सौर्य एयरलाइन्स दुर्घटनामा निधन भएकाको परिवारले २६ लाखदेखि १ करोड ३४ लाख रुपैयाँसम्म बीमा दाबी रकम पाउने

२०८१ श्रावण १०

रिना खत्री
काठमाडौं साउन १०, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा जना १८ जनाको मृत्यु भएको छ । पाईलट मनिषरत्न शाक्यको घाइते अवस्थामा उद्धार गरी केएमसी उपचारको क्रममा रहेको छ । चिकित्सकका अनुसार उनी खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
बिहानदेखि हवाई जहाज दुर्घटना भएसँगै दुर्घटनामा ज्यान गुमाएकाहरूले कति रकम बीमा दावी बापत पाँउछन् भन्ने चासोको विषय बनेको छ । सामान्यता संसारभर नै हवाईजहाजमा यात्रा गर्ने यात्रुको बीमा गरिएको हुन्छ । नेपालको प्रचलित नियम अनुसार अस्ति असोज ९ गते सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा निधन भएकाहरुको परिवारले जनही कम्पनीमा २० हजार अमेरिकी डलर अर्थात २६ लाख ६० हजार (आजको अमेरिकी डलरको दर अनुसार) पाउनेछन् ।
त्यस्तै, सौर्य एयरलाइन्सका कर्मचारी, इन्जिनियर, पाइलटहरुले कम्तीमा ४० हजार अमेरिकी डलरदेखि एक लाख अमेरिकी डलसम्म पाउनेछन् । यद्यपि नेपालमा आईकाओले तोकेको सीमा प्रत्येक यात्रुको ५० हजार अमेरिकी डलरको बीमा अनिवार्य भने गरिएको छैन । जसका कारण यात्रुहरु बीमामा ठगिदै आएका छन् ।
नेपालमा व्यवसायिक उडान शुरु भएदेखि नै आन्तरिक उडानमा हुने दुर्घटनामा यात्रुको अनिवार्य बीमा २० हजार रुपैयाँ अमेरिकी डलर छ । बीमाको सीमा बढाउने विषयमा समय समयमा आवाज उठेपनि नियामक निकाय प्राधिकरणले उचित पहल नगर्दा सफल हुन सकेको छैन । अन्तराष्ट्रिय उडानका लागि भने प्रतियात्रु १ लाख डलरभन्दा बढीको बीमा हुने गरेको छ । अन्तर्राष्ट्रिय उडानमा आईकाओको नियम पूर्ण लागू हुने हुँदा लागू भएपनि नेपालको आन्तरिक उडानमा भने आईकाओको नियम लागू भएको छैन ।

कति पाँउछन् पाईलटदेखि यात्रुसम्मले बीमा वापतको रकम ?
९ गते बुधबार बिहान काठमाडौंबाट पोखराको उडानमा विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्ययन प्राधिकरण प्रवक्ता हंशराज पाण्डेले बताएका छन् । प्राधिकरणले निधन भएकाहरूको नामावाली सार्वजनिक गरेका छन् । मृतकका आफन्तले बीमा बापत २० हजार अमेरिकी डलर पाउने प्राधिकरणले जनाएको छ । यद्यपि ९ गते बुधबार निधन भएका अधिकांश सौर्य एयरलाइन्सकै कर्मचारी, प्राविधिक तथा इन्जिनियर समेत रहेकोले उनीहरुको हकमा थप रकम पाउनेछन् ।
त्यसैगरी क्र्यू मेम्बरहरुले बीमा बापत प्रतिव्यक्ति ४० हजार अमेरिकी डलर पाउने व्यवस्था छ । विमानमा १९ जना यात्रु सवार थिए । १ जनाबाहेक सवार सबै यात्रुको निधन घोषणा भइसकेको छ । मृत्यु भएको एक जना यात्रुले २० हजार डलर रकम बीमावापत पाउँछ । अस्ति बुधबार एक अमेरिकी डलर बराबर १३४ रुपैयाँ १२ पैसा नेपाली विनिमयदर रहेको छ । प्रतियात्रु २६ लाख ८२ हजार रुपैयाँका दरले बीमा कम्पनी र पुनर्बीमामार्फत भुक्तानी पाउनेछन् ।
त्यस्तै क्याप्टेन बाहेक अरु क्र्यू मेम्बरको हकमा भने ४० हजार डलर पाउने बीमा पोलिसी रहेको प्रभु इन्स्योरेन्स कम्पनीका सिईओ संचित ब्रजाचार्यले जानकारी दिए । ९ गते बुधबारको विनिमय दरअनुसार एक क्र्यू मेम्बर बराबर ५३ लाख ६४ रुपैयाँ बीमा तथा पुनर्बीमा कम्पनीमार्फत पीडित पक्षले पाउनेछन् ।
जहाज दुर्घटनामा निधन भएका पाइलटका परिवारलाई एकलाख अमेरिकी डलरको बीमा गरिएको सिईओ ब्रजाचार्यले बताए । आजकै विनिमयदरलाई आधार मान्दा निधन भएका पाइलटका आश्रित परिवारले एक करोड ३४ लाख रुपैयाँ बीमा रकम पाउनेछन् ।
सौर्य एयरलाइन्स कम्पनीका मार्केटिङ चिफ महेश बर्तौला भन्छन्, “चिकित्सक र प्रहरीको रिपोर्टहरू लिएपछि त्यसका लागि अझै केही दिन लाग्नसक्छ । सहजीकरण गरेर बीमा हेर्नलाई काठमाडौंमा अलग्गै कार्यालय नै स्थापना गर्ने तयारीमा रहेका छौं । उहाँहरूलाई हामीले सूची सहित सबै विवरण दिइसकेका पनि छौं । उहाँहरूले पीडितका आफन्तहरूसँग सम्पर्क पनि गर्नुहुन्छ ।” आजको दुर्घटनामा सौर्य एयरलाइन्सका धेरै कर्मचारीहरु दुर्घटनामा निधन भई शोकमा रहेकोले कतिपय विषयहरुमा समन्वय गर्न कठिनाई भइरहेको छ । १८ जना एउटै कम्पनीका कर्मचारीहरु जहाज दुर्घटनामा परेपछि कार्यालयका कामहरु समेत प्रभावित हुन पुगेका छन् ।
बीमा रकम माग गर्न नाता प्रमाण सहित यात्रुका आफन्तहरूले दाबी गर्नुपर्ने हुन्छ, उनले भने । त्यसबाहेक विमानको पनि अलग्गै बीमा गरिएको हुन्छ जसको उत्तरदायित्व बीमा कम्पनीले वहन गर्छ ।
उता, वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल भन्छन्, “प्लेनको त्यो समयको उसको मूल्य अनुसार बीमा गरिएको कूल रकम कम्पनीले घोषणा गरेको हुन्छ । उसले त्यही अनुसार प्रिमियम तिरेको हुन्छ र उसले पनि बीमा बापतको रकम प्राप्त गर्छ ।” रकम भुक्तानीका लागि बीमा कम्पनीले न्यूनतम् २१ दिन समय माग गर्ने उल्लेख गर्दै कँडेलले कानुनी प्रक्रिया पूरा हुन केही समय भने लाग्नसक्ने बताए ।
बीमा दावी भुक्तानीमा सबैभन्दा छरितो र उत्कृष्ट रहेको प्रभु इन्स्योरेन्स कम्पनीले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको बीमा दावीको लागि छुट्टै डेस्क राखेर भुक्तानी प्रक्रिया सम्पन्न गरिने जनाएको छ । नेपाली बीमा कम्पनीहरुले हवार्ई बीमा वापतको जोखिम ०.३० प्रतिशतमात्रै वहन गर्ने गरेका छन् । बाँकी ९९.५ प्रतिशत बीमा हिस्सा विदेशी पुनर्बीमा कम्पनीलाई जोखिम हस्तान्तरण गर्ने गर्दछन् ।
सौर्य एयरलाइन्सको विमान दुर्घटनाको अध्ययन तथा मूल्याङ्कन गर्न प्रभु इन्स्योरेन्सले पुनर्बीमा कम्पनीलाई जानकारी गराउने र विदेशी सर्भेयर नेपालमा आएर क्षती मूल्याङ्कन गरेपछि तीन पुनर्बीमा कम्पनीले नेपाली बीमा कम्पनीलाई बीमा दाबी वापतको रकम नेपालमा पठाउने गरेको प्रभु इन्स्योरेन्सका सिईओ संचित ब्रजाचायले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्: