मौद्रिक नीति अन्तिम तयारीमा ः गभर्नर अधिकारी

२०८१ श्रावण ४

धनबहादुर मगर
काठमाडौं असार २५, उद्योग वाणिज्यमा महासंघको आयोजनामा आव २०८१÷८२ को मौद्रिक नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्यो । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नीतिगत रुपमा आएको एउटा मात्र कुराले पनि महत्व राख्ने बताए ।
उनले भने ‘नीतिगत रुपमा एउटा मात्र कुरा आयो भनेपनि महत्वपूर्ण हुन्छ ।’ सरोकारवालाहरूबाट समस्या र समाधानको विषयमा उठाए माथि आफ्नो विचार प्रस्तुत गर्दै भने, भारु खर्च गर्ने सम्बन्धमा २५ हजारको क्लच ५ सय र हजारको बीचको थियो । जतिपनि खर्च गर्न सक्ने अवस्थामा त्यसले समस्या बनाएको थियो । त्यस्तो क्लच अहिले छैन । कुनै समस्या पर्दा समाधान गर्ने संयुक्त एजेण्डा समिति बनेको छ ।
उनले नयाँ प्रगतिकोमाझ धेरै अगाडि बढिसकेको छ । क्यूआर कोड लागु भएपछि ५० औैं करोड, क्यूआर कोड मार्फत भुक्तानी भएको छ । नेपाल र भारतको पयर्टन क्षेत्रबाट क्यूआर कोड लागु भएपछि बाहिर जान पनि बाटो खुल्ने सहज बनेको छ । अब अलि पे र लंका पेसँग जोडिनासाथ चिन र सिंगापरसँग पनि जोडिन्छ । क्रस बोर्डरको पेमेन्टलाई अझ प्रभावकारी बनाउने पनि उनले बताइए ।
उद्यमी व्यवसायीहरुको जिज्ञसा मेटाउन अधिकारीले १ करोड सम्मको ऋणीहरुलाई कुनै दुःख पाउनु नपर्ने बताए । समस्या भए हल गर्न सकिने उपत्यका बाहिरका जिल्लामा झन् ३ करोड सम्मको कारोवार र ऋण लिन सकिने बताए । कसैले राष्ट्र बैंकले बाँधेको छ भन्यो होला तर त्यस्तो होइन ।
कृषि हाम्रो प्राथामिकतामा पर्छ । भ्याली भित्र पनि २ अर्ब भन्दा बढी कारोवार भएका उद्योगमा पनि घुमेर आएको छु । १ करोडको साना व्यवसायीले अन्तरिक कच्चा पदार्थ प्रयोग गर्ने उद्योगको झन् त्यस्तो छैन । सदस्यहरुलाई यी कुरा भनिदिनु प¥यो ।
र अधिकारीले भने नेपाल राष्ट्र बैंकले उपभोक्ता डिभिजन बनाएको छ । कनै समस्या आयो भने आउनुहोस् सँगै बसेर समाधान गरौं । साथै एलसी सम्बन्धी कतिपय विषयहरू यात वैदेशिक विभाग वा उपभोक्ता डिभिजनमा आउनुहोस् ।
अधिकारीले मौद्रिक नीति अन्तिम चरणमा आएको छ । कोभिडको समयमा अर्थतन्त्र बचाउनको लागि खुकुलो बनाएको थियो उनले भने । निर्माण व्यवसायीहरुको प्रसेर, बढी नै देखेको छु ।
अन्तरक्रियात्मक कार्यक्रममा विभिन्न पेशा व्यवसायबाट एकीकृत रुपमा सुझाव लिने गरी कार्यक्रमको आयोजना गरेको उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रकाश ढकालले बताए ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रकाश ढकालले २ वर्षयता देशको अर्थतन्त्र निकै जटिल स्थितिबाट ३८÷४० प्रतिशतको हाराहारीमा सीमित भएर गज्रीरहेको, नयाँ लगानी गर्न नसक्दा नयाँ रोजगारको सिर्जना नभएको, विप्रेशनबाट आएको पैसा उपयोग हुन नसकेको, आयत घट्न उत्साहजनक कुरा हो । तर उत्पादन मूल्य, पर्यटन आगमन, भएपनि विदेशमा नेपाली विद्यार्थीहरुको पलायनको कारण बढ्न नसकेको बताए ।
शोधान्तर घनात्मक m आर्थि गतिविधिी सुसतोछ । बजार चलायमान गर्न नीति आउ सकेन भन। अर्थतन्त्र सुधार गर्न धेरै ढिलाई भइसकेको अवस्था छ । उत्पादनमूलक क्षमता बढाउनु पर्छ । उद्योगहरुको ऋण, लगानी प्रवद्र्धन गर्न कर्जा सरल सुलभ हुनुपर्छ । नयाँ लगानी कम भएको छ ।
धेरै उद्योगहरु बन्द भएका छन । सिमेन्ट उद्योगको, कर्जा चुक्ता गरेपनि कालोसूचीमा राखेको अवस्थामा छ । बैंक तथा वित्तीय संस्थालाई सँगै उठाउने नीति, सबै व्यवसायीको नियत खराब छन् जस्तो लाग्दैन । ऋण तिर्नमा ढिलाई भएको हो ।
एउटै डुँगामा दुइटा खुट्टा भएकाले अन्यौंल बनेको हो । सहज बनाउने तिर जाऔं । बैंक तथा वित्तिय क्षेत्रमा लिक्विडिटी भएको चलायमान कसरी बनाउने ? लचकता हुने नीति आओस् ।

वनपैदावार संघका अध्यक्ष रामकमार मल्लले कनै पनि देशको आर्थिक समृद्धि बनाउने प्राकृतिक स्रोतबाट मात्र सम्भव भएको देखिन्छ । बैंकहरुले ओभर ड्राफ्ट जारी गरको अवस्थामा सामान लिएको हन्छ । ७ दिनको समयावधि छोटो भई सामान स्टक हुने गरेको छ । बढी समय कट्नासाथ स्टक रोक्का राखेको हुन्छ ।

नेपाल प्लाई उत्पादक संघका अध्यक्ष होम प्रसाद घिमिरेले । नेपाल प्लाई उत्पादन ७ अर्बको हाराहारीमा निर्यात गरेका छौं । खुशीको कुरा, उद्योगहरुको लागत मूल्य घटाउन मौद्रिक नीतिबाट कसरी आउन सक्छ ?
राष्ट्र बैंकको मौद्रिक नीतिहरु नियन्त्रणमूखी देखियो व्यवसायीहरू सडकमा आउने अवस्था छ ।

नेपाल ईट्टा उद्योग संघका अध्यक्ष शंकरबहादुर चन्दले राष्ट्र बैंकले हालै ल्याउन लागेको मौद्रिक नीतिबाट घरेलु उद्योगहरू बाँचिन्छ कि भन्ने आशा पलाएको कुरा व्यक्त गरे । नेपालको अथर्तन्त्रको जगमा रहेको ग्रामीण उद्योगहरु के कस्तो अवस्था छ । नेपालमा १२ सय उद्योगबाट ३ सयमा सीमित भएको छ । ऋण लिएर ईट्टा बनायो राष्ट्र बैकको नीतिअनुसार टर्न ओभर नपुग्दा उद्योगले नविकरण नपाउने अवस्था छ । नविकरणको लागि सहज गरिदिनु प¥यो । । व्याज साँवा बझाउने सम्मको कठिनाई छ ।

ट्रेकिङ्ग व्यवसायी संघका अध्यक्ष उज्ज्वल कंशाकारले ट्रेकिङ्ग व्यवसायीहरूको धेरै उद्योग डिजिटल प्रणाली डिजीटल गएर रोकिने गरेको छ । डिजीटल भुक्तानी पार्किङ्गमा गएको अवस्था छ ।

नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष अस्मिता कार्कीले नेपालको शेक्षिको अवस्था कोभिड पछाडी ५० लाख कम छ । आयस्रोत बढाएर क्षमता बढाउने व्यवस्था गरौं । तलबको लागि ऋण लिएका थियौं । ऋण कतिपय अवस्थामा तिर्न सकेको छैन ।
होटल व्यवसायी संघका अध्यक्ष कतिपय होटलहरु तारे होटलमा सूचीकृत नभएकोले कम राजस्व उठेको विषय उठाए ।

नेपाल ट्राभल्स एजेन्सीका अध्यक्ष कुमार थपलियाले पर्यटन व्यासायको क्षेत्रमा २५ हजार क्यास ल्याउने सक्ने अवस्था छ । हामी क्रस पेमेन्ट गर्ने व्यवस्थाबाट बढाएर २ लाख गर्न सकिन्छ ? पयर्टन क्षेत्र व्याजको दर घटेको छ । श्रीलंका र बंगलादेशको पर्यटकहरु बढेका छन् । पेमेन्ट श्रृँखला मिलेको छैन ।

व्यवसायी अब्दुल वाइले दई वर्षदेखि हरेक व्यवसाय रुग्न हुँदै गएको छ । बजारमा टर्न ओभर भएन भनेर १० करोड ऋणबाट १५ करोड बनाउने नीति बनाउनु पर्छ । मसँग पैसा भएको भए किन व्याजमा ऋण लिन्थे ?

व्यवसायी केश भण्डारीले सबै व्यवसायलाई एउटै डालोमा राखेर हेर्नु भएन । २०७६ साल मंसीरबाट लामो संकट आयो । अर्थतन्त्रमा सकारात्मक सन्देश छोड्नु गरी मौद्रिक नीति आउनु पर्छ ।
दूध डेरि एशोसिएसनका पूर्व अध्यक्ष सुमिट केडियाले । अहिले सरकारले कृषि दशक घोषण गरेको छ । म पनि कृषि क्षेत्रको व्यवसायी, चिन र भारतको तुलनामा प्राविधिकहरू कमी छ ।
कर्जाको व्याज घटाउनु भयो । भोलीको दिनमा किसानहरु पलायन भयो भने के गर्ने ?

निर्माण व्यवसायी एलबी लामाले ६० अर्ब पाउनु पर्ने भुक्तानी पाउन सकेन । बैंकबाट डिफल्ट बढ्ने अवस्था छ । १ अर्ब ओडिसी दिन क्षमता छ भनेको थियो । ८० प्रतिशत चेक वाउन्स भएको अवस्था छ । ५० करोड साधारण निर्माण ठेकेदारसँग हुनुपर्छ ।

साना उद्योग व्यवसायी संघका अध्यक्ष दीपक सापकोटाले ४० वर्षदेखि चलेका उद्योगहरु खुल्ने व्यवस्था मिलाइयोस् ।

उद्यमी उमेश थपलियाले अहिलेको उद्योग डिफल्ट छन् । ४ वटा उद्योगहरु फेरि डिफल्ट हुने अवस्थामा छ । बैंकहरुले आयोजनाहरु हेरेर मात्र ऋण दिइयोस् । ऋण नियम विपरित दिएको छ ।

कृषि मेशिनरी संघका पूर्व अध्यक्ष खोजराज कटुवालले कृषि बनाउने सकेन भने देश धेरै पछि पर्छ ।

उद्योग देवेन्द्र अधिकारीले अनुदान दिँदा ५ वटा पोइन्ट मौद्रिक नीतिले काम ग¥यो भने उत्पादनमा नयाँ सञ्चार गर्नसक्छ । कृषि ऋणलाई शुल्क लाग्छ । २ प्रतिशत भन्दा बढी ऋण छ । २ देखि ५ करोड सम्मको ऋण अनुदान व्यवस्था गरियोस् ।

रियल स्टेट संघका अध्यक्ष विपिन धमलाले मल्टिपल बैंकीङ्ग कम्पनी असफल भयो भने त्यसको असर सबै क्षेत्रमा पर्छ ।

सुनचाँदी व्यवसायी संघका अध्यक्ष विएल शाक्यले सुन लिलाम गरेर बेच्न सकिदैन । वार्षिक ४० अर्बको हारहारीमा कारोवार छ । सुनलाई लिलाम गर्न १५ दिनको समय तोकेको छ । १ किलो सुनलाई बिक्री गर्न २० दिनको समयवधि तोकिनु पर्छ ।

सिमेन्ट उद्योग आयत मात्र नभई १५० अर्ब रुपैयाँसम्मको निकासी गर्न सक्ने उद्योग हो । चालु पुँजीको समस्या भएर आएको छ । ३ वर्षदेखि बनाएर सिमेन्ट उद्योग धरासायी भएको छ । पुनतालिकीकरण गर्नु पने अवस्था छ । ६६ वटा सिमेन्ट उद्योगका २५ भन्दा डाइनिङ्ग उद्योग बन्द भइसकेको छ । उद्योग बन्द गर्न अनुमति दिँदा थप घाटा पर्नबाट बच्न सकिन्छ । २ वर्षदेखि घाटामा गएको छ । वर्ष उद्योग बन्द हने अवस्थामा आयो । १ लाखले ३५ हजार भारुमा प्राविधि ल्याउनु पर्छ राष्ट्र बैंकको निर्यात इन्सेन्टिभ ।

पश्मिना उद्योग संघका अध्यक्ष धना लामिछानेले डोल्पा, हुम्ला, जुम्लाबाट च्याङ्ग्राको उन ल्याउने । साना व्यवसायले धाउँदा धाउँदै नपाउँदो रहेछ । हरेक व्यवसायहरू १०÷१५ हजार डलर व्यवहार गर्न पाउन सक्ने रहेछ । ल्याउन नपाइने घर सम्पत्ती राखेर विजनेश गर्दा पेमेन्ट गेटमै बैंक ।
तयारी पोशाक संघका अध्यक्ष पशुपति देव पाण्डेले इन्टेन्सिभ पेमेन्ट वे सहज बनाई खुलाई दिनुप¥यो ।
बंगलादेशका बाहिरको समयमा ल्याउन नपाए पनि हाम्रो सामान पेमेन्ट गेटबाट बेच्न सकियोस र चालु पुँजी ८० प्रतिशत नभईकन सञ्चालन गर्न सक्दैन । १२ सयको तयारी पोशाक उद्योग १०० मूल्यमा सीमित भएको छ । मौद्रिक नीतिबाट रुग्न उद्योगलाई के गर्न सकिन्छ । सिपमेन्ट ऋण लिन वडो गाह्रो भएको छ । निर्यातजन्य उद्योगमा प्रतिपर्धी बनाउने कस्तो प्याकेक ल्याउने हो । हामी २०२६ धनी हुँदैछौं । हामी ३०÷प्रतिशत महँगी कसरी रेमिटेन्समा भारतमा गएको धेरै छ ।
व्यवसायी महेन्द्र गोपालले अवैध व्यापार फस्टायो । राष्ट्र बैंक कडाई गर्छ । कर्जा व्यक्ति, नाममा हस्तान्तरण हुन्छ । इन्ट्रीको समस्या छ । राज्यले १ वर्षसम्म पनि भुक्तानी गर्दैन ।
२ नं. प्रदेशका अध्यक्ष शिव ज्ञावलीले बजारमा तरलता कसरी हन्छ । ४० देखि ४५ हजार व्यापारी छन् । ८० प्रतिशत हुनुपर्छ बजारमा धेरै उधारो गयो । मौद्रिक नीतिमा आयो भने राम्रो हुन्थ्यो । रोजगार दाता, श्रमिक र पैसा विदेशमा गएको छ । उधारो नीतिका लोकल एलसी खोल्नु पाइए हुन्थ्यो । साना साना शाखामा कर्जा आयो भने सानो–सानो उद्योगलाई राहत हुन्थ्यो ।

व्यवसायी प्रशान्त कानुले बैंकले भन्यो १० प्रतिशत एलसी खोलेर केही हुँदैन । एलसी बन्द गर्न २ वर्ष भयो, दौडेको सकेको छैन ।

व्यवसायी अरुण कर्णले । कृषि पेशामा छोटो, माध्यम र लामो समयको लागि ऋणको व्यवस्था गर्नु पर्छ । एलसी र पीपी, सिंगल अर्डर फममा विकास गर्न सकोस् ।

कार्यक्रममा निर्माण व्व्यवसायलाई चलायमान भुक्तानी पर्दैन भन्ने जस्तो व्यवहार सरकारले गरेको छ । कोभिडको समयमा उद्योग व्यवसायको पैसा नउठेर पर्यटन, कृषि उद्योग, चलायमान भएको छैन । नीतिगत रुपमा नै हस्तान्तरण, प्रोत्साहन गर्नु पर्छ । निर्यात र अनुदानको कामले वाधा पारेको छ । धेरै उद्योगहरु बन्द भएका छन् । धितोलाई व्यवस्थित गरेर भएपनि बन्द गर्नु पर्छ जस्ता लाग्छ । २० लाख पूर्व कारोवार हटाउनु पर्छ ।
आर्थिक चलायमान हुनपर्छ भन्ने मुख्य एजेण्डा रहेको छ । नीति परिवर्तन साना व्यवसायीहरु ऋण नविकरण गरिदिनु अनुरोध गर्दछुु ।
चालु पुँजी माग निदेशन पनि आयो आवश्यकता अनुसार चालु पुँजीमा केही खुकुलो गर्ने कि गैर सम्पत्ती बढ्दै गरेको छ । औद्यौगिक क्षेत्रलाई प्रोत्साहन दिनुपर्छ । निर्माण र औद्यौगिक क्षेत्रलाई प्रोत्साहन गर्नु पर्छ । २ प्रतिशत व्याज हुनुपर्छ ।
बैंकले व्यवसायीक अवस्था हेरेर पुनतालिकीकरण गर्न जरुरी छ । घर–जग्गा, मोवाइल प्रोडक्टिीभ भएकाले अर्थतन्त्रमा असर आयो ।
बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकर्स संघ, निजी क्षेत्र र बैक सँग–सगै जानु पर्छ ।

 

प्रतिक्रिया दिनुहोस्: