरकारले सुकुम्वासीहरूलाई विस्थापित गरेर भालुडाँडाको ११ सय रोपनी जग्गा ऋषिकुमार पाण्डेको नाममा रातारात दर्ता गरे । ऋषि कुमार पाण्डेको नाममा दर्ता गर्नु गलत थियो । दर्ता गर्नुदिनुहँुदैनथ्यो । शिक्षकहरुलाई दमन गर्नु पर्छ भनेर पञ्चायती सरकार लाग्यो । शिक्षक दिलीप चौधरीको निर्मम हत्या भयो । गणेश पण्डितलाई अन्याय भयो भनेर भन्दा हस्ताक्षर अभियान चलाइयो । गणेश पण्डितले त्यस आन्दोलनको नेतृत्व सानदार ढंगले समेत गरे ।
राष्ट्रिय प्रजातन्त्रपाटीका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री प्रकाशचन्द्र लोहनीले ४० वर्ष सम्म राजनीतिमा सक्रिय जीवन बिताएको बताउँदै जिन्दगीमा नखाएको शिखर वेशीको पस्कने विक्तिकै मगमग वासना आउने चामलको भात खुवाएको स्मरण समेत गरे । पण्डित बुद्धिजीवी राष्ट्रको लागि देशभक्त व्यक्ति हुनुहुन्थ्यो । संसदमा काम गर्दा म उहाँको कामले प्रभावित भएँ । अहित हुने कुरामा आफ्नो पार्टीले जे भन्यो त्यही नगर्ने देशको लागि चाहिने व्यक्तिको रुपमा मैले चिनेँ । मलाई लागेको थियो । पार्टीको ठूलो नेता हुनुहुन्छ । कसैलाई आलोचना नगर्ने, मलाई अन्याय ग¥यो भनेर कहिल्यै नभन्ने । उद्धार व्यक्ति संसदमा नजिक भएर कामम ग¥यौं । बाहिर हुँदा देश प्रति चिन्ता थियो, पार्टी मात्र भनेर हुँदैन भन्थे । शिक्षक हुँदा पनि आफ्नो काम प्रति दत्तचित भएर पढाउँने कुरामा ध्यान दिन्थ्यो । व्यक्ति र पार्टीृका स्वार्थभन्दा देशको र जनताको स्वार्थलाई लिएर जानेसक्ने होकी होइन भन्ने मुद्दा पण्डितले बोकेको बताए । मुख्य मुद्दा पार्टीको हित भन्दा देशको हित बलियो हुन्छ । सरकारले के नेपाली जनताको पक्षमा काम गरेको छ ? लोहनीले भने ।
देशको भ्रष्टाचारीलाई कारवाही गर्न सक्छन् भन्ने, तिम्रो र मेरो भन्ने, अनि आफ्नोलाई बचाउने । सत्तामा जाने हो । देश कहाँ पुग्छपुग्छ । देशको हितलाई व्यक्ति र नेताको स्वार्थमा लान नदिऔं ।
अर्का वामपन्थी नेता लोककृष्ण भट्टराईले गाणेश पण्डित माओ विचार नजिक थियो । पुष्पलालको पार्टीमा रहँदा २०३२ सालमा जेल प¥यो । पण्डितले जन्माएको नुवाकोटको कम्युनिष्ट आन्दोलनमा अतुलनीय योगदान ग¥यो । सबैको भ्रष्टाचार विरोधी आन्दोलनमा लाग्यो ।
नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले पण्डित सामजिक शोषणको विरुद्धमा सक्रिय व्यक्ति थियो । व्यक्तिगत समन्धमा सुमुधर रह्यो । सामाजिक विद्यामान अवस्थामा देशलाई कसरी अगाडी बढाउने भन्ने विषयमा चिन्ता गर्ने व्यक्ति थियो भने ।
महाकाली सन्धीपछि एमालेबाट अलग भएपछि स्वतन्त्र रुपमा रहे । माओवादीसँग पार्टी प्रति सहानुभूति राख्थे । माओवादी पार्टी जातिय नारामा अल्झेपछि त्यसको कारण माओवादीमा पनि लागेन । जातियतातिर माओवादी लागेकाले जातजातिको द्धन्द्धमा होमिन नहुने भनेर अलग्गै बसे ।
धार्मिक, अध्यात्मिक चिन्तक, सामाजिक जागरण तथा शिक्षाको अभियन्ता, सामाजिक न्याय, सीमान्तकृत आवाज उठाउने गर्नुहुन्थ्यो । पण्डित, नेता केसीले आम जनतामा देखिएको निराश, देशमा व्यप्त भ्रष्टाचारको विरुद्धमा थिए भने ।
सीमित व्यक्तिहरूले गरेको कालो बजारी प्रति कटाक्ष गर्दै बोराका बोरा ५ सय र हजारको नोट लुकाएर राखेकाहरुले । बंगलादेशमा २ तिहाई मत प्राप्त सरकारका प्रधानन्मन्त्रीलाई जनताले लखेट्न सक्छ । नेपालमा पनि त्यस्तो दिन नआउँला भन्न सकिदैन । पण्डित सच्चा माक्र्सवादी, सामाजिक शोषणको विरुद्ध लागेको, अध्यात्मिक चिन्तनलाई समेत नुवाकोटलाई नेतृत्वृदिने व्यक्ति थियो ।
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य दिनानाथ शर्माले पण्डित शिक्षक आन्दोलनको रुपमा निरन्तर सहयोद्धाको रुपमा रहँदै आएको बताए । उनी वापन्थी आन्दोलनको नेता मात्र होइन । शिक्षक आन्दोलनको नेता पनि थियो । देशभक्ति राष्ट्रिय नेता थियो । अति निकट र आत्मिय पनि, व्यक्ति व्यक्ति मात्र हुँदैन गणेश पण्डित वामपन्थी आन्दोलनको व्यक्ति थिए । पण्डितले छरेको विचार नुवाकोटमा निरन्तर अगाडि बढेको छ । पण्डित समग्र वामपन्थी मात्र नभई समग्र आन्दोलन हो । गणेश पण्डित विचार सिद्धान्त पनि हो । लामो समय सहयात्री हो । २०४२ मा बमकाण्डपछि भूमिगत भयो । गणेश पण्डितले देखाएको बाटोमा अगाडि बढ्ने अडान लिएपछि पण्डितले देखाएको बाटो अन्यायको विरुद्ध संघर्षको बाटो थियो । राष्ट्रिय हितको पक्षमा थियो र सुशासन र शान्ति, सुरक्षा र समाजिक न्यायको पक्षमा थियो । पण्डितले राष्ट्रको स्थिति भयावह छ । नीतिगत रुपमा भ्रष्टाचार गर्ने काम भयो भन्दै आएका थियो ।
नेपाल कम्युनष्ट पार्टी माओवादी (क्रान्तिकारी)का महासचिव सीपी गजुरेलले पण्डित त्रिचन्द्र क्याम्पसमा विएस्सी पढ्नु भन्दा अगाडी कुनै पार्टीमा आकर्षित थिएन । त्रिचन्द क्याम्पसको राजनीतिक केन्द्र थियो । त्रिचन्द्र कलेजमा विद्यार्थी नेकपा मसाल थियो । नेकपा मसाल थियो । मालेमा माधवकुमार नेपाल थियो । किसान आन्दोलनको नेतृत्व गनर्् भयो । कोहीपनि कुरै नबुझीकन कम्युनिष्ट पार्टीमा लाग्दैन । विद्याथी र शिक्षक आन्दोलन हुँदासम्म चौममा नै थियो । पार्टी छोड्ने र बस्ने व्यक्तिगत अधिकारको कुरा हो । धार्मिक आन्दोलनमा लाग्यो भन्ने अवमूल्यान भयो । धार्मिक पुस्तक अध्ययन गर्नु अध्यात्मिक विचार सिक्नु, पढ्नु जान्न् पर्छ । अवमूल्यान गर्नु हुँँदैन । इमान्दार क्रान्तिकारी कम्युनिष्ट नेता थियो । आजपनि क्रान्तिकारी कम्युनिष्ट आदोलनको सपना पूरा भएको छैन । ६० प्रतिशत कम्युनिष्ट मान्ने जनता छन् । सही नीति, सही क्रान्तिकारी नभएको कम्युनिष्ट पार्टी अगाडि बढ्न सक्दैन ।
गणेश पाण्डितका सहपाठी वाचस्पति देवकोटाले २०२१ सालको विद्यार्थी आन्दोलन थियो । सोह्रखुट्टेमा बस्नु हुन्थ्यो । बुबा आमाले ठूलो तामाको घैलामा दालचामल राखेर जानुहुन्थ्यो । मलाई एकदिन भेट नहुँदा पनि गणेश पण्डित नभई छटपटि हुन्थ्यो । त्यतिबेला त्यहाँ ठूलो चौर थियो । राती १२ बाह्र बजेसम्म पनि गफ गथ्र्याैं । हाम्रो सम्बन्ध र मित्रता देखेर अरु पनि लोभिन्थे । पण्डितले त्रिचन्द्रबाट विएस्सी पास गर्नुभयो । गणेश पण्डित इन्जिनियर भएको भए के हुन्थ्यो !
घर बनाउनु हुन्थ्यो, गणेश पण्डित इन्जिनियर भएर पैसा कमाउनु हुन्थ्यो होला । तर सच्चा देशभक्त साच्चि नै देशलाई मायाँ गर्ने इमान्दार मान्छे । आज खोइ देशभक्त मान्छे जे–जे भएपनि मन्त्री भएपनि मुलुक हेरौं युवाहरु विदेश पलायन हुनेमा हामी जिम्मोवार छन् कि छैनौं ।
मैले भाई उपेन्द्र देवकोटा बेलायतमा पढेर न्यूरो सर्जन भए । पढेर आएर उसलाई उही बस्ने अवसर थियो । तिमीलाई के गर्ने भनेर सल्लाह लिएका थिए । मैले भने, तिमी त्यहाँहुने भनेको दोस्रो दर्जाको नागरिक र सेकेण्डकलास अफिसर, म भन्दा १० वर्षको कान्छो भाई अहिले नेपाली जनताले उपेन्द्र देकोटाको नाम लिन्छ । गणेश पण्डितको जुन इज्जत र सम्मान छ सबैमान्छे सुविधामूखी मुलुकलाई यो अवस्थासम्म पु¥याउने यहाँको मैहुँ व्यक्तिले पनि जिम्मावारी लिनु पर्छ कि पर्दैन ?
नेकपा मालेका अध्यक्ष सीपी मैनालीले २०५४ सालमा देशभक्तिको कुरा उठायो । २०५८ सालमा एकीकरण अभियान समिति भनेर लाग्नु भयो । स्वतन्त्र कम्युनिष्ट वामापन्थी देशभक्त चिन्तक ३८ वर्षकममो आन्दोलन जीवन विताउनु भयो । २००३ सालमा शिखरवेशी गाउँमा किसानसँग मिलेर सामूहिक कृषि गर्नु भयो । २००३ साल देखि संगठित काम गर्नु भयो । पञ्चायतको पक्षमा राष्ट्र वादी विद्यार्थी मण्डलसँग झडप भएपछि काठमाडौंबाट पलाएन हुनुप¥यो । जिम्मेवारीपूर्वक निभाउनु हुन्थ्यो । शिक्षक भएर पनि समाजलाई उठाउने काम गर्नुभयो ।
राष्ट्रिय शिक्षक संगठनमा उपाध्यक्ष हुनुभयो । त्यसबेला म नेकपा मालेको महासचिव नै थिएँ । देशकै शिक्षकहरुको हकहित अधिकारमा योगदान र अर्थ राजनीति आन्दोलनमा कुना कन्दरामा शिक्षा पु¥याउने काम गरे । २०४७ सालदेखि नेकपा एमाले नुवाकोट सक्रिय २०५३ सालमा असार ४ गते नेकपा एमालेले बाटो बिरायो । प्रम शेरबहादुर देउवा थियो । टनकपुर सन्धीलाई सन्धी होइन । टनकपुर नहर पानीमा असमान सन्धी थियो । नेकपा एमाले राप्रपाले मुहान खोज्न चाहेन । लिम्पिया धुरा बाट आएको नदिलाई आफ्नो संस्करण कहीँ हुनुहुन्थ्यो । महाकाली सन्धीको विषयमा दृढताको साथ उभिएको पण्डित स्पष्ट सोच भएको र महाकाली सम्बन्ध विपक्षमा सिफारिस गरियो । माओवादीमा आउन चाहेको र जातिय रुपमा राजनीतिलाई बढावा दिएको कारण रोकिनु भयो । राम्रो कुरामा काम गर्नु पर्छ भन्ने व्यक्ति थिए । पटक–पटक राजनीति र व्यवस्था परिवर्तन भए, अवस्था परिवर्तन भएन । जनगणतन्त्र ल्याउनु छ भनेर १७ हजार मान्छे मार्ने काम भयो । आफ्नो प्राणको आहुति दिए तर त्यसको सुनुवाई भएन ।
काठमाडौं भाद्र १ गते विभिन्न विद्धान तथा नेता बुद्धिजीवीहरूद्वारा गणेश पण्डित स्मृति केन्द्रको आयोजनामा ‘गणेश पण्डित स्मृति ग्रन्थ’ विमोचन कार्यक्रममा व्यक्त विचारहरू हुन् ।
प्रतिक्रिया दिनुहोस्: