खाद्य असुरक्षाको घेरामा गाजावासी: निर्दोष गाजावासीको हत्या गर्न बन्द गर

२०८१ असार १२

नबराज न्यौपाने

सन् २०२३ अक्टुवर ७मा हमासको सशक्त योजनामा भएको इजरायल माथिको आक्रमण त्यति नौलो आक्रमण होइन । यो प्यालेष्टाइनमाथि गर्दै आएको दमनका उपज हो । विद्रोह गर्ने जनताको अधिकार हो । एकै ठाउँमा रहन नसक्ने हो भने उसले छुट्टीन पाउने अधिकार छ ।

त्यति मात्र होइन इजरायले प्यालेष्टाइनको भूमि कब्जा गरेर उनीहरुलाई उनीहरुको बाँच्न पाउने अधिकारको हनन् पहिले देखिनै गर्दै आएको छ । प्यालेष्टाइनहरूले इजरायललाई पहिले देखि नै स्वीकार गरेको छैन । उनीहरूलाई स्वतन्त्र भएर जीवनयापन गर्ने अधिकार छ ।

हमासको आक्रमण निहुँमा गाजावासीको जीवन हरण गर्ने जुन इजरायलको सपना सैन्य कारवाहीले सकिन्छ भन्ने सोच राखेको हो भने त्यो सरासर गलत ठहरिन्छ । र त्यहाँको जनताको नैसर्गिक अधिकारको रक्षा समाप्त भएको आभास इजरायलले गरेको अवस्था छ । यो विश्वको जुनसुकै न्यायप्रेमी जनताको लागि सह्य विषय होइन ।

इजरायल आज संयुक्त राष्ट्र संघको आग्रहलाई मानि रहेको छैन । राष्ट्र संघको आग्रहलाई इजरायले मान्नु पर्छ । गाजामा इजरायलको सैन्य आक्रमणले गाजानको खेतबारीको ठूलो भाग नष्ट मात्र नष्ट गरेको छैन अपितु उनीहरुलाई खान पाउने अधिकारबाट बञ्चित गरेर भोकै मार्ने जुन दुष्प्रयास गरेको छ त्यो अमानवीय हुन्छ । गत हप्ता मात्र इजरायली सेनाले उत्तरी गाजामा सहयोग पु¥याउन वाहनहरुलाई समेत बारम्बार अवरोध गरेको छ । शीर्ष संयुक्त राष्ट्रको अदालत र सुरक्षा परिषद्ले खुला सहायता पहुँचको लागि अनुमति दिन माग गरे पनि, गत अप्रिलमा समेत संयुक्त राष्ट्र समाचारले जनाएको छ । यो विश्वको लागि घोर आपतीको विषय हो । त्यसो गर्न उसले पाउँदैन । इजरायल माथि ठाडो हस्तक्षेतको खाँचो भएको छ । त्यहाँको सर्वसाधारण निर्दोष जनताको बाँच्न पाउने अधिकारलाई सुनिस्चित गर्न राष्ट्र संघको भूमिका अझ बढेको छ ।

गाजाको आवादी मध्ये पाँच मध्ये एक, त्यो लगभग ५ लाख मानिस अब “तीव्र भोकमरीको चपेटामा जाने देखिन्छ । खाद्य असुरक्षाको विनाशकारी स्तर’’को सामना गरिरहेको छ । संयुक्त राष्ट्रको भोकमरी निगरानी प्रणाली हो ।
आईपीसीका अनुसार, मार्च र अप्रिलमा उत्तरी गाजामा पुग्ने खाद्यान्न वितरण सफलतापूर्वक बढेको थियो । तर जसले अपरिहार्य अनिकाल जस्तो देखिन्थ्यो “निकाल्न’’ मद्दत ग¥यो । तर, हालैका हप्ताहरूमा त्यहाँका जनताहरूमाथि शत्रुता साँध्ने स्थिति देखिएको छ ।

तिनीहरूसँग घरमा खानेकुरा छैन, र २०% भन्दा बढी दिन र रात नखाई नै बितेको तथ्याङ्कहरु आइरहेका छन् । हालको प्रतिवेदनले गरेको प्रक्षेपण नकारात्मक र अत्यधिक अस्थिर छ । यदि यो जारी रह्यो भने गाजा क्षेत्रमा के हुन्छ भन्ने सकिदैन ।

कुपोषणको शिकार भएपछि बच्चालाई इन्जेक्सन र फोर्टिफाइड दूध खुवाउनुपरेको थियो जसले गर्दा उसको तौल घटेको थियो । इजरायली छापा पछि बच्चा बसेको अस्पताल खाली गरिसकेपछि संयुक्त राष्ट्र बाल कोष (युनिसेफ)का अनुसार उत्तरी गाजामा तीन मध्ये एक बालबालिका तीव्र कुपोषित वा कमजोरी अनुभव गरिरहेका छन् । हमासद्वारा सञ्चालित सरकारी मिडिया अफिसका निर्देशक इस्माइल अल–थवाब्ताले गाजामा कुपोषणका कारण मृत्यु हुनेमध्ये अधिकांश (३३ मृत्युमध्ये २९) बालबालिका रहेको विश्वास गर्छन् । तर, यो संख्या बढी हुन सक्ने विश्वास गरेका छन् ।

इजरायली सेनाले अनिकाल प्रभावित क्षेत्रमा सहायता वितरण अवरुद्ध गरेको छ । एक दर्जन भन्दा बढी प्यालेस्टाइनीहरू जो अन्य राष्ट्रहरूद्वारा वितरित सहायताको बेला हवाई हमलाहरूबाट दुखद रूपमा मारिएका छन् । कोही या त खाद्यान्न पु¥याउन खोज्दा डुबेर मरेका छन् । जबकि कोही असफल प्यारासुटका प्यालेटहरू खस्दा ज्यान गुमाएको खबर छ ।

आईपीसीले आधिकारिक रूपमा अनिकाल घोषणा गरेको छैन, तर २०% घरपरिवारमा खाद्यान्नको चरम अभाव हुँदा, ३०% बालबालिका तीव्र कुपोषणबाट ग्रस्त छन् र प्रतिदिन १०,००० व्यक्तिमा दुई वयस्क वा चार बालबालिकाले दैनिक मर्न थालेको रिपोर्ट सार्वजनिक गरेको छ । संयुक्त राज्य अमेरिका (फ्यू नेट)मा आधारित भोकमरीको पूर्व चेतावनी प्रणालीले उत्तरी गाजामा संयुक्त राष्ट्र संघका दुई संस्थाहरूले भनेका छन् १० लाख भन्दा बढी गाजावासीहरूले भोकमरीको सामना गर्नुपर्ने अवस्था छ । अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजकले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र रक्षामन्त्री योभ ग्यालान्टलाई युद्ध विरोधीको रूपमा नागरिकहरूको भोकमरी प्रयोग गरेको आरोप लगाएका छन् र लाग्नु पनि र उनीहरुलाई न्यायको कठघरामा उभ्याउनु पर्छ ।

“गत वर्षको अक्टोबर ७ यता इजरायली आक्रमणबाट मर्नेहरूको संख्या बढेर ३७,५५१ पुगेको छ र ८५,९११ व्यक्ति घाइते भएका छन् । भोकमरीको अतिरिक्त, संयुक्त राज्य अमेरिकाले यहुदीहरूलाई पर्याप्त हतियारहरू आपूर्ति गर्न सहयोग जारी राखेको छ । यसले ५०,००० भन्दा बढी निशस्त्र बन्दी प्यालेस्टिनीहरूलाई मारेको छ । धेरै महिला र बालबालिकाहरू र १००,००० भन्दा बढी घाइते भएका छन् । कम्तिमा १०,००० शव भग्नावशेषमा फसेका छन् भन्ने रिपोर्टहरु आएका छन् भने जसमध्ये करिब ५ हजार बालबालिकाहरू छन् भनेर भनेका छन् । जुन निश्चित रूपमा मानव इतिहासमा सर्वसाधारणको सबैभन्दा बढी संख्यामा नरसंहार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: