साहित्य सिर्जना : अनुष्टुप शिल्पी दाहालको आत्मबोधबाट ब्रहमाण्डबोधको

२०८१ श्रावण २७

प्रा.डा. देवी नेपाल
वर्तमानको नेपाली कवितामा परम्परागत लेखनभित्रै पनि नयाँ कुरा, नयाँ शैली र स्वादको वर्षा हुन थालेको देखिन्छ । भावगत विविधता, शैलीगत विविधता, उद्देश्यगत विविधता र लेखकीय दायित्वगत विविधता अहिलेका कविताका विशेषताहरू हुन् । जुन विधाको जति धेरै विकास हुन्छ त्यसले त्यति नै धेरै नवीनताको खोजी गर्न थाल्दछ । अहिलेको नेपाली साहित्यको बजारलाई हेर्दा नयाँ पुस्तालाई स्थापनाको चिन्ता देखिन्छ भने स्थापित तथा परिपक्व पुस्तालाई कविताको केही गहिराइसम्म पुगेर आफ्नो छुट्टै पहिचान स्थापना गर्न पाए हुन्थ्यो भन्ने चिन्ताले सताएको देखिन्छ । नेपाली कवितालाई आफ्नो छुटै मिठासका साथ प्रस्तुत गर्नुहुने कवि कलानिधि दाहालद्वारा लिखित ’खाली खाली भएँ छु म’ कवितासङ्ग्रह शास्त्रीय छन्दपरम्पराकै तर अलि फरक स्वाद बोकेको कृति हो । यस कृतिमा अनुष्टुप छन्दको प्रवाहशील अभिव्यक्तिमा ब्रह्माण्डको चित्र खिच्ने काम भएको छ ।
कुनै पनि कविता नितान्त नयाँ त हुनै सक्दैन । विषय, शब्द, लय, भाव, दृष्टिकोण आदिमा नयाँ शैलीको खोजी र परम्पराभन्दा थोरै भए नेपाली लोकजीवनमा गाइने गीत र गाथाहरूको पृष्ठभूमिमा जन्मिएको पृथक स्वरूप दिन सकियो भने त्यसले कवितालाई नयाँ बनाउने हो। नेपाली कविताले आफ्नो २६० वर्षको यात्रा पूरा गरिसक्दा अनेकौँ शैली ÷


’युग’ कविता प्रकाशन भएपछि अनेकौँ आरोप–प्रत्यारोपको ससामना गर्नुपरेको देखिन्छ । यही समयदेखि गद्य र पद्यका नाममा अनेकौँ विवादहरू देखिन थालेका हुन् । २०५० को दशकभन्दा अगाडि गद्यमा कविता लेख्नेहरूले छन्दमा कविता लेख्नेहरूलाई पुरातन विचार र शैलीका अनुयायी मान्दै कवि नै नगन्ने प्रवृत्तिसमेत देखापरेको थियो भने अस्तित्वको रक्षाका लागि छन्दकविहरूले पनि गद्यमा लेख्ने कविहरूलाई कवि नै नमान्ने अवस्था देखा पर्न थालेको थियो । कविताको आन्तरिक शक्ति वा कवित्वका बारेमा कुनै बहस नगरी बाह्य स्वरूपमा लडाइँ गर्ने यी दुवै प्रवृत्तिलाई अतिवादका रूपमा लिनुपर्छ, जसले नेपाली कवि र कविता दुवैका बिचमा विभाजनको रेखा कोर्ने काम गरेका छन् ।
यति हुँदाहुँदै पनि यस कुराले गद्यकवि होस् वा छन्दकवि होस् दुवैलाई कविताचाहिँ लेख्नुपर्ने रहेछ भन्ने कुराको चेतना निर्माणमा भने विशेष रूपमा सचेत गराएको देखिन्छ । यसबाट छन्दकविहरू स्तुति, प्रशस्ति र भजनमुखी सिलोक परम्परा मात्र छन्दकविता होइन रहेछ भन्ने निष्कर्षमा पुगेको देखिन्छ भने गद्यकविहरूले पनि अनुच्छेद भाँचेर वा वाक्यहरूलाई टुक्रा टुक्रा पारेर मात्र गद्यकविता नबन्ने रहेछ भन्ने ज्ञान प्राप्त गरेको देखिन्छ । यसरी आरोप–प्रत्यारोपकै बिचबाट सिर्जना भएको गुणात्मक प्रतिस्पर्धाको परिवेशले नै नेपाली गद्यकवितालाई पनि कलात्मक उचाइमा पुरÞ्याएको र छन्दकवितालाई पनि पुनर्जागरणको युगमा प्रवेश गराएको हो भन्न सकिन्छ । चाहे २०६२÷०६३ को जनआन्दोलनमा गणतान्त्रिक चेतनाका साथ जनजागरण ल्याउने कार्यमा होस्, चाहे कोरोना कालमा निराश मानसिकतामा आशाको सञ्चार गर्ने क्रममा होस्, चाहे भूकम्प, बाढी, पहिरो वा कुनै पनि प्रकारको प्राकृतिक विपत्तिका बेलामा मलम कुरामा होस् वा राजनीतिक आन्दोलन र सामाजिक अभियानहरूमा थप ऊर्जा दिने कार्यमा होस् छन्दकविताले महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ । आजको दिनमा उभिएर हेर्दा एकातिर छन्दकविताको यस्तो गौरवशाली उपस्थिति देखिन्छ भने अर्कातिर गद्यकवितामा पनि केही नवीन शैली र नवीन स्वादको प्राप्ति भएको देखिन्छ । कवि कलानिधि दाहाल बद्धछन्द र मुक्तछन्द दुवैमा बराबर कलम चलाउने स्रष्टा भएका लगाउने कारण र प्रवृत्तिहरूको विकास गरिसकेको देखिन्छ । आजसम्मको नेपाली कविताको इतिहासमा वि.सं. १८२६ को सुवानन्द दासको ’पृथ्वीनारायण’ कवितालाई पहिलो नेपाली कविता मानिए पनि प्रा. मोहनप्रसाद खनालको अनुसन्धानबाट प्राप्त वि.सं. १८२२ को कवि रमेश मल्लको ’मदनदीपिका’ महाकाव्य र उनैका १८१८ तिरका फुटकर कविताको जानकारीपछि ऐतिहासिक तथ्यमा केही वर्षहरू थपिएका छन् । यही विन्दुबाट सुरु भएको शास्त्रीय छन्दमा कविता लेख्ने परम्पराले आजसम्म आइपुग्दा निकै ठुलो ऐतिहासिक सफलता हासिल गरिसकेको देखिन्छ । रमेश मल्ल र शक्तिवल्लभ अर्यालका वीरतापूर्ण सिर्जना, भानुभक्तका भक्तिप्रधान सिर्जना, मोतीरामका शृङ्गार प्रधान सिर्जना, लेखनाथ, महानन्द, धरणीधर, देवकोटा, युद्धप्रसाद, सिद्धिचरण आदिका युगानुकूल सिर्जना आदिको यात्रा गर्दै आजसम्म आइपुग्दा नेपाली छन्दकविता वर्तमानको आवश्यकता बनेर देखापरेको छ । प्रारम्भविन्दुदेखि आजसम्म आइपुग्दा नेपाली छन्दकविता यात्रामा कहिले अत्यन्त उत्साहपूर्ण परिवेश निर्माण भएको देखिन्छ, कहिले सङ्घर्षपूर्ण अवस्था देखा पर्छ भने कहिले नवजागृतिका उज्याला पाटाहरू पनि देखा पर्दछन् ।
नेपाली छन्दकविताको यति लामो इतिहासलाई कालक्रमिक रूपमा समीक्षा गर्दा पाँच चरणमा राखेर हेर्न सकिन्छ । थालनीदेखि भानुभक्त आचार्यको आगमनसम्मको समयावधिलाई नेपाली छन्दकविताको ’प्रवर्तन काल’ मानिन्छ । भानुभक्तदेखि मोतीराम हुँदै लेखनाथ पौड्यालको आगमनसम्मको अवधिलाई ’विकास काल’ मानिन्छ । लेखनाथदेखि मोहन कोइरालाको आगमन (२०१७) सम्मको अवधिलाई ’उत्कर्ष काल’ मानिन्छ । मोहन कोइरालादेखि २०५० को दशकसम्मको अवधिलाई ’सङ्क्रमण काल’ मानिन्छ भने २०५० को दशकको प्रारम्भदेखि हालसम्मको अवधिलाई ’पुनर्जागरण काल’ मानिन्छ । यस कालक्रमिक सर्वेक्षणभित्र प्रवेश गरेर हेर्ने हो भने नेपाली छन्दकविताको प्रवर्तन, विकास, उत्कर्ष, सङ्क्रमण र पुनर्जागरणको एउटा सङ्घर्षपूर्ण गतिशीलताको चित्र स्पष्ट रूपमा देखिन्छ । थालनीदेखि नै नेतृत्वकारी भूमिका निर्वाह गर्दै आएको नेपाली छन्दकविताले वि.सं. २०१७ को ’रूपरेखा’ पत्रिकामा कवि मोहन कोइरालाको’ घाइते उहाँका कवितामा विषयगत एवम् लयगत दुवैप्रतिको जिम्मेवारी बोध प्रबल रूपमा भएको देखिन्छ ।
पछिल्लो समयमा कवि कलानिधि दाहालको सिर्जनात्मक सक्रियता दिन दुगुना, रात चौगुनाको गतिमा अगाडि बढिरहेको छ । ओखलढुङ्गा जिल्लाको बिगुटारमा वि.सं. २०१६ फागुन ८ गते जन्मिएर लामो समयसम्म शिक्षा सेवामा समर्पित भई हाल अवकाश प्राप्त सिर्जनात्मक जीवन व्यतीत गरिरहनुभएका कलानिधि दाहालका यस कृतिभन्दा अगाडि नै ’गौरवमय नेपाल’ (२०३८), ’केही कवि ः केही कविता’ (२०४३), ’कलानिधिका चुनिएका कविता’ (२०७३) र ’आफैँ भए सुन्दर’ (२०७८) गरी चारओटा कवितासङ्ग्रह, ’सीमावासु’ (२०६५) खण्डकाव्य, ’विभाजित विश्व’ (२०६६) महाकाव्य, ’अरस्तुदेखि बङ्करसम्म’ (२०६८) उपन्यास, ’शिखरयात्रा’ (२०७६) निबन्धसङ्ग्रह र ’अस्तित्व’ (२०७९) बाछिटासङ्ग्रह गरी नौओटा कृतिहरू प्रकाशन भइसकेका छन् । प्रस्तुत ’खाली खाली भएँ छु म’ कवितासङ्ग्रह उहाँको दसौँ कृति वा पाँचौँ कवितासङ्ग्रह हो । मैले नै कवि दाहालका ’आफैँ भए सुन्दर’ (२०७८) कवितासङ्ग्रह र ’अस्तित्व’ (२०७९) बाछिटासङ्ग्रह दुईओटा कृतिमा यसभन्दा अगाडि नै भूमिका लेखिसकेको छु । उहाँका कृतिमाथि लेखिएको यो मेरो तेस्रो भूमिका हो । यो एकातिरबाट हेर्दा सुखद पक्ष हो भने अर्कातिरबाट हेर्दा दुःखद पक्ष पनि हो । सुखद यस अर्थमा कविको कवित्वको उत्तरोत्तर विकास कसरी हुँदै गएछ भन्ने कुराको खोजी एउटै भूमिकाकारबाट हुने भयो । दुःखद यस अर्थमा कविको कवित्वमाथिको एउटा दृष्टिकोण एउटा कृतिमा नै आइसक्ने हुनाले नयाँ भूमिकाकार भए अर्को नयाँ दृष्टिकोण पनि आउने थियो र भूमिका विश्लेषणगत पुनरावृत्ति दोषबाट पनि बच्न सक्ने सम्भावना हुने थियो । जे भए पनि कविको पटक पटकको रोजाइप्रति गर्व गर्दै कविको दसौँ कृति र मेरो भूमिकाको तेस्रो कृति ’खाली खाली भएँ छु म’ कवितासङ्ग्रहभित्र प्रवेश गर्ने अनुमति चाहन्छु ।
कविताको लघुतम रूप मुक्तक र बाछिटादेखि लघुरूप फुटकर कविता, मध्यम रूप खण्डकाव्य र बृहत् रूप महाकाव्य सबै क्षेत्रमा आफ्नो सबल र सफल उपस्थिति जनाइसक्नुभएका कवि दाहाल अहिले पुनः कविताकोदखाली ! फुटकर रूप र मध्यम रूप दुवैलाई एकै ठाउँमा समेटेर नयाँ कृतिका साथ आउनुभएको छ । हरेक विषयमाथि गम्भीर दृष्टि राख्नु, कवितामा विश्लेषणात्मक शैलीको प्रयोग गर्नु, तर्कले विषयलाई पुष्टि गर्नु, गहन चिन्तन, मनन र दर्शनको स्थापनामा जोड दिन, अनेकौँ विम्ब, प्रतीक र अलङ्कारयुक्त सशक्त सूक्तिपद्यहरू निर्माण गर्नु र एउटै छन्दमा अनेकौँ भाव, विचार र कलाको कोलाज निर्माण गरी फरक स्वाद पस्कनु कवि दाहालका कविताका उल्लेखनीय विशेषताहरू हुन् । यी कुराका सबल साक्ष्य ’खाली खाली रहेछ म’ कविता तथा काव्यसङ्ग्रहमा सङ्गृहीत कुनै अत्यन्त लामा र कुनै छोटा ५८ ओटा कविता र काव्यहरू हुन् । यसमा दुइटा खण्डकाव्यात्मक, दुइटा लघुकाव्यात्मक र ५४ ओटा फुटकर कवितात्मक रचनाहरू समाविष्ट छन्। कम्तीमा तीनचार श्लोकदेखि लिएर नौदश श्लोकसम्मको संरचनालाई फुटकर कविताको आदर्श रूप मान्ने गरिन्छ । यहाँ त्यस प्रकृतिका कविताहरूभन्दा पनि लामा प्रकृतिका कविताहरू नै धेरै रहेका छन् ।
’खाली खाली भएँछु म’ कवितासङ्ग्रहभित्रका सम्पूर्ण कविताहरू एउटै छन्दमा लेखिएका छन् । यहाँका कविताको भाव सम्प्रेषण र विषयवस्तुको व्यवस्थापनको माध्यम अनुष्टुप छन्दलाई बनाइएको छ। पूर्वीय कविता परम्परामा अनुष्टुप छन्दको विशिष्ट स्थान रहँदै आएको छ वैदिक मन्त्रहरूमा समेत प्रयोग भएको वैदिक छन्ददेखि लिएर रामायण, महाभारत, श्रीमद्भागवत महापुराण हुँदै अनेकौँ धर्मशास्त्र, स्मृतिकाव्य, स्तोत्र, इतिहास, दर्शन, गणित, अर्थशास्त्र आदिमा समेत अभिव्यक्तिको सर्वाधिक सहज माध्यम बनेको लौकिक छन्दका रूपमा पनि लोकप्रिय अनुष्टुप छन्द नेपाली कविहरूका लागि पनि पहिलो रोजाइजस्तै बन्ने गरेको छ । सामान्यतः अनुष्टुप छन्दको लक्षण यस्तो हुन्छ–
छैटौँ अक्षरमा दीर्घ सर्वत्र लघु पाँचमा द्विचतुष्पाउमा ह्रस्व अरूमा दीर्घ सातमा ।
आठ अक्षरको एक पाउ हुने र सोह्र अक्षरको एक हरफ हुने छन्दलाई ’अनुष्टुप छन्द भनिन्छ । यसका दुई हरफमा चार पाउ हुन्छन् । चार पाउमा सबैतिर छैटौँ अक्षर दीर्घ, पाँचौँ अक्षर ह्रस्व हुने, दोस्रो र चौथो पाउको सातौँ अक्षर ह्रस्व र पहिलो र तेस्रो पाउको सातौँ अक्षर दीर्घ हने छन्द

’अनुष्टुप’ छन्द हो । यो छन्द जुनसुकै भाव, रस र अलङ्कारमा पनि मिल्ने हुनाले र केही निश्चित अक्षरसङ्ख्याबाहेक अन्यमा गणका साँचामा बाँधिनु नपर्ने भएकाले अन्य छन्दका तुलनामा यसलाई सजिलो छन्दका रूपमा लिने गरिन्छ । यसमा अरू छन्दमा जस्तो गणव्यवस्था हुँदैन। निश्चित ठाउँमा ह्रस्व वा दीर्घको निर्धारित वर्ण प्रयोग गर्नु नै अनुष्टुपको विशेषता हो । चार अक्षरपछिका वर्ण प्रयोगका आधारमा अनुष्टुप् छन्दका १. पथ्या, २. वक्त्रा, ३. विपरीत पथ्या, ४. चपलावक्त्रा, ५. युग्मविपुला, ६. भ–विपुला, ७. न–विपुला, ९. त–विपुला, १०. म–विपुला जस्ता अनेकौँ भेदहरू पाइन्छन् । अधिकांश प्रयोगमा आउनेचाहिँ सामान्य अनुष्टुप छन्द हो जसमा माथि उल्लेख भएअनुसारको पाँचौँ, छैटौँ र सातौँ अक्षरको नियम लागु हुन्छ तापनि अनुष्टुप छन्दको प्रारम्भ ’न’ गण र ’भ’ गणबाट चाहिँ नगर्नु राम्रो मानिन्छ भन्ने नियम र परम्परा पनि रहँदै आएको छ ।
अनुष्टुप छन्द प्रयोगसम्बन्धी यस्तो शास्त्रीय नियम रहँदै आएको भए पनि स्वच्छन्दतावादी कविहरूका लागि यस्तो बन्धनले त्यति फरक नपारेको देखिन्छ । मूलतः यसको आदर्श संरचना दुई हरफमा हुने चार पाउ नै हो तापनि अन्य वार्णिक छन्दको समकक्षता वा सादृश्यमा यसलाई पनि चार हरफको संरचनामा प्रयोग गर्दै आइएको छ । ’सुलोचना’ महाकाव्यमा देवकोटाबाट यसलाई १०८ हरफको एक श्लोकका रूपमा पनि प्रयोग गरिएको देखिन्छ । यहाँ कवि कलानिधि दाहालले चतुष्पदी संरचनामा अनुष्टुप छन्दलाई प्रयोग गर्नुभएको छ । त्यसमा पनि भावनाको गण्डकी प्रवाह छुट्न थालेपछि उहाँले न त पाँचौँ, छैटौँ र सातौँ अक्षरको नियममा आफूलाई बाँध्नुभएको छ, न त ’न’ गण र ’भ’ गणबाट पाउको प्रारम्भ गर्नु हुँदैन भन्ने कुरालाई ख्याल गर्नुभएको छ । लेख्दै जाँदा आफैँ मिलेर आए भने ठिकै छ, नभए तिनलाई शास्त्रीयताको साँचोभित्र बाँध्नका लागि कत्ति पनि समय खर्च गरेको यहाँ देखिँदैन । अनुभूतिको विद्युतीय वहाव नै कलानिधिको अनुष्टुप छन्दीय नियम बनेर आएको हुनाले स्वच्छन्दतावादी काव्यप्रवाहको एउटा विशिष्ट स्वरूप यस कृतिमा देख्न पाइन्छ ।
एउटै छन्दमा एक, दुई वा तीनओटा कविता सिर्जना गर्नु स्वाभाविक कुरा हो । आख्यात्मक वा प्रबन्धात्मक संरचना छ भने त्यसमा पनि एउटै

छन्दको प्रयोग स्वाभाविक मानिन्छ । लेखनाथको सिङ्गो ’तरुण–तपसी शिखरिणी छन्दमा हुँदा होस् वा ’ऋतुविचार’का ६०६ श्लोकमध्येमा श्लोकबाहेक अरू सबै अनुष्टुप छन्दमा हुँदा होस् कुनै अनौठो लाग्दैन ड्ड फुटकर कविताहरूको एउटा सिङ्गो सङ्ग्रह र खण्डकाव्यात्मक संरचनाम पनि आख्यानहीन अनुभूतिको प्रवाह एउटै छन्दमा हुनुचाहिँ साँच्चै विशिष्ट पक्ष हो । यस्तो अवस्थामा शब्दको पुनरावृत्ति, विषयको पुनरावृत्ति, भावो पुनरावृत्ति र बिम्ब, प्रतीक एवम् अलङ्कारहरूको पुनरावृत्ति हुने प्रशस्त
सम्भावना रहन्छ। यसका साथै जुन कविता पढे पनि एउटै कविता पहुंचन अनुभूति हुने र जहाँ पनि एकै प्रकृतिको चिन्तन वा दर्शनको स्थापना भएँ लाग्ने सम्भावना पनि उत्तिकै रहन्छ । यी नकारात्मक सम्भावनाहरूबाट कवितालाई सकेसम्म बचाउन सक्नु पनि एउटा विशिष्ट कला हो, त्यो कला कलानिधिमा रहेको कुराका साक्ष्यहरू यस कृतिमा प्रशस्त फेला परेका छन्।
प्रस्तुत कविता तथा काव्यसङ्ग्रहको शीर्षकीकरण एउटा कविताका केन्द्रमा रहेर गरिएको छ । ’खाली खाली भएँ छु म’ यस सङ्ग्रहको सुरुमा नै राखिएको एउटा लघुकाव्यात्मक रचना हो । अनुष्टुप छन्दका चतुष्पदी ७५ श्लोक र तिनैलाई द्विपदी संरचनामा राख्ने हो भने १५० श्लोक हुन सक्ने प्रस्तुत कविता नै यस सङ्ग्रहको शीर्ष कविता हो । यसका प्रत्येक चार हरफका अन्त्यमा एक प्रकारको विशिष्ट विद्युतीय झड्का प्रदान गर्ने शक्ति रहेका र यसलाई द्विपदी संरचनामा ल्याउनासाथ भावप्रवाहम बाधा पुग्ने हुनाले यसका लागि चतुष्पदी संरचना नै वरदान सावित भएक देखिन्छ । यहाँ प्रयोग भएको ’म’ पात्र अभिधा अर्थमा कवि कलानिधि त्यो दाहाल हो तापनि यसको अभिव्यञ्जना त्यतिमा मात्र सीमित छैन । ’म’ हरेक मानव हो र त्यसले गरेको आत्मबोध हरेक मानवले गर्नुपर्ने गर्न बाँकी रहेको आत्मबोध हो । कख चिनेको भोलिपल्ट विश्व चिनेको । अहङ्कार बोक्न थाल्ने, सामान्य शब्द र वाक्यहरू पढ्न सक्ने हुँदा ब्रह्माण्ड पढिसकेको सम्झने, दुईचार अक्षर लेख्न सक्ने हुँदा आफूलाई कालिदास सेक्सपियर र देवकोटाको समकक्षी ठान्ने, एउटा सिँढी मात्र माथि उक्लिंद ड्ड तरेपछि लौरोको मूल्य नबुझने मानवीय प्रवृत्तिमाथिको विमतिपूर्ण व्यङ्ग्यको तलका सबैलाई लिलिपुटे मानव देख्ने, फुलेपछि गमला बिर्सिने र खोल र ध्वन्यात्मक भावविन्यास नै यस कविताको केन्द्रीय कथ्य हो । यसका हरेक हरफमा गरिएको आत्मबोधको अन्तर्वस्तुलाई पहिल्याउन थाल्ने हो भने यहाँ सिङ्गो ब्रह्माण्डबोधको अभिव्यञ्जना फेला पर्दछ । मानवीय अहम् वा सांसारिक दम्भ यसको भावभूमि हो तापनि यस कविताले नछोएको कुनै क्षेत्र छैन । इतिहास, राजनीति, शिक्षा, धर्म, संस्कृति, दर्शन, समाज, जीवनशैली तथा मानवीय चरित्रसँग जोडिएका दृश्य वा अदृश्य, मूर्त वा अमूर्त, सरल वा जटिल, स्थिर वा गतिशील, सतही वा गहन सबै कुरालाई तार्किक काव्यप्रवाहमा उतार्ने कार्यमा कवि कलानिधि दाहालको सफलता प्रशंसनीय छ । लघुकाव्य भन्न सकिने लामो आकारको संरचनामा रहेको प्रस्तुत रचनाभित्रका निम्नलिखित एकदुई साक्ष्यका आधारमा सिङ्गो रचनामाथिको अवधारणा निर्माण गर्न सकिन्छ–
पढ़ें क्यै उफ्रिएँ ’सारा बुझैँ झैँ चम्किएँछु म लेखेँ क्यै ’सर्वसंसार लेखें’ झैँ गम्किएँछु म ! ऐले भित्र पसें हेरेँ सन्नाटा सुनसान म
छामेँ छामी रहेँ जम्मै खाली ! खाली !! भएँछु म !!
चिनें अक्षर ए, बी, सी सम्झैं गोरे रहेँछु म
घृणा पस्केँ सबै काला छाला आँखी भएँछु म !
परिवर्तन हो भन्दै ठुटेमा ठुटिएँछु म
दिलद्वार यसो हेर्छु खाली ! खाली !! रहेछु म !!
यसरी अभिधा अर्थमा कविको वैयक्तिक उपस्थितिजस्तो लागे पनि यहाँ ’म’को प्रयोग व्यञ्जना अर्थमा गरिएको छ । यहाँ प्रयोग गरिएको ’म’ सम्पूर्ण मानव जातिमा रहेको ’म’ हो र यहाँका कविले गरेको आत्मबोध सम्पूर्ण मानवले गर्न नसकेको आत्मबोध हो । यस कारण ध्वन्यात्मक रूपमा प्रस्तुत कृतिको शीर्षकीकरण अत्यन्त सार्थक बन्न पुगेको छ ।
प्रस्तुत शीर्ष कविता मात्र होइन, यस सङ्ग्रहमा समभावात्मक अन्य कविताहरू पनि प्रशस्त पाइन्छन् । फुटकर संरचनामा आबद्ध कवितामा होस् वा लघुकाव्यात्मक एवम् खण्डकाव्यात्मक संरचनाका रचनामा होस् ।

रचना ः मुक्तनाथ साहित्य समाजद्धारा साउन २६ गते ‘खालीखाली भएछु म’ कृतिबाट डा.देवी नेपालद्धारा समीक्षात्मक टिप्पणीबाट साभार गरिएको छ ।

मुक्तिनाथ दर्शन साहित्य समाजको दुईवटा कृति एकैसाथ विमोचन

काठमाडौं साउन २६, मुक्तिनाथ दर्शन साहित्य समाज नेपालको आयोजनामा वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराइको प्रमुख आतिथ्यमा वरिष्ठ साहित्यकार तथा कवि कलाननिधी दाहालको ‘खाली खाली भएछु् म’ कविता संग्रह तथा अध्यात्मिक तथा कवि हरिभक्त सिग्देलको ‘एकमात्र’ महाकाव्य’ कृतिको लोकापर्ण समारोह सम्पन्न भएको छ ।
उक्त अवसरमा प्रा.डा.कृतिमा दृष्टिकोणहरु कसरी आउँछ भनेर हो म राजनीति शास्त्रको विद्यार्थी हु । वाद मात्र भएको भए संस्थाका केही पनि हुँदैन । वादे–वादे जायते । तत्व वोध सँग कहिल्यै पुग्दैन । हरि हरिभक्त गिग्देल ६० नाघेको छ । कलानिधी दाहाल निबन्ध कृतिमा पनि उही अवस्था देखिएको हो । ४६ वर्ष देखि पत्रकारिता गरेको हेर्दा गल्ती रहेनछ । धेरै त्रुटी हुन्छ । गल्ती भएछ भने सच्याईदिनु पर्छ । अहिलेको सन्दर्भमा धेरै राम्रो छ । तपाइले वैदिक कुराहरु प्रारम्भ ‘वेदको कुरा साही होकी, साम्यवादको कुरा सही हो । कम्यनिष्टहरुलाई हे¥यो साम्यवाद माथि प्रश्न गरेको छ । व्यवहारमा आंकलन स्वतन्त्रताका कुरा अन्तिम सत्य हो । साम्यवादको सिद्धान्तमा ५० वर्षदेखि वाद र विवाद गर्दै आएको छ । म वादे वादे जयते भनेर भन्छु ।

प्रतिक्रिया दिनुहोस्: