
काठमाडौं साउन २३, राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त तथा प्रवक्ता कमला ओली थापाले एक प्रेस विज्ञाप्ति जारी गर्दै आउँदो भदौ ३ गते राष्ट्रिय सूचना दिवस मनाइने जनाएको छ । राष्ट्रिय सूचना आयोगले एक विज्ञाप्ति जारी गर्दै भदौ ३ गते १८औं राष्ट्रिय सूचना दिवस मनाउन आह्वान गरेको हो ।
नेपालको संविधानको धारा २७ मा सूचनाको हकसम्बन्धी व्यवस्था गरिएको छ । नागरिकले आफ्नो र सार्वजनिक सरोकारको कुनै विषयमा सूचना माग्ने र पाउने हकलाई व्यवस्थित गर्न तत्कालीन व्यवस्थापिका संसदरले सूचनाको हकसम्बन्धी ऐन, २०६४ पारित गरी २०६४ साल साउन ५ गते प्रमाणीकरण गरेको थियो । उक्त ऐन प्रमाणीकरण भएको ३०औं दिनमा प्रारम्भ हुने व्यवस्था बमोजिम भदौ ३ गतेदेखि कार्यान्वयनमा आएको हो । सोही कानून कार्यान्वयनमा आएको दिनलाई नै राष्ट्रिय सूचना दिवसका रूपमा विभिन्न कार्यक्रको आयोजना गरी मनाउने गरिएको छ ।
राष्ट्रिय सूचना आयोगले भदौ ३ गते विशेष समारोहको आयोजना गर्ने जनाएको छ । ‘नेपाली नागरिकलाई प्राप्त यस संवैधानिक र कानूनी अधिकारका लागि योगदान पु¥याएका सार्वजनिक निकाय, संघसंस्था, सञ्चारमाध्यम तथा नागरिक समाजले पनि यस दिवसका अवसरमा कार्यक्रम आयोजना गरी नागरिकलाई सूचनाको हक प्रयोग गर्न गराउन सक्षम बनाउन यो आयोग सबैमा हार्दिक आव्हान गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।
नेपालको संविधानको धारा २७ मा व्यवस्था गरिएको सूचनाको हकअन्तर्गत नागरिकको आफ्नो र सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हकलाई कानूनद्वारा व्यवस्थित गर्नुका साथै राज्यका कामकारवाहीलाई लोकतान्त्रिक पद्धतिअनुरूप खुला र पारदर्शी बनाई नागरिकप्रति जवाफदेही र जिम्मेवार बनाउन, सार्वजनिक निकायमा रहेका सार्वजनिक महत्वकासूचनामा आमनागरिकको पहुँचलाई सरल र सहज तुल्याउन, राज्य र नागरिकको हितमा प्रतिकूल असर पार्ने सम्वेदनशील सूचनाको संरक्षण गर्न र नागरिकको सुसूचित हुने हकलाई संरक्षण र प्रचलन गराउने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले तत्कालीन व्यवस्थापिका–संसद्ले सूचनाको हकसम्बन्धी ऐन, २०६४ पारित गरी २०६४ साल श्रावण ५ गते प्रमाणीकरण गरेको हो । सो ऐन प्रमाणीकरण भएको ३० औँ दिनमा प्रारम्भ हुने व्यवस्था बमोजिम २०६४ भाद्र ३ गतेदेखि कार्यान्वयनमा आएको छ ।
सूचनाको हक सम्बन्धी कानून कार्यन्वयनमा आएको भदौ ३ लाई राष्ट्रिय सूचना दिवसका रुपमा देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउने गरिएको छ । राष्ट्रिय सूचना आयोगले आगामी भदौ ३ गते १८ औं राष्ट्रिय सूचना दिवसका अवसरमा विशेष समारोहको आयोजना गरी मनाउने निर्णय गरेको छ । नेपाली नागरिकलाई प्राप्त यस संवैधानिक र कानूनी अधिकारका लागि योगदान पु¥याएका सार्वजनिक निकाय, संघसंस्था, सञ्चारमाध्यम तथा नागरिक समाजले पनि यस दिवसका अवसरमा कार्यक्रम आयोजना गरी नागरिकलाई सूचनाको हक प्रयोग गर्न गराउन सक्षम बनाउन यो आयोग सबैमा हार्दिक आव्हान गर्दछ । १८ औं राष्ट्रिय सूचना दिवसको सबैमा हार्दिक शुभकामना ।
प्रतिक्रिया दिनुहोस्: