नेपालको हवाई सेवा दुर्घटना, व्यवसायिक क्षमतामाथि प्रश्नै प्रश्न

२०८१ श्रावण १२

नबराज न्यौपाने

नेपालको इतिहासमा जहाज बारम्वार दर्घटना भइरहेको अवस्था छ । १९५६बाट शुरु भएको जहाज दुर्घटना आज झन् बढ्दै गरेको देखिन्छ । जहाज दुर्घटनालाई कसरी कम गर्न सकिन्छ भन्ने कुरा आज मात्र होइन पटक–पटक उठ्दै आएको विषय पनि हो । दुर्घटनालाई कमी ल्याउने राज्यले गरेको लगानी त्यति प्रभावकारी हुन सकेको छैन ।

नेपालको जहाज उडान हेर्दा पनि त्यति सन्तोष जनक नभएको र यात्रीहरूले बारम्वार सास्ती बहोर्नु समाचार त हामीले बारम्वार सुन्दै भोग्दै र देख्दै आएको छ ।

जहाज दृर्घटना भएपछि मानवीय क्षति अत्यधिक रहेको छ । दुर्घटना भएपनि ५ प्रतिशतले मात्र ज्यान बच्ने गरेको र बाँकी ९५ प्रतिशत मानवीय क्षति बेहोरेको तथ्याङ्क भेटिन्छ ।

पर्यटन क्षेत्रमा नेपालको हवाई सेवाले सबभन्दा बढी योगदान पु¥याउने गरेको छ । नेपालको जहाज उडानको इतिहास त्यति लामो छैन र तर पनि योगदान भने राम्रो छ ।

किन यसरी पटक–पटक जहाज दृर्घटना हुन्छ भन्ने प्रश्न उठिरहेको अवस्थामा जहाजको व्यवसायिकता नेपालले अझै दिन सकेको छैन । हाम्रो देशले जहाजका विषयमा व्यवसायिकता दक्षता हासिल गरेको दक्ष जनशक्ति (प्राविधिकज्ञा) अझैसम्म उत्पादन गर्न सकेको छैन । हामी आफैले जहाज उत्पादन गर्ने कुरा त झन धेरै टाढाको कुरा हुन आउँछ । जहाज उडानमा धेरै पटक समस्या आएर दुर्घटना भएको छ । पटक–पटक जहाज दर्घटना हुनुले देशको जनधनको क्षतिमात्र प¥याएको छैन । हवाई सेवाको व्यवसायिक उडानमा समेत प्रश्न चिन्ह उठ्दै आएको छ ।

नेपालको इतिहासमा पहिलो पटक १९५६ मा भारतीय वायु हवाई सेवा डगलासको पहिलो पटक काठमाडौंमा दुर्घटना भएको तथ्या फेला पारेको छ । डगलास स्काई टैन दुर्घटना हुँदा जसमा सवार १५ हवाई यात्रु सहित ज्यान गएको थियो ।
दुर्घटनाको क्रममा पाकिस्तानको पीआई, थाई एयर, टर्की, नेपाल एयलाइन्स् १९९७, नेकोन एयर, शाग्रीला, स्काई एयरवेज, यति एयरलाईन्स, गोरर्खा एयरलाइन्स्, तारा एयर, अग्नी, बुद्ध एयर, फिस्तैल, गोमा, सीता, यति एयरलाइन्स्, सौर्य एयरलाइन्स्, मनकामना, अनन्य, कर्णाली, एशियन, सिम्रीक, श्री एलाइ्न्स्, एयर डाइनास्टी, मनाङ एयर लगायत हालसम्म २४ जुलाई २०२४ सम्म ५३ वटा ठूला र मझौला गरि र ३४ वटा हेलिकप्टर सहितको जहाजहरु दुर्घटना भएको छ ।
यसले नेपालको ठूलो जनधन क्षति मात्र पु¥याएको छैन । हालसम्म हवाई दुर्घटनामा परि ११ सय मानिसको मृत्यु भईसकेको छ । १९५६ बाट शुरु भएको जहाजका उडानमा सन् २०२४ जुलाई सम्म आईपुग्दा जम्मा ७ दशक पुग्न लागेको छ ।
ठूला जहाजमा ९ सय यात्रु र साना तथा हेलिकप्टर २०८ जनाले ज्यान गुमाएको तथ्याङ्क गुगल इन्जिनमा देखिन आउँछ ।

हाम्रो देशको भौगोलिक अवस्था, उच्च दक्ष जनशक्तिको अभाव, तालिम तथा प्रशिक्षणको कमीका कारण पनि आत्मविश्वासमा कमी आई दुर्घटना निम्तिने गरेको पाइन्छ ।

दुर्घटना कम गर्न नेपाल सरकारको निकाय नागरिक उड्डयन प्राधिकरणको महत्वपूर्ण भूमिका रहन्छ । हवाई सेवामा सहभागी हवाई उद्यमीहरुको उन्नति र प्रगति पनि देशको उन्नति र प्रगति हो ।
बेला बेलामा हवाई क्षेत्रलाई प्राधिकरणले हत्तोत्साही बनाउँदै आएको र उनीहरूको व्यवसायिक कार्यक्षमताको प्रश्न उठाएर वाधा व्यवधान पु¥याईरहेको गुनासोहरू आउन गरेको पाइन्छ ।

व्यवसायीहरूको क्षमता अभिवृद्धि र उन्नति र प्रगतिको लागि नेपाल सरकार सदैव सकारात्मक भावनाका साथ लाग्नु पर्छ । यही कुरालाई मध्यनजर राख्दै नेपालको हवाई सेवा दुर्घटना, व्यवसायिक क्षमतामाथि प्रश्नै प्रश्न उब्जिएको छ । यसतर्फपनि ध्यान दिएर सम्बन्धित निकाय गम्भीर बन्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्: