
काठमाडौं असार २२, डा.विनोद ढकालद्धारा लिखित ‘बगुवा पानी’ उपन्यासको वरिष्ठ साहित्यकार भागीरथी श्रेष्ठको प्रमुख आतिथ्यमा विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
उक्त अवसरमा वरिष्ठ साहित्यकार भागीरथी श्रेष्ठले आख्यानकार उपन्यासको क्षेत्रमा नयाँ उपहार दिनु भएको छ भनेर प्रशंसा गरे ।
श्रेष्ठले भने लेख्न थालेपछि अर्कै संसारको हो कि भन्ने भएशुस गराएको छ । उनलाई पनि लेख्न थालेपछि परिवारलाई किन समयमा दिदैन भनेर आक्षेप आउने गरेको बताइन् । कृतिमा गाउँको चित्रण राम्रोसँग गर्नु भएको छ । उहाँले आफ्नो जीवनमा गरेका कुरा लेख्नु भएको रहेछ ।
अर्गानिक स्वादमा उपन्यास, गीति कथा जस्तो छ । गीत र कवितालाई उपन्यासको रुपमा सँगै–सँगै लेख्नु भएको छ ।
चिकित्सकले कर्म गरेर उपचार गर्छ तर भगवाने जस पाउँछ !, दुःख नगरी सुख कहाँ पाउँछ र ?
काठमाडौं विश्व विद्यालय मेडिकल फ्याकल्टीका प्रमुख प्राध्यापाक अजय रिजालले उपन्यासको संक्षिप्त समीक्षात्मक टिप्पणी गर्दै ६ वर्ष अघि उपन्यासको पाण्डुलिपी आफ्नो हातमा आईपुगेको र उपन्यासले दिन खोजेको विषय हवाई र सडक दुर्घटनासँग नजिक रहेको बताए । उपन्यासमा हवाई दर्घटना हुनेको समाचार बन्ने र सडक दुर्घटना हुनेका समाचार नबन्ने परम्परा धनी र गरीब बिचको खाडल जस्तै भएको पनि बताए ।
वरिष्ठ पत्रकार राजकुमार बाँनियाले ‘बगुवा पानी’का लेखक डा.विनोद ढकाल चिकित्सक क्षेत्रको एउटा सर्जक भएपनि राम्रो सर्जकको स्थापित भएको बताउँदै काठमाडौं विश्वविद्यालयमा चिकित्सकहरु बिच पनि साहित्यिक कार्यक्रम भइरहने प्रेरणा उनीबाट पाइरहेको बताए । चिकित्सकहरु साहित्य सिर्जनामा रुची राख्दैनन् भन्ने कुरा असत्य भएको बताए । त्यस्तै कार्यक्रममा प्रसिद्ध साहित्यकारहरुमा एन्तोन चेखव लगायत थुप्रै साहित्यकार पनि चिकित्सक रहेको बताए । विश्वको डा.हरु विश्व साहित्यमा रहेछ । र उनले काठमाडौं विश्व विद्यालयमा पनि २÷३ सय जना चिकित्सा शास्त्र अध्ययन गर्ने विद्यार्थीका बिचमा साहित्यिक कार्यक्रम गर्ने गरेको बताए । आख्यान अवास्तिविका र वास्तविक रहेको, रुवाउन र हँसाउने रहेको हुन्छ । उपत्यास सत्यको नजिक छ । सत्यलाई हेर्ने सक्ने, जित्न सक्ने आञ्चलिक स्वाद, लोक जीवन र लोक संस्कृति र लोक जीवन हन्छ । गण्डकी क्षेत्र तुर–तुरे तनहँु, उपन्यासले नोस्टालजियो बनाउँछ र मोजाको भोकुण्डो बनाएर खेलेको प्रसङ्ग, उपन्यासको पात्र विस्तृत रुपमा लेखिएका छन् । भाषिक मालिन्यता छैन । शिर्षकहरु कवितामै राखेको रहेका । बगुवा पानी सार्थक छ । र जीवन बग्ने पानी नै रहेछ ।
जीवन आज छ आजै अन्त्य हुनसक्छ । गाउँको चित्रणहरु हराउदै गरेको अवस्थामा कृति आउनु आफैमा महत्वपूर्ण समय हो । आज साहित्य शहरीकृृत भएको छ । तर, उनको उपन्यास गाउँ केन्द्रीत छ । यो लेखकको पहिलो कृति हो ।
त्यसै सन्दर्भमा लेखक ढकालले आफ्नो उपन्यास ‘बगुवा पानी’ तयार पार्दा सबैको साथ र सहयोग रहेको उल्लेख गर्दै उपन्यास लेखेर सकिन लाग्दा आनन्दको महसुस भइरहेको बताए । जति पछि लेखियो, उति राम्रो लेख्दै छु जस्तो लागिरहेको थियो । कोठा भद्रगोल थियो । ओछ्यानमा बसेर लेख्नुपर्ने, जाडोमा सिरक ओढेर बस्दाको छुट्टै आनन्द । खाटमा छरपष्ट कापी र केही किताबहरू थिए ।
“कोठा कति फोहोर हो ! यहाँ गुँड बनाएर बसेका छौ,” मेडिकल इन्ट्रान्सका लागि तयारी गरिरहेकी श्रीमती कराउँथिन् । उनी गजुरी स्वास्थ्य केन्द्रबाट सरुवा भएर काठमाडौं आएकी थिइन् । उनले यस्तो कराउन थालेकी हप्तौं बितेको भयो । दिउँसो अफिस गयो, घर आयो, इन्ट्रान्सका लागि पढ्यो । अफिस र पढाइ दुबै भ्याउनु छ । यसपालि इन्ट्रान्समा नाम ननिकाले धेरै ढिलो हुन्छ । पछि झनै गाह्रो हुन्छ, पास हुन । केही समय बिदा लिएर बसेकी उनकी जीवन संगीनीको बारेमा यसरी लेख्छिन् ।
सानी छोरी छे, १६ महिनाकी लुरी । खाना खाँदै नखाने, खुवाउन निकै गाहो ।
श्रीमतीसँग राम्ररी नबोलेको हप्तौं भइसकेछ । अफिसबाट आउँदा पनि म उही भावमा हुन्थेँ । दिनहुँ कलंकीबाट धुलीखेल आउने–जाने गर्छु । अझ कोटेश्वर र सातदोबाटोको जामको कुरा गरिसाध्य छैन । घण्टौं गाडीमा बस्नुपर्ने हुन्छ । म थाकेको हुन्थेँ । अफिसको गाडीमा गोरे, इन्द्रप्रसाद, तृष्णा, रामजीतलाई सोचिरहेको हुन्थेँ । त्यो भाव लिएर घर गएर लेख्थेँ । सधैं उस्तै
गोरेको कथा मैले राजमार्गमा भेटेको हुँ । बूढी स्वास्थ्य चौकीमा काम गरिरहँदा उसलाई भेट्न जाँदा चढेको मालबाहक जीपको ड्राइभर । गोरेले आफ्नो कथा सुनाएको थियो बाटोभरि । रमाइलो लाग्यो सुन्दा । छायाँ र गोरेको कथामा म आफूलाई पाउथेँ । उसको बाल्यकालमा मेरो कथा छ ।
एकदिन म तृष्णाको बारेमा सोचिरहेको थिएँ । बूढीले कोठाभित्र चुकुल लगाइन् । यो मेरा लागि नौलो कुरा भएन तर उनले अचम्मको कुरा गरिन् । “बाहिर केटी छ कि के हो तिम्रो ?”
म छक्क परेँ ।
“सँधै घरमा बेलुका आउँछौ । आएर खाटमा जान्छौ, पल्टन्छौ । खै के सोच्छौ ? के लेखेको हो ? युट्युबको भिडियो हे¥यो अनि निदाइहाल्छौ । अर्को दिन पनि त्यस्तै, सँधैं उस्तै । कोठा फोहोर बनाउँछौ । आफ्नो लुगा पनि मिलाएर राख्दैनौं । सँधै मैले मात्र सफा गर्नुपर्ने । युट्युबमा कहिले के हेर्छ, कहिले के ! सँधै मुभी हेरिरहन्छौ । घर आउनु, बूढीको कुरा सुन्नु, यसो छोरीसँग खेल्नु त कहाँ हो कहाँ । छोरी मैले मात्र हेर्नुपर्ने हो ? छोरीले बाबा खोज्दिन ? चिन्दिन तिमीलाई । न उसलाई तिम्रो मतलब छ न तिमीलाई उसको ।”
उनी एकोहोरो बर्बराएर सुँक्क सुँक्क रुँदै थिइन् । फेरि भनिन्, “यस्तो मान्छेले के बिहे गरेको होला ?”
“कडा कुरा भन्यौ बूढी ! म यो छोटो कथा बनाउँछु कुनै दिन । त्यो बेला यो डायलग फेरि भन्नुपर्छ है,” उसलाई अँगालो हालेर मैले भनेँ, “मैले समय दिनुपर्दो रहेछ, आइ एम भेरी सरी ।’’
छोरी बेलुकाको खाना खाएर फुन्तु–फुन्तु कोठाभित्र आउँछे । उसको पछाडि हजुरबा र दिदी पनि छन् । ऊ आउने आभास पाएर कोठा खुला हुन्छ । म त्यही खाटमा पल्टन्छु । ऊ कोठामा यताउति गरिरहन्छे । दिदी, आमा र हजुरबासँग खेलिरहन्छे । उसको कपडा खोल्छिन् दिदीले, अनि ऊ हिटरको अगाडि तेल लगाउन सुताइन्छे। ऊ मुखमा मामुको क्रिमको बट्टा हालेर खै के बोलिरहेकी छे । उसलाई मजाले तेल लगाएर नमिचे निद्रा पर्दैन। उसको हजुरबा र मामु उसलाई जिस्काइरहेछन् ।
म सिरक ओढेर उसलाई हेर्दै टोलाइरहन्छु । तेल लगाइसकेपछि ऊ उठ्छे । अर्को कोठामा जान तयार हुन्छे । दिदीले उसलाई लुगा लगाइदिन्छिन् । काकाकाकीको कोठामा गएर ऊ सामान चलाउन थाल्छे । अब रौनक अर्को कोठामा सर्छ । म फेरि युट्युब हेर्न थाल्छु, “हाउ टु राइट अ कमेडी ?” आज मलाई कमेडी लेख्न सिक्नुपर्नेछ । ऊ भन्दै थियो–कमेडी बनाउन पनि सिक्न सकिन्छ म्याथम्याटिक्स जस्तै ।
बूढी फेरि पढ्न लाग्छे । अर्को कोठाबाट हाँसोका फोहोरा निक्लन्छ । खै छोरीले के उपद्रो गरिरहेकी छे । म भने आफ्नै धुनमा पात्रका कथा बुन्नतिर लागेँ ।
प्रतिक्रिया दिनुहोस्: